Tuesday, July 28, 2020

बालुवाटार बैठकबाट बाहिरिए गौतम र रावल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकबाट उपाध्यक्ष बामदेव गौतम र स्थायी समिति सदस्य भीम रावल बाहिरिएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी निकटका नेताहरु सहभागी नभएको उक्त बैठकमा केहीबेर सहभागी भएर गौतम र रावल बाहिरिएका हुन् । 
                                                                             यस्तै भीम रावलले पनि पार्टी विभाजन गर्न नहुने तर नेतृत्वको मनपरीतन्त्र स्वीकार गर्न नसकिने धारणा राखेको ती नेताको भनाइ छ । 

Labels:

मन्त्री भट्टराईकाे ट्वीट : दुर्घटना नजिक देखिन्छ, सबै रोकिऔँ, सल्लाह गरौँ

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पार्टी दुर्घटना नजिक रहेको बताउनुभएको छ । 
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको केही बेरमा नेता भट्टराईले ट्वीट गर्दै भन्नुभयो, ‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔँ । सल्लाह गरौँ ।’   
सहमतिको लागि एक महिनासम्म भएको प्रयास पनि सफल नभएपछि नेकपाको विवाद झन् जटिल बन्दै गएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यसअघि भएका छलफल निष्कर्षमा पुग्न सकेको छैन । 

Labels:

Wednesday, July 22, 2020

यस्तो छ आज साउन ७ गते बुधबार !

वि.सं.२०७७ साल साउन ०७ गते । बुधबार । ईश्वी सन् २०२० जुलाई २२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– द्वितीया,३७ घडी १७ पला,बेलुकी ०८ बजेर १७ मिनेट उप्रान्त तृतीया । नक्षत्र– अश्लेषा,३९ घडी ०२ पला,बेलुकी ०९ बजेर ५९ मिनेट उप्रान्त मघा । योग– सिद्धि,२९ घडी ४३ पला,बेलुकी ०५ बजेर १६ मिनेट उप्रान्त व्यातिपात । करण– बालव,बिहान ०९ बजेर ०३ मिनेट उप्रान्त कौलव,बेलुकी ०८ बजेर १७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कर्कट,बेलुकी ०८ बजेर ५९ मिनेट उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय ०५ बजेर २२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५६ मिनेट । दिनमान ३३ घडी ५५ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन बढी नै मिहिनेत गर्नुपर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनीति तथा समाज सेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन ।


मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । व्यापारमा प्रशस्त समय खर्चिए मात्र भनेजस्तो आम्दानी हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । बोल्दा वा कुनै निर्णय गर्दा ध्यान दिनुहोला आफ्नो बोलिले आफैलाई घाटा लाग्न सक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीति तथा समाजसेवामा गरीएको लगानीबाट भनेजस्तो उपलव्धी हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउँने योग रहेको छ । सुन्दर तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर बस्त्र पहिरन अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडी बढ्न सकिने ग्रहयोग रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आत्मिय मित्र तथा सहयोगिको सहयोग नपाउदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुनसक्छ । समय प्रतिकूल बन्नेछ भने यहि बेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । प्रेम प्रशङगमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्राकृतिक स्रोत साधन,सरकारी स्रोत तथा अन्य भौतिक सम्पतीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । माया प्रेममा आत्मियताको वढोत्तरी हुनेछ भने घर परिवारका सदस्यहरुबाट सहयोग पाइने छ । बिद्या तथा प्रतिस्पर्धामा अरु दिन भन्दा राम्रो प्रगति गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रतिस्पर्धीहरु परास्त हुनेछन् भने नयाँ काम पाउने तथा नोकरिमा बुढुवा हुने योग रहेकोछ । व्यापार व्यावसायबाट न्यून आम्दानी हुनेछ । अध्ययनमा विजय हुने योग रहेकोछ भने अन्य साथी हरुलाई किनारा लगाउँदै पुरस्कार हात पार्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउँने समय रहेकोछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) भाग्यभावमा गोचर गर्ने चन्द्रमाले सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला । व्यापारमा मन्दि आउँने तथा लगानी को प्रतिफल तत्काल देखिनेछैन । धर्म तथा आध्यात्मिक क्षेत्रमा समय खर्च हुनेछ । प्रयास गर्दा पढाइ लेखाइ मा राम्रै सफलता हात लाग्नेछ । प्रेममा नजिक हुने समय रहेको भएपनि मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । अध्ययन तथा धर्मको शिलशिलामा यात्रा हुने योग रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ भने पति पत्नी तथा माया प्रेममा अविस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा बिषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन निकैनै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकै हरुबाट धोका हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ । पढाइ लेखाइमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरिरमा एक किसिमको जोस जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने विलासी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) थोरै मेहनेतले लाभ लिन सकिनेछ । बादविवाद तथा प्रतिस्पर्धामा तपार्ईँकै जित हुने तथा सत्रु परास्त हुनेछन् । न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । प्रेममा सामिप्यता बढेर जानेछ । पुरानो रोग तथा स्वास्थ्य सम्वन्धी समस्या हल भएर जानेछ । बिद्यामा गरेको लगानीबाट राम्रै प्रतिफल पाइने योग रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बौद्धिक कार्यमा सहभागी भएतापनि उपलव्धी भने नगन्य जस्तै हुनेछ । माया प्रेममा अविस्वास बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै मिहिनेत गर्नुपर्ला । परिवारका सदस्यबाट तपार्ईँको काममा सहयोग नहुन सक्छ । पति पत्नी विच मनमुटाव बड्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउँन निकै मेहनेत गर्नुपर्ला । आफन्तबाट उपाहार प्राप्तीको योग रहेपनि टरेर जानेछ ।
तपाईँ दिन शुभ रहोस् ।

Labels:

वामदेवले भने: हल्लाको पछाडी नलागौं, हामी एक छौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफूहरुको समुह यथावत रहेको स्पष्ट पारेका छन् । उनले पार्टी हितका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल र आफूसमेतको समुह मजबुत अवस्थामा रहेको बताएका हुन् ।

ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनमा कुरा गर्दै गौतमले समुह छाडेर अर्का अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिन थालेकोबारे सोधिएको प्रश्नमा त्यस्तो हल्लाको पछाडि नलाग्न आग्रह गरे ।
उनले भने, ‘म सहित कमरेडहरु जसरी एक भएर बढेका छौं, हामी अझै एकतावद्ध भएर लागेका छों ।’ गौतमले पार्टीको हितका लागि आफूहरुले पछिल्लो कदम चालिरहेको बताए । उनले सहमति बनाएर अगाडि बढ्ने पनि बताए ।
उनले विगतमा ओलीलाई अध्यक्ष बनाउन आफूले सहयोग गरेको र ओलीकै समुहबाट उपाध्यक्ष जितेको भएपनि अहिले अनगिन्ती विषयमा मतभेद रहेको बताए ।


नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आएको प्रचण्डसहितको समुहमा गौतम पनि छन् । तर, पछिल्लो समय गौतम ओलीप्रति नरम भइरहेको चर्चा चल्दै आएको छ ।

Labels:

गगन थापाले भने – चौधौं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्छु

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीको चौधौं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्न सक्ने बताएका छन् । महामन्त्रीको स्वाभाविक उम्मेदवार आफू रहेकाले जोखिम मोलेर सभापतिको उम्मेदवार बन्न सक्ने उनको भनाइ छ ।
देशान्तर रेडियोलाई बुधबार बिहान अन्तर्वार्ता दिँदै कांग्रेस केन्द्रीय सदस्य थापाले कांग्रेसमा अहिले नयाँ समीकरण बनिरहेको खुलासा पनि गरे । ‘अहिलेकै पक्ष र विपक्षमा रहेको अवस्थालाई भत्काउने गरी समीकरण बनिरहेको छ, केही दिनपछि यसको रिजल्ट आउँछ,’ उनले भने ।


उनले पार्टीमा परिवर्तनका लागि आफू सभापतिको जोखिम उठाउन पनि तयार रहेको बताए । ‘यो महाधिवेशनमा म सभापति लड्न पनि सक्छु । कसैलाई सघाउन पनि सक्छु,’ थापाले भने । अघिल्लो महाधिवेशनमा महामन्त्री लड्दा आफूलाई उडाएको स्मरण गर्दै अहिले पनि सभापति लड्छु भन्दा सवैलाई त्यस्तै लाग्नु स्वाभाविक भएको पनि उनले बताए ।
आफू पार्टी सभापति भएमा पार्टीका सबै संरचना फेर्ने उनले बताए । आमचुनावमा पार्टीले हार बेहोरेमा नैतिकताका आधारमा राजीनामा दिने व्यवस्था गर्ने उनको भनाइ छ ।
‘पार्टी सभापतिको नेतृत्वमा चुनावमा जाँदा पार्टी पराजित भए स्वाभाविक रूपमा राजीनामा दिनुपर्छ, यसले नयाँ नेतृत्व आउन मद्दत गर्छ, यदि मेरो नेतृत्वमा २०७९ को आमचुनावमा पार्टी पराजित भए सभापतिबाट म राजीनामा दिन्छु, यसले अर्को सक्षम नेतृत्व आउन सहयोग पुग्छ,’ उनले भने ।

Labels:

भदौ १ देखि दैनिक १५ वटा अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भदौ १ गते देखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी सुरु गरेको छ। विमानस्थलका प्रमुख देवेन्द्र केसीले कोभिड १९ संक्रमणको जोखिमलाई हेरेर दैनिक १५ वटा सम्म उडान गर्न सक्ने अवस्थामा विमानस्थल रहेको बताए।
उनले विमानस्थलमा डिपार्चर र एराइभलका लागि सामान्य अवस्थामा भन्दा केही बढी समय लाग्ने भएकाले सिमित उडानबाट विमानस्थललाई सूचारु गरिने बताए। सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भदौ १ गते देखि आन्तरिक र बाह्य उडान सुचारु गर्ने निर्णय गरेको छ।
तर विमानस्थलले भदौ १ पछि दैनिक कति उडान गर्ने भन्ने औपचारिक निर्णय भने गरिसकेको छैन। तर पनि संक्रमणको जोखिमलाई ध्यान दिएर दैनिक १५ वटाभन्दा बढी उडान गर्न सम्भव नदेखिएको केसीले बताए। त्यस्तै, आन्तरिक उडानतर्फ दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सम्भव हुने उनले बताए।

Labels:

कक्षा १२ को परीक्षा असोजको पहिलो साता हुने

काठमाण्डौँ । कक्षा १२ को परीक्षा असोजको पहिलो सातादेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले लकडाउन अन्त्य भएसँगै परीक्षा लिने तयारी थालेको हो ।
सरकारले भदौंबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै असोज पहिलो साता परीक्षा लिनेगरी योजना थालिएको परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । उनले भने, ‘चाँडै परीक्षा तालिका सार्वजनिक गर्नेछौं ।’
हाल विश्वभर फैलिएको कोभिड–१९ महामारीका कारण बैशाखमा हुने तय भएको कक्षा १२ को परीक्षा रोकिएको थियो । यस्तै सरकारले यसअघि नै एसईई र ११ को परीक्षा विद्यालयको आन्तरिक मूल्यांकनबाट लिने निर्णय गरिसकेको छ ।

Labels:

Friday, July 17, 2020

१२ वर्षीया बालिकाको एक महिनामा दुई विवाह

काठमाडौं । केन्यामा एक १२ वर्षीया बालिकालाई एक महिनाभित्र दुई वयस्क पुरुषसँग विवाह गर्न बाध्य पारिएको छ । नाइरोबीबाट पश्चिममा अवस्थित नारोक काउन्टीमा बसोबास गर्ने १२ वर्षीया बालिकालाई आफ्नै पिताले एक महिनाभित्र दुई जनासँग दबाबपूर्ण विवाह गराएका हुन्।


पहिलो विवाह ५१ वर्षीय पुरुषसँग र अर्को विवाह ३५ वर्षीय पुरुषसँग भएको हो । पहिलो विवाहपछि भागेर घर फर्किएकी उनलाई बुवाले पून अर्का पुरुषसँग विवाह गराइदिएका हुन् ।

Labels:

लिम्पियाधुरा समेटिएको नक्सा र प्रमाण समेटेर पुस्तक प्रकाशनको तयारी

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरा समेतको भूभाग समेटिएको नक्सा र समग्र सीमासँग सम्बन्धी विषय, तथ्य प्रमाणहरु समेटेर पुस्तक प्रकाशन गर्ने तयारीमा रहेको बताएकी छिन् ।
आज शुक्रबार मन्त्रालयमा आयोजना गरिएको पुस्तक विमोचन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।
सिङ्गो सीमासँग जोडिएका विषय र त्यो क्षेत्रलाई विस्तृत रुपमा पुस्तकमा लिपिबद्ध गर्नुपर्छ भनेर नापी विभागमार्फत मन्त्रालयले कामको थालनी गरेको मन्त्री अर्यालले बताइन् ।
उनले भनिन्, ‘कालापानी, लिम्पियाधुरासम्मका भएका इतिहास, ऐतिहासिक पक्ष, अन्तराष्ट्रिय सीमा सिद्धान्तलाई राखेर तथ्य प्रमाणहरु राखेर निकट भविश्यमै त्यो किताब प्रकाशन गर्ने तयारीमा छौ ।’
मन्त्रालयको नेतृत्व भूमि प्रशासनको क्षेत्रमा नयाँ ढंगले जानका निम्ति जमर्को गरिरहेको भन्दै उनले एकपछि अर्को गर्दै विगतमा भन्दा सिर्जनशील, प्रगतिशील र मौलिक ढंगले अगाडि बढ्ने पनि बताइन् ।
केही नयाँपन दिनका निम्ति मन्त्रालयको टिमले संकल्प गरेको भन्दै उनले नयाँ छवि दिने भन्ने मन्त्रालयको टिमले संकल्प रहेको समेत बताइन् । ‘यहाँहरुले देख्नुभएकै छ, एकपछि अर्को गर्दै नयाँखालका काम हामीले बाहिर पनि ल्याएका छौं । यसको नतिजा आइसकेको पनि छ,’ उनले भनिन् ।
राष्ट्रियताका सन्दर्भमा सिङ्गो राज्यलाई सहयोग पुग्ने गरी मन्त्रालयले महत्वपूर्ण काम गरेको भन्दै विगतमा छुट्याइएको भू-भाग समेटेर नेपालको नक्सा जारी गरेको उनले बताइन् ।
तथ्य प्रमाणका आधारमा नक्सा प्रकाशन गरेपछि ती तथ्य प्रमाणहरुमा काम गरिरहँदा ‘हिजोदेखि ती चिजहरु हामीसँग भएको भए समस्या हुने थिएन’ भन्ने कुराहरु पनि प्रकट भएको भन्दै मन्त्री अर्यालले त्यो विषयका बुझाइमा पनि अनेकता रहेको बताइन् ।
‘ती बुझाइका अनेकतालाई एकरुपतामा ल्याउनका निम्ती र भएका इतिहासलाई लिपिबद्ध गर्नका निम्ती अब हामीले लिपिबद्ध गर्न गइरहेका छौ’, उनले भनिन् ।
मन्त्रालय वार्षिक कार्ययोजनामा मात्र केन्द्रित नभएर अन्य फरक खालका सिर्जनशील कार्यमा पनि हामी अगाडि बढेको मन्त्री अर्यालले बताइन् ।
भूमि व्यवस्था मन्त्रालयले प्रकाशन गरेको भूमि शब्दकोशको तेस्रो संस्करण र २०४७ सालयता मन्त्रालयद्वारा गठन गरिएका केन्द्रीय आयोगहरुको गठन आदेश, कार्यादेश, आयोगले गरेका कामकारवाही समेटिएको पुस्तक मन्त्री अर्यालले विमोचन गरेकी हुन् ।
मन्त्री अर्यालले भूमि शब्दकोषले भूमिसम्बन्धी शब्दका बारेमा ज्ञान बाँड्ने, कमीकमजोरी सच्याउने बताउँदै शब्दकोशमा छुटाइएको भूमि समेटेर तयार पारिएको नेपालको नयाँ नक्सा समेत समेटिएकाले पुस्तक विशेष रहेको जानकारी दिइन् ।
कार्यक्रममा पुस्तकका बारेमा जानकारी दिँदै मन्त्रालयबाट गत वैशाखमा अवकाश प्राप्त उपसचिव गोपाल गिरीले प्रत्येक शब्दहरुमा विवाद र दोहोरो अर्थ लाग्ने समस्या देखिन थालेपछि मन्त्रालयले भूमि शब्दकोश तयार पारेको र यसलाई समयअनुसार परिमार्जन गर्दै शब्द थप्दै जानुपर्ने बताइन् । आयोग सम्बन्धी पुस्तकमा २०४७ सालपछिका १२ वटा आयोगहरु समेटिएको छ ।

Labels:

Sunday, July 12, 2020

कुनै हालतमा पार्टी विभाजन हुन दिन्न: प्रचण्ड

चितवन, २८ असार : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजन हुन नदिइने बताएका छन् । जिल्ला पार्टी कार्यालय चितवनमा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकतालाई अक्षुण्ण राखिने दृढता व्यक्त गरे ।
कार्यकर्तालाई आज यहाँ सम्बोधन गर्दै उनले भने, “पार्टी विभाजित हुन दिइने छैन, पार्टीको एकतालाई अक्षुण्ण राखिनेछ, यो विश्वास म तपाईंहरुलाई दिलाउन चाहन्छु ।” पार्टी एकताबद्ध हुने दृढता व्यक्त गर्दै उनले कार्यकर्तालाई भने, “अहिले यता र उता दौडिनुभयो भने पछि पछुताउनुहोला ।” उनले सबैले पार्टी एकताका पक्षमा नारा लगाउनुपर्नेमा पनि जोड दिए ।
पार्टीभित्र गम्भीर समस्या सिर्जना भए पनि आफू पार्टीमा देखिएका पछिल्ला सङ्कटबारे गम्भीर छलफलमा रहेको बताउँदै उनले नेता तथा कार्यकर्तालाई नहतारिन आग्रह गरे । हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन आफू हदैसम्म लचकताका साथ लागिपरेको बताउँदै उनले भने, “ठूलो पार्टीमा विवाद आउनु नौलो होइन, विचार, विधि र जनवादी केन्द्रीयताका आधारमा एकताबद्ध हुने सैद्धान्तिक यथार्थलाई सम्पूर्ण कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले मान्नै पर्छ ।”
चीनमा विशाल कम्युनिष्ट पार्टी नफुटेको बताउँदै उनले चिनियाँ नेताहरुसँगको छलफलमा विचार र विधिबाट चलेमा पार्टी नफुट्ने अनुभवबारे बुझ्न पाइएको जानकारी दिए ।उनले पार्टीमा विवाद भएमा विधिबाट समाधान खोजिने बताए ।
हिजो संविधान नबनोस् भनेर धेरै कसरत भएको बताउँदै उनले भने, “संविधान बन्न नदिने दबाबलाई परास्त गरेर संविधान बनायौँ ।” पार्टी र नेतालाई उक्साउने प्रवृत्तिका विरुद्ध खबरदारी गर्न उनले कर्ताकर्तालाई आग्रह गरे ।
संविधान बनाउनेदेखि नाकाबन्दी, नयाँ नक्सा जारी गर्ने जस्ता कार्य सबै मिलेर गरेको बताउँदै उनले भने, “ हामी कोही राष्ट्रवादी, कोही राष्ट्रघाती होइनौँ । सबै मिलेर राष्ट्राका लागि काम गरेका छौँ ।”राससFacebook

Labels:

साप्ताहिक राशिफल हेर्नुहोस : आषाढ २८ गते आईतबारदेखी श्रावण ३ गते शनिबार सम्मको

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – सोमबार बिहानसम्मको समय मध्ययम रहेकोले आफन्त तथा अपरिचीत व्याक्तिको विस्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउँने तथा उपचार खर्च बढेर जानेछ । दैनिक खर्च बढ्ने तथा आर्थिक व्यावस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । तरपनि विदेशी सामानको व्यापार तथा विदेशी सस्थामा काम गर्नेहरुको लागी समय उत्तम रहेकोछ । सोमबार दिउसोबाट समय राम्रो रहेकोले नयाँ प्रबृधिको प्रयोग मार्फत रचनात्मक काम गरी धन आर्जन गर्नेछ । आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानी बढाउँन सकिनेछ । बिछोड भएका सम्बन्धहरु पुनह सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बीच बिश्वास बढ्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – साताको सुरु र अन्तको समय राम्रो रहेकोले राजनितिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तीको योग रहेकोछ । परिवारका साथ मिठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ । समाजमा राम्रा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले मन प्रशन्न रहनेछ । नयाँ प्रबृधिको प्रयोग मार्फत आम्दानी बढाउँन सकिनेछ । सोमबार दिउसोबाट बुधबार साझसम्मको समय मध्ययम रहेकोले आफन्त तथा साथी भाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आषा देखाउँनेहरु सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औषधी उपचार खर्च बढ्ने योग रहेकोछ । तरपनि यात्रा हुने तथा विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउँन सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा भेटघाटलाई कम गर्नु नै राम्रो रहेनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ । बिहीबारबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । माया प्रेममा अविश्वास बढ्ने तथा परिवारका अग्रज व्याक्तित्वसँग राय बाजिनेछ । तरपनि विदेशी सामानको व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – साता राम्रो रहेकोले धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुची बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । दाम्पत्य सुख,प्रेम सम्वन्ध तथा पारिवारिक सम्वन्ध सुमधुर हुनेछ । बौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । व्यापार व्यावसायबाट सामान्य आम्दानी हुनेछ भने आम्दानीका नयाँनयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । विभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ । भौतिक तथा भोगविलासका सामानहरु प्राप्त हुँनेछन् । अध्यनमा प्रगती हुनेछ भने विद्यार्थि वर्गका लागी समय फलदायी रहनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्वन्धले आगामी दिनहरुमा विवाहरुपी निकास पाउँने योग रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – सोमबार बिहानसम्मको समय मध्ययम रहेकोले अल्छि गर्ने बानिले काम बाकी रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । संकट व्यावस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीहरुले पनि सहयोग गर्ने छैनन । सोमबार दिउसोबाट सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा गरीने लगानीबाट भविस्यमा राम्रो नाँफा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेकोछ । प्र्रेमील जोडीहरुका लागी समय उत्तम रहेकोछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) – साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापारमा सामान्य प्रतिफल हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथिको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैतिर ल्याउँन सकिनेछ । अतिथिको रुममा सम्मान पाईनुको साथै रमाईलो घुमघामको समेत अवसर आउनेछ । सोमबार दिउसोबाट बुधबार साझसम्मको समय मध्ययम रहेकोले खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउँन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएले सताउँनेछ । व्यापार व्यावसायमा मन्दी आउँने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)- घरायसि सेवा सुबिधाको उपयोग गरी अगाढि बढ्न सकिनेछ । आफन्त तथा साथिभाईको सहयोग पाईने योग रहेकोछ । व्यापारमा सामान्य आम्दानी गरी आर्थिक अवस्था सुदृड बनाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ भने बिपरित लिङगको सहयोगले राम्रा काम गर्न सकिनेछ । बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । बिहीबारबाट समय मध्ययम रहेकोले व्यास्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरि महसुस हुनेछ । खानपान तथा वाहिरी वातावरणको ध्यान दिनुहोला । गोप्यता भङग हुने तथा आफन्तसँग विवाद बढ्नेछ । तरपनि धर्ममा आस्था तथा विस्वास राख्नेहरुका लागी समयले साथ दिनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) – प्रतिस्पर्धी तथा सहपाठीहरुलाई किनारा लगाउँदै पढाइ लेखाइमा नतिजा हात पार्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्वन्धी समस्या झेल्नेहरुले मुक्ति पाउँने समय रहेकोछ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखि रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ । फेन्सी तथा विलाशी वस्तुको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । एकल तथा साझेदारी व्यावसायमा लगानी बढाउँन सकिनेछ । साथि संगि तथा ईष्ट मित्रबाट उपाहार प्राप्त हुने योग रहेकोछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी विच विश्वासको वातावरण बढेर जानेछ । पढाइ लेखाइमा मन जाने तथा अरुलाई पछी पार्दै नतिजा आफुतिर ल्याउँन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) – सोमबार बिहानसम्मको समय मध्ययम रहेकोले घरजग्गा तथा सवारी साधनको विषयमा विवाद गर्नुपर्ला । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना नै धेरै हुनेछ । आफ्नै भन्नेहरुले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । सोमबार दिउसोबाट समय राम्रो रहेकोले वौद्धिक व्याक्तीत्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगी बढी नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतीमा मन रमाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – साताको सुरु र अन्तको समय राम्रो रहेकोले उद्योग तथा उत्पादन मुलक क्षेत्रमा लगानी गरी आम्दानी बढाउँन सकिनेछ । लेखन,कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुका लागी समय फलदायी रहेकोछ । प्रेममा सामिप्यता बढेर जानेछ । आट शाहस तथा पराक्रममा बृद्धि भएर जाने हुनाले पुरुशार्थि काम गरेर नाम तथा दाम दुवै कमाउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । सोमबार दिउसोबाट बुधबार साझसम्मको समय मध्ययम रहेकोले राजनीति तथा सामाजिक काममा हतारमा निर्णय गर्दा आलोचना हुनेछ । आफन्त तथा परिवारलाई समय दिन नसक्दा तपाईदेखी रिसाउँनेछन् । तरपनि अन्य व्यापार व्यावसायमा मन्दी आउँने भएपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) – अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउँनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । व्यापार व्यावसायबाट सामान्य आम्दानी हुनेछ । बिभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्ब सँगको बसाईमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिहीबारबाट समय मध्ययम रहेकोले राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचन गर्नेहरु सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पती तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनाबश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउँनेछ । तापनी कृषि तथा पशुपालन व्यावसायबाट लाभ उठाउँन सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तीको योग रहेकोछ । सापटी लगिएका धन तथा सम्पती फिर्ता हुने योग रहेकोछ । गित संगित तथा मोडलिङ पेशा व्यावसायमा समय खर्चिनेहरुका लागी समय फलदायी रहनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण तथा रमाईलो गर्ने अवसर जुर्नेछ । छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । प्रविधिको प्रयोग गरी रचानात्मक काम गरी धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ भने पहिले गरीएका कामहरु उपलव्धीमुलक बन्दै जानेछन् । नयाँ काम गर्न सकिने तथा सहयोग र समर्थन गर्नेहरु प्रशस्त भेटिनेछन् ।
तपाईँको दिन शुभ रहोस ।

Labels:

Saturday, July 11, 2020

ओलीलाई नहटाएसम्म वार्ता नगर्ने भारतको धम्की

काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्री पदमा रहेसम्म भारतले नेपालसँग वार्ता नगर्ने धम्की पठाएको छ ।
उच्च राजनीतिक स्रोतहरुका अनुसार भारतले प्रधानमन्त्री ओली हट्नुपर्ने सर्त क्रमश खुलेरै अगाडि बढाउन थालेको छ ।

आफ्नो अतिक्रमित भूमि समेटेर नेपालले नयाँ मानचित्र जारी गर्नु पहिले देखि नै भारतले प्रधानमन्त्री ओलीको सरकार ढाल्न प्रयास गर्दै आएको थियो । मानचित्र जारी भएपछि तथा देशहितको पक्षमा नागरिकता विधेयक ल्याइएपछि भारतले खुलेआम सरकार ढाल्ने प्रयास थालेको हो ।
भारतीय खुफिया एजेन्सीका प्रमुखहरु नै काठमाडौंमा गोप्य रुपमा आएर सरकार ढाल्ने खेलमा सामेल भइरहेका छन् । नेकपाको स्थायी समितिलाई प्रयोग गरेर भारतले केपी ओलीलाई हटाउन खोजेको आशंका गरिँदै आएको छ । तर, नेकपाका स्थायी समिति सदस्यहरुले भारतको प्रयास असफल पारिदिने प्रष्ट भइसकेको छ ।
ओली सरकार ढाल्ने प्रयास असफल हुने देखिएपछि भारतले अर्काे चाल चल्न लागेको हो । उसले केपी ओलीले प्रधानमन्त्री पद नत्यागेसम्म वार्ता नै नगर्ने सन्देश दिन थालेको छ ।
भारतले एक कूटनीतिक नोट पठाएर नेपालले संविधान संशोधन गरेर अपनाएको नयाँ नक्सालाई अस्वीकार गरेको जनाइसकेको छ । अब कुरा यतिमा मात्र सीमित नहुने भएको छ, भारतले केपी ओली प्रधानमन्त्री पदबाट हट्नुपर्ने माग घुमाउरो पाराले उठाउन थालेको उच्च राजनीतिक स्रोतहरुले जानकारी दिएको छ ।
प्रधानमन्त्री केपी ओली निकट एक नेताले सनराइज खबरलाई भने– ‘उहाँहरु (भारत)ले केपी शर्मा ओली प्रधानमन्त्री पदबाट हट्नुपर्छ भन्ने सन्देश दिन थाल्नुभएको छ । उहाँहरुले यो सन्देश आगामी दिनमा अझ प्रष्टसँग दिनुहुने हाम्रो आकँलन छ ।’सनराइज खबरवाट

Labels:

यसरी पर्दाफास भयो प्रधानमन्त्री ओलीलाई हटाउने भारतको ग्य्राण्डडिजाइन

काठमाडौं, असार २७ । भारतीय सेनाका पूर्व मेजर जनरल गगनदीप बक्सीले नेपालको बिषयमा आपत्तिजनक अभिब्यक्ति दिएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीको बिषयमा अत्यन्तै भ्रामक सामाग्री दिएपछि सरकारी टेलिभिजन दुरदर्शनबाहेकका सवै भारतीय न्यूज च्यानलको प्रशारण रोकिएपछि बक्सीले नेपालको स्वाभिमानमाथि नै आँच आउने गरी अत्यन्तै आपत्तिजनक ट्वीट गरेका हुन । उनले चिनियाँ राजदुत यान्छीको फोटो राखेर नेपालको नयाँ शासक र महारानी भन्नेसम्मको निकृष्ट हर्कत गरेका छन ।
हेर्नाेस बक्सीको ट्वीट
भारतीय सेनाका पूर्वमेजर जनरल बक्सीको ट्वीटको नेपालीमा रुपान्तरण यस्तो हुन्छ :
‘नेपालकी नयाँ शासकलाई चिन्नुस । चाइनिज राजदुत महारानी यान्छी । उनले भर्खरै नेपालमा सवै भारतीय समाचार च्यानलहरु प्रतिबन्ध गर्ने घोषणा गरेकी छन । नेपाल छिटोछिटो तिब्बतको बाटोमा गइरहेको छ । नेपाली जनता चाँडो भन्दा चाँडो ब्यूँझनुपर्छ र नेपालका चाउसेस्कु श्री ओलीबाट मुक्त हुनुपर्छ ।’
भारतले लामो समयदेखि अति क्रमण गरी हडपेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गरी संबिधानसमेत संशोधन गरेपछि भारत सरकार र भारतीय मिडिया प्रधानमन्त्री ओली र नेपालबिरुद्ध खुलेयाम लागेका छन ।
यही क्रममा मोदी सरकारको बिशेष पात्र मानिएका बक्सीले प्रधानमन्त्री ओलीलाई जतिसक्दो चाँडो फाल्नुपर्नै भन्दै भारत सरकारको चाहनालाई राखेका छन उनले नेपाल तिब्बतको बाटोमा गएको भन्दै अक्षम्य अपराधसमेत गरेका छन ।
नेपालबिरुद्ध खनिएका बक्सीको भनाईबाटै भारत जसरी पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो पदबाट हटाउन चाहिरहेको प्रष्ट भएको छ । जनताटाइम्स डटकमले प्रधानमन्त्री ओलीको बिरुद्धमा भारतले गरिरहेको चलखेल र आपत्तिजनक हर्कतलाई पाठकसामू जस्ताको तस्तै प्रस्तुत गर्दै आएको छ ।
पछिल्लो समय नेपालमै आएर अनेक हर्कत गर्दा पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउने अवस्था नभएको र जनता प्रतिवादमा उत्रिएपछि भारत सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओली र नेपालबिरुद्ध बहुलाह कुकुर जसरी जता पनि टोक्ने काममा लागेको छ ।

Labels:

नेकपा विवाद : चेपुवामा प्रचण्ड !

काठमाडौँ/सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको शक्तिसंघर्ष केही मत्थर जस्तो देखिएपनि कैयौं कोशिशका बाबजुद जहाँको तहिं अड्किएको छ । असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक पटक-पटक स्थगित हुँदै साउन २ गतेसम्मलाई पुगेको छ ।

स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेसँगै सुरु भएको विवाद पुनः पुरानै बिन्दुमा आइपुगेको हाे । अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीचको कैयौं चरणको ‘वान टु वान’ बैठकले पनि कुनै समाधान दिन सकेको छैन् । दुबै पक्ष आ-आफ्नै अडानमा कायम छन् ।
यता ओली इतर समूहलाई समेत नेतृत्व गरिरहेका कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिएका नेताहरूले ओलीलाई जसरी पनि विस्थापन गर्नुपर्ने भन्दै प्रचण्डमाथि दबाब दिरहेका छन् । अहिले ओलीलाई हटाउन नसकिए अब हटाउन नसकिने निष्कर्ष निकालेका यो समूहका वरिष्ठ नेताहरूले प्रचण्डलाई ओली हटाउने अभियानको नेतृत्व लिन दबाब नै दिइरहेका छन् । अर्कोतिर प्रधानमन्त्री ओलीले सबैलाई कार्वाही गरेर देखाउन चुनौती नै दिएका छन् ।
वरिष्ठ नेता खनाल, नेपाल र उपाध्यक्ष गौतमले स्थायी कमिटीको बैठकबाटै समाधान खोज्ने भन्दै बैठक स्थगित नगर्न दबाब दिइरहेका छन् । तर, कार्यकारी अध्यक्ष प्रचण्ड भने बहुमतको बलमा निर्णय गरेर जाँदा पार्टी फुटको अपजस बेहोर्नुपर्ने तथा ओलीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुबै पद वा दुबैमध्ये कुनै एक पनि नछाड्दा ओलीसामू आत्मसमर्पण गरेको ठहरिने हुनाले दोहोरो चेपुवामा परेका हुन् ।
अर्कोतिर पछिल्लो समय भारतीय मिडियाको अनर्गल प्रचारले पनि प्रचण्डलाई अप्ठ्यारो स्थितिको सिर्जना गरेको छ । ओलीलाई भारत विरोधी देखाएका भारतीय मिडियाले ओलीको विरोधिलाई भारतीय पक्ष अनुकुल देखाएका छन् । यसले पनि दुबै पदबाट ओलीलाई अहिले विस्थापित नै गरियो भने पनि पार्टी फुटेको वा नफुटेको दुबै अवस्थामा ओलीको राष्ट्रवादको चेपुवामा आफू पर्ने डर प्रचण्डलाई छ । यही भएर पनि स्थायी कमिटी बैठकमा धेरै साथिहरुले दुबै पदबाट राजिनामा माग्नु भएको छ । कम्तीमा एक पदबाट राजिनामा दिनु भनेर ओलीलाई आग्रह गरिरहेका मात्रै छन् । त्यो भन्दा कुरा अगाडि बढेको छैन् ।
पार्टी अध्यक्ष पदबाट राजिनामा दिंदा पार्टीको एकता प्रक्रिया नै सकिने बताएका ओलीले प्रधानमन्त्रीकाे पद कुनै मूल्यमा छाड्न नसकिने स्पष्ट पारेका छन् । पार्टीको बागडोर प्रचण्डलाई सम्हाल्न समेत अमेरिकी विकास सहायता एमसीसी पास गर्न सहमत भए मात्रै पार्टी सञ्चालनको अधिकार दिन सकिने ओलीको भनाइ छ । पूर्व एमाले भित्रको विवादमा खेलेर शक्तिशाली देखिएका प्रचण्ड अहिले पूर्व एमालेको अन्तरविरोधको चेपुवामा परेका छन् । पूर्व माओवादी समूहले ओली हटाउने वा राख्ने कुरामा दुबैमा सहमत हुनसक्ने परिस्थिति छ तर, पूर्व एमालेकाे एक पक्षले अर्को पक्षालाई स्वीकार गर्न नसक्ने परिस्थितिका कारण पनि प्रचण्ड चेपुवामा परेका हुन् ।
पार्टी भित्रका दोस्रो तहका नेताहरूले समेत पार्टीलाई फुटबाट बचाउन भन्दै पार्टी एकता कायम राख्नको लागि दबाब दिएका छन् । प्रधानमन्त्री ओली सितिमिति कसैको कुरा सुन्नेवाला छैनन् । यसको चेपुवा पनि प्रचण्ड नै परेका छन् । अहिले प्रचण्ड उनी आफैले भन्ने गरेको उनी हिड्ने पुरानो बाटो ध्वस्त गरिसके फर्किन सक्दैनन् अगाडि बढ्ने हिम्मत गर्न सकेका छैनन् । अब प्रचण्ड अगाडि बढ्छन वा पछाडि फर्कनछ्न् त्यसैले नै नेकपा विवादको समाधान कसरी हुन्छ भन्ने स्पष्ट हुनेछ ।

Labels:

Wednesday, July 8, 2020

ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता सुरु, सहमति हुने अनुमान

काठमाडौँ, २४ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच ‘वान टु वान’ वार्ता सुरु भएको छ ।
उनीहरुबीच तोकिएको समयभन्दा केही ढिलागरी वार्ता सुरु भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

आजको वार्ता निर्णायक हुनसक्ने अनुमान गरिएको छ ।
प्रचण्डसहितका नेताले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि पार्टीभित्र झन् ठूलो तरंग पैदा भएको थियो । हाल राजीनामाबाहेकका विषयमा सहमति हुने प्रधानमन्त्रीले बताएका छन् ।
यद्यपि दुवैको अडानका कारण विवाद चुलिँदै गएको छ । असार १८ गतेदेखि स्थायी समितिको बैठक बस्न सकेको छैन । स्थायी समितिको अर्को बैठक आगामी शुक्रबार बिहान ११ बजेलाई तोकिएको छ ।

Labels:

भोलिदेखि चार दिन वर्षकै धेरै पानी पर्न सक्ने, यी ठाउँमा आउँदैछ बाढी

काठमाडौं । भोलि (बिहीबार)देखि चार दिनसम्म यो वर्षकै धेरै पानी पर्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असार २५ देखि २८ गतेसम्म प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरिएको छ ।
वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परेको भन्दै प्राधिकरणले भनेको छ, ‘भारी वर्षाले बाढी, डुवान र पहिरोको जोखिम बढाइदिएको छ ।’
प्राधिकरणका अनुसार पहाडी क्षेत्रमा साना खोलानाला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना छ । कतिपय ठाउँमा पहिरो पनि जानसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, बाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्नसक्छ । ‘खासगरी प्रदेश १ र २ का चुरे तथा तराई भएर बस्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन विशेष आग्रह गर्दर्छौं’ सूचनामा भनिएको छ ।
झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायतका जिल्लाका होचा ठाउँमा डुवानको खतरा पनि रहेकाले सतर्कता अनाउन आग्रह गरिएको छ ।

Labels:

निश्चित मापदण्ड बनाई ट्याक्सी सञ्चालन गराउन निर्देशन

संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी सञ्चालनसम्बन्धी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

सार्वजनिक यातायात सम्वद्ध सरोकारवाला मजदूर संगठन, व्यवसायी तथा प्रतिनिधिसँगको छलफलपछि निश्चित मापदण्डलाई पालना गरी सर्वसाधारणको आवतजावतमा थप सहजता प्रदान गर्न ट्याक्सी यातायात सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाउन समितिले नेपाल सरकारलाई निर्देशन दिएको बताएको छ ।
त्यसैगरी, महामारीको समयमा सार्वजनिक यातायात कसरी सञ्चालन गर्ने बारेमा आगामी बैठकमा सिसिएमसी र विभागीय मन्त्रालयसँग छलफल गरिने निर्णयमा उल्लेख छ । नेपाल सरकारले कोभिड–१९ नियन्त्रणका लागि लकडाउन गरेसँगै विगत ३ महिनादेखि सार्वजनिक यातायात ठप्प छ ।

Labels:

Thursday, July 2, 2020

आजको राशिफल : आसार १९ गते, शुक्रबार

वि.सं.२०७७ साल आसार १९ गते । शुक्रबार । ईश्वी सन् २०२० जुलाई ०३ तारिख । नेपाल संवत् ११४० ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । लामो समय देखिको प्रेममा अविश्वास बढ्न सक्छ । पढाइ लेखाइमा समय दिन नकस्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदी बहिनीसँग विवाद सिर्जना हुनेछ । व्यापार व्यवसायमा आम्दानी बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) शुभचिन्तकहरुको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरु सम्पन्न हुनेछछन् । भौतिक सम्पति तथा विलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धबहरुको सहयोग तथा समर्धन पाइने हुनाले उपलव्धिमुलक कामहरु गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कुनै पनि विवाद वा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । मुद्दा मामिला तथा यस्तै क्रियाकलापमा सामेल नहुनु नै राम्रो रहेकोछ । आफन्त तथा कुटुम्बसँग मनमुटाब बढ्ने योग रहेकोछ । सत्रुहरुले टाउको उठाउन खोज्नेछन् ध्यान दिनुहोला । व्यापारमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिकी प्रभावित हुनेछ । तपाईँको कामबाट अरुले फाइदा लिन खोज्नेछन् । स्वास्थ्यमा सामान्य समस्या आई खर्च बढ्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरु खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ समय व्यातित हुनेछ । सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेको छ भने आफूले मन पराएको मानिसबाट उपाहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरेपनि पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दाजुभाइ तथा बन्धुबान्धबसँग सामान्य मनमुटाब सिर्जना हुने तथा विवाद बढ्नेछ । व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले आर्थिक अवस्था कमजोर हुनेछ । पराक्रम तथा आट गर्न नसक्दा विभिन्न अवसरहरु गुम्नेछन् । पढाइ लेखाइमा अरुभन्दा कमजोर भइने हुनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । प्रेममा नजिक हुने समय नरहेकोले भेटघाट भन्दा पनि प्रबिधिको प्रयोग गरि कुराहरु गर्नु राम्रो हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कुटुम्ब तथा बोलि भावमा गोचर गर्ने चन्द्रमाले कुटुम्बसँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ भने बालिको माध्ययमबाट राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागि भई स्वादिष्ट भोजनका साथ रमाइलो वातावरणमा दिन कटाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउँन सहज हुनेछ । तरपनि भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सामान्य स्वास्थ्य सम्बन्धि समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जाँगरमा कमि आउनेछ । अरुको भर पर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्याउनाले व्यवहार बिग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाइनाले हर क्षेत्र डामाडोल हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ भने व्यापारबाट केही मात्रामा लाभ लिन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आर्थिक लाभ हुने काममा हात हाल्न सकिनेछ । इर्ष्या गर्नेहरू आफै किनारा लाग्नेछन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साथीभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भएपनि बिफल हुने ग्रहयोग रहेकोछ । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सुचनाहरु बहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्रशासनिक क्षेत्रमा तपाईको निम्न स्तरको सहभागिता रहनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अरुकै काममा समय बित्ने हुँदा पढाइ लेखाइ प्रभावित हुनेछ । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुनेछन् । प्रेम सम्बन्धमा मनमुटावको अवस्था सिर्जना हुनेछ भने पति पत्नी बीच अविश्वास पैदा हुँन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रीय घट्ना नघट्ला भन्न सकिन्न ।
तपाईको दिन शुभ रहोस् ।

Labels:

प्रधानमन्त्री ओलिले नेकपा फुटाए, औपचारिक घोषणा हुन मात्र बाकी – नेपाल

काठमाण्डौँ । । नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाईसकेको र औपचारिक घोषणा मात्र गर्न बाकि रहेको निस्कर्ष निकालेको छ ।

यद्यपि औपचारिक घोषणा नगरेकाले पार्टी बचाउन संबाद गर्नुपर्ने उहाको भनाई छ । बिहिबार बालुवाटारमा जारी छैटौं दिनको स्थायी कमिटी बैठक केहिबेर स्थगित गरेर अध्यक्ष दाहालले प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेका थिए ।
‘पार्टी त केपी ओलीले फुटाइसक्नु भयो । तैपनि औपचारिक घोषणा नगरेको कारण हामीले इमान्दारीपूर्वक सम्पूर्ण प्रयत्न गर्नुपर्छ, गरौं,’प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेर फर्किएपछि स्थायी कमिटी बैठकमा दाहालले सुनाएका थिए।

Labels: