Sunday, May 31, 2020

आजको राशिफल : जेठ १८ गते, आइतबार

वि.सं.२०७७ साल जेठ १८ गते । आइतबार । ईश्वी सन् २०२० मे ३१ तारिख । नेपाल संवत् ११४० ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । मावलि पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । वाद-विवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धिहरुलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम रहेनेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलि बढी नै मेहनत गर्नु पर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । सन्तुतिल व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भनेजस्तोे उपलब्धि हासिल गर्न सकिनेछ । काम गर्ने वातावरण राम्रो बन्ने हुनाले केही मात्रामा आर्थिक अवस्थामा सुधार भएर जानेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपाहार तथा विलाशि बस्तु उपाहार प्राप्तीको योग रहेकोछ । सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबीच एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । आट, पराक्रम गर्न नडाराई अगाडि बढ्ने हो भने चाहेको गन्तब्यमा पुग्न सकिनेछ । विवाद तथा हुलमुलकाबीच पनि राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ । तरपनि यात्रा भरसक स्थगित गर्नुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । कुटुम्बसँग मिलेर गरिने काम गर्नुहोला । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई हराउँदै हराउँदै अगाडि बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्निबीच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइसँगकाे रमाइलो बसाइमा स्वादिष्ट भोजनका साथ समय ब्यातित गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दापनि सकारात्मक नतिजा हात लागि हुने योग रहेकोछ । तपाईको लुवाइ ख्वाइ देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । व्यापार व्यवसायमा आम्दानी नहुँदा आर्थिक अवस्था कमजोर हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कल्पना तथा भावनामा बग्नाले काम गर्न मन लाग्ने छैन । परिवार तथा आफन्तहरुले गलत आरोप लगाउन सक्छन् ध्यान दिनुहोला । पढाइ लेखाइमा मन जाने छैन भने शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसायमा मन्दि आउनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला । प्रेममा धोका हुनेछ भने जीवन साथीसँग मनमुटाब बढ्ने योग रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामाजिक कामका विशेष रुचि बढ्नेछ भने राजनीति तथा समासेवामा समय दिन सक्दा नाम तथा दाम दुवै कमाउन सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरि आम्दानीका स्रोत बढाउन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीति तथा समाजसेवमा जनताको साथ तथा समर्थन पाइनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ भने अन्य व्यवसायमा मन्दि आउने तथा घाटा लाग्नेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणण सम्वन्धको डोरो कसिलो भएर जानेछ । पैत्रिक सम्पति तथा सरकारी सम्पतिको प्रयोग गर्न पाइने हुँदा मन प्रशन्न हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइ विद्यार्थिहरुले राम्रो प्रगति गर्ने समय रहेकोछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापारमा मन्दि आउनेछ । माया प्रेममा नजिक भई आफ्ना आवना साटासाट गर्ने अवसर जुर्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरु प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटिले उर्जा तथा आत्मविश्वासमा कमि ल्याउनेछ । नगर्नु पर्ने काममा नै हात हाल्दा व्यवसायिक रुपमा घाटा लाग्नेछ । धन सम्पति तथा पैत्रिक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पति तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । माया प्रेममा धोका हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेममा नजिक हुने समय रहेकोछ । अध्ययनमा प्रविधिको प्रयोग गरि नतिजा आफैतिर ल्याउन सकिनेछ । तरपनि सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।
तपाईको दिन शुभ रहोस् ।

Labels:

भारतमा रहेका नेपाली जमातीमाथि कोरोना फैलाएको भन्दै मुद्दा चलाइयो,

काठमाडौं : नेपालबाट भरत गएका नेपाली जमातीलाई कोरोना फैलाउन आएको आरोप लगाउदैँ भारतले मुद्दा चलाएको छ । भरत गएका नेपाली जमातीहरुले एभिन्युज खबरलाई संम्पर्क गरि आफुहरुको उद्वार गरिदिन समेत आगह गरेका छन् ।


मुस्लिम धार्मिक यात्राका क्रममा भारतको दिल्ली पुगेका बाराका चार र रौतहटका १६ जना जमातीहरु लकडाउनका कारण त्यहीँ रोकिएका थिए । उनीहरुलाई कोरोना फैलाउन आफ्नो देशमा आएको भन्दै त्यहाँको प्रहरीले मुद्दा चलाएको छ । हाल आफूहरु भारतको दिल्ली स्थित नेरैउलाको एक स्थानिय क्वारेन्टिनमा रहेको बारा निजगढबाट गएका जमाती मियाँद आलमले बताए ।
विराटनगरमा भएको धार्मिक कार्यक्रम सकेर फागुन ७ मा भारत पुगेका बारा निजगढका दुई जनासहित २० जना दिल्लीबाट नेपाल फर्किने क्रममा लकडाउनका कारण रोकिएको मियाँद आलमका दाजु लक्की अलिले बताए ।
दिल्लीबाट नेपाल फर्किने क्रममा लकडाउनका कारण रोकिएको र क्वारेन्टिनमा राखेको ६४ दिन बितिसक्दा समेत नेपाली दूतावासले घर फर्काउन पहल नगरेको मियाँद आलमका आमा फरजाना बेगमले बताइन् ।
उनीहरुलाई अपार्टमेन्टमा राखेको बारेमा भारतस्थित नेपाल दूतावास जानकार भए पनि घर फर्काउन पहल नगरेको र घर फर्काउन प्रबन्ध मिलाउँछौं भनी फर्किएका दूतावासका कर्मचारी सम्पर्कविहीन भएको आफन्तको गुनासो छ । रेल सेवा सञ्चालनमा आएसँगै भारतमा रहेका नेपालीहरु घर फर्किने क्रम जारी छ ।
उनीहरु पनि बस रिजर्भ गरेर फर्किने योजनामा थिए तर, अपार्टमेन्टमा खटिएका सुरक्षाकर्मीले भारत प्रवेश गर्दा भारतीय सरकारलाई जानकारी नगराएको भन्दै मुद्दा चलाएको पीडितको गुनासो छ । भारतका सुरक्षाकर्मीले उनीहरुको नागरिकता नेपाली दूतावासले मागेको छ भन्दै परिचयपत्र तथा नागरिकता लिएर मुद्दा दर्ता गरेको पीडितले जानकारी दिएका छन् । घरबाट तीन महिनाअघि त्यहाँ पुगेका उनीहरु दिल्लीको नजामुद्धिन मरकजमा बसेका थिए ।
उनीहरुसहित सोही मरकजमा अध्ययन गर्न बसेका १३ जना बिद्यार्थीहरुलाई समेत क्वारेन्टिनमा राखिएको थियो । जसमा रौतहटका एक, काठमान्डौंका ३, पोखराका ३, गोरखाका २, कटारीका ३ र सिराहका १ बिद्यार्थी रहेका छन् । अहिले सबैविरुद्ध मुद्दा दर्ता गरी कारर्बाही गर्ने तयारी भारतीय प्रहरीले गरेको छ । त्यहाँ बसेकामा कोरोना संक्रमण देखिएपछि त्यहाँका सबैलाई दिल्ली सरकारले अपार्टमेन्टमा राखेको थियो ।

Labels:

आज इतिहासकै सुनौलो दिन, संबिधानमै नयाँ नक्सा पारित हुँदै

काठमाडौं – आइतवार प्रतिनिधि सभा बैठकमा संविधान संशोधन विधेयक प्रस्तुत हुने भएको छ। संघीय संसद सचिवालयद्वारा जारी कार्यसूचीमा आइतवार ११ बजे बस्ने बैठमा विधेयक प्रस्तुत हुने उल्लेख गरिएको छ।


कार्यसूचीअनुसार आइतवार बैठकमा कानुनमन्त्री शिवमाया तुम्वाहाङफेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक , २०७७ ’ पेश गर्ने कार्यसूची रहेको छ। त्यसपछि उक्त विधेयकलाई बैठकमा पेश गरिनेछ। संशोधन प्रस्तावलाई पहिलो नम्बरमा राखिएको छ।
नेपाली काँग्रेसले केन्द्रीय कमिटीबाट संशोधन विधेयक बसी निर्णय गर्ने भनेपछि जेठ १४ गते विधेयक प्रस्तुत भएको थिएन। शनिवार बसेको केन्द्रीय समिति बैठकले विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिइसकेको छ।

Labels:

Friday, May 29, 2020

साप्ताहिक राशिफल : यी ७ राशिका लागि शुभ, तपाईको राशि कुन ?

आज जेष्ठ १७ देखि २३ गतेसम्मको साप्ताहिक राशिफल

मेष
दाजुभाइबाट राम्रै सहयोग मिल्नेछ । जोश जाँगर मिल्नाले नयाँ काममा प्रगति हुनेछ ।
वृष
बोली वचनको सहयताले काममा प्रगति हुनेछ । अरुबाट धन प्राप्ति हुने एवं मिष्ठान्न भोजनको सुख पाइनेछ ।
मिथुन
पारिवारिक काममा खर्च हुने देखिन्छ । साताको शुरुमा काममा जिम्मेवारी थपिने एवं व्यक्तिगतँ काममा खर्च बढ्नेछ ।
कर्कट
शुरुमा अनावश्यक खर्च बढ्नेछ । स्वास्थ्यमा समस्या एवं आफन्त बैरी बन्नेछन् ।
सिंह
लगानीमा सामान्य आम्दानी मिल्नेछ । कृषि एवं पशु चौपायाबाट फाइदा हुनेछ।
कन्या
राजनीतिमा पहुँच मिल्नेछ। आफ्नो जिम्मेवारीको काममा प्रशंसा एवं कार्यभार थपिनेछ ।
तुला
धार्मिक रुचि एवं आध्यात्मिक क्षेत्रमा चासो बढ्नेछ। परोपकार एवं सामाजिक कार्यमा खर्च बढ्नेछ।
वृश्चिक
स्वास्थ्यमा समस्या आउनेछ। अनावश्यक विवाद बढ्ने एवं काममा आलोचना हुनेछ।
धनु
पारिवारिक सुख मिल्ने एवं प्रेमप्रसंगमा सुधार आउनेछ। पारिवारिक भेटघाट हुने एवं साझेदारी काममा सहयोग राम्रो मिल्नेछ ।
मकर
स्वास्थ्यमा राम्रो प्रगति हुनेछ । पुरानो काममा प्रगति एवं घरायसीे काममा प्रगति मिल्नेछ।
कुुम्भ
कृषि तथा पशु चौपायाबाट धन प्राप्ति हुनेछ । साताको मध्यमा भने स्थान परिवर्तनको योग बन्नेछ।
मीन
चिसोले असर गर्नेछ । घरायसी काममा विवाद आउने एवं महिला वर्गसँग दुश्मनी बढ्नेछ।

Labels:

भारतसँगको दशगजा क्षेत्र खाली गराउन सरकारलाई निर्देशन

काठमाडौँ । भारतीय सीमा क्षेत्रको दशगजा क्षेत्र खाली गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकले भारतसँगको सीमा क्षेत्रको दशगजा क्षेत्र खाली गराउन निर्देशन दिएको हो ।


सीमा क्षेत्रमा भारत सरकारले निर्माण गरेका सडक र तटबन्धबारे छलफल गर्न बसेको समिति बैठकले त्यस क्षेत्रमा रहेका भौतिक संरचना र मानववस्ती हटाउन सरकारलाई निर्देशन दिएको हो ।
समितिमा भएको छलफलपछि समिति सभापति शशी श्रेष्ठले नेपालको तर्फबाट दशगजामा निर्माण भएका संरचना खाली गर्नुपर्ने र भारततर्फबाट निर्माण भएका संरचना पनि हटाउन पहल गर्नका लागि सरकारलाई निर्देशन दिएकी हुन् । ‘नेपाल र भारत दुबैतर्फका हटाउन आवश्यक छ । नेपालले मात्रै हटाउने भनेको होइन भारततर्फका पनि हटाउन आवश्यक छ । यसका लागि सरकारले आवश्यक समन्वय गर्नेछ’ बैठकको निणर्य सुनाउँदै समिति सभापति शशी श्रेष्ठले भनिन ।
सांसदहरूले भारतसँगको सीमामा बस्ती भएको र संरचना निर्माण भएकाले सीमा समस्या भएको तथा नेपाली भूमि भारतीय बाँधले डुबान पारेको बताएका थिए ।
सीमा क्षेत्रमा नापी, भन्सार, स्वास्थ्य, शिक्षा संरचना निर्माण गर्नका लागि पनि सरकारलाई समितिले निर्देशन दिएको छ । नेपाली नागरिकलाई सुविधा दिनका लागि तत्काल त्यस्ता संरचना निर्माणमा अगाडि बढ्न समितिले सरकारलाई निर्देशन दिएको हो ।
संसदीय समितिले सीमा रक्षाको लागि सशस्त्र प्रहरीलाई जिम्मा दिने कानुनी व्यवस्था गर्न पनि निर्देशन दिएको छ । सीमा स्तम्भको दूरी र सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्या बढाउन पनि समितिले निर्देशन दिएको छ । सीमा रक्षा गर्नका लागि सरकारलाई पर्याप्त साधन, स्रोत उपलब्ध गराउन समितिले सरकारलाई निर्देशन दिएको छ ।
यसैगरी, समितिले ठूला नदीमा भारत सरकारले सीमा स्तम्भ बनाउने सहमति कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षंण गराएको छ । निर्देशन समिति सदस्यहरुलाई सुनाउँदै उनले भनिन् ‘ठूला नदीमा सीमा स्तम्भ बन्नुर्पयो । भारत सरकारले नबनाए नेपाल सरकारले आफैँ बनाउनुर्पयो ।’
समितिले सीमा क्षेत्रका नागरिकको समस्या ख्याल गर्न र उनीहरुलाई दिने सेवा सुविधामा ध्यान दिन निर्देशन पनि दिएको छ । कालापानी लिपुलेक क्षेत्रका जनताप्रति लक्षित गर्द समितिले यसो भनेको हो । सीमा समस्यालाई अन्तर्रा्ष्ट्रियकरण गर्दा सम्बन्धित क्षेत्रका नागरिकले भारतमै बस्छु भन्ने अवस्था आउन नदिने गरी सरकारले आफ्ना कदम चाल्नुपर्ने समिति सदस्यहरुको भनाइ थियो ।
भारतसँग सीमा विवाद बढिरहेका बेला संसदीय समितिले यस्तो निर्देशन दिएको हो । भारतले दार्चुलाको लिपुलेकमा सडक निर्माण गरेपछि नेपाल र भारतबीचको सीमा विवाद बढिरहेको छ ।Fa

Labels:

डब्ल्युएचओको चेतावनी : ‘कोरोना भाइरसको अर्को एउटा झट्काका लागि तयार रहनुस्’

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरसको अर्को झट्काका लागि तयारी अवस्थामा रहनुपर्ने चेतावनी दिएको छ । संगठनका एक वरिष्ठ अधिकारी डा. डेबिड नबारोले कोरोना भाइरसको अर्को एउटा झट्काका लागि तयारी रहनुपर्ने चेतावनी दिएका छन् ।


बिबिसीका अनुसार उनले भनेका छन्, ‘जतिजति लकडाउन खुकुलो हुँदै जान्छ, त्यती धेरै कोरोना भाइरस संक्रमणको आँकडामा अत्यधिक वृद्धि हुनसक्छ । यसका लागि हामी तयारी अवस्थामा बस्नुपर्छ ।’

क्रोएशियाले भने १० युरोपली देशका लागि आफ्नो सीमा खोल्ने निर्णय गरेको छ । पर्यटन क्षेत्रको प्रवर्धनका लागि यस्तो निर्णय गरेको क्रोएशिया सरकारले जनाएको छ ।
संसारका विभिन्न देशले लकडाउनमा खुकुलोपन अपनाउन थालेपछि डब्ल्युएचओले चेतावनी जारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच कोरोना भाइरसबाट ल्याटिन अमेरिकी देश ब्राजिलमा पछिल्लो २४ घन्टामा २६ हजार ४ सय भन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् ।
जोन हप्किन्स युनिभर्सिटीका अनुसार संसारभरी करिब ६० लाख व्यक्ति कोरोना भाइरसद्वारा संक्रमित भइसकेका छन् । तीमध्ये तीन लाख ५९ हजारको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ ।

Labels:

Thursday, May 28, 2020

ग्रेटर नेपाल फिर्ता ल्याउन संसदमै उठ्यो आवाज

काठमाडौँ –काठमाडौं- संघीय संसदको प्रतिनिधिसभामा ग्रेटर नेपालको माग उठेको छ। सांसद रेणुका गुरुङले पूर्वको टिस्टादेखि पश्चिम काँगडासम्मको भूभाग फिर्ता ल्याउनुपर्ने माग उठाएकी हुन्।
समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले ग्रेटर नेपाल फिर्ता ल्याउन बेलायती महारानी एलिजावेथलाई निवेदन दिन माग गरेकी छिन्।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद गुरुङले गुगौली सन्धि भारतसँग नभइ बेलायतसँग भएकाले उससँग कुरा गरेर ग्रेटर नेपालको भूमी फिर्ता ल्याउनुपर्ने बताएकी हुन्।
उनले संसदमा भनिन्, ‘सुगौली सन्धिपछि नेपालको भूभाग मेची महाकाली निर्धारण भयो। त्यो सन्धि भातरसँग होइन बेलायतसँग भएको हो। बेलायतले भारत छाडेर जाने बेला लर्ड माउण्ट मेटनले हाम्रा प्रधानमन्त्री मोहन शमशेरलाई निवेदन दिन भने पनि दिएनन्, अब सरकारले महाराजनीलाई निवेदन दिनुपर्छ।’
उनले तत्काल राणा सरकारले गरेको गल्तीलाई अहिले सच्याउनु पर्ने बताइन्।

Labels:

दुनियाँका लागि लड्ने नेपाली भारतीय हेपाहा प्रवृतिका अघि निरीह बन्दैन – नेता रिजाल

नेपाली काँगे्रसका नेता डा मीनेन्द्र रिजाल यस पटक निकै चर्चामा हुनुहुन्छ । प्रमुख प्रतिपक्षको भूमिका अपेक्षित रूपमा प्रभावकारी नदेखिएको टिप्पणी भइरहेका बेला उहाँले भारतसँंगको सम्बन्धलाई लिएर कांगे्रसलाई मात्र होइन अन्य दल र सर्वसाधारण नेपाली जनतालाई समेत तरंगित तुल्याउनुभएको छ । डा रिजाल अतिक्रमित भूभाग फिर्ता लिने सम्बन्धमा नेपाली जनताले देखाएको अभूतपूर्व एकता प्रदर्शनीबाट सन्देश लिन भारतीय नेतृत्व तहलाई सुझाव दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘भारतले फेरि एकपटक नेपालको चित्त दुखाएको छ ।’नेपालले गम्भीर र सहिष्णु भएर आफ्ना प्रमाणहरू अघि राख्दै लगातार २३ वर्षदेखि उठाएका विषयलाई बेवास्ता गरेकै कारण नेपालीको मन निकै दुखेको बताउँदै डा रिजालले स्वाभिमानी नेपालीलाई सीमित भारतीयले देखाउने सामन्तवादी व्यवहार सह्य नहुने बताउनुभयो । यही विषयमा केन्द्रित रहेर राससका समाचारदाता नारायण न्यौपाने र भीष्मराज ओझाले उहाँसँग गरेको कुराकानीको सक्षिप्त अंशः
 छिमेकी मुलुक भारतसँग बेलाबेलामा नेपालको सीमा विवाद उठ्ने गरेको छ, यसलाई कसरी लिनुभएको छ ?
प्रजातन्त्रको पुनःस्थापनापछि खासगरी २०५७ सालदेखि कालापानी, लिम्पियाधुरालगायत सीमाको विषय गम्भीर रूपले उठ्दै आएको छ । त्यसबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसैे बेला नेपाल र भारतले सीमाको विषय टुङ्ग्याउन बाँकी भनी स्वीकार गरेका हुन् । त्यसभन्दा अघि २०५४ सालमा भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजरालको नेपाल भ्रमणको बेला सुल्झाउन बाँकी सीमा मुद्दालाई थाती मुद्दाका रुपमा स्वीकार गरिएको थियो । पछिल्लो समय भारतले नक्सा जारी गरिसकेपछि नेपालले यसको प्रतिरोध ग¥यो ।
भारतले दुवै देश कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न सकिन्छ भनी स्वीकार पत्र पठायो । त्यसभन्दा अगाडि २०७२ सालमा काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा भारत र चीनले लिम्पियाधुरा क्षेत्रमा बाटो बनाउने कुरा गरे । तत्कालै नेपालले भारत र चीनलाई पत्र लेखेर तपाईँहरू नेपालको सार्वभौमिकता रहेको लिम्पियाधुरा र लिपुलेक भञ्ज्याङबाट बाटो बनाउन पाउनुहुन्न, तपार्इँहरूले गलत गर्नुभयो, यो दुई पक्षले मात्र कुरा गरेर अघि बढाउने विषय होइन भनेर पत्र पठाइएको थियो ।
पछिल्लो समय चीनले यस्ता विषयमा एकांगी निर्णय गरेर हुन्न भनेको छ । यस अर्थमा चीनले घुमाउरो पाराले २०७२ मा आफ्नो गल्ती भएको स्वीकार गरेको अनुभव हुन्छ । कोरोनाको कहर सकिएपछि छलफलका माध्यमद्वारा टुङग्याऔँ भनिएको बेला त्यसलाई बेवास्ता गर्दै भारतका रक्षामन्त्रीले मानसरोवर जोड्ने कथित सडक उद्घाटन गरेपछि परिस्थिति जटिल बनेको छ ।
 के नेपालसंँग यस विषयलाई लिएर आफ्नो अडान राख्ने बलिया आधार नभएका हुन् ?
आजको दिनसम्मे धेरै सहज रुपमा यो समस्या समाधान गर्ने खालको भारतको सोच देखिन्न । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो भन्ने हामीसँग असाध्यै बलिया प्रमाण छन् । हामीसँग भएकाले मात्र होइन, राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा भएका दर्जनाँै प्रमाणले पनि त्यो क्षेत्र नेपालकै हो भन्ने पुष्टि गर्छन् । सन् १८१६ को सुगौली सन्धि र त्यसलाई अझ प्रष्ट पार्न गरिएको १८१७ को सन्धि, विसं २०२७ र २०३० मा जारी भएको नक्सा, दुवै देशका नेतृत्व तहमा २०५४ र २०५७ मा भएका कुराकानी र सहमति पनि यथेष्ट प्रमाण हुन् ।
भारतकै बृटिशकालीन नक्सा र त्यहाँका प्रान्तका नक्सामा जहिले पनि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूभाग नेपालको हो भनेर देखाइएको छ । अहिले एकाएक त्यो क्षेत्र समेटेर भारतले नक्सा प्रकाशित गरेको हो । त्यो भूभाग नेपालको हो भन्ने जग्गाको तिरो तिरेको, जनगणनाको, चुनावमा मतदाता रहेको र चन्द्रशम्शेरका पालामा त्यहाँका जनताले दुःख पाए भनेर मुखियाले लेखेको चिठीलगायतका यति धेरै प्रमाणहरू हामीसँग छन् । दुनियाँमा कसैले देख्दा पनि नेपालले अर्घेल्याइँ गरेको छैन भन्ने प्रमाणले नै प्रष्टयाएको छ । यिनकै आधारमा विवादको समाधान हुन्छ ।
 के यसले अब दवाव नै चाहिएको हो भन्ने बुझाउँछ ?
हामीले वार्ता र कूटनीतिक माध्यमबाट टेबुलमा बसेर भारतले उब्जाएको समस्या समाधान गर्न दबाब सिर्जना गर्नुपर्छ । भारतको संसद्मा विपक्षी दलले पनि नेपालसँगको सम्बन्ध धेरै पुरानो, गहिरो र मित्रवत् हो, अत्यन्त दुःखका दिन स्वतन्त्रता संग्राममा हामीलाई साथ र सहयोग पु¥याएको थियो, नेपालसँगको सम्बन्धलाई बिग्रन दिन हुन्न भनेर संसद्मै कुरा उठाएका छन् ।
मैले देखेको र बुझेको दुई वटा भारत छन् । बिपी भन्नुहुन्थ्यो, आम रूपमा असङ्ख्य भारतीयमा नेपालप्रति असाध्यै ठूलो स्नेह र मैत्रीभाव छ । दुईवटा बेग्लाबेग्लै देशका नागरिकको जस्तो भावै छैन । नेपाली नागरिकले भारतमा र भारतीयले नेपालमा सहज रूपमा आवतजावत र रोजगारी समेत गर्न सक्छन् तर सत्तामा बसेका र बाहिरका केही सीमित व्यक्तिमा भने कताकता हिजोको उपनिवेशका बेला बेलायतीले भारतीयलाई हेप्ने गरेजस्तै नेपालीलाई हेप्नुपर्छ भन्नेजस्तो मिचाहा प्रवृत्ति देखिन्छ । यस्तो गलत प्रवृत्तिको अन्त्य हुनुपर्छ ।
नेपालमा पनि भारत र भारतीयप्रति असाध्यै सद्भाव छ । प्रधानमन्त्री मोदी पहिलो पटक नेपाल आउँदा म सवारीमन्त्री थिएँ । आम नेपाली जनता मोदीलाई हेर्न, भेट्न र छुनलाई उर्लिएको त्यो भीड सम्हाल्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । त्यस भावनालाई दुई देशबीचको सम्बन्धको उदाहरणका रुपमा लिइएको थियो ।
 यस्तो भावनात्मक सम्बन्ध कसरी विवादित भयो त ?
एकाएक भूकम्पबाट मार खेपिरहेका बेला नाकाबन्दी गर्ने र कोरोनासंँग लडरिहेका बेला कालापानीलगायतका क्षेत्रको अतिक्रमण गरी नक्सा प्रकाशित गरी सडकसमेत बनाउने काम गरेर भारतले नेपाल र नेपालीको मन कँुडयाएको छ, । नेपालले गम्भीर र सहिष्णु भएर प्रमाण अघि राखेर २०५४ देखि आजसम्म २३ वर्ष लगातार कालापानी क्षेत्रको कुरालाई कूटनीतिक माध्यमबाट हेरौँ, मिलाऔँ भनेकामा भारतले पटक्कै नसुन्दा नेपालीको मन दुख्दैन ?
केही सीमित भारतीय व्यक्ति र मिडियाकर्मीले स्वाभिमानी नेपालीलाई घमण्ड देखाउने, अपमान गर्न खोज्ने, सामन्तवादी हेपाहा र मिचाहा प्रवृत्ति देखाउन खोज्छन् भने त्यस्तो व्यवहार सहन सक्ने कुरा भएन । नेपाली जाति अरूका लागि समेत जहाँसुकै लडेको जाति हो, इतिहासमा भारतको रक्षा र सुरक्षाका लागि लडेका छौँ, दुनियाँमा हाम्रो वीरताको गाथा छ । यहाँ कसैले मिचाहा प्रवृत्ति देखाउँछन् भने कसरी सहने भन्ने भाव देखिनु स्वाभाविक हुन्छ ।
 सीमा र नेपालको नयाँ नक्साका बारेमा भारतीय सञ्चारमाध्यमलाई तपाईंले गतिलो जवाफ दिनुभएको भनेर सर्वत्र प्रशंसा भएको छ नि ?
त्यस संवादपछि मप्रति प्रेमभाव उर्लिएको छ, स्वदेश होस् वा विदेशमा बस्ने स्वाभिमानी हरेकले नेपालीले प्रतिवाद गर्ने मीनेन्द्र होइन स्वयम म हुँ भनेर अनुभूत गर्नुभएको हुनुपर्छ । मेरा लागि यो ठूलो निधि हो । अब विगतमा मेरो दुष्प्रचार गर्नेहरूलाई जवाफ दिइरहनु पर्ने अवस्था रहेन । म आफूप्रति देखाइएको प्रेम र सद्भाव, आदर र सम्मानलाई अपमान हुन दिने काम गर्ने छैन ।
 नेपाल भारतबीचमा देखिएका सीमा विवाद सम्बन्धमा सरकारले चालेको कदमलाई तपाईं र तपाईंको पार्टीले कसरी लिएको छ ?
यस्तो बेलामा प्रधानमन्त्रीले राष्ट्रलाई एकताबद्ध गर्ने हो । कसको देशभक्ति बढी छ, कसको कम छ भनेर देखाउने बेला यो हैन । यस्ता कठिन घडीमा कसैले कताकता खेल्ने, एकले अर्कालाई आंैँला देखाउने जस्तो प्रवृत्ति रहन्छ । प्रधानमन्त्रीज्यूलाई सुझाव दिन चाहन्छु, जति सक्नुहुन्छ छिटो जनतालाई एउटा छाताभित्र ल्याएर नेतृृत्व गर्दै अघि बढ्नुस्, नेपाली काँग्रेस सहयोग र समर्थन गर्न तयार छ ।
काँग्रेसजन पनि केमा प्रष्ट हुनुपर्छ भने परराष्ट्र नीति गौँडागौँडाबाट सञ्चालित हुँदैन । यो सत्तापक्षको एउटा प्रतिपक्षको अर्काे हुँदैन । सरकारले सञ्चालन गर्ने परराष्ट्र नीतिमा हामीले सरकारलाई सहयोग र समर्थन पु¥याउने हो । सरकारले मागेका सल्लाह सुझाव हामी उपलब्ध गराउँछौँ । प्रधानमन्त्रीज्यूले जति उदार मनले राष्ट्रलाई नेतृत्व गर्न सक्नु हुन्छ, त्यति नै प्रधानमन्त्रीज्यूको ओज बढछ् । राष्ट्रका विषयमा दुविधा भएमा स्व बिपीले ‘एक मुठी माटो हातमा लिएर सोध, माटोले जे भन्छ त्यही गर’ भने झैंँ गर्नुपर्छ । विवेकपूर्ण ढंगले देशप्रति समर्पित भएर निर्णय गर्नुपर्छ ।
 कतिपय ठाउँमा सीमास्तम्भ नासिएर वा नदीले बगाएको पनि छ । साथै भारतीय पक्षले दशगजा क्षेत्र नजिकै बाँध बाँधिदिने गर्दा वर्षेनी नेपाली भूभाग डुबानमा पर्ने गरेको छ । यी समस्याहरुको समाधानमा नेपाल सरकारको पहल नपुगेको हो कि भारतीय पक्ष उदासीन देखिएको हो ?
यो चरम असंवेदनशीलता हो । कोरोना भाइरस संक्रमणबाट मुक्ति पाएपछि द्विपक्षीय वार्ता गर्ने भन्ने, अनि त्यही बीचमा बाटोको भच्र्युअल उद्घाट्न गर्ने ? त्यो भन्दा असंवेदनशील कुरा के हुन्छ ? भारतले चाहे सिमानामा बाँध बनाउने बेला होस् वा अन्य काम गर्ने बेलामा, असंवेदनशीलता देखाउँदै आएको छ तर यसलाई झगडा फसादको विषय बनाउनेभन्दा पनि हामीले पनि के सोच्नुप¥यो भने हाम्रो काम गर्ने शैली ढिलो सुस्त छ कि ? भारत अर्कै गतिमा विकास गरिरहेको छ, हाम्रो गति निकै सुस्त भएका कारण उता एकांगी ढंगले काम गरिएको पनि हुन सक्छ । तथापि भारतले जुुन संवेदनशीलता देखाउनुपर्ने हो, त्यो देखाएको छैन ।
भारत र चीन दुवै हाम्रा घनिष्ठ मित्र हुन् र दुवै हाम्रा लागि अत्यन्त महत्वपूर्ण छन् । भारत भूगोल, परम्परा, इतिहास, संस्कृति, भाषालगायतले अझ नजीक छ । जसरी चीनको भूमिका आज विश्वमै बढेर गएको छ, नेपालमा हिजोको भन्दा आज चीनको भूमिका विस्तारित हुन्छ भन्ने कुरा भारतले पनि स्वीकार गर्नुपर्छ । यी सबै कुरा गर्दागर्दै पनि, भारतलाई नजिककोे मित्र मान्दा पनि, भारतले हामीसँग गर्ने व्यवहार मित्रले गर्ने व्यवहारभन्दा फरक देखिन्छ, नेपालका लागि हामीले नै निर्णय गरिदिन सक्छौँ भने जस्तो । के बुझ्नु आवश्यक छ भने भारतले हाम्रा लागि निर्णय गर्न मिल्दैन । हामी बेग्लै सम्प्रभुतासम्पन्न देश हौँ । त्यसैले भारतले जति बढी संवेदनशीलता देखाउँछ, हाम्रो हित त हुन्छ, हामी त सानो देश, साथसाथै भारतको पनि अन्तरराष्ट्रिय प्रतिष्ठा बढ्छ । भारतले नेपालजस्ता घनिष्ठ छिमेकी देशसँग सद्भाव देखाउँदा अन्तरराष्ट्रिय मञ्चमा भारतको उचाइ अझ बढ्छ भन्ने मलाई लाग्छ ।
 अहिले नेपालको सिमानामा तारबार लगाउने बेला भयो भन्ने पनि सुनिन्छ । यो मुलुकको हितमा हुन्छ कि हुँदैन ? यस्ता मुद्दामा मुलुकभित्रका सबै दल आगामी दिनमा कसरी अगाडि बढनुपर्छ ?
तराईमा सिमाना छेउका बाटोघाटो नपुगेका कतिपय स्थानमा धेरै गरीबी छ, त्यहाँ जीवनयापन गर्न मानिसलाई कति कठिन छ भन्ने कुरा हामी काठमाडौँमा बसेकाले बुझेका छैनौँ । कुनै बेला नेपालको एक स्थानबाट अर्काे स्थानमा जान भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । ती बाध्यताबाट आधुनिक नेपाल बन्दै जाने क्रममा हाम्रो भारतसँगको सम्बन्ध पनि प्रकारान्तरले परिवर्तित हुँदै गएको छ । एउटा समय थियो, भारतको स्वतन्त्रता आन्दोलनमा हामी पनि लड्यौंँ, हाम्रो प्रजातन्त्र स्थापनाको आन्दोलनमा उनीहरूको सहयोग हामीले पनि लियौँ होला ।
अर्काे कुरा, विश्वमा चीनको उदय जसरी भएको छ, त्यसले पनि नेपाल र भारतबीचको सम्बन्धमा नयाँ आयाम थपेको छ भन्ने तथ्यलाई हामीले आत्मसात् गर्नुपर्छ । यी सबै कुरालाई स्वीकार गरेर हिँड्नु जाती हुन्छ । त्यसको सट्टा उग्र नारा लगाएर, पर्खाल लगाऊँ वा के लगाऊँ भनेर कसको हित हुन्छ ? हामीले पर्खाल लगाएर गर्ने के ? एकातिर उत्तरतर्फ हिमालको पर्खाल छ, अलिकति खोल्दै जाँदा उपलब्धिका रुपमा हामी व्याख्या गरौंँला । अनि दक्षिणतर्फ पर्खाल लगाउने कुराले हामीलाई कसरी मद्दत गर्ला ? विश्वमा चीन र भारतको उदयले नेपालका प्रति अन्तरराष्ट्रिय रुपमा आकर्षण बढ्दै जान्छ । हामीले यसमा खुशी हुने कि दुःखी हुने ? मेरो विचारमा दुनियाँका सबै मुलुकले चीन र भारतको बीचको मुलुक नेपालप्रति अभिरुचि बढाउने विषयलाई हामीले बुद्धिमत्तापूर्वक उपयोग ग¥यौँ भने नेपाल र नेपालीकोे समृद्धिको हितमा हुनेछ ।
 सरकारले नेपालको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ सच्याउन संसद्मा संविधान संशोधनको प्रस्ताव दर्ता गराएको छ । त्यो प्रस्तावमा केही दलले आफ्ना माग पनि समेट्न सुझाव दिएका छन् । यसलाई कसरी लिन हुन्छ ?
नेपालको संविधानको अनुसूची ३ मा नेपालको निशान चिह्न छ । निशान चिह्नमा रहेको नेपालको गलत नक्सा सच्याउनका लागि संशोधन गर्न लागिएको हो । त्यसैले यसलाई त्यही रुपमा लिनुपर्छ । दोस्रो कुरा, यो सबै नेपालीको स्वाभिमानसँग जोडिएको विषय हो । यसमा नेपाल एकताबद्ध रुपमा उभिएको छ भन्ने सन्देश दिनुपर्छ । त्यस्तो सन्देश दिन संविधान सशोधन गर्न लागिएको होे । त्यस हिसाबले यसको मूल्य त्यसमा बढी छ । यसमा किन्तु परन्तु केही जोड्ने कुरा अनुचित हुन्छ ।ं पहिले यो जंँघार तर्नुपर्छ, यो जंँघार तरेपछि आउने अन्य जंँघार त्यस पछाडि तर्ने हो । त्यसले कुनै पनि पार्टीले केही कुरा छ भने पछि गर्ने हो, अहिले गर्नु हुँदैन, हाम्रो पार्टीले त झन् गर्दै गर्दैन ।
 कोभिड–१९ को संक्रमण रोकथाम र उपचारका लागि नेपाल सरकारले गरिरहेको कार्यलाई थप प्रभावकारी बनाउन यहाँको के सुझाव छ ?
कोरोना भाइरसको संक्रमण रोकथाम र उपचारका सन्दर्भमा सरकारका कामका बारेमा मैले सार्वजनिक रुपमै अभिव्यक्त गर्दै आएको पनि छु । सरकारकोे काम गर्ने ढङ्ग मिलेन । अहिले ठूलो कठिनाइ छ तर यस्तो बेला सर्वप्रथम यथार्थलाई स्वीकार गरी इमान्दार हुनुपर्छ । कोरोनाको कहरमा सरकारले बन्दाबन्दी घोषणा गर्नेबाहेक स्वाभाविक रुपमा सम्बोधन गर्न सक्ने काम पनि गर्न सक्थ्यो । त्यसैले सरकारले इमान्दार भएर यस कठिनाइबाट पार पाउन नेतृत्वका साथ सबै पक्षसँग सहयोग लिएर काम गर्नुपर्छ ।
अर्काे कुरा, भारतबाट आउने खाद्य पदार्थ र तरकारी निर्बाध रुपमा काठमाडौँसम्म आइपुग्यो तर यहीँका गाउँका किसानले आफ्नो उत्पादन सहज रूपमा बजारसम्म पु¥याउन सकेनन् । आपूर्ति व्यवस्था कमजोर छ । आपूर्ति व्यवस्थाको कमजोरीका कारण माग हुँदाहँुदै पनि किसानले आफूले उत्पादन गरेका दूध, तरकारी, अण्डालगायत वस्तु फाल्नुपर्ने अवस्था आयो । यसका लागि पो सुरक्षा बल परिचालित हुनुपथ्र्याे । सरकारले यसबारेमा गम्भीर बनेर आगामी दिनमा योजना अघि बढाउनुपर्छ ।
 नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका संसद्मा प्रभावकारी निर्वाह गर्न नसकेको भन्ने गुनासो बेलाबेला सुनिन्छ, आगामी दिनमा थप प्रभावकारी र सिर्जनशील प्रतिपक्षीको भूमिका निर्वाहका लागि के गर्नुहुन्छ ?
काँग्रेसको तागत हिजो जस्तो पक्कै छैन । हिजोका दिनमा काँग्रेस मुलुकको सबैभन्दा ठूलो पार्टी अथवा मुलुककै नेतृत्व गर्ने पार्टी थियो । आज सबै प्रदेश र केन्द्रमा काँग्रेसको करीब २२ प्रतिशतको हाराहारीमा मात्र उपस्थिति छ । हामीले आज गर्ने भूमिका हिजोको काँग्रेस सम्झेर हुँदैन । अर्को कुरा, सरकारसँग निराशा छ, त्यसपछि कहाँ मन लगाउने भनेपछि प्रतिपक्षीसँग मन लगाउने हो । पछिल्लो उपनिर्वाचनले पनि कम्युनिष्टको विकल्प काँग्रेस नै हो भन्ने मत प्रकट भएको छ । काँग्रेसका अधिकांश सिनियर नेताहरू यतिखेर संसद् बाहिर हुनुहुन्छ । संसद्बाहिर भएपछि उहाँहरुलाई संसद्का गतिविधिमा खासै ध्यान पनि छैन । र अन्तिम कुरा, मैले भन्नैपर्छ हाम्रो संसदीय दलको नेताले पनि अपेक्षाअनुसार संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न सक्नुभएको छैन ।
 ¬अन्तमा, संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) को विषयले सदनमा प्रवेश पायो तर यसको अनुमोदनमा किन यति ढिलाइ हुन पुगेको हो ?
एमसिसीबारे सरकार कसरी अघि बढ्छ, त्यसपछि हेराैँला । भएभरका सबै विषयलाई एउटै पोको पारेर समस्याको समाधान गर्न सकिँदैन । समस्या समाधान सबै विषयलाई प्राथमिकीकरण गरी अलगअलग छुट्याएर गर्नुपर्छ । अहिले सर्वप्रथम अतिक्रमित भूमि फिर्ता ल्याउन राष्ट्रिय अठोट चाहिन्छ । कोरोनाको कहरबाट नेपाल र नेपालीलाई बाहिर निकाल्ने प्रबन्ध गर्नुपर्ने छ । विदेशमा दुःख परेका नेपालीको सुरक्षित रुपमा उद्धार गर्नुपर्छ । कोरोना संक्रमितको उपचार गर्ने, दुःखमा परेकालाई राहत प्रदान गर्ने र त्यसपछि अर्थतन्त्रलाई तङ्र्याउने कसरी भन्न काम गर्नुपर्छ ।

Wednesday, May 27, 2020

आजदेखि फोन गर्दा पैसा लाग्दैन ! जिरो ब्यालेन्समा फेसबुक चलाउन र युट्युब हेर्न पनि मिल्ने

काठमाडौ । नेपाल टेलिकमले व्यालेन्स नहुँदा पनि कुरा गर्न सकिने अफर ल्याएको छ । लकडाउनमा ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताका लागि सोमबार राती १२ बजेदेखि निःशुल्क सेवा शुरु गरिएको टेलिकमले जनाएको छ ।
अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाको निर्देशनमा ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराएर यो सेवा शुरु गरिएको हो । लकडाउनमा रिचार्ज नपाइने भएकाले यो सेवा अपरिहार्य थियो ।

यस प्याकेज आगामी दुई दिनसम्म उपलब्ध गराइने बताइएको छ ।सो प्याकेजको प्राप्त गर्ने ग्राहकलाई एसएमएसमार्फत जानकारी पठाइने, उक्त एसएमएसको निर्धारित जवाफ एसएमएसमार्फत पठाएर प्याकेज लिन सकिने, सो प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाइ जानकारी गराइने छ । उक्त प्याकेज कम्पनीका जिएसएम तथा सिडिएमए प्रिपेड ग्राहकलाई उपलब्ध हुने छ ।
ब्यालेन्स कम भएर फोन गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेजमा २५ वटा अन–नेट एसएमएस, ५० मिनेट अन–नेट भ्वाइस, १०० एमबी डाटा, प्याकेजको अवधि सात दिनको हुनेछ ।

Labels:

आजको राशिफल : जेठ १४ गते, बुधबार

वि.सं.२०७७ साल जेठ १४ गते । बुधबार । ईश्वी सन् २०२० मे २७ तारिख । नेपाल संवत् ११४० ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको कामदेखि सबै खुसी हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणसँग सन्तुतिल व्यबहार गर्नुहोला काम बिग्रने हुदा मान सम्मानमा कमि हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) गलत लेखाइ अथवा गलत बुझाइले आाफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । यात्राको गर्दा ध्यान दिनुहोला नराम्रो घट्ना घट्न सक्छ । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । माया प्रेममा मनमुटाव सिर्जना हुने भएपनि अन्तत एक अर्कालाई विश्वास गर्दै अगाढि बढ्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) परिवार तथा नजिकका मानिसबाट तपाईको काममा सहयोग प्राप्त हुनेछ । काम देखाएर लाभ उठाउने समय छ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका छ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) तपाईबाट राम्रा काम हुने हुनाले परिवार तथा साथीभाइहरु खुसी हुनेछन् । पढाइ लेखाइमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । पारिवारिक जमघट वा घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुसी रहनेछन् ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खानपान तथा मौषमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । माया प्रेममा धोका हुनेछ भने जीवन साथीसँग मनमुटाब बढ्नेछ । पढाइ लेखाइमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आर्थिक दृष्टिले दिन मध्ययम रहेकोछ भने अधुरा योजनाहरु पुरा गर्न समय लाग्नेछ । सन्तान सुख मिल्नेछ भने परिवारमा मांगलिक कार्य हुनेछ । पूर्ख्याैली सम्पतिको प्रयोग मार्फत कृषि क्षेत्रमा लगानी गर्न सकिनेछ । पढाइ लेखाइ प्रविधिको प्रयोग गरि उत्कृष्ट नतिजा हात लाग्ने हुदा मन प्रशन्न हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) जानकारीको अभावले कामहरु बिग्रनेछ भने आलोचनाको शिकार होइनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यहि बेलामा व्यापार व्यवसायमा मन्दि आउनेछ । आम्दानी भन्दा खर्च अधिक हुने हुनाले रुपैया पैसाको व्यवस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजादा हरुभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास बढ्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाइ लेखाइ विद्यार्थिहरुले राम्रो प्रगति गर्ने समय रहेकोछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ । माया प्रेममा नजिक भई आफ्ना आवना साटासाट गर्ने अवसर जुर्नेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईका सहभागिता उच्च स्तरको रहनेछ । तरपनि काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सत्यता बुझेर अगाडि बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुख पाइनेछ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अनावश्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । अरुकै कामका लागि समय खर्चनु पर्ने हुदा आफ्नो काम थाति रहनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले टाढिनु पर्ने बाध्यता आउनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइमा प्रतिस्पर्धिहरुको अवरोधले पछि परिनेछ । आफन्त तथा जीवनसाथीसँग मनमुटाब सिर्जना हुने सम्भावना रहेकोछ ध्यान दिनुहोला । माया प्रेममा मनमुटाब सिर्जना हुने तथा अग्रजसँग राज बाजिनेछ । सोख तथा विलाशीताले खर्च बढाउनेछ भने आम्दानी कम हुनेछ । असम्यम् व्यवहारले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । आलश्य तथा अस्वस्थताले लक्ष्यमा बिलम्ब हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कुनै पनि कामलाई पुन: गर्नु पर्दा मानसिक तनाब बढ्नेछ । पुराना रोगहरु फेरि बल्झन सक्छ ध्यान दिनुहोला । रकम लागनी गर्नको लागि केहि समय पर्खनु नै उचित रहेकोछ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था खस्कनेछ । प्रेममा एक अर्कालाई बुझ्न नसक्दा केहि समयको लागि टाढिनु पर्ने हुन सक्छ । कुनै पनि विवादमा सामेल भए हारिने सम्भावन रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पति पत्निबीचको सम्बन्धले दाम्पत्य जीवन सुखद रहनेछ । सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्याउला । अध्ययनमा उच्चता हासिल होला ।
तपाईको दिन शुभ रहोस् ।

Labels:

Monday, May 25, 2020

नेपाली युवतीहरुमाथी भारतीय प्रहरीको ज्यादती: रात बिताउने सर्तमा सिमाना कटाइयाे

सुनसरीकी अमृता सुवेदी (नाम परिवर्तन) भारतको गोवामा रोजगारी गर्दै आएकी थिइन् । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भारतले लकडाउन घाेषणा गरेसँगै उनी भारतको गोवामा २ हप्तासम्म अलपत्र परिन् ।

४ वर्षदेखि गोवाको १ चाउचाउ फ्याक्ट्रीमा एकाउन्टेनको काम गर्दै आएको अमृताले बताइन् । गत मार्चमा कोरोना भाइरस नियन्त्रण गर्न भारतले लकडाउन गरेसँगै कम्पनी बन्द भएपछि गोवामा १५ दिन अलपत्र परेर बसेको अमृता बताउँछिन् ।
‘गोवाबाट आसाम नजिक पर्छ । तर, आसाम मणिपुरको बाटो भारतीय प्रहरीले नेपाली मुलको मान्छे हिँड्न नदिएपछि बनारस हुँदै नेपाल आउनुपर्‍यो । कोरोनाका कारण भारतबाट नेपाल आउँदा ४० दिन बाटोमा ठूलो समस्या झल्नुपर्‍यो । यो अवधिमा मेरो जीवनमा के चाँही भएन’ उनले भनिन्, ‘छोरी मान्छे जता गए पनि असुरक्षित हुन्छन् । कोरोना भाइरसका कारण भारतदेखि ४० दिन लगाएर नेपाल आउँदा बाटोमा भागेको पीडा कसलाई सुनाउनु ? भन्यो भने इज्जत जान्छ ।’ कोरोनामा समस्या परेका नभनी सबैले बाटोपिच्छे फाइदा लिएको उनको गुनासो छ ।
भारतीय प्रहरीको गिद्देनजर यसरी सुरू भयो
भारतको बनारसको रेल स्टेसन नजिकको खानीपनि भवनमा १५ दिन क्वारेन्टाइनमा भारतीय प्रहरीले राख्यो । ९ जना नेपाली महिला उक्त क्वारेन्टाइनमा बसेको सुवेदीले जानकारी दिइन् । क्वारेन्टाइनमा बस्दादेखि नै भारतीय प्रहरीले नेपाली युवतीमाथि गिद्देनजरले लगाउन थालेको अमृताले बताइन् । मुम्बइबाट फर्किएका ३ जना नेपाली युवती क्वारेन्टाइनमा सँगै बसेका थिए । ती युवती वैदेशिक रोजगारीमा युरोप हिँडेका रहेछन् । तर, भारतमा अलपत्र परेपछि घरबाट पैसा मगाएर नेपाल फर्किँदै गर्दा क्वारेन्टाइनमै परिचय भएको अमृताले जानकारी दिइन् । बानरसमै क्वारेन्टाइनमा बस्दा भारतीय प्रहरीले हामी भनेको मान्यौ भने छिटो घर पुग्छौ भनेर छेउ आएर केके भनेर दिक्दार लगाउने गरेको सुवेदीले बताइन् ।
बनारसमा प्रहरीलाई २ हजार भारू दिएपछि बंगलादेशको सिमानातिर जाने ट्रकमा प्रहरीले नै चढाएर पठाएको सुवेदी बताउँछिन् । ‘बनारसबाट सिलगुडी जाने ठूलो १६ चक्के ट्रकमा ४ जना युवती चढ्यौँ । हामीलाई बनारसबाट सिलगुडी पुग्न ९० किलोमिटर लेखेको पिलरसम्म आइपुग्न ५ दिन ३ रात लागेको थियो । बीच बाटोमा ट्रक डाइभरले खानकुरा खुवायो’ उनले भनिन्, ‘सिलगुडी पुग्न ५ घण्टा उत्तै ट्रकले झार्‍यो । त्यसपछि भारतीय पेहेँलो रङको पोसाक लगाएका प्रहरीले बाटोमै भेटाए । केहीपर जंगलमा लागेर सोधीखोजी गरे । कोरोना परीक्षण गरेको छौँ भनेर सोधेपछि १५ दिन क्वारेन्टाइनमा बसेर आएको भनेपछि भ्यानमा चढाए । एउटा सानो घरमा लागेर राखे ।’
भारतीय प्रहरीको अफिसरले मैले भनेको मान्छौ भने सिमानासम्म पुर्‍याइदिन्छ भनेर सर्त राखेको सुवेदीले बताइन् । ‘हामी ४ जनाले हुन्छ भन्यौ । उसले धेरै दिन भयो कोरोनाले वेवी नभेटेको २ रात हामीसँग बस्नुपर्छ भनेर सर्त राख्यो’ सुवेदीले भनिन् ।
‘प्रहरीको सर्त सुनेपछि ४ जना एकछिन अलमलमा परेर हेराहेर मात्र गर्‍यौँ । बीचमा १ जना साथीले हिन्दीमा हुन्छ भनेपछि प्रहरीले भ्यानमा हालेर सिलगुडीतिर लगे । त्यसपछि २ रात भनेर ५ रात राखेर झापाको काकाडभिट्टा पारी पानी ट्यांकी नजिकै पेट्रोल पम्पमा लगेर छाडेर फर्किए’ उनले भनिन्, ‘कोेरोनाका कारण अलपत्र परेर फर्किदै गरेका होलान नभनि फाइदा मात्र लिए । अब केही भयो भन्ने कसरी घरमा भन्नू ? एकतिर कोरोना चिन्ता अर्कोतिर प्रहरीसँग रात बिताउँदा नतिजा केही होला भन्ने चिन्ताले ज्यान लिने भयो ।’
अमृतासँग अन्य ३ जना युवतीसँगै आएका कोरोना भाइरसका कारण बाटोमा अलपत्र परेका थिए । उनीहरू बनारसमा क्वारेन्टाइनमा बस्दा भेट भएर सँगै नेपाल आएका थिए ।
भारतमा नेपालीलाई हेप्छन्
भारतमा रोजगारी गर्दै आए पनि अमृता सुवेदी खुसी छैनन् । ‘सानैदेखि परिवारसँग भारतको आसाममा बसेर पढेकी हुँ । उत्तै पढेर गोवामै जागिर खान थालेकी थिए’, उनले भनिन्, ‘२ वर्ष भयो परिवार भारत छाडेर नेपाल आएको छ । आसाम आन्दोलन भएका बेला नेपालीभाषी माथि आ क्र मण सुरू भएपछि बस्न सक्ने अवस्था थिएन । त्यही बेला परिवार नै बसाइ सरेर आएको थियो ।’
‘कोरोना परीक्षणका लागि तापक्रम नाप्ने भन्दै ज्वरो नाप्न बसेका भारतीय प्रहरीले संवेदनशील अंग छुन्थे’ उनले भनिन्, ‘भारतमा बाध्यताले मात्र काम गरेर बसेकी हुँ । कतिपय साहुले नेपाली युवतीलाई इज्जत गर्दैनन् । उनीहरूले नेपाली युवतीलाई कार्यस्थलमै जे मन लाग्यो त्यही गर्छन् । अर्कोको ठाउँ भनेर धेरै नेपाली युवती सहेर काम गरिरहेका छन् ।’सुवेदीसँग ५ जना महिला अहिले झापामा क्वारेन्टाइनमा बसेका छन् । उनीसँग सामाजिक सञ्जालमार्फत भारत हेल्थ मिसन नेपालका एक सदस्यको सहयोगमा यो सामग्री तयार पारिएको हो । शिलापत्र डटकमबाट साभार

Labels:

यस्तो छ आज जेष्ठ १३ गतेको राशिफल

वि.सं.२०७७ साल जेठ १३ गते । मंगलबार । ईश्वी सन् २०२० मे २६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ शुक्लपक्ष । तिथि– चतुर्थी ,४५ घडी ५९ पला,बेलुकी ११ बजेर ३५ मिनेट उप्रान्त पंचमी । नक्षत्र– आद्र्रा, ०२ घडी ४२ पला,बिहान ०६ बजेर १७ मिनेट उप्रान्त पुनर्वसु । योग– गंड,५४ घडी ५५ पला,रातको ०३ बजेर १० मिनेट उप्रान्त वृद्धि । करण– वणिज,मध्यान्ह ११ बजेर ५७ मिनेट उप्रान्त भद्रा,बेलुकी ११ बजेर ३५ मिनेट उप्रान्त बव । आनन्दादिमा–चर योग । चन्द्रराशि–मिथुन ।

काठमाडौंमा सूर्योदय ०५ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५० मिनेट । दिनमान ३४ घडी ०७ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा नजिकिने समय रहेकोछ भने पति पत्नी वीच मायाको डोरो कसिलो भएर जानेछ । सत्रु सरास्त हुनेछन् भने रोगबाट उन्मुक्ति पाईनेछ । अध्ययनको लागी प्रविधिको प्रयोग गरि नतिजा आफुतिर नै ल्याउन सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्तसँगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई अरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रगती भएर जानेछ । पुराना आर्थिक मुद्दाहरु हल भएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राम्रा तथा सामाजिक काम गरी अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । थोरै स्रोत साधन प्रयोग गरी असिमित आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउँन चाहाने हरुका लागी दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरी समय व्यातित गर्न सकिनेछ । पढाइमा प्रगती हुने तथा नतिजा तपार्ईँँ आफ्नै पोल्टोमा पर्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाती रहनेछ । सामान्य आँखा सम्वन्धी समस्याले सताउँन सक्छ ध्यान दिनुहोला । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने छैन । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पति परिचालन गरी कृषि क्षेत्रमा लगानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुने हुनाले मन प्रशन्न हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा प्रविधिको प्रयोग गरि उत्कृष्ट नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ । प्रेमका कोपिलाहरु फक्रियर जानेछन् । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउँनेछन् ।औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा प्रगती भएर जानेछ । मनमा धार्मिक प्रवृति जाग्नेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको गतिलो उपश्थिति रहनेछ । परिवारजनको सहयोगल राम्रा काम गर्न सकिनेछ । तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने यहि बेलामा आयस्रोतका बाटाहरु साघुरा हुनेछन् । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्याले सताउन सक्छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछैन । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनी सँग साना साना कुरामा मनमुटाव बढ्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) ईमान्दारिता पुर्वक गरीएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिबेसलाई भत्काउँदै काम गर्ने वातावरण बनाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफु तथा शुभचिन्तकहरु खुसी रहनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पुराना समस्या तथा विवादित विषयहरुलाई केही समय दिएर सकाउँन सकिनेछ । रुपैया पैसा बचत गरी कृषि क्षेत्रमा लगानी गर्नुहोला । घर परिवार तथा सामाजिक निर्णयहरु तपार्ईँकै पक्षमा हुने हुनाले मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा सामान्य प्रतिस्पर्धीहरु आफै साईड लाग्नेछन् । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइ लेखाइमा सुधार भएर जानेछ । भौतिक सम्पति तथा विलाशी वस्तुहरुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न हुनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँने तथा मायामा सामिप्यता बढेर जानेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अरु व्यावसायमा नाँफा कमाउँन निकै नै संघर्ष गर्नुपर्नेछ । सवारी साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन बढी नै मिहिनेत गर्नुपर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनीति तथा समाज सेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन ।

Labels:

भ्रममा नपर्नुस्, राजाका तस्वीर भएका नोट चल्छन्

राष्ट्र बैंकले आइतबार सफा नोट नीति संशोधन सम्वन्धमा दिएको निर्देशनलाई लिएर कतिपयले गलत व्याख्या गरिदिए।

अब राजाका तस्वीर अंकित नोटहरु नचल्ने भनी केही अनलाइनले समाचार बनाइदिए। त्यही विषयलाई लिएर राष्ट्र बैंकले सोमबार थप प्रष्ट पार्दै अर्को विज्ञप्ति निकाल्यो।
साथै राजाका तस्वीरयुक्त नोटका सम्वन्धमा कुनै नयाँ व्यवस्था नगरिएको राष्ट्र बैंकले जनाएको छ।
राजाको तस्वीर अंकित नोटहरु नचल्ने भन्ने हल्ला गलत भएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए। यद्यपी त्यस्ता नोटहरु राष्ट्र बैंकले केही वर्षदेखि नै खिच्दै आएको छ।
बैंकहरुमा संकलन भएका त्यस्ता नोटहरु राष्ट्र बैंकले खिचेपछि पुनः बजार पठाउन छोडेको १० वर्षभन्दा बढी भैसक्यो।
अहिले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशन नयाँ होइन। बैंकहरुले राजाका तस्वीर अंकित नोट सर्वसाधारणबाट लिन्छन्, तर त्यस्ता नोट सर्वसाधारणलाई दिँदैनन्। यो व्यवस्था बैंकहरुले केही वर्ष पहिलेदेखि नै गर्दै आएको प्रवक्ता भट्टले जानकारी दिए।
‘राजाको तस्वीर अंकित नोटका सम्वन्धमा गरिएकाे व्यवस्था नयाँ होइन, मात्र बैंकबाट रिलिज हुँदैनन्, जुन पहिलेदेखि नै हुँदै आएकाे हाे’ ।
यदी सर्वसाधारणसँग यस्ता नोट छन् भने बैंकहरुमार्फत पहिले पनि सटही गर्न पाउँथे, भोलि पनि पाउँछन् तर बैंकहरुबाट यस्ता नोट माग्न सक्दैनन्।कतिपयले यस्ता नोट संग्रह गरेर राखेका हुन सक्छन्, तर बजारमा प्रचलनमा हराइसकेको छ। प्रचलनबाट राजा अंकित तस्वीरका नोटहरु हटाउँदै जाने लक्ष्य लिइएको राष्ट्र बैंकले जनाएको छ।

Labels:

नेपाली भूमि फिर्ता लिन माग गर्दै डाक्टर केसीको सत्याग्रह घोषणा

काठमाडौं, जेठ १२
फाइल तस्बिर।फाइल तस्बिर।
नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरू गर्न माग गर्दै डाक्टर गोविन्द केसीले सत्याग्रह घोषणा गरेका छन्।

सोमबार विज्ञप्ति निकालेर केसीले जेठ २० गतेदेखि दुई दिन सत्याग्रह गर्ने घोषणा गरेका हुन्।
राष्ट्रवादको बहकिएको बहसलाई सही ठाउँमा ल्याउन र भारतबाट मिचिएका भूमि फिर्ता गर्ने प्रक्रिया सुरू गर्न सत्याग्रह घोषणा गरेको उनले उल्लेख गरेका छन्।
‘राष्ट्रवादको बहकिएको बहसलाई सही ठाउँमा ल्याउन तथा सीमाञ्चलका मानिसहरूको पीडाप्रति राज्यको ध्यानाकर्षण गराउँदै त्यहाँको शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा नेपालको सार्वभौमसत्ताको रक्षा गर्दै भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरू गर्न माग गर्दै हामीले यही जेठ २० गतेदेखि दुई दिने सत्याग्रह गर्ने घोषणा गर्दर्छौं,’ उनले भनेका छन्।
साथै डाक्टर केसीले हालसम्म सरकारले आफूसँग गरेका माग पूरा हुनुपर्ने बताएका छन्।
‘हामीसँग हालसम्म भएका सबै माग पूरा गर्न, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठताका आधारमा डिनलगायतका पदाधिकारी नियुक्ति लगायतका सम्झौता कार्यान्वयन गर्न तथा गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाउन माग गर्दछौं,’ उनले भनेका छन्।
उनले सरकारको भूमिका र औचित्यबारे पनि प्रश्न उठाएका छन्।
‘नागरिकको जीविका सहज बनाइदिन पनि नसक्ने, तिनको शिक्षा र स्वास्थ्यको प्रबन्ध पनि गर्न नसक्ने अनि अर्काले आफ्नो भूमि हडपेर सडकलगायतका संरचना बनाइसकेपछि मात्रै थाहा पाउने हो भने यो सरकारको भूमिका र औचित्य के भन्ने प्रश्न उठेकाबारे पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछौं,’ दार्चुलामा रहेका डाक्टर केसीले विज्ञप्तिमार्फत् भनेका छन्।

Labels:

Sunday, May 24, 2020

१० दिनअघि निधन भएका व्यक्तिमा कोरोना पुष्टि, ज्यान गुमाउने चार पुगे

काठमाडौँ/ बाराका एक व्यक्तिको मृत्यु भएको नौ दिनपछि कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ।

बाराको कलैया–७ का चौधरी थरका व्यक्ति सिकिस्त बिरामी परेपछि जेठ २ गते वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखिएका उनको जेठ ४ गते निधन भयो ।
अस्पतालले कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा भर्ना भए लगत्तै स्वाब संकलन गरेर नारायण उपक्षेत्रीय अस्पतालको प्रयोगशाला पठाएको थियो। तर त्यसको रिपोर्ट १० दिनपछि सोमबार आएको हो।
नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अनसारीले भनेका छन्, ‘अस्पतलामा भर्ना भए लगत्तै हामीले स्वाब संकलन गरेर पठाएका थियौँ। रिपोर्ट नआउँदै जेठ ४ गते निधन भयो। हामीले शव परिवारको जिम्मा लगायौँ। अहिले आएर उनी कोरोना संक्रमित रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले मलाई फोन गरेर जानकारी दिनुभयो। रिपोर्ट आउनै यति समय लाग्छ भने के गर्ने ?’
नेशनल मेडिकल कलेजले शंकास्पद बिरामीको मृत्यु भएपछि रिपोर्टको सोधखोज नै नगरी शव परिवारको जिम्मा लगाएको देखिएको छ। यस्तै स्वाब संकलन भएको लामो समयसम्म रिपोर्ट नआउँदा संक्रमण फैलिन सक्ने जोखिम बढेको छ ।देश सञ्चारबाट

Labels:

आजको राशिफल : जेठ १२ गते, सोमबार

वि.सं.२०७७ साल जेठ १२ गते । सोमबार । ईश्वी सन् २०२० मे २५ तारिख । नेपाल संवत् ११४० ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ । विवादित विषयहरुको नतिजा तपाई आफ्नै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकिबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेकोेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यवसायमा नाफा कमाउन अरु दिनभन्दा बढी समय खर्चनु पर्नेछ । स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैयाँ पैसाको व्यवस्थापना गर्न गाह्रो हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनैपनि प्रस्तुतिमा भाग लिँदा प्रशस्त तयारि गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुनेछ । तयारि बिना नै प्रस्तुत गरिने कुनै पनि योजना विफल हुन सक्छ ध्यान दिनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । आफन्त तथा साथीभाइहरुको सहयोगमा विशेष योजनाहरू बन्नेछन्। छिमेकि तथा समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामान्य काममा लल्झने समय रहेकोछ । अरुकै काम गर्दा आफ्नो काम थाति रहनेछ । पढाइ लेखाइमा समय दिन सकिने छैन भने नतिजा अरुतिरै जानेछ । स्वास्थ्य सम्बन्धि समस्या आई पर्नेछ भने औषधि उपचार खर्च बढेर जानेछ । व्यापार व्यवसायमा मन्दि आउने । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सत्रु तथा प्रतिस्पर्धिहरु परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउनेछ । सामाजिक कामहरु बन्ने हुनाले छोटो समयमा नाम कमाउन सकिने हुँदा घर परिवारमा खुसियाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने साथीभाइसँगको सम्बन्धमा विश्वासको वातावरण बन्नेछ । तरपनि तरपनि समय प्रतिकुल रहेकोले सरसफाइमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बौद्धिक क्षमतामा बृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउँने योग रहेकोछ । प्रतिष्ठित व्याक्तिको सहयोगले उपलब्धिमुलक कामहरु बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । सत्रु परास्त हुनेछने भने विद्या तथा प्रतिस्पर्धामा तपाईकै नाम आउनेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) धार्मिक कार्य तथा परोपकारमा मन जानेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ । खराब आचरण भएका व्याक्तिहरुले फसाउने तथा केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । आशा देखाउनेहरूको भरपर्दा काम बिग्रनेछ । धार्मिक क्षेत्र तथा परोपकारी काममा सहभागि भई काम गर्ने अवसर जुर्नेछ । काममा चुनौती देखिनाले धेरै परिश्रम गर्नुपर्ला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यावधान हुने हुनाले मानशिक तनाब बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जाँगर हराएर जानेछ । पढाइ लेखाइ तपाई आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । प्रेम प्रशंग टाडै रहनुहोला प्रीय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ-नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा मामा माईजुबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने हुँदा अगाडि बढ्न सहज हुनेछ । विवादित विषयहरुबाट निचोड तपाईकै पक्षमा आउने हुनाले खुसीले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । तपाईसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुनेछन् । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरि वातावरणकाे ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलि बढी नै मेहनत गर्नु पर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको कामदेखि सबै खुसी हुनेछन् । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
तपाईको दिन शुभ रहोस् ।

Labels:

यी हुन् लिम्पियाधुरा नेपालपट्टि देखाउने भारतका ५ नक्सा

काठमाडौँ — नेपालको नक्साबाट २०३२ सालमा एकाएक हराए पनि सन् १८१९ देखि १८९४ सम्म भारतबाटै जारी नक्साले काली नदीको मुहान लिम्पियाधुराको शिरलाई स्पष्ट किटान गरेको पाइएको छ । भारतले लिम्पियाधुराको ३ सय ३५ वर्ग किमि र कालापानी क्षेत्रको ६० वर्ग किमि नेपाली भूमि हडपेपछि कालापानीवारिको सानो खोल्सोबाट निस्केको पानी जम्मा गरेर त्यसैलाई काली नदीको मुहान भनिरहेका बेला भारतका पुराना नक्साहरूले नै लिम्पियाधुरा कालीको मुहान हो भन्ने पुष्टि गर्ने सरकारले जनाएको छ ।
नेपाली भूमि तिल्सीमा सैनिक क्याम्प राखेपछि भारतले सानो खोल्सोबाट निस्केको पानी जम्मा गरेर तलाउ बनाएको थियो । कृत्रिम तलाउभित्र कालो ढुंगा बिछ्याएर उसले त्यसलाई कालीको मुहान भन्दै आएको छ । त्यही आधारमा नेपालको भूमि नहडपेको दाबी भारतले गरिरहेको छ । सुगौली सन्धिलाई आधारबिन्दु मानेर विभिन्न चरणमा प्रकाशित भारतीय नक्साले भने भारतको अहिलेको दाबीलाई खण्डन गर्छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ ५ मा मन्त्रिपरिषद्मा लिम्पियाधुरासमेत समेटेर तयार पारेको प्रशासनिक तथा राजनीतिक नक्सा सार्वजनिक गर्नुपर्ने भनी प्रस्ताव राख्ने क्रममा भारतका पाँच नक्सालाई प्रमाणका रूपमा पेस गरेको थियो ।
कुमाउ प्रदेशको नक्सा
लिम्पियाधुरा नेपालकै हो भनेर पुष्टि गर्ने गरी फेला परेको सबैभन्दा पुरानो भारतीय नक्सा सन् १८१९ को हो जुन कुमाउ प्रदेशले जारी गरेको थियो । सन् १८१६ मा सुगौली सन्धि भएयता नेपालले फेला पारेको यो पहिलो नक्सा हो । सर्भे अफ इन्डियाले जारी गरेको उक्त नक्सामा लिम्पियाधुरालाई काली नदीको मुहानका रूपमा स्पष्ट देखाइएको छ ।
कुमाउ र गढवालको नक्सा
सर्भे अफ इन्डियाले नै सन् १८२७ मा कुमाउ र गढवालसहितको नक्सा जारी गर्‍यो । उक्त नक्सा अहिले गुमेको नेपाली भूमि फिर्ताका लागि वार्ता गर्दा नेपालले पेस गर्ने अर्काे बलियो प्रमाण बन्न सक्छ ।
हिन्दुस्तानको पश्चिम प्रदेशको नक्सा
सन् १८१६ मार्च ४ मा तत्कालीन इस्ट इन्डिया कम्पनी र नेपाल सरकारबीच भएको सुगौली सन्धिको दोस्रो पानामा काली नदी र त्योभन्दा पूर्वको भूभाग नेपालको हुने उल्लेख छ । त्यसयता लगातार प्रकाशित भारतीय र नेपाली नक्सामा पनि लिम्पियाधुरालाई नेपालकै भूभाग उल्लेख गरिएको छ । यहीअनुसार नै सन् १८३० मा जारी हिस्दुस्तानको पश्चिमी प्रदेशको नक्सामा स्पष्टै लिम्पियाधुराबाट बग्ने काली नदीको मुहानलाई नेपालको सिमानाका रूपमा उल्लेख गरिएको छ । नक्साले कालीलाई नेपाल–भारत सीमा नदी र यसको मुहान लिम्पियाधुरा नै रहेको चित्रित गर्छ ।
कुमाउ र गढवालको नक्सा १८५९
सन् १८५६ अघिसम्म प्रकाशित सबै नक्सामा लिम्पियाधुरालाई नै कालीको मुहान मानिएका तथ्य प्रमाण भेटिन्छन् । तर सन् १८५९ मा भारतीय पक्षबाट बदमासी भएको देखिन्छ । त्यतिखेर सर्भे अफ इन्डियाले नै निकालेको एउटा नक्सामा लिपुलेक भन्ज्याङबाट आउने एउटा खोलालाई नेपाल–भारत सीमा मानेर लिम्पियाधुरालाई भारतपट्टि पारिएको छ ।
भारतले किन यस्तो गर्‍यो भन्ने कारण फेला परेको छैन । तर आफैंले सार्वजनिक गरेको उक्त नक्सालाई खण्डन गर्ने गरी सर्भे अफ इन्डियाले नै कुमाउ र गढवालको नक्सा जारी गर्‍यो । जुन नक्सामा १८२७ मा निकालिएको नक्साजस्तै काली नदीलाई नै नेपाल–भारत सीमा किटान गरिएको छ ।
कुमाउ राज्यको नक्सा १८९४
सर्भे अफ इन्डियाले १८९४ मा फेरि कुमाउ राज्यको नक्सा अद्यावधिक गर्‍यो । त्यो नक्साले पनि लिम्पियाधुरायताको भूमि नेपालकै हो भनेर पुष्टि गरेको छ ।
नेपाल र भारतको सिमाना लिम्पियाधुरा नै हो भनेर पुष्टि गर्ने गरी विभिन्न प्रकारका नक्सा सार्वजनिक भइरहेका छन् । तर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न चरणमा सीमाविद्सँग गरेको छलफल, उधिनेका ऐतिहासिक दस्ताबेज र खोजबाट प्राप्त भारतका यी ५ नक्साले नेपालको भूमि भारतबाट अतिक्रमण भएको देखाउँछन् । यी प्रमाणसहित मन्त्रालयबाट प्रस्तावित नक्सालाई अनुमोदन गरेर सरकारले प्रशासनिक र राजनीतिक नक्सा जारी गरेको छ । नयाँ नक्साअनुसार निसान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव संसद् लगिएको छ ।
भारतले गत कात्तिकमा सार्वजनिक गरेको पछिल्लो राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरादेखि कालापानीसम्मको भूमि आफ्नोतिर पारेको थियो । त्यसपछि नेपालमा भारतीय अतिक्रमणविरुद्धको माहोल बनेको हो । भूमि अतिक्रमणको समस्या भने पुरानै हो ।
नापी विभागको टोली देशको नापनक्सा गर्न २०४५ सालमा कालापानी क्षेत्रमा गएका बेला त्यहाँको सेनाले अघि बढ्न नदिएर लखेटेपछि भारत–नेपालको भूमि समस्या तत्कालै वार्ताद्वारा सल्टाउने निर्णय दुवै देशका अधिकारीले गरेका थिए । तर सल्टाउने गरी बैठक बस्न नसक्दा कालापानी र सुस्तालगायत क्षेत्रको भूमि समस्या बल्झिँदै आयो । जसबाट सीमा क्षेत्रका नागरिकले दु:ख पाइरहे ।
नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा
भारत नै सिमाना मिचेर सुगौली सन्धि र त्यसपछि भएको पूरक सन्धिको बर्खिलापमा अघि बढेकाले उसैका तर्फबाट विभिन्न कालखण्डमा जारी नक्सा देखाएर वार्तामा बस्ने तयारी नेपालको छ । उसो त २०३२ सालअघिसम्म नेपालको नक्सा भारतले नै प्रकाशन गर्दै आएको थियो ।
सुगौली सन्धि, त्यसको पूरक सन्धि, १८५७ मा सर्भे अफ इन्डियाले नै जारी गरिदिएको नेपालको नक्सा, १८६० नोभेम्बर १ मा बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई फिर्ता गर्न भएको सम्झौता, १८७५ जनवरी ७ मा दाङको डुडुवा क्षेत्र सीमांकन गर्दाको नेपाली नक्सामा समेत लिम्पियाधुरालाई नेपालको भूभाग भनिएको छ । नक्साबाहेक पनि नेपालसँग लिम्पियाधुरा यताकै हो भन्ने थुप्रै प्रमाण छन् । भूमि व्यवस्थामन्त्री पद्मा अर्यालका अनुसार त्यस क्षेत्रका नागरिकले बाली तिरेको रसिद, २०१५ को मतदाता नामावली, २०१८ को जनगणना र विभिन्न समयमा दुई देशबीच आदानप्रदान भएको कूटनीतिक नोटलगायतले सीमा समस्याबारे हुने नेपाल–भारत वार्तामा नेपाल पक्ष बलियो तथ्यसहित प्रस्तुत हुन सक्ने आधार मिलेको छ ।
पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि तथ्य र प्रमाणका आधारमा नेपाल भारतसँग वार्ता गर्न तयार भएर बसेको बताइसकेका छन् । तर उच्च सरकारी स्रोतअनुसार नेपालले नयाँ नक्सा जारी गरेपछि भारत र नेपाल दुवैले सार्वजनिक रूपमा प्रतिक्रियात्मक टिप्पणी गरिरहे पनि कूटनीतिक हिसाबले वार्ता गर्ने गरी संवाद अघि बढेको छैन । भारतबाट गत कात्तिकमा राजनीतिक नक्सा जारी भएपछि नेपालले बारम्बार वार्ताको प्रस्ताव गर्दै पठाएको पत्रमा भारतले टालेटुले जवाफ दिँदै आएको छ ।

Labels: