Thursday, May 18, 2023

आज वि.सं.२०८० साल जेठ ५ गते शुक्रबार , हेर्नुस् आजको राशिफल

 



मेष–आज तपाइलाई अल्छी पनले सताउला, शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला । पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, खानपानमा बिचार पुर्याउनु होला । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला ।

वृष–परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरी सुरु हुन सक्छन्, पाहुनाको आगमन हुने दिन छ । तपाइको बुद्घिको सहि प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ, अन्नको लाभ पनि होला । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ, आज कसैबाट समर्थन एवम धन पाइने दिन छ ।

मिथुन–आज चिताएको काममा सफलता पाइनेछ धन लाभ पनि हुने दिन छ, कूसैबाट समर्थन पनि पाइएला । धनको लाभ अर्थात रुपैया पैैसा कमाइने दिन छ, पुराना साथीसंगको भेटघाटले मन रमाउने छ । आज तपाइलाइ अनौठो तरिकाबाट धनलाभ हुन सक्छ, परिवारबाट सुखको अनुभुति पनि मिल्ला ।

कर्कट–शरिरमा सामान्य रोगले सताउला तर पनि समाजिक सम्मान भने पाउने समय छ, यात्राको पनि योग छ । अनौठो तरिकाबाट रुपैयापैसा कमाइने छ, आज रमाइलो यात्राको योग पनि रहेको छ, । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ ।

सिंह–आर्थिक पक्ष खासै राम्रो छैन नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ सावधान रहनु होला । सामान्य रोगले सताउला सावधान रहनु होला साथै भौतिक सरसामनको पनि क्षति हुने दिन छ । आर्थिक अभाव देखा पर्न सक्छ, भौतिक साधनको पनि क्षति हुने दिन छ होस पुर्याउनु होला ।

कन्या–बिहानी पख सुखको अनुभव होला तर बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ । बन्देैन भनेको काम पनि तपाइको अथक प्रयासमा बन्ने दिन छ, आफन्तको सहयोग पनि प्राप्त हुने दिन छ । नसोचेको आफन्तसग भेटघाट हुनाले मन प्रफुल्ल हुने छ, सोचे अनुसार काम सम्पन्न भने हुदैन ।

तुला–आजको दिन तपाइको पैसा कमाउने योग रहेको छ, नचिताएको टाउबाट आम्दानी हुने दिन छ ।आम्दानीका प्रशस्तै बाटाहरु ख्ुाल्ने दिन छ, ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुने दिन छ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ ।

वृश्चिक–कुनै नया कामको थालनी गर्नु भए राम्र्रो हुन्छ, परिवारमा आर्थिक समस्याले पनि सताउने छ । काम गर्न जागर आउनाले धनको लाभ होला, सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ । नया काम सम्बन्धि योजना बनाउदा फाइदा हुन सक्छ, साथै ब्यापारब्यवसाय बाट पनि लाभ मिल्ने देखिन्छ ।

धनु–तपाइलाइ आज अनावश्यक रुपमा डर लाग्न सक्छ सतर्क रहनु होला, कसैसंग हल्का मनमुटाव पनि होला ।विचार बढने समयमा निर्णय नहुदा काममा अवरोध आउने र मनमा चिन्ता बढने योग छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि छ ।

मकर–तपाइको आज कसैबाट आदर पाउने दिन छ, तर पनि जागिरमा भने खासै मन नजाला ।धन मान पाउने योग छ । नोकरि तथा राजनितीमा आफनु बर्चस्व बढाउन सकिन ेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

कुम्भ–आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ, साथै रुपैयापैसाको पनि कारोबार राम्रै होला । परिरवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ, कृषिकार्यबाट पनि फाइदा लिन सकिन्छ ।

मीन–नसोचेको ठाउबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भने सामान्य विवाद होला । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ।

Labels:

Wednesday, May 17, 2023

जेठ ४ गतेको राशिफल : यी ७ राशिका भाग्य चम्किन्छ, व्यवसायबाट हुनेछ मनग्यै लाभ



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ, घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गरिने छ । लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ । नयाँ उत्साह र उमङ्ग जाग्ने समय हो, खुसी र प्रसन्नताको सीमा हुनेछैन । विजय र सफलताले जताततै पछ्याउन सक्छ तर रिसराग, घमण्ड र अहङ्कारबाट टाढा रहनु ठीक हुन्छ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ गुलाबी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ क्रां क्रीं क्रौं सः भौमाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।



बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – सेवाग्राही वा सिनियरसँग कुनै पनि बहसमा नअलमलिनु होला, नत्र सामान्य मानेको कुराले नै पछि तनाव बढाउने खतरा देखिन्छ । तालमेल र पारदर्शिता राखेर सम्बन्ध राख्नु ठीक हुनेछ, ससाना कुरा पनि लुकाउने वा छल्ने काम गर्नु हुँदैन, नत्र विश्वासको सङ्कट हुनसक्छ । आत्मविश्वासमा कमी आउनसक्छ, हरेक क्रियाकलापमा संयमता र हिम्मतको खाँचो हुनेछ । जुवा वा सट्टाबाजीमा धन लगानी गर्नु हानिकारक बन्नेछ । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ छिरबिरे/रङ्गीबिरङ्गी र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कें केतवे नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – जोखिम मोलेर गरेको कामबाट फाइदा हुनेछ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ । जिम्मेबारीको भावना र कर्तव्यपालना देखेर सबैले तपाईंको प्रशंसा गर्नेछन् । आज परदेशमा रहेका आफन्तजन वा बिछोडिएका पुराना सँगीसाथीसँग पुनर्मिलन हुने समय हो । महत्त्वाकाङ्क्षा जाग्नेछ, कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहिनेत गर्नु जायज हुन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ पहेंलो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवपुजिताय गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न आजको दिन अनुकूल समय देखिन्छ । कुनै कुरामा दुविधा भएमा अभिभावक वा बुजुर्ग व्यक्तिहरूसँग छलफल गरी अघि बढेमा काम गर्न सहजता हुनेछ । उच्चपदस्थ र महत्त्वपूणर् व्यक्तिहरूसित मित्रता हुनेछ, कुनै पुरस्कार वा सम्मान पाउन सक्नुहुन्छ अथवा कुनै दूरगामी योजनाको कार्यान्वयन गर्ने विषयमा छलफल हुनसक्छ । आनन्द वा मनोरञ्जनमा भन्दा पनि कार्यक्षेत्रमा व्यस्त रहने दिन हो, व्यस्तताका बारेमा सुरुमा नै बताएर लवमेटको मन राख्न सकिने छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ सेतो/सेतो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कर्माधिष्ठातृदेवेभ्यो नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – कार्य पद्धतिमा सुधार हुनेछ, सामाजिक संस्थामा कार्यरत हुनुहुन्छ भने विशेष सफलता पाउन सक्नुहुन्छ, सिनियर्सको मुखबाट प्रशंसा सुन्न पाइने छ । जग्गाजमिन, ढुवानी, निर्माण सामाग्री आदि व्यवसाय छ भने राम्रो हुन्छ । आज कारोबारका अतिरिक्त धार्मिक/पारम्परिक काममा पनि संलग्न हुन सक्नुहुन्छ । धार्मिक/सामाजिक काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ । आज ५५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ गुलाबी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – नयाँ लगानीका निमित्त उपयोगी दिन छैन, त्यस्तै सामुन्ने देखिएका समस्यालाई चाँडो समाधान गर्नुहोला, नत्र व्यापारिक कारोबारमा दूरगामी प्रभाव पर्नसक्छ । अस्वस्थताका बावजुद काममा जुट्नै पर्ने परिस्थिति छ, सुस्वास्थ्य र आरामका लागि समय छुट्याउनु तथा पौष्टिक आहारामा ध्यान दिनु ठीक हुन्छ । हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ । याद गर्नुहोला, अनुशासन र संयमता आजको सफलताको सूत्र हो । आज ०५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतो/पहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वमृत्युनिवारकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – पेसागत सफलताका लागि प्रयास गरिने छ, त्यसबाहेक पारिवारिक जीवन, वैवाहिक सुख र प्रेम जीवनका निमित्त केही समय छुट्याउनु पर्ने दिन हो । घुमघाममा निस्कने वा एकान्तमा बसेर रमाउन पाइने सुन्दर दिन छ, लवमेटको खोजीमा हुनुहुन्छ भने नयाँ प्रस्ताव आउने छ । भइपरि आउने काममा खर्च बढ्ने दिन हो । स्वार्थ पूरा गर्न जोखिम मोल्ने काम नगर्नु होला, नत्र झञ्झटमा पर्न सकिन्छ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कुलपूजितायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।


बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – पारिवारिक वातावरण सुखशान्तिले भरिपूणर् देखिन्छ, पतिपत्नीका बीचमा उचित तालमेल कायम हुनेछ । यद्यपि एकअर्काको भावनाको कदर गर्नु समुचित हुनेछ । ओभर कन्फिडेन्समा नरहनु होला, परीक्षा वा प्रतिस्पर्द्धा नजिकै आएको छ भने खेलवाड र मनोरञ्जनलाई पूणर्तया त्यागेर थप मिहिनेत गर्नु समुचित हुनेछ । शारीरिक थकान र बेचैनीको समय हो, ससाना कुरामा चिन्ताग्रस्त भइने छ, सानातिना विषयमा चिन्ता गर्ने हुँदा आफूमात्र होइन, आफन्त र सँगीसाथीको तनावमा समेत बृद्धि हुने समय छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वरोगहराय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – बौद्धिकतामा निखार आउने दिन हो, अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ । कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्नेछ । ज्ञान वा अनुभव बढाएर व्यक्तित्वलाई अपडेट गर्नु समुचित हुन्छ । कुनै नयाँ कामको थालनी गरौं भन्ने लागेको छ भने प्रयास गर्नुहोला । बुद्धिकौशल अर्थात् ट्रिकको प्रयोग गरी सफलता कमाउने दिन हो, समस्यामूलक कुनै काम छन् भने सिनियर स्टाफको होइन, जुनियर साथीको सहयोग लिनुपर्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – भेटघाट र कुराकानीका निमित्त समय र स्थान छनौट गर्न निकै गोपनीयता अपनाउनु होला, किनभने आज चियोचर्चो गर्नेले तनावमा बृद्धि गर्नेछन् । साथीभाइको क्रियाकलाप र व्यवहार देखेर चिन्ता बढ्न सक्छ । पारिवारिक दायित्वको बोध हुनेछ, घरायसी समस्याका बारेमा जानकारी लिएको जाती हुन्छ । हाँके/ताकेको कुनै काम रोक्नुपर्ने हुन्छ । नयाँ लगानीका लागि उपयुक्त समय होइन, बरु वातावरण र परिस्थितिमा केन्द्रित हुनुपर्ने समय हो । आज ३० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बगलामुखीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ । नयाँ ठाउँ, रमणीय वातावरण र नयाँ मित्रको सङ्गत र संसर्ग हुने समय हो । मनमस्तिष्क धर्म, अध्यात्म र परोपकारप्रति केन्द्रित हुनसक्छ । खटेअनुसार फाइदा बटुल्ने दिन हो, अझ रासायनिक वस्तुहरू, पेट्रोलियम, रङ र पेन्टिङको कारोबार छ भने बढी लाभ लिन सकिने छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बक्रतुण्डाय हुम् यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – जस्तै चुनौती देखिए पनि सफलता तपाईंको मुट्ठीमा रहने समय छ, त्यसैले परीक्षा वा प्रतियोगितालाई ध्यानमा राखी पठनपाठनमा जुट्ने दिन हो । कला/कविता र साहित्यमा रुचि बढ्नसक्छ । नचिताएको धन हातमा आइपुग्ने अथवा रोकिएको धनले गति समात्ने समय हो । स्थिर कारोबारका माध्यमबाट ठोस लाभ हुने दिन भएकाले लगानी बढाउन सक्नुहुन्छ । उपहार वा धन प्राप्त हुने दिन हो, त्यस्तै सिनियर कर्मचारी वा हाकिमसमेत खुसी हुनेछन् । कुनै काम फुत्काउनु छ भने प्रयास गर्नुहोला । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

Labels:

Tuesday, May 16, 2023

जेठ ३ गतेको राशिफल : यी ७ राशिका भाग्यको तारा रहनेछ मजबूत, व्यवसायबाट हुनेछ मनग्यै लाभ




मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – काममा प्रगति हुने समय छ, तर एकोहोरोपन, जिद्दीपन र घमण्ड आजका शत्रु हुन् भन्ने बुझेर आफूलाई संयम बनाएर काम गर्ने दिन हो । पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ, रूप सौन्दर्य र व्यक्तित्वमा निखार आउने छ । अत्यन्त सुखभोग गर्न पाइने छ । प्रतिभा, दक्षता र योग्यता प्रदर्शन गर्नाले राम्रो परिणाम प्राप्त हुनेछ । महत्त्वपूणर् व्यक्तित्व र विद्वान्हरू सम्पर्कमा रहनेछन् । आज ८० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ गुलाबी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धरणीसुताय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।



बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – दौडधूप गर्नुपर्ने काम, ढुवानी/यातायात वा मार्केटिङमा राम्रो छ, तर काममा आफू स्वयं उपस्थित भएमा मात्र लाभ पाइने दिन हो । जुनसुकै काम सम्हाल्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ, अझ आर्थिक पक्ष हो भने सानातिना खर्चको पनि हेक्का राख्नु होला । पठनपाठनमा ध्यान केन्द्रित हुँदैन, चित्तमा शान्ति होस् र मन स्थिर होस् भन्ने उद्देश्यले मेडिटेसन, योग र ध्यानतर्फ आकर्षित हुनुपर्छ । आज ५० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ त्र्यम्बकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – जुनियर स्टाफ वा सँगीसाथीको क्रियाकलापले तपाईंको चिन्ता बढ्नसक्छ, तथापि आफ्नो क्षमता र प्रतिभाअनुसार अवसर मिल्ने दिन हो, उन्नतिपथका हरेक विघ्नबाधा पन्छाउँदै एउटा छुट्टै पहिचान कायम राख्न सफल भइने छ । परिस्थितिवश जिम्मेबारीबाहिरको काममा अलमलिनु पर्ने हुन्छ । काममा विलम्ब भए पनि कुनै विशेष काम सम्पादन गर्ने दिन हो । एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – व्यापार/व्यवसाय वा पेसामा राम्रो प्रगति हुनेछ । व्यापारको विस्तारसमेत हुनसक्छ, तर छिटो धन कमाउने प्रवृत्तिमा अङ्कुश लगाउनु बेस हुन्छ । कारोबारमा राम्रै प्रतिफल प्राप्त हुनेछ, कुनै नयाँ प्रस्ताव वा योजना छ भने साझेदार र प्रतिस्पर्द्धीसँग अन्तक्र्रिया गरी अनुभव बटुल्नु महत्त्वपूणर् मानिन्छ । दौडधूप र धपेडी गर्ने समय छ । काममा कसैको साथसहयोग मिल्दैन, तर व्यक्तित्व विकास र प्रतिष्ठा प्राप्तिको प्रयासमा उपलब्धि लिन सकिने छ । आज ९० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ हरियो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बुं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – विशेष गरी जो निरन्तर मिहिनेत गर्दछन् र केही नयाँ सिक्ने मनसाय राख्दछन्, तिनको प्रयास सफल हुने तथा प्रशंसा पाउने समय हो । मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्नेछ, कर्मप्रति समर्पित भइने छ र प्रतिष्ठामा बृद्धि हुनेछ । दीनदुःखी, रोगी र पाको व्यक्तिलाई सहयोग गर्न पाउँदा एउटा छुट्टै आनन्दको आभास हुनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, विभिन्न अवसर प्राप्त हुनाका साथै उच्च अधिकृतहरूसँग उठबस र मित्रता हुनसक्ने समय हो । आज ५५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ गुलाबी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भूमिनन्दनाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – शरीरमा थकान र उत्साहमा कमी आउने समय छ, तथापि आफूलाई सक्दो प्रसन्न बनाउन प्रयास गर्नुपर्छ, किनभने आज आफ्ना लागिमात्र होइन, आफन्तका निमित्तसमेत तपाईंको दृढता र हौसला आवश्यक देखिन्छ । नियम/कानूनसँग असङ्गत विषयवस्तु र गलत काममा दिलचस्पी राख्नु हुँदैन, साँच्चै भन्ने हो भने आज रिस्क र जोखिमबाट टाढा भाग्ने दिन हो । परिवार र साथीहरूप्रतिको तपाईंको भावनाले चिन्ता बढाउन सक्छ, त्यस्तै स्वभावमा चिडचिडेपन र तनाव बढ्नाले आपसी भेटघाटमा नोकझोक र किचलोसमेत हुनसक्छ । आज ७५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ऐं श्रीं श्रीं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग हुनेछ, पारिवारिक जीवन र आत्मिक आनन्दका लागिसमेत उत्कृष्ट समय रहेको छ । मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने तथा भोजन र परिकारको स्वादमा रमाउने दिन छ, तर पनि जीवनसाथीको इच्छा र रुचिलाई ध्यान दिनु ठीक हुन्छ । रमणीयता र भावुकतामा भुलिने हुँदा कुनै महत्त्वपूणर् पाठमा कमजोरी र कसर देखिने डर छ, त्यसैले लक्ष्य प्राप्त गर्न कडा मिहिनेत गर्नुपर्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ राधाकृष्णाभ्यां नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।


बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आफूले गरेको मिहिनेतको प्रतिफल अरुले हत्याउने चेष्टा गर्नेछन्, तर शुभचिन्तकहरूको साथ पाउनाले अप्ठ्यारो परिस्थितिमा समेत काम बनाउन सकिने दिन हो । भेटघाट र मिलनको समय हो, तथापि मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन छ, त्यसैले बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नुपर्छ । शत्रु र प्रतिस्पर्द्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्नेछन् । यद्यपि पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने छ तर कामको बोझ बढ्नाले थकानको अनुभूति हुनेछ । आज ९० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ रातो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवीद्यौराल्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका निम्ति समय निस्कनेछ । आफ्नो अनुकूलता हेरी सबै कार्य सहज ढंगले गरिँदै जानेछन् । बुद्धिको सही प्रयोग गरी प्रतिष्ठा आर्जन गर्न सकिने राम्रो दिन छ, तर कल्पना र भावनामा मन रुमल्लिन सक्छ । सचेतताका साथमा काममा लागी पर्नु ठीक हुन्छ । सांसारिक सुखप्रतिको झुकाव बढ्नेछ । जुनियर स्टाफको अभावमा कारोवार प्रभावित बन्नसक्छ, तर घरका कनिष्ठ नातेदारको सहयोग लिन सकिने छ । आज ९० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ रातो/हरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ रोहिणीपुत्राय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – घरभित्रका झिनामसिना काममा व्यस्त रहँदा समय बितेको पत्तो पाइँदैन, तर सानातिना र बेकामे कुरामा मन अल्झियो भने निराशा व्यहोर्नुपर्छ । कुनै समस्या छ भने अभिभावकसँग प्रष्टसँग राख्ने प्रयास गर्नुहोला । घरबाहिर हुनुहुन्छ भने मन मिल्ने साथीलाई बताउनु ठीक हुन्छ । खिसीट्युरी गर्ने वा प्रतिद्वन्द्वीहरूले अथवा राजनैतिक प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्छन्, त्यस्तै गोपनीयता बाहिरिनाले पनि समस्यामा पर्न सकिन्छ । तर आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमःभद्रकाल्यै यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – व्यक्तिगत कार्यमा सफलता मिल्नेछ तर पारिवारिक दायित्व र जिम्मेबारी बढिरहने समय हो । बरु दाजुभाइ वा माइतीपक्षको सरसहयोग जुटाउन सक्नुहुन्छ । कुनै कुरा नजानेर अलमलमा पर्नुभएको छ भने साथीहरूसँग छलफल गरी जानकारी बटुल्ने दिन हो, नयाँ कुरो सिक्न पाइने छ । दाजुभाइ, दिदीबहिनी वा छरछिमेकीको सहयोग गर्ने हुँदा केही समय बित्नसक्छ । आज व्यक्तिगत पहिचान र प्रतिष्ठा एवं व्यवसायिक स्तरोन्नतिका लागि चालेको हरेक कदमले सफलताको शिखर चुम्नसक्ने दिन हो । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ हरियो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सोमजाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ । परिस्थितिलाई मनन गर्नसक्ने क्षमताको विकास हुनेछ । जोसुकैलाई पनि आफ्नो विचार र लक्ष्यप्रति सहमत तुल्याउन सकिने छ । परिवारसँग बिताएको समयले शान्तिको अनुभूति गराउने छ । सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ, आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुनेछ । आज ९५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो/उज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

Labels:

Monday, May 15, 2023

आज जेठ ०२ गते मंगलबार कस्तो रहला त तपाईको राशीफल

 


मेष–

मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। भेटघाटले पूर्वार्ध रमाइलो हुनेछ। धन कमाउने अवसर पनि मिल्ने देखिन्छ । रोकिएका काममा

दोहोर्याएर प्रयत्न गर्नुहोला। परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ।


वृष–

मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनुहोला। पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग नजिकिन सक्छन्।


मिथुन–

मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले सताउन सक्छ। छर–छिमेकमा असमझदारी बढ्न सक्छ। बलजफ्ती गर्दा काम बिग्रन सक्छ ।


कर्कट–

अप्ठ्यारा कामको बोझ थपिन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वास गर्दा धोका पाइएला। व्यापारमा ठूलो उपलब्धि हासिल गर्न नसकिएला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला।


सिंह–

हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। सन्दर पहिरनमा

सजिएर बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ। मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ।


कन्या–

बोलीको प्रभावले फाइदा उठाउन सकिनेछ। मेहनतले धेरै काम बनाउन सकिनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन्।


तुला–

अध्ययनमा पछि परिने योग भएकाले सावधान रहनुहोला। प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्, गोपनीयतामा ध्यान दिनुहोला। आज आफ्ना नातेदारहरुसंग झै झगडा पर्न सक्छ, आर्थिक समस्या पनि पर्न सक्छ, साथै सवारीसाधन चलाउदा पनि सावधान रहनु होला ।


वृश्चिक–

योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ। ईर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला। आफ्ना विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन्। मान–सम्मानपाइनेछ तर पनि गरि रहेको काममा केहि समस्या पर्न सक्छ ।


धनु–

विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ। तर आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ। विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ।


मकर–

काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला। नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हातपार्ने समय छ।


कुम्भ–

स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ । नसोचेको ठाउबाट धनमाल आर्जन हुने देखिन्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ। केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा मनग्य लाभ हुनेछ।


मीन–

मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आलोचकहरू बढ्नेछन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ। अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला।

Labels:

Sunday, May 14, 2023

वि.सं. २०८० जेठ ०१ गते सोमबार, तपाईको राशिफल

 


मेष - (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)


मेष राशिको आज समय राम्रो छैन । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा खटपट आउनेछ । आफन्त तथा साथीभाइ बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला ।


 


बृष - (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)


वृष राशिको लागि आज समय शुभ रहनेछ, विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामबाट पनि फुर्सद पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमय रहनेछ।


 


मिथुन - (का, कि, कु, घ, ङ, छ, के, को, ह)


मिथुन राशिको लागि आजको दिन राम्रो रहन सक्नेछ। विवादित विषयहरूबाट निचोड तपाइकै पक्षमा आउनेछ । पढ्ने लेख्ने काममा अरूलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याबाट छुटकारा पाइने हुनाले मन प्रशन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँनयाँ काम गर्न सकिनेछ । तपाइसँग मनमुटावको भावना राख्ने तथा सत्रुता राख्न चाहनेहरू आफै कमजोर हुनेछन् ।


 


कर्कट - (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)


कर्कट राशिको लागि आज समय शुभ छैन । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ ।


 


सिंह - (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)


सिंह राशिको लागि आज समय राम्रो छैन । आफन्त तथा अग्रजहरू सँग विवाद सर्जन हुनेछ । गैर न्यायिक काम नगर्नु होला दण्ड तथा जरिवाना हुने समय रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ । माया प्रेममा धोका हुनेछ भने पढाई लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने कर्म प्राप्तिको लागि लामो दुरीको विदेश यात्रा हुनेछ ।


 


कन्या - (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)


कन्या राशिका व्यक्तिहरुको आजको समय राम्रो रहनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र तिरको यात्रा गर्न सकिनेछ । पढाई लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ ।।




तुला - (र, रि, रु, रे, रो, ता, ति, तु, ते)


तुला राशिको लागि आज समय राम्रो रहनेछ । नयाँ काम पाउने तथा व्यापारमा प्रशस्त आम्दानी हुने हुँदा आर्थिक स्थिति सुदृढ हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । पैतृक सम्पत्ति तथा सरकारी सम्पत्तिको प्रयोग गर्न पाइने हुँदा मन प्रसन्न हुनेछ ।


 


वृश्चिक - (तो, ना, नि, नु, ने, नो, या, यि, यु)


वृश्चिक राशि भएका व्यक्तिहरुको लागि आज समय शुभ छैन, स्वास्थ्यमा समस्या आउन सक्छ । । चिसो र पखालालाले ठूलो दुःख दिने सम्भावना छ । त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । पिसाब सम्बन्धी रोग एक्कासी देखापर्न सक्छ । एक पटक स्वास्थ्य जा“च गराउनु नै उचित हुनेछ । आज गरेको लगानीबाट नोक्सानी हुनसक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला ।



धनु - (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)


धनु राशि भएका व्यक्तिहरुको लागि आज समय खराब छ । आफन्त व्यक्तिसंगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । साढेसातीको प्रभावले समग्र समय कष्टप्रद, अनावश्यक भ्रमण, आत्मीयजनबाट धोका पाइनेछ । त्यसैले हरेक कार्यमा सतर्क अति आवश्यक छ । समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्वपूर्ण राजनीतिक निर्णय नगर्नुहोला ।


 


मकर - (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)


मकर राशि भएका व्यक्तिहरुको लागि आज समय राम्रो रहनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङकन हुने ग्रहयोग रहेकोेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ भने छोटो तथा रमाइलो व्यावसायिक यात्राको तय हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ ।



कुम्भ - (गु, गे, गो, सा, सि, सु, से, सो, द)


कुम्भ राशिको लागि आजको समय त्यति राम्रो देखिंदैन । यात्रामा झण्झट, लेनदेन गर्दा ज्यादा घाटा पर्नेछ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ । कुनै दलालले पैसा ठगिदिने, छातीमा खराबी, रोग बाधाको बलियो सम्भावना रहेको छ । समय अत्यन्तै खराब रहेकाले सबै काममा सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ ।


 


मीन - (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)


मीन राशिको लागि आज समय राम्रो छ । टाढाबाट नगद प्राप्त हुनेछ । नवीन कार्यको थालनी गर्दा राम्रो, शारीरिक अवस्था पनि राम्रा हुनेछन् । आफ्नो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । समग्रमा समय शुभ रहनेछ । भरपूर फाइदा उठाउनुहोला । सामाजिक क्षेत्रबाट सम्मान मिल्ने योग पनि छ ।

Labels:

Saturday, May 13, 2023

भारतबाट पक्राउ परेका टोपबहादुर रायमाझीलाई कसले भगायो ?

 


काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार भएका पूर्व मन्त्री टोपबहादुर रायमाझी भारतबाट पक्राउ परेका छन्। रायमाझीलाई भारतीय प्रहरीले भारतको उत्तर प्रदेशबाट पक्राउ गरेको हो।


रायमाझी प्रकाउ परेपछि त्यसको जानकारी नेपाललाई पनि गराइएको थियो। स्रोतका अनुसार सो कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसम्म पुग्यो। त्यसपछि रायमाझीलाई लिन सिआईबीको टोली भैरहवामा पुगेको थियो।


भारतको उत्तर प्रदेशबाट पक्राउ परेका रायमाझीलाई भारतले भैरहवामा ल्याएर नेपाललाई बुझाउने तय भएको थियो। त्यसपछि रायमाझीलाई लिन सिआईबीको टोली भैरहवामा पुगेको थियो। तर भारतीय प्रहरीले रायमाझीलाई शनिबार बुझाएनन्।


प्रहरी स्रोतका अनुसार रायमाझी पक्राउ परेपछि फेरि भाग्न सफल भएका छन्। उनलाई कसले भगायो भन्ने बारेमा खुल्न नसकेको प्रहरी स्रोतले जनाएको छ।


पक्राउ परिसकेपछि उनी पुनः भाग्न सफल भएपछि रायमाझीलाई कसले भगायो भन्ने गम्भीर प्रश्न उठेको छ। पक्राउ परेका रायमाझीलाई लिन पुगेको सिआईबी रित्तो हात फर्किएको छ। र, रायमाझीलाई लुकाउन ठूलै शक्तिको हात रहेको निष्कर्ष प्रहरीले निकालेको छ।


यसअघि एमाले सांसद लक्ष्मी महतो कोइरी पनि भारतको उत्तर प्रदेशबाट पक्राउ परेका थिए। तर उनलाई लिन गएको प्रहरी रायमाझी जस्तै भाग्न सफल भएको प्रहरी स्रोत बताउँछ। कोइरी र रायमाझीलाई भगाउने शक्ति एउटै भएको प्रहरी स्रोतको दाबी छ। अहिले रायमाझी भाग्न सफल पनि उनी चाँडै पक्राउ पर्ने प्रहरीले दाबी गरेको छ।


रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि उनी बुटवलबाट फरार भएका थिए। लामो समयसम्म खोजी गर्दासमेत फेला नपरेका रायमाझी भारतबाट पक्राउ परे पनि भाग्न सफल भएका हुन्। उनी नेकपा एमालेका सचिव र अर्घखाँचीबाट निर्वाचित सांसदसमेत हुन्।


सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे सुरक्षाविज्ञ डा।इन्द्रजित राईलगायत १२ जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।

Labels:

बैशाख ३१ गते आइतबार हेरौ आजको तपाइको राशिफल



    

मेष : मेष राशि भएकाहरूका लागि आज पनि समय त्यत्ति शुभ छैन । निराशा र वैराग्यका भावनाहरू देखा पर्ने सम्भावना छ, तर मूलत: बौद्धिक र चिन्तनमूलक काममा दिन बित्नेछ । प्रेम तथा प्रणयका क्षेत्रमा राम्रो फल छैन । त्यसैले पारिवारिक सम्बन्ध वा सन्ततिका विषयमा विवादको परिस्थिति पनि आउन सक्छ । तर्कवितर्क वा विवादको स्थिति आउन आउन पनि सक्छ त्यसमा आँफू चुप लागेर बस्नु नै जायज हुनेछ ।



वृष : वृष राशि भएकाहरूका लागि आज पनि समय खराब नै रहनेछ । सुरुवातमा चन्द्रमा कमजोर रहेकाले निराशाको अनुभूति हुनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । पारिवारिक समस्या देखा पर्न सक्छन् । प्रतिस्पर्धामा फाइदा हुँदैन । यद्यपि वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । साँझपख दार्शनिक र बौद्धिक क्षेत्रमा मन जानेछ । सन्ततिपक्षका खुसीका खबर सुन्न पाइने योग छ ।




मिथुन : इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुन सक्छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनेछ, कर्मप्रति इमानदार र लगनशील भइने छ ।




कर्कट : कर्कट राशिका लागि आज पनि समय खराब छ । वित्तीय पक्ष राम्रो भएपनि सहयोगीहरू पनि टाढिन सक्छन् । मिहिनेतबाट सोचेजस्तो लाभ नमिल्नाले दिक्क लाग्नेछ यद्यपि रोकिएका छुटपुट काम सम्पादनका लागि समय ठिकै छ । सामाजिक क्षेत्रमा सक्रियता बढे पनि खर्च गर्न मन हौसिने योग छ । घरायसी र पारिवारिक झैझमेलामा केही समय बित्न सक्छ । मातापिता वा अभिभावकवर्गका चाहनालाई पूरा गर्न सकिंदैन ।




सिंह : सिंह राशि भएकाहरूका लागि आज पनि समय राम्रो छ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ ।




कन्या : कन्या राशि भएकाहरूका लागि आज पनि समय खराब नै छ । दिनभरि विभिन्न बाधा अड्चन ब्यहोर्नु पर्ने हुन्छ । निराशा हुने र भाग्यबलमा कमी भएको अनुभूति हुनेछ । व्यवहारिक कारणले पारिवारिक जीवनमा तलबितल पर्न सक्छ । बन्दव्यापारमा उतारचढाव आइरहने छ । एकाबिहानै घाटा ब्यहोर्नु पर्ने स्थिति आइलागे पनि साँझपख भाग्यमा चन्द्रमाको प्रवेश हुने भएकाले अवस्था सन्तोषजनक देखिने छ । बिस्तारै निराशा र तनावको अन्त्य हुनेछ ।




तुला : तुला राशि भएकाहरूका लागि आज समय शुभ छ । उच्च मनोबल बढ्ने र महत्वपूर्ण काम सम्पादन गर्न सकिने दिन रहेको छ । आर्थिक पक्ष सबल हुनेछ । स्वजनबाट सहयोग मिल्ने छ भने विद्यार्थीहरुको लागि विद्यामा रुचि र सफलता मिल्ने छ । सन्तानको बाटोबाट पनि सन्तोष लिनसकिने छ । पेशा तथा व्यवसाय आदिबाट यथा औकात धनार्जन गर्नसकिने र आर्थिक भार कम हुने हुनाले चित्तवृतिमा शान्ति मिल्ने छ । स्वकार्यबाट सन्तुष्टि मिल्ने छ भने यात्रा सफल हुने देखिन्छ । सामाजिक क्षेत्रमा प्रतिष्ठा तथा यशकृति बढ्न गई आत्मबल पनि बृद्धि हुने ग्रहगोचर परेको छ ।




वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आजको दिन त्यति अनुकूल समय देखिएको छैन । स्वास्थ्यमा समस्या बढ्न सक्ने तथा कामकार्यमा पनि झमेला आइलाग्न सक्ने सम्भावना छ । समयको प्रतिकूलतालाई नबुझि कुनै पनि कार्यमा हतार गर्दा उल्टो परिणाम आउन सक्ने र हानी नोक्सानी व्यहोर्नुपर्ने हुनसक्ने छ, ख्याल पुर्याउनु होला । दैनिक कार्यमा बढी परिश्रमको बाबजुत कम उपलब्धिले चित्तबुझाउनु पर्ला, संयम र धैर्य गरी प्रतिकूल समयलाई टर्न दिनु वुद्धिमानी हुनेछ । मानसिक चञ्चलतालाई संयम गरी स्वकर्ममा लगनशील हुनाले केही लाभ गर्न सकिनेछ ।




धनु : धनु राशिका लागि आज आजको दिन भौतिक सुखसुविधा एवं उन्नति गराउने खालको गोचर रहेको छ । विपरितलिङ्गी तर्फको आकर्षण बढ्ने तथा आमोद–प्रमोदको चाहनामा बृद्धि हुने छ । व्यवसायिक उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ भने आफन्तिको शुभसन्देश प्राप्त गर्न सकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । छोटो तथा लामो दुरीको यात्राको पनि सम्भावना देखिन्छ । विवाहको चर्चा चल्न सकने सम्भावना छ भने प्रेम पारखीको लागि पनि दिन उत्तम छ ।




मकर : मकर राशि भएकाहरूका लागि आजको दिन आँट ठूलै गराउने तर काम पूर्ण हुन ग्रहको केही अबरोध देखिएको छ । तथापि सामान्यतया व्यवसायिक कामबाट लाभ हुन सक्नेछ । उद्यमको प्रख्याति बढ्ने र कामबाट सन्तुष्टि मिल्नेछ । खेलकुद् आदि प्रतिस्पर्धाजन्य काममा अग्रसरता लिनसकिने छ र आत्मबल पनि बढ्नेछ । स्वास्थ्यमा आरोग्यता र कान्तिमा बृद्धि हुनेछ भने मानसिक दृढता बढ्नेछ । मुख्य एवं इष्टकार्यमा आउने बिघ्नताको निवारणको लागि आज यहाँले भगवान सूर्यनारायणको ध्यान भक्ति एवं स्तुति गर्नु राम्रो हुनेछ ।




कुम्भ : आजको दिन सात्विक विचार र आस्था बढ्नाले धार्मिक कार्य सम्पादन गर्न सहज हुनेछ । स्वजनहरुसँगको भेटघाट र योजनासंवादको पनि स्थितिलाई गोचरले देखाइरहेको छ । व्यापार व्यवसाय एवं उद्यमजन्य पेशागत कार्यमा सफलता मिल्ने छ । अनुकूलतापूर्ण वातावरण सृजना हुनाले साहस उमङ्ग र कार्यमा रुचि पनि बढेर आउने छ । सम्मानित रुपको निमन्त्रणा मिल्ने तथा औपचारिक कार्यक्रम आदिमा सरिक हुनपाइने छ । आँटे ताकेका तथा गर्न खोजेर पनि थातिरहेको केही महत्वपूर्ण इष्टकार्य पूर्णहुनसक्ने छन् भने केही काम अघि बढ्नेछ । ईज्जत प्रतिष्ठा एवं कान्ति बढ्नेछ ।




मीन : मीन राशि भएकाहरूका लागि आजको दिन केही सावधानी अप्नाउनु पर्ने देखिएको छ । अनायाशै वादविवाद तथा मनमुटावको सम्भावना देखिएकोले जनजीवन एवं बोलीचालीको व्यवहारमा विचार पुर्याएर मात्रै काम गर्नुपर्ला । केही पारिवारिक समस्यासँग मुकाविला गर्नपर्ने र आँटेताकेको काममा विलम्ब हुने तथा अनर्थजन्य लक्षणहरु प्रतित हुनसक्ने ग्रहगोचरीय अवस्था देखिएकोले संयम गर्न जरुरी हुनेछ । नियत सफा राखेर गरिने कार्यबाट केही लाभ गर्न भने सकिनेछ ।

Labels:

Friday, May 12, 2023

 २०८० वैशाख ३० गते शनिबार,१३ मे २०२३। शनिवार जेठ कृष्ण अष्टमी पञ्चाङ्ग: ब्रह्म कौलव धनिष्ठा

 



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)


मेष राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर एघारौँ राशिमा रहेकाले गर्दा समय धेरै राम्रो रहेको छ । आज व्यवसायबाट राम्रो फाइदा निकाल्न सकिनेछ। कृषि तथा उद्योगमा पनि राम्रो लाभ हुनेछ। कामबाट पनि आर्थिक लाभ मिल्नेछ। आवश्यकता परेको ठाउँमा दाजुभाईको सहयोग मिल्न सक्छ।


बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)


वृष राशि भएकाहरूका लागि आज नोकरी गर्नेहरुको लागि राम्रो मौकाहरु आउन सक्छन् भने व्यवसाय गर्नेहरुले राम्रो नाफा बनाउन सक्छन्। स्वास्थ्य राम्रो रहनुका साथै पारिवारिक सद्भाव कायम रहनेछ। आज विद्यार्थीको पढाई पनि राम्रो हुन सक्ने रहेको छ। आज शेयर बजारको क्षेत्रबाट पनि राम्रो लाभ लिन सकिन्छ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)


मिथुन राशि भएकाहरूका लागि आज महत्वपूर्ण कामहरु सुरु नगर्नु नै बेस होला। आज स्वास्थ्य पनि सामान्य नै रहनेछ। धार्मिक, सामाजिक तथा परोपकार तिर लाग्दा मनमा शान्ति मिल्ला। पारिवारिक सम्बन्ध सामान्य रहनेछ भने विद्यार्थीले मेहेनत गर्दा पढाई राम्रो रहन सक्छ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)


कर्कट राशि भएकाहरूका लागि आज समय त्यति अनुकूल रहेको छैन। नयाँ कामको थालनी, हालको पेशामा ठूलो लगानी गर्नु पनि ठीक छैन, व्यापार व्यवसायमा संलग्न व्यक्तिलाई हानी हुन सक्छ। पेट दुख्ने तथा चोटपटक लाग्न सक्ने भएकाले खानपिनमा र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)


सिंह राशि भएकाहरूका लागि आज व्यवसायबाट राम्रो नाफा आर्जन हुन सक्छ भने साझेदारी कामबाट विशेष फाइदा हुन सक्छ। आज पति वा पत्नीको सहयोगले महत्वपूर्ण काम सम्पन्न हुन सक्छ। आज पारिवारिक जीवन र प्रेम जीवनमा समझदारी र विश्वास रहन सक्छ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)


कन्या राशि भएकाहरूका लागि आज आर्थिक क्षेत्र सम्बन्धि अर्थात् बैंक, फाइनान्स आदि क्षेत्रमा काम गर्ने व्यक्तिले विशेष लाभ प्राप्त गर्न सक्छन्। आज धनको बचत र दीर्घकालीन लगानी हुन सक्छ। आज सुनचाँदी वा अन्य वस्तुको खरिद हुन सक्छ। आज स्वास्थ्य, पारिवारिक जीवन, प्रेम जीवन तथा विद्यार्थीको पढाई सम्बन्धि क्षेत्रहरु राम्रो रहन सक्छन्।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)


तुला राशि भएकाहरूका लागि आज शैक्षिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुले राम्रो प्रगति गर्न सक्छन् भने अन्य क्षेत्र सामान्य रहन सक्छ। हतारको निर्णयले पछुताउनु पर्ने हुन सक्ने भएकाले निर्णय गर्दा विचार गर्नुपर्छ। आज अनावश्यक यात्रा हुन सक्छ।

आज पारिवारिक जीवन सामान्य रहन सक्छ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)


वृश्चिक राशि भएकाहरूका लागि आज समय खराब रहेको छ। आज यात्रामा अवरोध र लेनदेनमा घाटा हुन सक्छ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ । छातीमा खराबी तथा पेटमा समस्या आउन सक्छ। समय अत्यन्तै खराब रहेकाले सबै काममा सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)


धनु राशि भएकाहरूका लागि आज व्यापार व्यवसायबाट राम्रोे लाभ प्राप्त गर्न सक्नुहुनेछ । थान कपडाको दोकान, किराना, मट्टीतेल, डिजल, कुनै पनि तरल पदार्थको पेसा गर्ने व्यक्तिलाई पनि पूर्ण सफलता र लाभको रहेको छ । आज आफूभन्दा तल्ला तहका कर्मचारीबाट राम्रो सहयोग मिल्न सक्छ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)


मकर राशि भएकाहरूका लागि आज मुख वा दाँत सम्बन्धि समस्या आउँन सक्छन्। स्वास्थ्य पनि त्यति सबल रहँदैन र मनमा उत्साहको कमी हुन सक्छ। आज लेनदेन गर्दा आफुलाई घाटा हुन सक्ने भएकाले विचार पुर्याउनुपर्छ। आज प्रेम जीवन तथा पारिवारिक जीवनमा सामान्य असमझदारी देखिए पनि तुरुन्तै हट्नेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)


कुम्भ राशि भएकाहरूका लागि आज सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । नयाँ काम गर्दै हुनुहुन्छ भने आजको समय शुभ रहेको छ । आज आफन्तका बीच भेटघाट र परिवारसँग मनोरन्जनात्मक कार्यमा सरिक हुन सकिन्छ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)


मीन राशि भएकाहरूका लागि आज स्वास्थ्यमा पेट तथा खुट्टासम्बन्धि समस्या आउन सक्छ। आज परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता हुने, लेनदेन र जग्गा जमीन सम्बन्धी कार्यमा विवाद पर्न सक्ने देखिन्छ। पशु चौपाय तथा कृषि सम्बन्धी कार्यबाट हानी, आत्मीयजनबाट विश्वासघात इत्या दि हुन सक्नेछन्, अत्यन्तै सतर्क हुनुहोला।

Labels:

Thursday, May 11, 2023

आज वैशाख २९ शुक्रबार : हेरौं आजको राशिफल। यी राशिलाई ठूलो संकट

 


मेष–सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ । गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन, समयको ब्यर्थ नाश होला । व्यर्थको खर्च होला ।

वृष–आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ, स्वास्थ्य कमजोर छ, सोचेकोे काम समयमै सम्पन्न नहोला । अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला, अनावश्यक यात्राको योग छ । सुखको अनुभव हुन्छ ।


मिथुन–पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढनेछ । माता पितासंगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ । श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । खर्च भन्दा कमाई नै बढी हुनेछ । शिक्षामा पनि राम्रो प्रगति हुनेछ ।


कर्कट–पैसो कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ । दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । साथै पैसा कमाइने छ । विपरित लिङ्गिको हौसलाले मन रमाउनेछ ।


सिंह–मनमा उदासिन्ता बढने काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन विस्वास गरेकाले धोका दिेनेछन । बिहान काम बन्नेछ बेलुका सामान्य तनाब होला । इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । दिन प्रतिकूल भएकाले काममा बाधाहरुको पनि सामना गर्नु पर्ला ।


कन्या–स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ । पेशागत रुपमा समस्या देखिन सक्छ । केहि सुख केहि दुख हुनेछ । नोकरीमा झमेला ब्यहोर्नु पर्ला ।


तुला–काम बन्नाले मन रमाृउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धन कमाउने योग छ तथा फलिफाव हुने दिन छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ । काम बन्नाले सुखको अनुभव हुन्छ ।


वृश्चिक–व्यापारबाट राम्रै आम्दानी हुनसक्छ ।ै नसोचेको काम बन्ने छ, प्रियसाथीसंग पनि भेटघाट होला । काम बन्नाले सुखको अनुभव हुन्छ । नोकरीमा दिन सामान्य रहला ।अनेक किसिमका फाइदा हुनेछ ।


धनु–खानामा सचेत रहनु पर्ने दिन छ । अनावस्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला । काममा समस्या देखिएला । अनेक किसिमका झमेला मा परिएला । काममा समस्या देखिएला ।


मकर–काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्, अन्नलाभ होला, अनौठो खबर सुन्न पाइएला । तपाइको आफ्नो विचारले धेरैलाई आकर्षण गर्ने समय छ । धन कमाउने योग छ । परोपकारका काममा पनि मन जानेछ ।


कुम्भ–आयआर्जन हुने दिन छ , यात्राको संभावना छ, नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ । अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्ला, टाढाको यात्राको पनि योग रहेको छ । फलिफाब हुने दिन छ ।


मीन–घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला । साथै रमाइलो यात्राको पनि योग रहेको छ । टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ । केहि सुख केहि दुख हुनेछ ।

Labels:

आमाको खुट्टा भाँचिएको उपचार गर्न पैसा नभएपछि आफ्नो मिर्गौला बेच्न अस्पताल पुगे नाबालिग छोरा

 


काठमाडौं । बिहारको गया जिल्लाका एक नाबालिग किशोरले आफ्नी आमालाई आफूभन्दा बढी माया र हेरचाह गर्छन्। जब यी नाबालिगकी आमा बिरामी परिन्, तब नाबालिगसँग उनको उपचारको लागि पैसा थिएन। उनका पिता संसारमा छैनन् । घरमा कमाउने कोही छैन । यस्तो अवस्थामा नाबालिगले के गर्लान् ? आमाको उपचारका लागि आफ्नो मिर्गौला बेच्न उनी राँचीको अस्पताल पुगे र ग्राहक खोज्न थाले ।


यस क्रममा उनले ग्राहक पाएनन् तर एक व्यक्ति भेटे जसले उनलाई रिम्स अस्पतालका डा. विकास कुमारलाई भेट्न लगाए। डा. विकासले नाबालिगलाई आफ्नी आमालाई रिम्समा ल्याउन भने, जहाँ उनको नि:शुल्क उपचार हुनेछ।


जानकारीका अनुसार गया जिल्लामा बस्ने नाबालिग दीपांशुका बुवाको मृत्यु भएको छ । आमाले उनको हेरचाह गरेर हुर्काएकी हुन् । बुझ्ने हुने बित्तिकै दीपांशुले आफ्नो खुट्टामा उभिने र आमालाई सहयोग गर्ने निर्णय गरे। यस्तो अवस्थामा उनी राँची आए र यहाँको होटलमा काम गर्न थाले । यहाँ काम गर्दा उनले आमालाई पनि सहयोग गर्थे ।



केही दिन अघि अचानक दिपांशुले आमाको खुट्टा भाँचिएको खबर पाए । उनको उपचारमा पैसा लाग्ने थियो । यसपछि दीपांशु राँचीको रिम्स नजिकैको एक निजी अस्पताल पुगे र आफ्नी आमाको उपचार गराउनको लागि आफ्नो मिर्गौला बेच्नुपर्ने बताए । उनीसँग उपचारका लागि पैसा थिएन । अस्पतालका एक कर्मचारीले रिम्सका डा. विकासलाई चिन्थे। डा. विकास सामाजिक कार्यमा सधैं अगाडि रहन्छन् । उनी न्यूरो सर्जरी विभागमा छन् ।


डा. विकासले ट्वीटरमा बिहारको गया जिल्लाबाट एक नाबालिग बालक आएको बताएका छन् । उनको बुबा छैनन्। रिम्स नजिकैको निजी अस्पतालमा आएर आमाको उपचारका लागि मिर्गौला बेच्नुपर्ने बताए । उनी निकै गरिब छन् । त्यही अस्पतालमा कार्यरत व्यक्तिले उनको परिचय गराए । त्यसपछि डा. विकासले ती किशोरलाई यहाँ आमाको नि:शुल्क उपचार गरिने आश्वासन दिए ।

Labels:

Wednesday, May 10, 2023

आज २०८० साल वैशाख २८ गते बिहिवार, हेरौं आजको राशिफल

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक सद्भाव बढ्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) गरेको काममा ढिलासुस्ती हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । आर्थिक तनाव बढेको महसुस हुनेछ, तर साँझमा मन प्रसन्न रहला ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन् ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ धर्मकर्म, परोपकार तथा समाजसेवा जस्ता कार्यमा मन जाला । कपडाको लगानी राम्रै हुनेछ ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । बोलीको विपरीत अर्थ पनि लाग्न सक्नेछ, तर वैदेशिक लगानीले राम्रो प्रतिफल दिन सक्छ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ ।


मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै कुराले मनमा प्रसन्न छाउनेछ । पारिवारिक सहयोग पनि मिल्नेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तीर्थाटनको योग छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।



Labels:

Tuesday, May 9, 2023

काठमाडौँकी उपमेयर डंगोलले चीनमा आफ्नो प्रस्तुतिकरण दिने

 


काठमाडौँ। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले चीनमा आज आफ्नो प्रस्तुतिकरण गर्दैछिन्।


चीनको छाङ्सा सहरमा मंगलबारबाट सुरु भएको ‘छाङ्सा फ्राग्रान्ट टुरिजम समिट’ मा नेपालकोतर्फबाट उपमेयर डंगोलले आफ्नो प्रस्तुतिकरण दिन लागेकी हुन्।


वर्ल्ड टुरिजम सिटिजन फेडेरेसन (डब्लुटिसिएफ) को निमन्त्रणामा मंगलवार चीन प्रस्थान गरेकी उपमेयर डंगोलले आज काठमाडौँको सहरी पर्यटनको सम्भावनाका लागि लोक तथा सांस्कृतिक जीवन, कला, साहित्य र सिर्जना विषयमा आफ्नो प्रस्तुतीकरण दिने छिन् ।


‘विश्व पर्यटन पुनरुत्थानका लागि सहरको शक्ति’ भन्ने थिममा सो प्रस्तुतीकरण हुने महानगरपालिकाले जनाएको छ।

Labels:

पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ

 नेपाल कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खांड पक्राउ परेका छन् । प्रहरीले आज बिहान उनलाई उनकै निवासबाट पक्राउ गरेको हो ।



काठमाडौँ प्रहरी परिसर प्रमुख एसएसपी दाङबहादुर कार्कीले उनलाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।हाल उनलाई काठमाडौँ प्रहरी परिसरमा राखिएको छ । 


नक्कली भुटानी शरणार्थी बनाएर ठगि प्रकरणमा उनको पनि संलग्नता देखिएपछि प्रहरीले आज बिहान उनलाई पक्राउ गरेको हो । यसको थप विवरण आउँन बाँकी छ ।

Labels:

हेर्नुहोस २०८० वैशाख २७ गते बुधबारको राशिफल

 २०८० वैशाख २७ गते बुधबार,१० मे २०२३। जेठ कृष्ण पञ्चमी पञ्चाङ्ग: साध्य तैतल पूर्वाषाढा

 



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)


मेष राशि भएकाहरूका लागि आज बोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा आघात पुग्ने सम्भावना छ । विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला ।


बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)


वृष राशि भएकाहरूका लागि आज घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउनेछ । काममा केही विलम्ब हुन सक्छ । आफ्नैबाट टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वास गर्दा धोका होला । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । बसाइको स्थानान्तरण वा यात्रा सम्भावना छ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)


मिथुन राशि भएकाहरूका लागि आज उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ । दिगो फाइदा हुने योजना बन्न सक्छ । आफूलाई लाभ नभए पनि सानो प्रयत्न गर्दा सामाजिक काम बन्नेछ । अवसरवादीहरूबाट सजग रहँदै गोपनीयतामा ध्यान पुर्याउनुहोला । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)


कर्कट राशि भएकाहरूका लागि आज नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा सोचेको प्रगति हुनेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)


सिंहराशि भएकाहरूका लागि आज खाने पिउने मामलामा ज्यादै ख्याल गर्नु होला । पेट गड्बडीको सम्भावना बलियो छ । तपाईंका शत्रू जुनसुकै प्रकारले काम बिगारिदिने प्रयासमा छन् । आज खर्च गरेका, लगानी गरेका कामको भविष्य राम्रो छैन । काम शुरु नगर्नु नै बेस । लेनदेनमा विचार पुर्याउनुपर्छ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)


कन्या राशि भएकाहरूका लागि आज आफन्त व्यक्तिसँगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यले साथ नदिन पनि सक्छ । आकस्मिक रोगले दु:ख दिने हुनाले खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)


तुला राशि भएकाहरूका लागि आज प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साझेदारीबाट पनि लाभ मिल्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)


वृश्चिक राशि भएकाहरूका लागि आज अनायासै शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला । साथ दिनेहरू नहुँदा दु:ख पाइनेछ । बाध्यताले अप्ठ्यारो पार्न सक्छ । सामान्य काममा धन र श्रम खर्च हुनेछ । आफ्नो गोपनीयता भंग हुनाले समस्यामा परिनेछ । सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन् ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)


धनु राशि भएकाहरूका लागि आज केही चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता प्राप्त हुनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)


मकर राशि भएकाहरूका लागि आज कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला । राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ । अध्ययनका लागि आजको दिन त्यति उपलब्धिमूलक नभए पनि व्यावसायिक कर्मले गति लिनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)


कुम्भ राशि भएकाहरूका लागि आज दिन निकै रमाइलो र उत्साहवर्धक रहनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ । नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन् । प्रेमको बन्धन कसिनेछ । कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुन सक्छ । साथीभाइ र सहयोगीहरूले साथ दिनेछन् ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)


मीन राशि भएकाहरूका लागि आज व्यवसायमा क्षेत्र विस्तारका साथै राम्रो नाफा कमाउन सकिनेछ। नोकरी गर्नेहरुले सहकर्मीको सहयोग प्राप्त गर्न सक्छन् भने मानसम्मान तथा पदप्रतिष्ठा बढ्ने पनि समय छ। विद्यार्थीले पढाईबाट राम्रो नतिजा हात पार्न सक्छन्।

Labels:

Monday, May 8, 2023

२०८० साल वैशाख २६ गते मंगलवार, आजको राशिफल

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।



वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक साथ मिल्नेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मनमा दुबिधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभ र मङ्गल कार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता पनि लिनेछ ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा नयाँ योजना बन्नेछ । भौतिक सुख पनि मिल्नेछ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । स्वादिलो परिकार पनि मिल्नेछ ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।


मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज कुनै कुराले मनमा शान्ति र प्रसन्नता मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श व्यक्तिसँग भेटघाट हुनेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कार्यको थालनी हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । रोकिएका घरायसी काममा सुरुहुने र प्रगतिको वातावरण बन्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

Labels:

Sunday, May 7, 2023

२०८० साल वैशाख २५ गते सोमवार, हेरौँ आजको राशिफल

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । घरायसी विवाद बढ्न सक्छ, अतः वाणीमा लगाम लगाउन आवश्यक हुन्छ ।



वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज भाग्यले विभिन्न अवसरहरू जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर स्वास्थ्यको विशेष ख्याल गर्नु पर्नेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज घर परिवारमा झैझमेलाको अवस्था आउला । आर्थिक पक्ष पनि कमजोर रहनेछ । स्वास्थ्यप्रति बढी सजग हुन आवश्यक छ ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट सहयोग र मानसम्मान मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा पनि हुनेछ ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्ला । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । प्रेमीको साथ पाइनेछ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सजिलै अरुको विश्वास जित्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आकस्मिक लाभ र शुभ समाचार पनि सुन्न पाइनेछ ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ ।


मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभ कार्यको चर्चा चल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । अनुहारमा कान्ति छाउनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पारिवारिक साथ र समर्थन मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

Labels:

Saturday, May 6, 2023

आज बैशाख २४ गते आईतवार यस्तो छ तपाईको राशीफल

 मेष–

खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने प्रशस्त धन लाभ पनि हुन सक्छ ।



वृष–

समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान–सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । आज रोकिएका काम बनी, नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा हुनेछ । दिन सामान्य नै छ । बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् ।


मिथुन–

अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । धार्मिक काममा बाधा सृजना हुन सक्छ सजक रहनुहोला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ ।तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनु होला । राजनीतिक पहुँच बढ्नेछ । तर पनि भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ, सावधान रहनु होला ।


कर्कट–

राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मंगलमय काम सम्पादन हुनेछ । काममा आफन्तको सहयोग जुट्न सक्छ । ढाड वा जोर्नीको समस्याले सताउन सक्छ । आम्दानी बढ्नाले उत्साह थपिनेछ । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ । खराबव्यक्तित्वको संगतले मान–सम्मानमा चोट पुग्ने सम्भावना छ ।


सिंह–

परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला । सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । आत्मीय जनसँग भेटघाट हुनेछ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ ।


कन्या–

अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । टाढाको यात्राबाट धनलाभ हुन सक्छ ।प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला । भूमिबाट प्रशस्त फाइदा मिल्नेछ । साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले


तुला–

सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला । दण्ड–जरिवानाको पनि सम्भावना छ । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । शिर तथा पेटको समस्याले सताउन सक्छ । चिताएको काममा ढिलासुस्ती हुनेछ । अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ ।


वृश्चिक–

व्यापार–व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ । स्वास्थ्यबाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ ।


धनु–

आज ब्यापारबाट प्रशस्त धनलाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ । राजनीतिक पहुँच बढ्नेछ । कुनै नयाँ काम प्रारम्भ हुन सक्छ। आर्थिक समस्या पनि समाधान हुनेछ ।


मकर–

रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला,तर घर–जग्गा तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ । पठनपाठनमा राम्रो उन्नति हुनेछ । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । टाढाको यात्राको सम्भावना पनि रहेको छ । विभिन्न अवसरले पछ्याउनेछन् । मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ ।


कुम्भ–

काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । साथै पुरानो रोगले पुनः दुःख दिन सक्छ । घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । तापनि, प्रतिष्ठित व्यक्तितवसँग मित्रता बढ्नेछ ।


मीन–

चोटपटक वा हाड–जोर्नीमा समस्या आउने देखिएकाले सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला । आर्थिक समस्या समाधान हुनेछ । पारिवारिक सम्बन्ध अलि कमजोर बन्न सक्छ ।

Labels:

Friday, May 5, 2023

आज २०८० वैशाख २३ गते शनिवार, यस्तो छ तपाइको राशिफल

 आज २०८० वैशाख २३ गते शनिवार । ६ मे २०२३। ज्येष्ठ कृष्णपक्ष प्रतिपदा तिथि। विशाखा नक्षत्र। चन्द्रराशि– तुला, १५ः५८ बजेदेखि वृश्चिक।


आजको राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तको उपहारले प्रसन्नता मिल्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ। स्वास्थ्यका लागि सजग रहनुहोला।



वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। साँझतिर स्थितिमा सुधार आउनाले रोकिएको काम बन्नेछ। व्यापार बढ्नुका साथै पेसा–व्यवसायमा लाभ हुनेछ। मिहिनेत गर्दा पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

लगनशीलताले अध्ययनमा प्रगति हुनेछ र अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। साँझतिर महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। चुनौती चिर्दै काम बनाउने समय छ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समस्या दर्साउँदा साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शुभचिन्तकको साथ–सहयोगले काम गर्न सकिनेछ। श्रम परे पनि प्रतिफल प्राप्त हुनेछ। तर परिस्थिति अलि संघर्षपूर्ण रहन सक्छ। अरूका काममा धेरै समय अलमलिनुपर्ला। अरूको विश्वास गर्ने बानीले समस्या निम्त्याउला। साँझतिर विवादास्पद कामको जिम्मेवारी आउन सक्छ। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ला। केही घरायसी समस्याले आफन्त टाढिन सक्छन्।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। मिहिनेतीहरूलाई सामान्य फाइदा भइरहनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्ने समय छ। समयमा सजग नहुँदा फाइदा लिने अवसर गुम्न सक्छ। खानपानको सोखले स्वास्थ्य पनि प्रतिकूल बन्ने देखिन्छ। साँझतिर स्थितिमा सुधार आउनेछ। मिहिनेतले केही काम गर्न सकिनेछ। स्रोत–साधन जुटाउने समय छ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कामका लागि रकम जोहो गर्ने समय छ। आफन्त र परिवारबाट टाढिनुपरे पनि दिउ उपलब्धिमूलक रहनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ। तर, अवसरको खोजीमा दौडधुप भने गर्नुपर्ला। साँझतिर सहयोगीहरूले साथ दिनेछन्। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन आउन सक्छ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अरूका काममा समय खर्चनुपर्दा पछि परिनेछ। सामाजिक जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। पेसा–व्यवसायमा कम मात्र फाइदा हुनेछ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मिहिनेतले कार्यसिद्धि हुनेछ। साँझदेखि नयाँ अवसर प्राप्त हुनेछ। पेसा–व्यवसायमा पनि मनग्य फाइदा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

स्वास्थ्य कमजोर रहनेछ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला। कामको चाप बढ्नेछ तर सानोतिनो समस्यामाले अल्झाउन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आफ्नो श्रम परे पनि कामको प्रतिफलमाथि अरूले राज गर्नेछन्। साँझतिर स्थितिमा सुधार आउनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ

Labels:

 बङ्गलादेशकाे ढाकाबाट काठमाण्डौका लागि उडेको विमान बङ्गलादेशको जहाज भारतको पटनामा आकस्मिक अवतरण भएको छ ।


विमानमा खराबी देखिएपछि जहाजलाई पटनामा आकस्मिक अवतरण गराइएको र विमानस्थलको प्राविधिक टोलीले चार घण्टाको परीक्षणपछि पुनः उडान भरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 


विमानमा ७७ जना यात्रु थिए । दिउँसो १२ बजे पटना विमानस्थलमा आकस्मिक अवतरण गरेपछि विमानबाट हतार हतार यात्रुलाई बाहिर निकालिएको थियो । 


यसअघि उनीहरूलाई एअर इन्डियाको जहाजबाट पठाउने योजना रहेकोमा पछि विमान बङ्गलादेशकै जहाजबाट काठमाण्डौ पठाइएको खबरमा उल्लेख छ



Labels: ,

Thursday, May 4, 2023

हिन्दु धर्ममा १०८ अंकको महत्व के छ ? जान्नुहोस् यो अद्भुद रहस्य !

 कहिल्यै रुद्राक्ष मालामा भएका रुद्राक्षदाना गन्नुभएको छ? विवाहमा स्वयंवर गर्दा दुलहादुलहीले लगाउने मालामा भएका फूलका थुङ्गा गन्नुभएको छ? गन्नुभएको छ भने थाहा हुनपर्ने कि त्यहाँ १०८ वटा रुद्राक्षदाना र १०८ वटै फूलका थुङ्गा हुनुपर्छ। अनि मुक्तिनाथ मन्दिरमा पनि १०८ वटा धारा छन् नि, थाहा छ? हिन्दु धर्ममा जसरी ‘ऊँ’ अक्षरलाई पवित्र मानिन्छ, त्यसको प्रतिष्ठा गाइन्छ, त्यसरी नै ‘१०८’ अङ्कको एकदमै ठूलो महत्व रहेको छ। अझै शास्त्रविदहरू त के पनि भन्छन् भन्दा ‘कुनै पनि मन्त्र जप गर्दा होस् या पूजा पाठ गर्दा होस्, फल पाउनको लागि १०८ दाना भएकै रुद्राक्षमालाले जप गर्नुपर्छ। यी सबै तथ्यहरू सुन्दा अब तपाईँको मनमा पनि हलुका खुल्दुली भैसक्यो होला कि ‘हिन्दु धर्ममा १०८ को महत्व के छ त?


यस्ताे छ १०८ को महत्व?सर्वप्रथम त, सूर्यको व्यास (Diameter) पृथ्वीको व्यासभन्दा १०८ गुणा ठूलो छ। अनि सूर्यदेखि पृथ्वीसम्मको औषत दूरी सूर्यको व्यासभन्दा १०८ गुणा बढि छ।पृथ्वी देखि चन्द्रमासम्मको औषत दूरी चन्द्रमाको व्यासभन्दा १०८ गुणा बढि छ। आयुर्वेदका अनुसार, जीवित प्राणीलाई जीवन प्रदान गर्ने १०८ वटा ‘मर्म विन्दु’हरू हुन्छन्। हिन्दु धर्ममा शक्तिशाली ठानिने ‘श्रीयन्त्र’मा भएका रेखाहरू ५४ ठाउँमा प्रतिच्छेदन (Intersect) हुन्छन्, जसको आ-आफ्नै शिव र शक्ति गुण हुन्छ। अनि त्यसको कुल निकाल्दा १०८ हुन जान्छ।


ज्योतिषशास्त्रका अनुसार, १२ नक्षत्र (राशि) र ९ ग्रहहरू हुन्छन्, जसलाई गुणा (Multiply) गर्दा १०८ हुन आउँछ । तान्त्रिकविद्याका अनुसार, एक व्यक्तिले एक दिनमा करीब २१,६०० पटक स्वास फेर्ने अनुमान गरिएको छ, जसमध्ये १०,८०० लाई सौर्य ऊर्जा र १०,८०० लाई चन्द्र ऊर्जा मानिन्छ। १०,८०० लाई १०० ले भाग गर्दा १०८ हुन्छ।हिन्दु धर्मका प्राचीन साधु ‘भरत’ले ‘नाट्य शास्त्र’ रचेका थिए, जसमा १०८ करणहरू छन्।


(करण:- हात र खुट्टाको चाल), संस्कृत भाषामा ५४ वटा अक्षरहरू छन्, जसको आफ्नै शिवपक्ष र शक्तिपक्ष हुन्छन्। जसको कुल निकाल्दा १०८ अक्षरहरू हुन आउँछन्।हिन्दु धर्ममा १०८ पुराणहरू र १०८ उपनिषदहरू छन्। ९ र १२ को गुणा गर्दा १०८ हुन्छ र विश्वका अनेकौँ परम्परामा यी दुवै ९ र १२ अङ्कको विशेष महत्व रहेको पाइएको छ। अङ्गगणितमा १, २ र ३ को पावरलाई जोड्दा १०८ हुन्छ:- १ को पावर १ = १ २ को पावर २ = ४ ३ को पावर ३ = २७ र १, ४ र २७ को गुणा गर्दा १*४*२७ = १०८ हुन्छ।संस्कृत भाषाको गणितमा ‘हर्शद अङ्क’ भन्ने हुन्छ, जसको अर्थ हुन्छ:- यस्तो मूलाङ्क (Integer) जसलाई त्यसैको अङ्कसङ्ख्या (Digit)ले भाग गर्दा मूलाङ्क नै आउँछ।


हर्शद अङ्कको एउटा राम्रो उदाहरण भनेकै १०८ हो।अभिलाषा : हिन्दु शास्त्रका अनुसार, नश्वर प्राणीमा १०८ वटा सांसारिक अभिलाषाहरू हुने ठानिन्छ।

असत्य: शास्त्रका अनुसार, मानवजातीले बोल्ने असत्य कुराहरूको १०८ प्रकार भएको ठानिन्छ।अज्ञानता : मानवजातिका १०८ अज्ञानता हुन्छन् भन्ने हिन्दु धर्ममा विश्वास गरिन्छ।हृदयचक्र : अध्यात्मवादका अनुसार, मानिसको शरीरमा हजारौँ शक्तिरेखाहरू हुन्छन् र त्यसको प्रतिच्छेदन भएको विन्दुलाई नै ‘चक्र’ भनिन्छ। अनि हाम्रो मुटुनेर हुने हृदयचक्र १०८ वटा शक्तिरेखाहरू मिलेर बनेका हुन्छन्, जसमध्ये एक रेखा ‘सुषुम्ना’ शिरचक्रतर्फ फैलिएको हुन्छ।


आत्मज्ञान प्राप्त गर्नको लागि यहि शिरचक्रलाई महसुस गर्नुपर्छ भन्ने अध्यात्मशास्त्रीहरू विश्वास गर्दछन्। यदि कोहि व्यक्ति ध्यानमा तल्लीन भएर दिनमा केवल १०८ पटक मात्रै सास फेर्न सक्षम हुन्छ भने उसले बुद्धत्व प्राप्त गर्नसक्ने अध्यात्मशास्त्रमा उल्लेख गरिएको छ।पञ्चभूत : भनिन्छ, यो ब्रह्माण्ड पञ्चभूतले बनेको छ:- जल, वायु, अग्नी, धर्ती र आकाश। हिन्दु शास्त्रमा यी ५ तत्वलाई ‘पञ्चभूजाकार’ (Pentagon) मा राखिएको छ। अनि पञ्चभूजाकारको प्रत्येक कुनाको कोण १०८ डिग्री हुन्छ।


काल : यो पनि भनिन्छ कि मानवजातिमा १०८ प्रकारका भावनाहरू हुन्छन्:- ३६ प्रकार भूतसँग जोडिएका, ३६ प्रकार वर्तमानसँग जोडिएका र ३६ प्रकार भविष्यसँग जोडिएका।गङ्गा नदी: महाभारत क्षेत्रमा बग्ने पवित्र नदी ‘गंगा’ पृथ्वीको १२ डिग्री देशान्तर (longitude) र ९ डिग्री अक्षांश (latitude) मा फैलिएको छ। अनि १२ र ९ लाई गुणा गर्दा १०८ हुन आउँछ। १, ० र ८ हिन्दु धर्मका पुराणका अनुसार, १ लाई ज्ञान, ० लाई पूर्ण ज्ञान अर्थात सम्पूर्णता र ८ लाई अनन्त ज्ञानको प्रतीक मानिन्छ।



चाँदी र चन्द्रमा : ज्योतिषशास्त्रमा धातु चाँदीलाई चन्द्रमाको प्रतीक मानिन्छ र रसायन शास्त्रका अनुसार चाँदी (Silver – Ag) को परमाणविक तौल (Atomic Weight) १०८ हुन्छ।अङ्कसीमितता : १०८ को १ र ८ लाई जोड्दा ९ हुन्छ र गणितशास्त्रमा प्रमुख अङ्क अर्थात मूलाङ्क केवल ९ सम्म मात्रै सीमित हुन्छ:- ०, १, २, ३, ४, ५, ६, ७, ८, ९ध्यान: अध्यात्मवादका अनुसार, ध्यान गर्ने जम्मा १०८ तरिका हुन्छन्।मेरु वा सुमेरु : रुद्राक्ष मालाको टुप्पामा हुने एउटा दाना, जहाँबाट गन्न सुरु गरिन्छ, जुन १०८ मा पर्दैन, त्यसलाई सुमेरु अथवा मेरु भनिन्छ। यसको मतलब हुन्छ, आदि पनि त्यहि अन्त्य पनि त्यहि।

Labels: ,

रोहितको गर्जन, आइसिसीका अनुसार

 काठमाडौँ — विश्वकप क्रिकेट लिग–टुमा स्कटल्यान्डविरुद्ध विजयी रन बटुलेपछि रोहित पौडेलले मैदानबाटै हुँकार भरे । खेलकुदको चल्तीको भाषामा भन्दा रोहितले आफ्नो ‘मसल्स’ देखाए । अर्थात् ‘सो द मसल्स’ । फागुनतिर स्टकल्यान्डमाथि प्राप्त दुई विकेटको उक्त जितमा उनले ९५ रन बनाए । नटआउट पनि रहे । जितका लागि चार रन चाहिएका बेला रोहितले फाइन–लेगमा चौका नै प्रहार गरे । नामिबिया पनि सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले सबै चारै खेल जितेको थियो । 


यसैक्रममा नेपाल घरेलु मैदानमा लिग–टुममा ‘क्लिन स्विप’ गर्ने पहिलो टिम पनि बन्यो । त्यसै पनि रोहित भलाद्मी पाराकै छन् । त्यस दिन किन त्यसरी जितको खुसियाली मनाए होला ? कौतूहलता हुन सक्छ । सायद परिस्थितिले यस्तै मागेको थियो । त्यो यही शृंखला हो, जहाँबाट नेपालले विश्व क्रिकेटमा अविश्वसनीय यात्रा सुरु गरेको थियो । धेरै उतारचढावपछि नेपाली टिमको प्रशिक्षकका रूपमा मोन्टी देसाई नियुक्त भएका थिए र नेपालले प्रतियोगितामा निकै दुर्लभ पुनरागमन रचेको थियो ।

भनिन्छ, विश्व क्रिकेटको पूरा इतिहासमा यस्तो खेलको नमुना विरलै मात्र पाइन्छ । एक समय वान डे मान्यता खोसिने डरबाट गुज्रिरहेको नेपालले त्यसलाई मात्र जोगाएन, उल्टै लगातार खेल जितेर विश्वकपकै ग्लोबल क्वालिफायरका लागि छनोट भएको थियो । यसबारे त धेरै लेखिसकिएको छ । अब त झन् नेपालले एसीसी प्रिमियर लिग पनि जितेको छ । यससँगै नेपाल एसिया कपका लागि पनि छनोट भएको छ । प्रतियोगिता साँच्चै भयो भने त्यसमा नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ ।

Labels:

 काठमाडाैं। प्रकृतिको पुजारी किराँत समुदायले बैशाख पुर्णिमाका दिनमा पर्ने उभौली पर्व धुमधामसहित मनाउँदै छन्। मुख्यत अन्न बाली सप्रियोस्, खेतबारीमा राम्रो बालीनाली लागोस्, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै किराँत समुदायले यस उभौली पर्व मनाउँने गरिन्छ।



किराँत समुदायले मुख्यत: दुई पर्व उभौली र उधौली मनाउँछन्। वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली मनाइन्छ। उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रूपमा उनीहरुले मान्दै आएका छन्। वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ।


यस दिन चण्डी नाचिन्छ, जसकाकारण यसलाई बोलिचालीको भाषामा आज चण्डी पूर्णिमा पनि भनिन्छ। आजको दिनमा सुम्निमा अर्थात् देवी पार्वतीको सृष्टि भएको दिनको रुपमा किराँतहरुले यस दिनलाई सम्झने गरेका छन्।

Labels:

‘अमेरिका पठाउने भनेर पैसा लिएकाहरू ठग रहेछन्, लौ अब हाम्रो त जहाजै डुब्ने भयो, पैसा कसरी उठाउने, ऋण कसरी तिर्ने ?’

 काठमाडौँ — नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भन्दै पैसा धुत्ने गिरोह र मिलिभगत गर्ने शक्तिमानहरू एक–एक गरी पक्राउ पर्न थालेपछि उनीहरूको घरमा भन्दा बढी पीडा पीडितकै परिवारमा छ । ‘अमेरिका पठाउने भनेर पैसा लिएकाहरू ठग पो रहेछन्, लौ अब हाम्रो त जहाजै डुब्ने भयो, पैसा कसरी उठाउने, ऋण कसरी तिर्ने ?’ पीडितका घरघरमा यही प्रश्न छ ।


गिरोहका नाइके केशव दुलालको समूह एक महिनाअघि पक्राउ परेपछि नै झापाको केचनाकवल निवासी वासु भट्टराईको भोक, प्यास र निद्रा हराएको छ । सामान्य खेतीकिसानी र मेची वारपार बन्दव्यापार गरेर जीवन गुजारा गरिरहेका वासुले छोरा सन्तोषलाई अमेरिका उडाउने आसमा गिरोहलाई १० लाख बुझाएका थिए, त्यो पनि ४ वर्षअघि । त्यसयता उनले यो विषयमा गतिलो खबर सुनेका छैनन् । अहिले त उनको मनमा पहिरो नै गएको छ ।

‘कास्कीका रामशरण केसीलाई १० लाख बुझाएको ४ वर्ष भयो, उनीहरूले केही महिनापछि, केही सातापछि भन्दै झुलाए । तर, मुख्य नाइके केशव दुलाल र सानु भण्डारी पक्राउ परेपछि रामशरण पनि सम्पर्कमा छैनन्, अब त झन्–झन् ठूला मान्छे पक्राउ पर्न थाले, यो महाभारत कहिले सकिने हो, कहिले पैसा फिर्ता आउने हो ?’ उनी अत्तालिएका छन् ।


झापा, केचनाका श्यान(श्याम) भट्टराई र बादल श्रेष्ठ परिवारको अमेरिका जाने प्रक्रियाको फर्म ।

देशमा न शिक्षा, स्वास्थ्यको व्यवस्था छ न रोजगारीको । बरु छोरा अमेरिका गए भविष्य बन्ने थियो भनेर वासुले ऋण खोजेका थिए । त्यति मात्र होइन, नाम फेर्नुपर्ने सर्त आएपछि उनले छोरा सन्तोषको नाम श्याम बनाउन सहमति पनि दिएका थिए । शरणार्थी समस्या समाधान पहिल्याउन गृह मन्त्रालयबाट गठित कार्यदलको सचिवालयमा पुगेर श्याम (सन्तोष) ले ‘भुटानी शरणार्थीमा नाम दर्ता गरिपाऊँ’ भन्दै निवेदन पनि दर्ता गरेका थिए । निवेदनमा उनको घर भुटानको लामीडाँडा, चिराङ रहेको र हाल बेलडाँगीको शरणार्थी शिविरमा बसोबास रहेको उल्लेख थियो । यी सबै काममा गिरोहका सदस्य नै अग्रसर थिए ।


तत्कालीन सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले तयार पारेको भनिएको प्रतिवेदनको अनुसूची ९(क) को नामावली सूचीमा १९४ नम्बरमा नाम छ– श्याम भट्टराई । यसरी सूचीमै नाम आएपछि अमेरिकी सपना साकार हुनेमा भट्टराई परिवार विश्वस्त थियो । तर, अहिले सबै सपना हुरीले उडाएजस्तै भएको छ ।


यस्तै, ताहाचलका श्यामकुमार श्रेष्ठले पनि गिरोहका सदस्य सानुराम भण्डारीलाई ६ लाख बुझाएका थिए । अझ उनले त श्रीमती विनिता र २ नाबालक छोराछोरी पनि अमेरिका पठाउने प्रलोभन पाएका थिए । कथित प्रतिवेदनमा शरणार्थी छुट दर्ता अनुसूचीको १९० नम्बरमा बादल श्रेष्ठको नाम छ, गिरोहले उनलाई यही नाम दिएको थियो । ‘भुटानी शरणार्थी बनेर अमेरिका जान पाइन्छ भनेपछि बैंकबाट पैसा जम्मा गरिदिएको थिएँ, नाम आएको पनि थियो,’ भन्छन्, ‘धेरै पछिसम्म आशा थियो तर अहिले न त्यो गिरोह सम्पर्कमा छ, न म आफैं केही गर्न सक्ने अवस्थामा छु ।’


अनामनगरका नुपु शेर्पाले पनि अघिल्लो वर्ष भदौ ३० मा गिरोहका सदस्य रामशरणलाई ५ लाख रुपैयाँ हातैमा दिएको बताए । उनलाई विश्वस्त बनाउन गिरोहले पूर्व नै बोलाएको थियो । ‘इटहरीको गोकुलम् रिसोर्टभित्र लगेर मलाई भुटानी शरणार्थीमा नाम दर्ता गरिपाऊँ भन्ने निवेदनमा सहीछाप गराइएको थियो,’ शेर्पा सम्झन्छन् ।


पन्थी कार्यदल प्रतिवेदनको छुट दर्ता नक्कली अनुसुचीमा श्यानको नम्बर १९४ र बादलको १९० ।


गोकुलम् रिसोर्टलाई नै मूल मुकाम बनाएर केशव दुलाल, सानु भण्डारीसहितका स्थानीय एजेन्टहरू अमेरिका जान पाइने आसमा नेपाल मात्र होइन, भारत पश्चिम बंगालको सिलिगुडी आसपासबाट आउनेसँग पैसा उठाउने गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् । ५ वर्षदेखि संगठित यो गिरोहले इटहरीको गोकुलम् रिसोर्ट, कलंकीको क्राउन इम्पेरियल र सानेपाको इन्टरनेसनल क्लबमा बसेर नक्कली कागजात बनाउने तथा पैसा असुलउपर गर्ने गरेको प्रमाण प्रहरीले प्राप्त गरेको छ । गृहले गठन गरेको कार्यदलको प्रतिवेदनमा नक्कली अनुसूची थपेर ८७५ जनाको नाम थपेको गिरोहले उनीहरूबाट रकम असुलेको थियो । पूर्वमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहितबाट सहयोग पाएको यो गिरोहले नक्कली कागजातकै भरमा पैसा उठाइरहेको थियो ।


प्रलोभनमा सर्वसाधारणलाई फसाएर रकम असुल्दै हिँड्ने रामशरण केसी स्वयंले ‘आफू पीडकभन्दा बढी पीडित रहेको’ बताएका छन् । अर्का एजेन्ट प्रेमराज पन्थीसँगै कान्तिपुरको सम्पर्कमा आएका केसीले भने, ‘दुलाल र भण्डारीले भनेअनुसार मैले ३४ जना व्यक्तिबाट जनही १० लाख रुपैयाँका दरमा ३ करोड ४० लाख रुपैयाँ उठाएको हुँ । तर, यो पैसा सानु भण्डारीको खातामा जम्मा गरिसकेको छु, यसका सबै बैंकिङ कागजात र प्रमाण साथैमा छन् । पछि मैले पीडित व्यक्तिहरूको पैसा फर्काउन आफ्नै घर बन्धक राखेर सकेजति ऋण चुक्ता गरेको छु,’ उनले भने ।


गिरोहका नाइकले भागबण्डा लगाएर एजेन्टलाई पैसा उठाउन दिएको नामावली ।


गिरोहको एजेन्टका रूपमा काम गरेका प्रेमराज पन्थी र भेषराज शर्मा लम्सालले पनि दुलाल र भण्डारीकै निर्देशनमा पैसा उठाएको भए पनि तिनको ऋण चुक्ता गर्दा आफूहरू टाट पल्टिएको बताउँछन् । लम्सालले त गिरोहका नाइके दुलाल र भण्डारीले आफूबाट झन्डै ३ करोड ४० लाख रुपैयाँ असुलउपर गरेको भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयमा दुलाल, भण्डारी र अर्का मतियार दिवाकर बुढाथोकीका विरुद्ध उजुरी दिइसकेका छन् । केशवकी श्रीमती दीपा हुमागाईंका नाममा साटिएको चेक रकमको प्रतिलिपि पनि अनुसन्धानमा छ ।


यसरी गिरोहका एजेन्ट केसी, पन्थी र शर्माले नै ‘मर्का’ मा परेका दाबी गर्दा उनीहरूबाट पीडितहरूको अवस्था के होला ? अनुमान गर्न धेरै गाह्रो छैन । गिरोहले थपेको अनुसूचीमा नाम देखाएर पैसा असुल्न एजेन्टहरू जिल्ला–जिल्ला गएका थिए । आफ्नो भागमा परेका ३२ जनाबाट ५ लाखदेखि माथि जति पनि उठाउन सकिने भनेर काठमाडौंमा रामशरण केसी र कास्कीमा प्रेमराज पन्थी, भेषराज लम्सालसहित खटिएका थिए । ‘मेरा नाममा आएको नामावलीको सूची बोकेर पैसा असुल्न उनीहरूले आइडिया दिएका थिए,’ केसीले आफ्नो भागमा परेको नामावली पनि कान्तिपुरलाई देखाए ।


प्रतिवेदन


केसीका अनुसार दुलालहरूको गिरोह कहिले हिमालय होटल, कहिले र्‍याडिसन होटलमा बसेर कम्तीमा सिभास रिगल ह्वीस्की पिउँदै संकलित कागजातमाथि छलफल गर्थे । ‘सुजातालाई भेट्छौ कि टोपबहादुरलाई ?’ दुलालको भनाइ सुनाउँदै म्याग्दीका तुलबहादुर पुन भन्छन्, ‘मैले पनि ५० जति गाउँलेबाट पैसा उठाएँ, एक जनाबाट १० देखि १५ लाख रुपैयाँसम्म उठाएको छु, त्यो पैसा सानु भण्डारीलाई पठाएको छु ।’


कास्कीका प्रेमराज पन्थी पनि यस्तै नामावलीका भरमा आफूले पैसा उठाएर दुलाल र भण्डारीलाई पठाउने गरेको बताउँछन् । कहिले सिंहदरबारभित्र बैठक बसेको र कहिले बालुवाटारकै भेलाको फोटो पठाएपछि यिनीहरूको ‘कनेक्सन’ बलियो रहेछ भन्ने बुझेर पैसा उठाएको उनी बताउँछन् । फागुन २७ सम्म पनि अमेरिका उडाइदिने भन्दै उनीहरूले सर्वसाधारणबाट रकम असुलिरहेका थिए ।


अहिले हिरासतमा भएका गिरोहका नाइकेहरूमा अझै पनि आत्मबल देखिन्छ । मोरङ, पथरीबाट आएका एक पीडित नाइके सानु भण्डारीलाई भेट्न मंगलबार कालीमाटी प्रहरी सेल पुगेका थिए । ‘के चिन्ता गर्नुहुन्छ, हामी २/४ दिनमै छुट्छौं । सब सेटिङ मिलिसक्यो । सबैको हिसाबकिताब मिल्नेछ, चिन्ता नगर,’ उनले यही भनेर फर्काइदिए । एक महिनायता उपत्यका अपराध अनुसन्धान कार्यालयले दुलाल, भण्डारीसहित टंक गुरुङ, सागर थुलुङ राई, सन्देश शर्मा पोखरेल, इन्द्रजित राई, सन्दीप रायमाझीलाई पक्राउ गरिसकेको छ । यस्तै इन्द्रजित राईका छोरा नीरज र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बिहीबारसम्म पीडितका तर्फबाट २० वटा किटानी जाहेरी परेका छन्, यी उजुरीअनुसार मात्र पनि २४ करोड रुपैयाँको ठगी भएको छ । अरू ८७५ जनाको नामै तयार पारिएकाले उजुरी आउने क्रम जारी छ ।

Labels: