Friday, May 29, 2020

डब्ल्युएचओको चेतावनी : ‘कोरोना भाइरसको अर्को एउटा झट्काका लागि तयार रहनुस्’

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरसको अर्को झट्काका लागि तयारी अवस्थामा रहनुपर्ने चेतावनी दिएको छ । संगठनका एक वरिष्ठ अधिकारी डा. डेबिड नबारोले कोरोना भाइरसको अर्को एउटा झट्काका लागि तयारी रहनुपर्ने चेतावनी दिएका छन् ।


बिबिसीका अनुसार उनले भनेका छन्, ‘जतिजति लकडाउन खुकुलो हुँदै जान्छ, त्यती धेरै कोरोना भाइरस संक्रमणको आँकडामा अत्यधिक वृद्धि हुनसक्छ । यसका लागि हामी तयारी अवस्थामा बस्नुपर्छ ।’

क्रोएशियाले भने १० युरोपली देशका लागि आफ्नो सीमा खोल्ने निर्णय गरेको छ । पर्यटन क्षेत्रको प्रवर्धनका लागि यस्तो निर्णय गरेको क्रोएशिया सरकारले जनाएको छ ।
संसारका विभिन्न देशले लकडाउनमा खुकुलोपन अपनाउन थालेपछि डब्ल्युएचओले चेतावनी जारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच कोरोना भाइरसबाट ल्याटिन अमेरिकी देश ब्राजिलमा पछिल्लो २४ घन्टामा २६ हजार ४ सय भन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् ।
जोन हप्किन्स युनिभर्सिटीका अनुसार संसारभरी करिब ६० लाख व्यक्ति कोरोना भाइरसद्वारा संक्रमित भइसकेका छन् । तीमध्ये तीन लाख ५९ हजारको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home