Saturday, May 13, 2023

बैशाख ३१ गते आइतबार हेरौ आजको तपाइको राशिफल



    

मेष : मेष राशि भएकाहरूका लागि आज पनि समय त्यत्ति शुभ छैन । निराशा र वैराग्यका भावनाहरू देखा पर्ने सम्भावना छ, तर मूलत: बौद्धिक र चिन्तनमूलक काममा दिन बित्नेछ । प्रेम तथा प्रणयका क्षेत्रमा राम्रो फल छैन । त्यसैले पारिवारिक सम्बन्ध वा सन्ततिका विषयमा विवादको परिस्थिति पनि आउन सक्छ । तर्कवितर्क वा विवादको स्थिति आउन आउन पनि सक्छ त्यसमा आँफू चुप लागेर बस्नु नै जायज हुनेछ ।



वृष : वृष राशि भएकाहरूका लागि आज पनि समय खराब नै रहनेछ । सुरुवातमा चन्द्रमा कमजोर रहेकाले निराशाको अनुभूति हुनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । पारिवारिक समस्या देखा पर्न सक्छन् । प्रतिस्पर्धामा फाइदा हुँदैन । यद्यपि वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । साँझपख दार्शनिक र बौद्धिक क्षेत्रमा मन जानेछ । सन्ततिपक्षका खुसीका खबर सुन्न पाइने योग छ ।




मिथुन : इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुन सक्छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनेछ, कर्मप्रति इमानदार र लगनशील भइने छ ।




कर्कट : कर्कट राशिका लागि आज पनि समय खराब छ । वित्तीय पक्ष राम्रो भएपनि सहयोगीहरू पनि टाढिन सक्छन् । मिहिनेतबाट सोचेजस्तो लाभ नमिल्नाले दिक्क लाग्नेछ यद्यपि रोकिएका छुटपुट काम सम्पादनका लागि समय ठिकै छ । सामाजिक क्षेत्रमा सक्रियता बढे पनि खर्च गर्न मन हौसिने योग छ । घरायसी र पारिवारिक झैझमेलामा केही समय बित्न सक्छ । मातापिता वा अभिभावकवर्गका चाहनालाई पूरा गर्न सकिंदैन ।




सिंह : सिंह राशि भएकाहरूका लागि आज पनि समय राम्रो छ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ ।




कन्या : कन्या राशि भएकाहरूका लागि आज पनि समय खराब नै छ । दिनभरि विभिन्न बाधा अड्चन ब्यहोर्नु पर्ने हुन्छ । निराशा हुने र भाग्यबलमा कमी भएको अनुभूति हुनेछ । व्यवहारिक कारणले पारिवारिक जीवनमा तलबितल पर्न सक्छ । बन्दव्यापारमा उतारचढाव आइरहने छ । एकाबिहानै घाटा ब्यहोर्नु पर्ने स्थिति आइलागे पनि साँझपख भाग्यमा चन्द्रमाको प्रवेश हुने भएकाले अवस्था सन्तोषजनक देखिने छ । बिस्तारै निराशा र तनावको अन्त्य हुनेछ ।




तुला : तुला राशि भएकाहरूका लागि आज समय शुभ छ । उच्च मनोबल बढ्ने र महत्वपूर्ण काम सम्पादन गर्न सकिने दिन रहेको छ । आर्थिक पक्ष सबल हुनेछ । स्वजनबाट सहयोग मिल्ने छ भने विद्यार्थीहरुको लागि विद्यामा रुचि र सफलता मिल्ने छ । सन्तानको बाटोबाट पनि सन्तोष लिनसकिने छ । पेशा तथा व्यवसाय आदिबाट यथा औकात धनार्जन गर्नसकिने र आर्थिक भार कम हुने हुनाले चित्तवृतिमा शान्ति मिल्ने छ । स्वकार्यबाट सन्तुष्टि मिल्ने छ भने यात्रा सफल हुने देखिन्छ । सामाजिक क्षेत्रमा प्रतिष्ठा तथा यशकृति बढ्न गई आत्मबल पनि बृद्धि हुने ग्रहगोचर परेको छ ।




वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आजको दिन त्यति अनुकूल समय देखिएको छैन । स्वास्थ्यमा समस्या बढ्न सक्ने तथा कामकार्यमा पनि झमेला आइलाग्न सक्ने सम्भावना छ । समयको प्रतिकूलतालाई नबुझि कुनै पनि कार्यमा हतार गर्दा उल्टो परिणाम आउन सक्ने र हानी नोक्सानी व्यहोर्नुपर्ने हुनसक्ने छ, ख्याल पुर्याउनु होला । दैनिक कार्यमा बढी परिश्रमको बाबजुत कम उपलब्धिले चित्तबुझाउनु पर्ला, संयम र धैर्य गरी प्रतिकूल समयलाई टर्न दिनु वुद्धिमानी हुनेछ । मानसिक चञ्चलतालाई संयम गरी स्वकर्ममा लगनशील हुनाले केही लाभ गर्न सकिनेछ ।




धनु : धनु राशिका लागि आज आजको दिन भौतिक सुखसुविधा एवं उन्नति गराउने खालको गोचर रहेको छ । विपरितलिङ्गी तर्फको आकर्षण बढ्ने तथा आमोद–प्रमोदको चाहनामा बृद्धि हुने छ । व्यवसायिक उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ भने आफन्तिको शुभसन्देश प्राप्त गर्न सकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । छोटो तथा लामो दुरीको यात्राको पनि सम्भावना देखिन्छ । विवाहको चर्चा चल्न सकने सम्भावना छ भने प्रेम पारखीको लागि पनि दिन उत्तम छ ।




मकर : मकर राशि भएकाहरूका लागि आजको दिन आँट ठूलै गराउने तर काम पूर्ण हुन ग्रहको केही अबरोध देखिएको छ । तथापि सामान्यतया व्यवसायिक कामबाट लाभ हुन सक्नेछ । उद्यमको प्रख्याति बढ्ने र कामबाट सन्तुष्टि मिल्नेछ । खेलकुद् आदि प्रतिस्पर्धाजन्य काममा अग्रसरता लिनसकिने छ र आत्मबल पनि बढ्नेछ । स्वास्थ्यमा आरोग्यता र कान्तिमा बृद्धि हुनेछ भने मानसिक दृढता बढ्नेछ । मुख्य एवं इष्टकार्यमा आउने बिघ्नताको निवारणको लागि आज यहाँले भगवान सूर्यनारायणको ध्यान भक्ति एवं स्तुति गर्नु राम्रो हुनेछ ।




कुम्भ : आजको दिन सात्विक विचार र आस्था बढ्नाले धार्मिक कार्य सम्पादन गर्न सहज हुनेछ । स्वजनहरुसँगको भेटघाट र योजनासंवादको पनि स्थितिलाई गोचरले देखाइरहेको छ । व्यापार व्यवसाय एवं उद्यमजन्य पेशागत कार्यमा सफलता मिल्ने छ । अनुकूलतापूर्ण वातावरण सृजना हुनाले साहस उमङ्ग र कार्यमा रुचि पनि बढेर आउने छ । सम्मानित रुपको निमन्त्रणा मिल्ने तथा औपचारिक कार्यक्रम आदिमा सरिक हुनपाइने छ । आँटे ताकेका तथा गर्न खोजेर पनि थातिरहेको केही महत्वपूर्ण इष्टकार्य पूर्णहुनसक्ने छन् भने केही काम अघि बढ्नेछ । ईज्जत प्रतिष्ठा एवं कान्ति बढ्नेछ ।




मीन : मीन राशि भएकाहरूका लागि आजको दिन केही सावधानी अप्नाउनु पर्ने देखिएको छ । अनायाशै वादविवाद तथा मनमुटावको सम्भावना देखिएकोले जनजीवन एवं बोलीचालीको व्यवहारमा विचार पुर्याएर मात्रै काम गर्नुपर्ला । केही पारिवारिक समस्यासँग मुकाविला गर्नपर्ने र आँटेताकेको काममा विलम्ब हुने तथा अनर्थजन्य लक्षणहरु प्रतित हुनसक्ने ग्रहगोचरीय अवस्था देखिएकोले संयम गर्न जरुरी हुनेछ । नियत सफा राखेर गरिने कार्यबाट केही लाभ गर्न भने सकिनेछ ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home