Thursday, December 15, 2022

वाम एकता र कम्युनिस्ट नेतृत्वमा सरकार गठनका लागि शीर्षनेता छलफलमा

 काठमाडौं । आगामी सरकार गठन’bout नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बीच छलफल सुरु भएको छ । वाम एकता र कम्युनिस्ट नेतृत्वको सरकार गठन’bout दुवै दलका शीर्षनेता आन्तरिक छलफलमा जुटेका छन्् ।



प्रतिनिधिसभामा एमालेको ७८ र माओवादी केन्द्रको ३२ सिट छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को १०, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को एक÷एक सिट छ । सबै कम्युनिस्ट पार्टीको कुल १ सय २२ सिट हुन्छ । सरकार गठनका लागि १ सय ३८ सिट आवश्यक पर्छ । कम्युनिस्ट पार्टी नेतृत्वमा सरकार गठनका लागि २६ सिट अपुग छ ।

एमाले नेतृत्वको गठनमार्फत निर्वाचनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग १४ र जनता समाजवादी पार्टी नेपाल (जसपा)सँग १२ सिट छ । राप्रपा र जसपाले मात्रै सहयोग गरेर कम्युनिस्ट पार्टी नेतृत्वको सरकार बन्न सहज छ । ६ सिटको जनमत पार्टी र ६ स्वतन्त्र सांसदसहित अन्य साना दललाई समेत ‘कम्युनिस्ट’ गठबन्धनमा ल्याउन सकिन्छ ।



Labels: ,

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home