Monday, December 19, 2022

कांग्रेस संसदीय दलको नेतामा गगन उम्मेदवार बन्ने, शेखर प्रस्तावक

 नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा नै उम्मेदवार बन्ने भएका छन् । मंगलबार बिहान बसेको बैठकले कोइराला समूहबाट संसदीय दलको नेतामा महामन्त्री थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेता कोइराला थापाको प्रस्तावक बस्ने भएका छन् । शीर्ष नेताहरू बसेर गरेको सो निर्णय अहिले केहीबेरमा अनामनगरस्थित एक होटेलमा आफ्नो समूहका नेता र सांसदहरुलाई सुनाउने तयारी छ ।



Labels: ,

२३ एसपीको काज सरुवा, आठ जिल्लाका प्रहरी प्रमुख फेरिए

 काठमाडौं । प्रहरी प्रधान कार्यालयले २३ प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार उनीहरूको काज सरुवा गरेको हो । यो सरुवासँगै विभिन्न आठ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।


सरुवा सूचीअनुसार दुर्गाराज रेग्मीले झापाको नेतृत्व पाएका छन् । उनी काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा थिए ।


यसैगरी, नेपाल प्रहरी पहरागण सामाखुसीमा रहेका एसपी कोमल शाहलाई पर्सा प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।


त्यस्तै, विश्वराज खड्का धनुषा, नरेशराज सुवेदी सर्लाही र राजकुमार सिलवालले सिन्धुली प्रहरी प्रमुखको जिम्मा पाएका छन् । सन्तोष सिंह राठौरले बाँके, योगेन्द्र सिंह थापाले सुर्खेत र देवेन्द्रबहादुर पालले कैलालीको नेतृत्व पाएका छन् ।


नौ डीएसपीको पनि काज सरुवा

२३ प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेकै दिन प्रहरी प्रधान कार्यालय नक्सालले ९ प्रहरी नायब उपरीक्षक (डीएसपी)को पनि काज सरुवा गरेको छ ।


सोमबार नेपाल प्रहरीका नौ जना डीएसपीको काज सरुवा भएको हो । उनीहरूलाई अर्को निर्णय नभएसम्मका लागि काजमा खटाउने निर्णय भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


सरुवा सूचीअनुसार सीआईबीमा कार्यरत दानबहादुर थापा इलाका प्रहरी कार्यालय बुटवल सरुवा भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत सुन्दर तिवारीलाई सीआईबी सरुवा गरिएको छ ।


त्यस्तै, इलाका प्रहरी कार्यालय बुटवल, रूपन्देहीमा कार्यरत ठगबहादुर केसीको जिल्ला प्रहरी कार्यालय कास्कीमा काज

 सरुवा भएको छ ।



एमाले उपाध्यक्ष नेम्वाङको प्रस्ताव – प्रचण्ड प्रधानमन्त्री बन्नुस्

 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा धेरै दलको समर्थन लिएर प्रधानमन्त्री दाबी गर्न आह्वान गरेसँगै सरकार गठनको बाटो खुलेको छ ।


दलहरूबीच सहमति जुटेको खण्डमा अबको सात दिनमा देशले नयाँ प्रधानमन्त्री पाउने छ । संसद्को सबैभन्दा ठूलो दलको नेता भएकाले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने पहिलो सम्भावना रहेको छ ।


त्यसैगरी, सत्तारुढ गठबन्धनका नेता मात्र नभएर निर्णायक शक्ति भएकाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने दोस्रो सम्भावना रहेको छ ।


तर, सत्तारुढ गठबन्धनबीच सहमति जुट्न नसकेको खण्डमा कांग्रेस–एमाले वा एमाले–माओवादी सहकार्यमा सकार बन्ने अर्को सम्भावना पनि रहेको छ । त्यस्तो अवस्थामा केपी ओली वा प्रचण्ड मध्ये एक प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ ।


वर्तमान सत्तारुढ गठबन्धनबीच भएको पछिल्लो सहमतिलाई आधार मान्दा गठबन्धनकै सरकार बन्ने सम्भावना धेरै देखिन्छ । तर, ‘पावर शेयरिङ’को सन्दर्भमा मतभेद बढेको खण्डमा साता दिनमा वर्तमान सत्ता गठबन्धन नै नरहने खतरा पनि रहन्छ ।


कांग्रेस र माओवादीबीच प्रधानमन्त्री र राष्ट्रपति लिनेदिने विषयमा सघन छलफल चलिरहेको छ । त्यसैगरी, पहिलो कार्यकालको प्रधानमन्त्री को बन्ने ? भन्ने सन्दर्भमा पनि छलफल जारी छ ।


अहिलेसम्म कसले पहिलो कार्यकालको प्रधानमन्त्री पाउने र कसले राष्ट्रपति पाउने भन्ने सन्दर्भमा निचोडमा पुग्न सकेका छैनन् । तर, राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरिसकेकाले अबको केही दिनमै कांग्रेस–माओवादीबीच सहमति जुट्नुपर्ने हुन्छ ।


सरकार गठन माओवादीमा निर्भर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको पूर्वसन्ध्यामा गोरखाबाट भनेका थिए– ‘हामी तेस्रो तर निर्णायक शक्ति बन्छौँ ।’


मंसिर ४ मा सम्पन्न आमनिर्वाचनको मतपरिणामले माओवादीलाई साँच्चिकै निर्णायक र शक्तिशाली शक्तिको रूपमा उभ्याएको छ । जता गए पनि माओवादीको चाहनामा सरकार बन्ने भएको छ ।


माओवादी जुन गठबन्धनमा गए पनि सरकार गठनका लागि दुई मतको मात्र अभाव हुने भएको छ । माओवादीले जुन गठबन्धनलाई समर्थन गर्यो सोही गठबन्धनको सरकार बन्ने देखिन्छ ।


सत्ता गठबन्धनको गणित

सत्ता गठबन्धको सबैभन्दा ठूलो दल कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिट पाएको छ । त्यसैगरी, माओवादीले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ पाएको छ भने गठबन्धनमा आवद्ध एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादीले ४ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेको छ ।


यस आधारमा वर्तमान गत्ता गठबन्धनको कुल मत १३६ हुन्छ । बहुमतको सरकार गठनका लागि १३८ मत आवश्यक हुन्छ । यस्तो अवस्थामा गठबन्धनलाई सरकार गठनका लागि २ मत कम हुन्छ । केही स्वतन्त्र वा साना दललाई साथ लिए गठबन्धनको सरकार गठन हुन्छ ।


एमाले गठबन्धनको गणित

एमाले नेतृत्वको गठबन्धनमा जसपा र राप्रपा छन् । एमालेले प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सिट पाएको छ । जसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा ५ सिट पाएको छ । त्यसैगरी राप्रपाले प्रत्यक्ष र समानुपातिकमा ७–७ सिट पाएको छ ।


यस आधारमा कुल १०४ सिट होल्ड गर्ने एमाले गठबन्धलाई सरकार गठन गर्न ३४ सिट आवश्यक हुन्छ । यस्तो अवस्थामा एमालेलाई आफ्नो नेतृत्वमा सरकार गठन गर्न सहज छैन । तर, एमाले गठबन्धनमा माओवादी आए कांग्रेसलाई जस्तै एमालेलाई पनि सहज हुने छ ।


एमाले गठबन्धनको कुल मत १०४ हो । यसमा माओवादीको ३२ मत जोड्दा १३६ हुन्छ । यस्तो अवस्थामा भने एमाले नेतृत्वमा सरकार गठनका लागि कांग्रेस नेतृत्वकै जस्तो २ मत अपुग हुन्छ । तर, एमाले गठबन्धनमा जसपा पनि रहन आवश्यक छ ।


यहाँ पनि केही स्वतन्त्र वा साना दलको समर्थन लिएर एमाले–माओवादी सहकार्यमा सरकार गठन गर्न हुन्छ । तर, त्यसका लागि एमालेसँग सहकार्य गर्न माओवादी तयार हुनुपर्ने हुन्छ ।




Sunday, December 18, 2022

२१ वर्षे ठिटो विश्वकपको उत्कृष्ट युवा खेलाडी घोषणा

 काठमाडौं । अर्जेन्टिनाका मिडफिल्डर इन्जो फर्नान्डेजले कतारमा सम्पन्न फिफा विश्वकपमा उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भएका छन् ।

२१ वर्षे फर्नान्डेजले अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । अर्जेन्टिनाले आइतबार राति पेनाल्टी सुटआउट ४–२ ले हराउँदै उपाधि जित्न सफल भएको थियो । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जितेको हो । अर्जेन्टिनाले पछिल्लोपटक सन् १९८६ मा विश्वकपको उपाधि जितेको थियो ।


कतारको लुसैल रंगशालामा सम्पन्न फाइनलको निर्धारित ९० मिनेटको समय २–२ को बराबरीमा सकिएपछि खेल थप समयमा धकेलिएको थियो । थप समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल पेनाल्टी समयमा धकेलिएको थियो ।


फ्रान्सका काइलियन एमबाप्पेले ह्याट्रिक गरेपनि अर्जेन्टिनाको जितलाई रोक्न सकेनन् । एमबाप्पे सन् १९६६ पछि विश्वकपको फाइनल ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । १९६६ को विश्वकपमा इङ्ल्यान्डका जिओफ हर्स्टले फाइनलमा पश्चिम जर्मनीविरुद्ध ह्याट्रिक गरेका थिए ।


पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लियोनल मेसी, पाउलो डिबाला, लिजाड्रो पाराडेज र गोन्जालो मोन्सियलले गोल गरे । फ्रान्सका एमबाप्पे र कोलो मुआनीले गोल गरेपनि किङ्स्ले कोमनको बल अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनजले बचाइदिएका थिए । यस्तै, फ्रान्सका आर्लियन चुवामेनीको प्रहार बाहिरियो ।



७ दिने म्याद- देउवा, प्रचण्ड र ओलीमध्ये को प्रधानमन्त्री ?

 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा धेरै दलको समर्थन लिएर प्रधानमन्त्री दाबी गर्न आह्वान गरेसँगै सरकार गठनको बाटो खुलेको छ ।


दलहरूबीच सहमति जुटेको खण्डमा अबको सात दिनमा देशले नयाँ प्रधानमन्त्री पाउने छ । संसद्को सबैभन्दा ठूलो दलको नेता भएकाले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने पहिलो सम्भावना रहेको छ ।


त्यसैगरी, सत्तारुढ गठबन्धनका नेता मात्र नभएर निर्णायक शक्ति भएकाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने दोस्रो सम्भावना रहेको छ ।


तर, सत्तारुढ गठबन्धनबीच सहमति जुट्न नसकेको खण्डमा कांग्रेस–एमाले वा एमाले–माओवादी सहकार्यमा सकार बन्ने अर्को सम्भावना पनि रहेको छ । त्यस्तो अवस्थामा केपी ओली वा प्रचण्ड मध्ये एक प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ ।


वर्तमान सत्तारुढ गठबन्धनबीच भएको पछिल्लो सहमतिलाई आधार मान्दा गठबन्धनकै सरकार बन्ने सम्भावना धेरै देखिन्छ । तर, ‘पावर शेयरिङ’को सन्दर्भमा मतभेद बढेको खण्डमा साता दिनमा वर्तमान सत्ता गठबन्धन नै नरहने खतरा पनि रहन्छ ।


कांग्रेस र माओवादीबीच प्रधानमन्त्री र राष्ट्रपति लिनेदिने विषयमा सघन छलफल चलिरहेको छ । त्यसैगरी, पहिलो कार्यकालको प्रधानमन्त्री को बन्ने ? भन्ने सन्दर्भमा पनि छलफल जारी छ ।


अहिलेसम्म कसले पहिलो कार्यकालको प्रधानमन्त्री पाउने र कसले राष्ट्रपति पाउने भन्ने सन्दर्भमा निचोडमा पुग्न सकेका छैनन् । तर, राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरिसकेकाले अबको केही दिनमै कांग्रेस–माओवादीबीच सहमति जुट्नुपर्ने हुन्छ ।


सरकार गठन माओवादीमा निर्भर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको पूर्वसन्ध्यामा गोरखाबाट भनेका थिए– ‘हामी तेस्रो तर निर्णायक शक्ति बन्छौँ ।’


मंसिर ४ मा सम्पन्न आमनिर्वाचनको मतपरिणामले माओवादीलाई साँच्चिकै निर्णायक र शक्तिशाली शक्तिको रूपमा उभ्याएको छ । जता गए पनि माओवादीको चाहनामा सरकार बन्ने भएको छ ।


माओवादी जुन गठबन्धनमा गए पनि सरकार गठनका लागि दुई मतको मात्र अभाव हुने भएको छ । माओवादीले जुन गठबन्धनलाई समर्थन गर्यो सोही गठबन्धनको सरकार बन्ने देखिन्छ ।


सत्ता गठबन्धनको गणित

सत्ता गठबन्धको सबैभन्दा ठूलो दल कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिट पाएको छ । त्यसैगरी, माओवादीले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ पाएको छ भने गठबन्धनमा आवद्ध एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादीले ४ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेको छ ।


यस आधारमा वर्तमान गत्ता गठबन्धनको कुल मत १३६ हुन्छ । बहुमतको सरकार गठनका लागि १३८ मत आवश्यक हुन्छ । यस्तो अवस्थामा गठबन्धनलाई सरकार गठनका लागि २ मत कम हुन्छ । केही स्वतन्त्र वा साना दललाई साथ लिए गठबन्धनको सरकार गठन हुन्छ ।


एमाले गठबन्धनको गणित

एमाले नेतृत्वको गठबन्धनमा जसपा र राप्रपा छन् । एमालेले प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सिट पाएको छ । जसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा ५ सिट पाएको छ । त्यसैगरी राप्रपाले प्रत्यक्ष र समानुपातिकमा ७–७ सिट पाएको छ ।


यस आधारमा कुल १०४ सिट होल्ड गर्ने एमाले गठबन्धलाई सरकार गठन गर्न ३४ सिट आवश्यक हुन्छ । यस्तो अवस्थामा एमालेलाई आफ्नो नेतृत्वमा सरकार गठन गर्न सहज छैन । तर, एमाले गठबन्धनमा माओवादी आए कांग्रेसलाई जस्तै एमालेलाई पनि सहज हुने छ ।


एमाले गठबन्धनको कुल मत १०४ हो । यसमा माओवादीको ३२ मत जोड्दा १३६ हुन्छ । यस्तो अवस्थामा भने एमाले नेतृत्वमा सरकार गठनका लागि कांग्रेस नेतृत्वकै जस्तो २ मत अपुग हुन्छ । तर, एमाले गठबन्धनमा जसपा पनि रहन आवश्यक छ ।


यहाँ पनि केही स्वतन्त्र वा साना दलको समर्थन लिएर एमाले–माओवादी सहकार्यमा सरकार गठन गर्न हुन्छ । तर, त्यसका लागि एमालेसँग सहकार्य गर्न माओवादी तयार हुनुपर्ने हुन्छ ।




Labels:

Thursday, December 15, 2022

प्रधानमन्त्री नभए राष्ट्रपति लिने माओवादीको योजना

 माओवादीले सुरुमै प्रधानमन्त्री बन्नुपर्ने दाबी गरेको छ । सुरुको कार्यकालमा प्रधानमन्त्री नभए राष्ट्रपति लिने माओवादीको योजना छ । एकीकृत समाजवादीले राष्ट्रपति वा सभामुख दाबी गरेको छ । राष्ट्रपति, प्रधानमन्त्री र सभामुख गठबन्धनका प्रमुख तीन दलले लिनुपर्ने मत समाजवादीको छ ।

समीक्षा, कार्यविभाजन र साझा नीति तथा कार्यक्रम टुंग्याउने तयारी गठबन्धनको छ । स्रोतका अनुसार सत्तागठबन्धनका प्रमुख दलहरूबीच प्रधानमन्त्री आलोपालो गर्ने सहमति निर्वाचनअघि नै भइसकेको छ ।

माओवादीबाट अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीका एक्ला दाबेदार छन् । राष्ट्रपतिमा भने वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान सभामुख अग्नि सापकोटा र उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा दाबेदार छन् । उपमहासचिव शक्ति बस्नेतले शक्ति बाँडफाँडको विषय टुंगिन बाँकी रहेको बताए । ‘गठबन्धनबाट सरकार बनाउँदा ठूलो–सानो भन्ने कुरा हुँदैन । कर्णाली प्रदेशमा कांग्रेस तेस्रो पार्टी थियो, तर कर्णालीमा गठबन्धनका कारण कर्णालीको मुख्यमन्त्री बन्न सम्भव भयो । गठबन्धनबाट बन्ने हो,’ उनले भने ।

माओवादी महासचिव देव गुरुङले शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दुईमध्ये एक प्रचण्ड रहेकाले देशको नेतृत्वमा दाबी रहनु स्वाभाविक रहेको बताए । ‘शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला अहिले हुनुहुन्न । अर्का एक हस्ताक्षरकर्ताको नाताले हाम्रो पार्टीको अध्यक्षको दाबी स्वाभाविक हो । त्रिशंकु संसद् भएकाले गठबन्धनमा छलफलको आधारमा टुंगो लाग्छ,’ उनले भने ।


सरकार बनाउने तयारीस्वरूप दलहरूबीच भेटघाट र छलफल भइराखेका छन् । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग निरन्तर छलफल गरिरहेका छन् । माओवादी महासचिव गुरुङले एमाले अध्यक्ष ओलीसँग मंगलबार बेलुका छलफल गरेका छन् । उनले सामान्य छलफल भएको र सत्ता समीकरणबारे कुराकानी नभएको दाबी गरे ।

एकीकृत समाजवादीबाट राष्ट्रपतिमा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल दाबेदार छन् । अध्यक्ष नेपालको नामसमेत राष्ट्रपतिका लागि चर्चामा छ । तर, नेपाल स्वयंले राष्ट्रपतिमा आफ्नो दाबी प्रस्तुत गरेका छैनन् । सभामुखमा उपाध्यक्ष एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे मुख्य दाबेदार छन् । स्थायी कमिटी सदस्य भानुभक्त जोशी पनि दाबेदार छन् । ‘दलहरूबीचको छलफलबाट सबै विषय टुंगो लाग्छ । गठबन्धनका मुख्य तीन दलले राष्ट्रपति, प्रधानमन्त्री र सभामुख लिँदा स्वाभाविक हुन्छ भन्ने हाम्रो धारणा छ,’ एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले भने ।








Labels:

वाम एकता र कम्युनिस्ट नेतृत्वमा सरकार गठनका लागि शीर्षनेता छलफलमा

 काठमाडौं । आगामी सरकार गठन’bout नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बीच छलफल सुरु भएको छ । वाम एकता र कम्युनिस्ट नेतृत्वको सरकार गठन’bout दुवै दलका शीर्षनेता आन्तरिक छलफलमा जुटेका छन्् ।



प्रतिनिधिसभामा एमालेको ७८ र माओवादी केन्द्रको ३२ सिट छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को १०, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को एक÷एक सिट छ । सबै कम्युनिस्ट पार्टीको कुल १ सय २२ सिट हुन्छ । सरकार गठनका लागि १ सय ३८ सिट आवश्यक पर्छ । कम्युनिस्ट पार्टी नेतृत्वमा सरकार गठनका लागि २६ सिट अपुग छ ।

एमाले नेतृत्वको गठनमार्फत निर्वाचनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग १४ र जनता समाजवादी पार्टी नेपाल (जसपा)सँग १२ सिट छ । राप्रपा र जसपाले मात्रै सहयोग गरेर कम्युनिस्ट पार्टी नेतृत्वको सरकार बन्न सहज छ । ६ सिटको जनमत पार्टी र ६ स्वतन्त्र सांसदसहित अन्य साना दललाई समेत ‘कम्युनिस्ट’ गठबन्धनमा ल्याउन सकिन्छ ।



Labels: ,

अर्जेन्टिना र फ्रान्स खेल्दै, कसले जित्ला तेस्रो पटक विश्वकप? यस्तो छ विगत

 कतारमा जारि फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र साविक विजेता फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ ।अर्जेन्टिना र फ्रान्सबीचकाे खेल आइतबार नेपाली समयअनुसार राती ८:४५ बजे लुसाइल रंगशालामा हुनेछ ।


बुधबार राती अल बायट रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई हराउँदै फ्रान्स लगातार दोस्रो पटक विश्वकप फाइनल प्रवेश गर्यो ।यसअघि मंगलबार राति साविक उपविजेता क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनल पुगेको थियो ।



माेरक्काेलाई हराउँदै फ्रान्स फाईनल पुगेसँगै अर्जेन्टिनासँगकाे भेट पक्का भएकाे हाे ।समान दुई पटक विश्वकप जितेका यी टिम तेस्रो उपाधिको खोजिमा फाइनलमा भिड्नेछन् ।यदी फाइनलमा अर्जेन्टिनालाई हराउनसके फान्स सन् २००२ मा ब्राजिल पछि लगातार दुई विश्वकप उपाधि जित्ने राष्ट्र बन्नेछ ।

यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्पकप उपाधि जितेको थियो । त्यसयता दुई पटक फाइनल र तीन पटक क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो ।यस्तै, सन् १९९८ मा पहिलो विश्वकप उपाधि जितेको फ्रान्सले २०१८ मा दोस्रो उपाधि जितेको थियो ।

समूह‘सी’ मा रहेको अर्जेन्टिनाले पहिलो खेलमा साउदी अरबसँग २–१ को हार बेहोर्दै खराब सुरुआत गरेको थियो । दोस्रो खेलमा पोल्यान्ड र तेस्रो खेलमा मेक्सिकोलाई क्रमशः २–० गोलको नतिजमा पराजित गर्दै अर्जेन्टिना समूह विजेताको हैसियतले अन्तिम १६ प्रवेश गरेको थियो ।

अन्तिम १६ मा अस्ट्रेलियालाई २–१ को नतिजमा हराउँदै क्वार्टरफाइनल पुगेको अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध नाटकीय जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको थियो । सेमिफाइनलमा साविक उपविजेता क्रोएसियालाई हराएसँगै अर्जेन्टिना८ वर्षपछि फाइनल पुगेको हो । यसअघि सन् २०१४ को विश्वकपमा फाइनल पुगेको अर्जेन्टिनाले जर्मनीसँग १–० को हार बेहोरेको थियो ।

यस्तै, समूह ‘डी’ को फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ गोलको नतिजमा पराजित गर्दै सानदार सुरुआत गरेको थियो । दोस्रो खेलमा डेनमार्कलाई हराउँदै एक खेल अगावै अन्तिम १६ पुगेको फ्रान्स समूह चरणको अन्तिम खेलमा ट्युनिसियासँग १–० गोलको नतिजमा पराजित भएको थियो ।


समूह विजेतको रुपमा नकआउट चरण प्रवेश गरेको फ्रान्सले अन्तिम १६ मा पोल्यान्ड क्वार्टरफाइनलमा इङल्यान्डलाई र सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फाइनल सम्मको यात्रा तय गर्यो ।

यसअघि विश्वकपमा तीन पटक आमनेसामने हुँदा फ्रान्सले दुई खेल जितेको छ भने, अर्जेन्टिनाले एक खेलमा जित निकालेको छ ।अन्तिम पटक २०१८ को विश्वपकमा अर्जेन्टिना फ्रान्ससँग ४–३ गोलको नतिजमा पराजित भएको थियो ।



Labels: ,