Saturday, May 13, 2023

भारतबाट पक्राउ परेका टोपबहादुर रायमाझीलाई कसले भगायो ?

 


काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार भएका पूर्व मन्त्री टोपबहादुर रायमाझी भारतबाट पक्राउ परेका छन्। रायमाझीलाई भारतीय प्रहरीले भारतको उत्तर प्रदेशबाट पक्राउ गरेको हो।


रायमाझी प्रकाउ परेपछि त्यसको जानकारी नेपाललाई पनि गराइएको थियो। स्रोतका अनुसार सो कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसम्म पुग्यो। त्यसपछि रायमाझीलाई लिन सिआईबीको टोली भैरहवामा पुगेको थियो।


भारतको उत्तर प्रदेशबाट पक्राउ परेका रायमाझीलाई भारतले भैरहवामा ल्याएर नेपाललाई बुझाउने तय भएको थियो। त्यसपछि रायमाझीलाई लिन सिआईबीको टोली भैरहवामा पुगेको थियो। तर भारतीय प्रहरीले रायमाझीलाई शनिबार बुझाएनन्।


प्रहरी स्रोतका अनुसार रायमाझी पक्राउ परेपछि फेरि भाग्न सफल भएका छन्। उनलाई कसले भगायो भन्ने बारेमा खुल्न नसकेको प्रहरी स्रोतले जनाएको छ।


पक्राउ परिसकेपछि उनी पुनः भाग्न सफल भएपछि रायमाझीलाई कसले भगायो भन्ने गम्भीर प्रश्न उठेको छ। पक्राउ परेका रायमाझीलाई लिन पुगेको सिआईबी रित्तो हात फर्किएको छ। र, रायमाझीलाई लुकाउन ठूलै शक्तिको हात रहेको निष्कर्ष प्रहरीले निकालेको छ।


यसअघि एमाले सांसद लक्ष्मी महतो कोइरी पनि भारतको उत्तर प्रदेशबाट पक्राउ परेका थिए। तर उनलाई लिन गएको प्रहरी रायमाझी जस्तै भाग्न सफल भएको प्रहरी स्रोत बताउँछ। कोइरी र रायमाझीलाई भगाउने शक्ति एउटै भएको प्रहरी स्रोतको दाबी छ। अहिले रायमाझी भाग्न सफल पनि उनी चाँडै पक्राउ पर्ने प्रहरीले दाबी गरेको छ।


रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि उनी बुटवलबाट फरार भएका थिए। लामो समयसम्म खोजी गर्दासमेत फेला नपरेका रायमाझी भारतबाट पक्राउ परे पनि भाग्न सफल भएका हुन्। उनी नेकपा एमालेका सचिव र अर्घखाँचीबाट निर्वाचित सांसदसमेत हुन्।


सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे सुरक्षाविज्ञ डा।इन्द्रजित राईलगायत १२ जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home