Monday, May 1, 2023

यूएईलाई हराउँदै नेपाल एसिया कपको लागि छनौट

 एसीसी प्रिमियर कपको फाईनलमा नेपाल यूएईलाई हराउँदै एसिया कपको लागि छनौट भएको छ । आज नेपाल यूएईलाई ७ विकेटबाट हराउँदै उपाधी जित्दै एसिया कपको लागि छनौट भएको हो ।



हिजो पानी परेकाले पुरा खेल नभएपछि आज दोश्रो दिन खेलको यूएई ११७ रनमा अल आउट भयो । जवाफमा नेपालले ३० ओभरमा ३ बलमा ३ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो । नेपालका गुल्सन झा ६७ तथा भिम साकी ३६ रन बनाए । 

Labels: ,

Saturday, April 29, 2023

आज बैशाख १७ गते आइतबार तपाईंको आजको दिन कस्तो रहनेछ हेरौँ आजको राशिफल हेर्नुहोस्

 बि.स.२०८० बैशाख १७ गते आइतबार इश्वी सन २०२३ अप्रिल ३० तारीख वैशाख शुक्लपक्ष दशमी तिथी ।



मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ । आम्दानि क्षेत्र मध्यमनै रहेता पनि इष्टमित्रका निम्ती सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । शारिरीक आलस्यताको सामना भने गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला ।


बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आय मुलक कार्यको थालनि हुनेछ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।


मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ ।सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ ।


कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । आजको कार्यले भोलिलाई फाइदा रहनेछ ।


सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ ।


कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

एकान्त वाताबरणमा मन रम्नेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । जिबन साथीको सहयोग द्वारा गरीएका काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।


तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दा मुलक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ ।


बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । अप्रिय खवरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेकोछ ।


धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मानसम्मानमा आधात पर्नसक्ने सम्भाबना रहेकोछ ।


मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।


कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । आम्दानि मध्यम रहला ।


मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ ।

Labels: ,

Thursday, April 27, 2023

आज बैशाख १५ शुक्रवार, आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:


 तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:


मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ।


वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए पनि प्रेममा धोका पाइने छ।


मिथुनः दाम्पत्य जीवन सामान्य देखिन्छ। रोगले सताउने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।


कर्कटः उन्नति प्रगति हुने देखिन्छ। अपरिचितबाट राम्रो साथ मिल्नेछ।


सिंहः आजको दिन राम्रो छ। अधुरा काम बन्नेछन्। प्रेममा सफलता मिल्नेछ। स्वदेशी भन्दा विदेशी लगानीबाट फाइदा हुनेछ।


कन्या : दिन निक्कै राम्रो छ। अधुरा काम बन्नेछन्। आफ्नै काममा सफलता मिल्नेछ। पारिवारिक सहयोग मिल्नेछ।


तुलाः दिन राम्रो छ। रोगले सताउने देखिन्छ। विद्याको क्षेत्र तपाईंलाई फाइदा हुनेछ। प्रेम बढ्नेछ।


वृश्चिकः अधुरा काम बन्नेछन्। राजनीतिक संगठनबाट राम्रो सहयोग मिल्ने देखिन्छ। गणेश भगवानलाई सम्झिएर काम गरे सफलता मिल्नेछ।


धनुः दिन सामान्य छ। बोलीमा मिठास मिल्नेछ। स्वास्थ्यमा समस्या देखिनसक्छ। सोचेकका काममा बाधा व्यावधान हुने देखिन्छ।


मकरः दिन सामान्य राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।


कुम्भः दिन सामान्य छ। खर्च हुने देखिन्छ। रोग बढ्नसक्छ। घाटा हुँदा धेरै ठूलो हुने भएकाले सचेत भएर काम गर्नुहोला।


मीनः आजको दिन राम्रो छ। अधुरा काम बन्नेछन्। गणेश भगवानको सम्झना गर्दा फाइदा हुनेछ।


राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Labels: ,

Wednesday, April 26, 2023

आज बैशाख १४, तपाईँको आजको दिन कस्तो रहनेछ ? हेरौं तपाईंको आजको अन्नपूर्ण

 तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:


मेष : साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ। आम्दानी हुनेछ।


वृष : आफन्तको सहयोग मिल्नेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ।


मिथुन : रोग बढ्नेछ। आम्दानी र खर्च बराबर हुने देखिन्छ।


कर्कट : परिवारको साथ पाइनेछ। प्रतिस्पर्धी सक्रिय छन्। सचेत भएर दैनिकी चलाउनुपर्नेछ।


सिंह : परिवार सुख हुनेछ। रोगबाट मुक्त हुने योग छ। आफन्तसँग सतर्क रहेर प्रतिस्पर्धामा अगाडि बढ्नुहोला।


कन्या : शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ। अधुरा कामहरु पूरा हुनेछन्।


तुला : स्वास्थ्यमा समस्या छ। पारिवारिक सुख मिल्नेछ। अध्ययन अध्यापनमा बाधा हुने देखिन्छ।


वृश्चिक : राजनीतिमा राम्रो हुनेछ। आफ्नै बोलीका कारण अफ्ठ्यारोमा पर्ने देखिन्छ। परिवार सुख प्राप्त हुनेछ।


धनु : भाग्य उदयको दिन भए पनि खर्च बढ्नेछ। रोग बढ्ने देखिन्छ । खानपानमा विशेष ख्याल गर्नुहोला ।


मकर : अधुरा कामहरु बन्नेछन्। आयआर्जन बढ्नेछ।


कुम्भ : बोलीमा मिठास आउनेछ। सोचेका काम अधुरा रहनेछन्।



मीन : उन्नति प्रगति हुनेछ। दाम्पत्य जीवन सफल रहेको छ। सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ।


राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Labels: ,

Tuesday, April 25, 2023

बैशाख १३ गते बुधबार : श्री पाथिभरा देवीकाे कृपाले कुन कुन राशिहरूकाे भाग्य चम्किनेछ हेरौँ र शेयर गरौ

 मेष–स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ।


वृष–पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ, तर पनि नसोचेको रोगले भने सताउने देखिन्छ । अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ।



मिथुन–प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन् ।


कर्कट–चोरी वा ठगीमा परिने समय छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । अनावश्यक दौडधुपमा समय बित्नेछ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूले फसाउन सक्छन्। आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।


सिंह–रमाइलो यात्रा हुने सम्भावना छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । आम्दानी बढढ्नेछ परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ।


कन्या–आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्।


तुला–भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला ।


वृश्चिक–श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ । समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ ।


धनु–मेहनतले आम्दानी बढाउनेछ । आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ ।


मकर–कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका विषायमा चासो लिँदा झमेला आइपर्ला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् ।


कुम्भ–ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । परिवारजनबाट टाढिनुपर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखीबनाउला।


मीन –सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ । महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन् । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यापारमा सोचेको  फाइदा नउठ्ने देखिन्छ ।

Labels: ,

Monday, April 24, 2023

आज बैशाख १२, मंगलबार तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

 तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:


मेष : इष्टमित्रबाट सहयोग मिल्नेछ। शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत रहेका छन्। धार्मिक क्षेत्रमा मन जानेछ।


वृष : बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ।


मिथुन : दिन सामान्य राम्रो छ। आर्थिक, सामाजिक, क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ। मित्रबाट घात हुने सम्भावना छ।


कर्कट : आर्थिक, सामाजिक, धार्मिक क्षेत्रमा उतारचढाव आउँनेछ। शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ। वैदेशिक रोजगारमा गरेको श्रम लगानीबाट राम्रो उन्नती हुनेछ। राजनीतिमा राम्रो पकड रहला।



सिंह : मानसिक रुपमा उमङ् रहने योग छ। परिवारबाट सहयोग मिल्नेछ। चरा, पन्छीलाई अन्न दिएर गरेको कामबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा फाइदा मिल्नेछ।


कन्या : सम्पत्ति आर्जन हुने दिन छ। स्वास्थ्य, शिक्षा, रोजगारमा आफू अनुकुल छ। राजनीतिमा भने जोगिएर काम गर्नुपर्ने छ। मन खिन्न हुनेछ।


तुला : आर्थिक कठिनाइ भएपनि शिक्षाको क्षेत्रमा सहयोग मिल्नेछ। दीर्घकालीन कामको सुरुवात गर्दा फाइदाजनक हुनेछ।


वृश्चिक : बोलीका कारण शत्रु बढ्नेछ। शान्त रहेर बस्नु फाइदाजनक छ। धार्मिक क्षेत्रमा मन बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्ने योग रहेको छ।


धनु : प्रशंसा बढ्नेछ। अरु क्षेत्रमा यथावत रहेपनि शिक्षाको क्षेत्रमा दायरा फराकिलो हुनेछ। सामाजिक, स्वास्थ्य, राजनीति, पारिवारिक क्षेत्र यथावत रहेको छ। लगानी भने नगर्नु उचित देखिन्छ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ।


मकर : दीर्घकालीन योजना नबनाएको राम्रो। आज ठूलो नाफा गर्न सकिँदैन भने अरु कार्यमा सामान्य छ। मातापिताको आशिर्वाद लिएर दिनको सुरुवात गर्नुहोला।


कुम्भ : शिक्षा, स्वास्थ्य, क्षेत्रमा धेरै राम्रो छ। तपाईले गरेको श्रम लगानीबाट फाइदा हुने सम्भावना छ। सामाजिक, राजनीतिक क्षेत्रहरु सामान्य रहेपनि स्वास्थ्यमा धेरै सुधार हुनेछ। आफन्तबाट सहयोग मिल्नेछ।


मीन : शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुने योग रहेको छ। जोश जागर बढ्नेछ। परीक्षा दिँदै हुनुहुन्छ भने नतिजा राम्रो मिल्ने छ।


राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Labels: ,

Sunday, April 23, 2023

आज बैशाख ११ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

 मेष–नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ। दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ। भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्।


वृष–आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ, साथै अन्नलाभ पनि हुने छ । नजिकका साथीभाइ टाढिन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ। प्रतिस्पर्धामा केही कमजोर सावित भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय छ।


मिथुन–नसोचेको ठाउबाट धनलाभ हुने देखिन्छ, साथै बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । आज काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस्।


कर्कट–आज धनलाभको संभावना छ , साथै टाढाको यात्राको पनि योग रहेको छ, दिन रमाइलैसंग वित्नेछ । आज कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।


सिंह–मसलाजन्य खानाबाट एकदमै सावधान रहनु होला, रोग निम्त्याउने देखिन्छ, । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला। ठूलै फाइदाको आश्वासन पनि पाइनेछ। विशेष योजनाहरू बन्नेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ।


कन्या–राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला। बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ। आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। सोचेभन्दा कम फाइदा मिल्नेछ ।


तुला–पारिवारिक जमघटमा मन रमाउनेछ। तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ।


वृश्चिक–अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानीको समय छ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।


धनु–मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । सहयोगीहरूबाट अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला, काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ।बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ।


मकर–लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि फाइदा हुनेछ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। तर, पेटको खराबीले सताउन सक्छ। प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ।


कुम्भ–अध्ययनमा मन नलागे पनि आत्म–विश्वास बढ्नेछ। रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। तर, अनावश्यक वादविवादमा परिने समय छ।आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।


मीन–होसियारीसाथ काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा मनग्य फाइदा हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ।व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।



Labels: ,

Saturday, April 22, 2023

आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

 मेष–कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ ।

वृष–प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन । आमाको माध्यमबाट काम बनाउन सकिनेछ।

मिथुन–आम्दानी प्रशस्तै बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने समय छ।प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुनेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ ।

कर्कट–सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला। समग्रमा दिन उत्साहपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा पनि फाइदै हुनेछ । यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ।

सिंह–इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ / आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने योग छ ।प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ।

कन्या–अलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सजग रहनुहोला । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ। प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।

तुला–मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । व्यापार व्यवसायमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला। प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ ।

वृश्चिक–अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। परिस्थिति अलि प्रतिकूल रहने देखिन्छ। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। साझेदारीमा समस्या आउने देखिन्छ । आज तपाइले सोचेको काममा सफलता प्राप्त हुने देखिन्छ ।

धनु–आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ ।आफन्तसँग असमझदारी बढ्न सक्छ । बाध्यताका काममा अलमलिनुपर्ला । पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ । कृषि तथा पशुपालनमा फाइदा हुनेछ। पढाइ र सन्तानको बारेमा चिन्ता बढ्न सक्छ ।

मकर–आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ । सोचेको लाभ नमिल्न सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । अप्ठ्यारो काम बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ ।

कुम्भ–बौद्धिक कार्यबाट मनग्य धनलाभ हुनेछ। आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति हुने समय छ। पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। काम बिग्रने डरले सताइरहनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर
पाइनेछ।

मीन–प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कामले कीर्तिमानी दिलाउने सम्भावना छ । सवारीमा सावधानी अपनाउनुहोला । सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला । आज हातमा आएको अवसर गुम्ने सम्भावना देखिन्छ ।


Labels: ,

Monday, December 19, 2022

कांग्रेस संसदीय दलको नेतामा गगन उम्मेदवार बन्ने, शेखर प्रस्तावक

 नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा नै उम्मेदवार बन्ने भएका छन् । मंगलबार बिहान बसेको बैठकले कोइराला समूहबाट संसदीय दलको नेतामा महामन्त्री थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेता कोइराला थापाको प्रस्तावक बस्ने भएका छन् । शीर्ष नेताहरू बसेर गरेको सो निर्णय अहिले केहीबेरमा अनामनगरस्थित एक होटेलमा आफ्नो समूहका नेता र सांसदहरुलाई सुनाउने तयारी छ ।



Labels: ,

Thursday, December 15, 2022

वाम एकता र कम्युनिस्ट नेतृत्वमा सरकार गठनका लागि शीर्षनेता छलफलमा

 काठमाडौं । आगामी सरकार गठन’bout नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बीच छलफल सुरु भएको छ । वाम एकता र कम्युनिस्ट नेतृत्वको सरकार गठन’bout दुवै दलका शीर्षनेता आन्तरिक छलफलमा जुटेका छन्् ।



प्रतिनिधिसभामा एमालेको ७८ र माओवादी केन्द्रको ३२ सिट छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को १०, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को एक÷एक सिट छ । सबै कम्युनिस्ट पार्टीको कुल १ सय २२ सिट हुन्छ । सरकार गठनका लागि १ सय ३८ सिट आवश्यक पर्छ । कम्युनिस्ट पार्टी नेतृत्वमा सरकार गठनका लागि २६ सिट अपुग छ ।

एमाले नेतृत्वको गठनमार्फत निर्वाचनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग १४ र जनता समाजवादी पार्टी नेपाल (जसपा)सँग १२ सिट छ । राप्रपा र जसपाले मात्रै सहयोग गरेर कम्युनिस्ट पार्टी नेतृत्वको सरकार बन्न सहज छ । ६ सिटको जनमत पार्टी र ६ स्वतन्त्र सांसदसहित अन्य साना दललाई समेत ‘कम्युनिस्ट’ गठबन्धनमा ल्याउन सकिन्छ ।



Labels: ,

Thursday, May 21, 2020

नेपालको मोबाइल ईन्टरनेट दक्षिण एसियाकै महङ्गो मध्येमा

काठमाडौं । प्याक प्रयोग नगरी मोबाइल डेटा चलाउनु नेपाली प्रयोगकर्ताका लागि अझै पनि महङ्गो काम हो । मोबाइल डेटा चलाएको केही समयमै स्वात्तै पैसा घटेको अनुभव ति प्रयोगकर्ताका लागि कुनै नयाँ अनुभव होइन । बरु बाध्यता हो ।
नहोस पनि किन विश्वकै महङ्गो मोबाइल इन्टरनेट भएको मुलुकमध्येमा जब नेपाल पर्छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन(आईटीयू)को मोबाइल डेटा तथा भोइसको मूल्य सम्बन्धि पछिल्लो प्रतिवेदनले विश्वका १८३ देशमध्ये नेपाल १११ औं स्थानमा पर्छ । सूचीको अघिल्तिर सस्तो मोबाइल डेटा सुविधा रहेको देशहरुको नाम छ । जति पछि त्यति नै महंगो मोबाइल इन्टरनेट भएका देशको नाम उल्ल्लेख छ ।
यो सूचीलाई अझ छोट्याएर दक्षिण एसियाली मुलुकमा नेपालको अवस्था दाँजौं । यसो गर्दा नेपाल दक्षिण एसियामा सबैभन्दा महङ्गो मोबाइल डेटा भएको देशको सूचीमा दोस्रो स्थानमा पर्छ । नेपाल अघि अफगानिस्तान छ जहाँ मोबाइल डेटा प्रयोगकर्ताले प्रति व्यक्ति आम्दानीको ९.२ प्रतिशतसम्म खर्च गर्नुपर्छ ।
नेपालमा भने यहाँका प्रयोगकर्ताले प्रति व्यक्ति आयको २.८ प्रतिशतसम्म शूल्क मोबाइलमा इन्टरनेट चलाउन खर्चिनुपर्छ । दक्षिण एसियामा सबैभन्दा सस्तो मोबाइल डेटा श्रीलङ्कामा छ जहाँको दर प्रतिव्यक्ति आयको ०.६ प्रतिशत मात्र छ ।
श्रीलङ्का विश्व सूचीमा पनि २९ औं स्थानसहित अगाडि नै छ । त्यसपछि ३७ औं स्थानमा रहेको पाकिस्तानमा ०.७ प्रतिशत, ४९ औं स्थानमा रहेको भारतमा ०.९ प्रतिशत, ६८ औं स्थानमा रहेको भुटानमा १.१ र ९१ औं स्थानमा रहेको बंगलादेशमा प्रति व्यक्ति आयको १.९ प्रतिशतसम्म मोबाइल डेटाको मूल्य छ ।
विश्वमै सबैभन्दा सस्तो दरमा मोबाइल डेटा प्रयोग गर्न सकिने देश बनेको लक्जेम्बर्ग । जहाँ प्रति व्यक्ति आयको ०.२ प्रतिशत मोबाइल डेटा दर रहेको छ । सबैभन्दा महंगो मोबाइल डेटा भएको देशमा परेको कंगोमा प्रयोगकर्ताले प्रति व्यक्ति आयको ६१.२ प्रतिशत मोबाइल डेटाको लागि खर्चिनुपर्छ 

Labels:

तपाईंले फोनमा गरेको कुराकानी सरकारले रेकर्ड गर्न सक्ने, कस्तो अवस्थामा हुन्छ ‘कल ट्यापिङ’ ?

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले अब व्यक्तिको फोन र इन्टरनेटको विवरण सोझै लिन पाउने भएको छ । नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धी कानून संसोधन र एकीकरण गर्न बनेको प्रस्तावित विधेक बुधबार राष्ट्रिय सभाबाट पास भएसँगै यस्तो व्यवस्था लागु भएको हो ।
लामो समयदेखि संसदमा छलफलमा रहेको उक्त विधेयकको दफा १० मा सूचना संकलन सम्बन्धी विशेष व्यवस्था गरिएको छ । जसमा सूचना संकलन तथा प्राप्ति जस्ता गुप्तचरी क्रियाकलापको शिलशिलामा विभागले निगरानीमा रहेका व्यक्ति, संघ–संस्थाबाट सार्वजनिक सञ्चार माध्यम वा अन्य माध्यमबाट भएका कुराकानी, श्रव्य, दृष्य तथा विद्युतीय संकेत वा विवरण आवश्यकता अनुसार लिन सक्ने उल्लेख गरिएको छ ।
विधेयक अनुसार राष्ट्रिय अनुसन्धान विभागले अदालत वा अन्य निकायको पूर्वस्वीकृति नलिई व्यक्तिले फोनमा गरेको कुराकानी रेकर्ड (इन्टरसेप्सन) गर्न सक्नेछ । त्यसका लागि अनुसन्धानमा खटिएका अधिकृतले भने मूख्य अनुसन्धान निर्देशकको स्वीकृति लिनुपर्नेछ ।
स्वीकृति लिएर कम्प्युटर, टेलिफोन, मोबाइल फोन, इन्टरनेट वा दूरसञ्चार माध्यम वा सो बाट भएको दूरसञ्चार सम्बन्धी विरण लिन सकिने व्यवस्था विधेयकमा छ । यद्यपी, लिइएको विवरण जुन प्रयोजनको लागि लिइएको हो, त्यही प्रयोजनका लागि मात्रै उपयोग गर्न सकिने जनाइएको छ ।
यो विधेयक अब प्रतिनिधि सभामा पठाइनेछ । प्रतिनिधि सभाबाट यो विधेयक जस्ताको त्यस्तै पारित भएको खण्डमा व्यक्तिको फोनमा गरेको कुराकानी रेकर्ड गर्ने कानूनी अधिकार राष्ट्रिय अनुसन्धान विभागले पाउनेछ 

Labels:

नयाँ नक्सा सार्वजनिक भएपछि जुहारी खेल्दै दुई देशका ह्याकर

काठमाडौं । बुधबार नेपालले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि दुई देशका जनताबीच आरोप प्रत्यारोप सुरु भएको छ । नक्सा सार्वजनिक भएसँगै भारतले त्यसलाई अस्विकार गर्ने बताएको छ भने भारतीय मिडियामा नेपाली कदमको चर्को आलोचना गरिएको छ ।
ऐतिहासिक रुपमै नेपालको भूभागमा पर्ने लिपुलेक, कालापानीसहितको नक्सा सार्वजनिक भएसँगै त्यसको विरुद्धमा ह्याकर पनि सक्रिय भएका छन् । यसको सुरुवात बाँकेको बोटानिकल अनुसन्धान केन्द्रको वेबसाइटबाट सुरु भएको थियो ।


बुधबार बेलुका भारतिय ह्याकर इण्डियन साइबर ट्रूपले सो वेबसाइट ह्याक गरी स्क्रिनमा धम्की पूर्ण म्यासेज प्रवाह गरेका थिए । उनीहरुले भारतसँग जोरी नखोज गुमाउने पर्नेछ भन्ने सन्देश छाडेका थिए ।


त्यस्तै घटाना नेपाल पुस्तकालयको वेबसाइटमा पनि भयो । सामहारुस नामक ह्याकरले पुस्तकालयको साइट ह्याक गरी, जहाँ खेल शुरु भएको र आगामी दिनहरुमा थप ह्याक गरिने उल्लेख गरेका छन् । हाल ह्याक गरिएका दुबै वेबसाइटहरु सस्पेण्ड गरिएकाे छ। यसरी एकपछि अर्को गर्दै धम्कीपूर्ण म्यासेजसहित भारतिय ह्याकरले नेपाली साईट ह्याक गर्न थालेपछि नेपाली ह्याकर समुह पनि सक्रिय भएका छन् ।


बिहिबारै ट्वीटरमा ‘ब्रंहा’ र ‘सतान’ नामक नेपाली ह्याकर सक्रिय भएका छन् । उनीहरुले एबीपी न्युज, एबीपी न्युज भारत गर्दै एक पछि अर्को भारतिय मिडियाका विभिन्न जानकारी सार्वजनिक गरिरहेका छन् ।
विषेशगरी भारतिय मिडियाले नेपाल प्रति गरेको व्यवहार र बोलेका शब्दका कारण उनीहरुले मिडियालाई टार्गेट गरिरहेको अनुमान गर्न सकिन्छ । ब्रंहा नामक ट्वीटर ह्याडलले ‘नपुंसक मत बनो भारत’ ह्याकिङ सिरिज नै चलाएका छन् ।


सुरुवातमा भारतिय मिडियामा हमला गरिरहेका नेपाली ह्याकर शुक्रबार बिहान भने भारतका विभिन्न साइटका जानकारी सार्वजनिक गरिरहेका छन् । जसमा फिजोयो सेन्टर इन्डीया, फ्रेस भेजिटेबल एण्ड फ्रुट इन्डीया, स्वस्तिक इभेन्ट लगायत साईट ह्याक गरी ब्रंहाको फोटोमा नपुंसक मत बनो भारत राखेर ब्याकग्राउण्डमा नेपाली राष्ट्रिय गान बज्ने बनाएका छन्

Labels:

Sunday, May 17, 2020

नेपालको भूमिमा चीन र भारतबीच भएको सम्झौता स्वीकार्य छैन – नेता नेम्वाङ

काठमाडौँ, ४ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङले नेपालमा महाभुकम्पको समयमा छिमेकी देश चीन र भारतबीच भएको सम्झौताको विरुद्धमा नेपाल दृढताका साथ अघि बढ्ने उद्घोष गर्नुभएको छ ।

राष्ट्रपतिले शुक्रवार प्रस्तुत गर्नुभएको नेपाल सरकारको नीति तथा कार्यक्रमको सवालमा आफ्नो धारणा राख्दै आइतवारको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता नेम्वाङले दुई देशबीच भएको नेपालको राष्ट्रिय हित विपरित हुने कुनै पनि सम्झौता नेपालको लागि मान्य नहुने स्पष्ट पार्नुभयो ।
भुकम्पको दुःखद् घडिमा नेपाल जुधिरहेको समयमा चीन तथा भारतले नेपाली भूमि लिपुलेकलाई दुई देशबीचको व्यापरिक केन्द्रको रुपमा विकास गर्ने समझदारी नेपाल र नेपाल सरकारले अस्वीकार गर्नुभयो । चीन र भारतबीचको सोही सम्झौता अनुसार नै भारतले केही समय अघि नेपाली भूमि हुँदै चीनको मानसरोवर जाने सडक उद्घाटन गरेको थियो । त्यसको नेपालमा चैतर्फि विराधे भइरहेको छ । त्यती मात्र नभई नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा नै लिपुलेक, लिम्पियाधुरा तथा कालापानीसहितको नेपालको नयाँ नक्सा जारी गर्ने उद्घोष समेत गरिसकेको छ ।
बैठकमा बोल्दै नेम्वाङले सरकारको नीति तथा कार्यक्रम ऐतिहासिक भएकाले कार्यान्वयनको लागि सवैको साथ र सहयोग आवश्यक रहेको औल्याउनुभयो । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रण, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक, रेलमार्ग, सुरुङमार्ग, हवाई मार्ग, जलमार्गलगायतका व्यापक मात्रामा विकास र विस्तार गर्दै नेपाललाई अविकसित मुलुकबाट विकासन्मुख मुलुकमा रुपान्तरण गर्ने ऐतिहासिक योजना अघि बढाएको उहाँले बताउनुभयो 

Labels:

सस्तो आईफोनपछि अब सस्तो आईप्याड ल्याउँदै एप्पल

काठमाडौं । एप्पलले ए १२ चिपमा आधारित आठौं पुस्ताको आईप्याड ल्याउने तयारी गरेको छ । सन् २०१९ को सेप्टेम्बरमा सातौं जेनरेशनको आईप्याड सार्वजनिक गरेको कम्पनीले यस वर्षको मध्यतिर नयाँ आईप्याड सार्वजनिक गर्ने विषय बाहिरिएको छ ।
कम्पनीले आफ्नो सातौं पुस्ताको आईप्याडमा त्यसअघिको सस्तो मूल्यको आईप्याड सिक्स जेनरेशनको तुलानमा धेरै नै परिवर्तन ल्याएको थियो । जसमा १०.२ इञ्चको डिस्प्लेका साथै ए १० मिश्रित चिप प्रयोग गरिएको थियो ।
बिहीबार एप्पलले हाल १०.८ र ८.५ तथा ९ इञ्चका दुई वटा आईप्याडमा काम भइरहेको बताएको छ । जसमध्ये एउटा सन् २०२० को मध्यतिर र अर्को सन् २०२१ को सुरुमा सार्वजनिक हुने उल्लेख गरिएको छ ।
यी दुई मोडेलका आईप्याडले आईफोन एसईको उत्पादन रणनीतिलाई अंगाल्ने जनाइएको छ । अर्थात यो आईप्याड सस्तो मूल्यमा बजारमा उपलब्ध हुनेछ । यसअघि गएका दुई महिना अघिमात्रै एप्पलले आफ्नो सबैभन्दा सस्तो फोन आईफोन एसई सार्वजनिक गरेको थियो ।
जसलाई धेरैनै रुचाइएको छ । त्यसैले पनि कम्पनीले उक्त फोनको प्रडक्ट स्ट्राटेजी आईप्याडमा पनि प्रयोग गर्न खोजेको हुनसक्ने अनुमान गर्न सकिन्छ । नयाँ आउने सस्तो आईप्याडको मूल्यको विषयमा भने अहिले नै स्पष्ट जानकारी बाहिर आइसकेको छैन ।
एजेन्सीको सहयोगमा 

Labels:

अफ्रिकामा इन्टरनेट पहुँच बढाउन १ खर्ब २० अर्ब लगानी गर्दै फेसबुक

एजेन्सी । फेसबुकले अफ्रिकामा इन्टरने पहुँचलाई विस्तार गर्न समुद्र केवलमा १ बिलियन अर्थात एक खर्ब २० अर्बको रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ । इन्टरने विस्तार र फेसबुकमा अझ धेरै प्रयोगकर्ता जोड्ने योजनाका साथ कम्पनीले यो परियोजनाको लागि लगानी गर्ने प्रतिवद्धता जनाएको हो ।
फेसबुकले आफ्नो विश्वसँग जोडिने योजना अन्तर्गत यो परियोजना अघि बढाएको हो । हालसम्म पनि विश्वका ३.५ बिलियन मानिस इन्टरनेटके पहुँचभन्दा बाहिर रहेका छन् । ‘त्यसमध्य पनि अफ्रिका सबैभन्दा कम इन्टरनेट पहुँच भएको प्रसान्त हो,’ फेसबुकले जारिगरेको स्टेटमेन्टमा उल्लेख गरिएको छ, ‘यस क्षेत्रमा इन्टरनेट विस्तारको लागि अफ्रिकाको सेवा प्रदायकसँग सहकार्य गर्न पाउँदा खुसी लागेको छ । यस योजना अन्तर्गत विश्वकै उच्च क्षमता र लामो सब सी केबल निमार्ण हुनेछ । जसले अफ्रिकाका २३ वटा देशलाई जोड्न मद्धत गर्नेछ ।’
फेसबुकका अनुसार उक्त सी केबल ३७ हजार किलोमीटर लामो हुनेछ । जुन हाल अफ्रिकामा उपलब्ध सब सी केबलको तुलानमा तीन गुणा बढी क्षमता वान हुनेछ । फेसबुकले यो परियोजनाको लागत यति नै हो भनी नभनेको भएता पनि ब्लुमबर्गले भने यसको लागत एक बिलियन डलर रहेको जनाएको छ 

Labels:

Friday, May 15, 2020

भारतीय प्रहरीले नै नेपालीलाई सीमासम्म ल्याएर छाड्छ

लुम्बिनी– प्रवासी नेपालीलाई विभिन्न ठाउँबाट गाडी रिजर्भ गरेर भारतीय प्रहरीले सीमासम्म छाड्ने गरेको खुलेको छ । कोभिड –१९ का कारण जो जहाँ छ, त्यहीँ बस्नुपर्ने दुई देशीय सहमति भए पनि भारतीय पक्षले त्यसो नगरी सीमासम्म ल्याएर छाडिदिने गरेको भैरहवाका विभिन्न शैक्षिक प्रतिष्ठानमा बनाइएका क्वारेन्टाइनमा बसेका प्रवासी नेपालीले बताएका छन् ।
सीमामा अलपत्र परेकाहरुलाई दुई दिन अगाडि नेपाल ल्याइएको हो । लीलाराम मावि र भैरहवा नमूना माविको क्वारेन्टाइनमा बसेका प्रवासी नेपालीले भारतीय प्रहरीले नै गाडी व्यवस्था गरेर पठाएको बताए । नमूना माविको क्वारेन्टाइनमा बस्नुभएका कपिलवस्तु महाराजगञ्जका राजीव केवटले भने, “दिल्लीमा कपडा बनाउने ठाउँमा काम गथ्र्यौँ, बन्द भएपछि हिँड्यौँ । उतैबाट गाडीले नौतनवासम्म ल्याएर छाडिदिएको हो ।”
बम्बईमा काम गर्ने रुपन्देही, कोटहीमाई गाउँपालिकाका पिन्टु यादवले काम गर्ने कम्पनी बन्द भएपछि साइकलमा निस्किएको र भारतीय प्रहरीले ट्रक रोकाएर पठाएको बताउनुभयो । क्वारेन्टाइनमा बसेका कञ्चनपुरका धिरु राना, नुवाकोट सूर्यगढीका वासुदेव लामिछाने, रुपन्देही गैडहवाका कोलन चाइलगायतले भारतीय प्रहरीको सहयोगमा नेपालको सीमासम्म आएको बताए ।
बिहीबार मात्रै प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले भारतीय पक्षले नेपालीलाई सीमामा ल्याएर छाड्नु विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीत भएको बताएका थिए । भारतीय सरकारले व्यवस्थापन गर्नाको साटो एक हजार किलोमिटर टाढाको गन्तव्यमा जबर्जस्ती पठाइरहेको छ । भारतमा बन्दाबन्दीमा रेल सेवासमेत शुरु भएपछि दैनिक हजारौँ नेपाली स्वदेश फर्किन थालेका छन् ।
रुपन्देही र कपिलवस्तुको सीमावर्ती क्षेत्रमा मात्रै चार हजारभन्दा बढी प्रवासी नेपाली स्वदेश प्रवेशको बाटो कुरेर बसेका छन् । स्थानीय प्रशासनले जिल्लाका विभिन्न पालिकाले तयार गरेका क्वारेन्टाइनमा उनीहरुलाई राखेको छ । बुधबार मात्रै ४९५ जना बेलहिया नाकाबाट नेपाल आएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए ।
बेलहिया नाकासँग जोडिएको जिल्ला सदरमुकामसमेत रहेको सिद्धार्थनगरपालिका, भैरहवाका विभिन्न शैक्षिक प्रतिष्ठानमा प्रवासी नेपालीलाई राखिएको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताए । नगरको शैक्षिक तालीम केन्द्रको क्वारेन्टाइनमा ५७, लीलाराम माविको क्वारेन्टाइनमा १८०, नमूना माविको क्वारेन्टाइनमा ६४ र प्रतिमान नीमा प्रतिष्ठानको क्वारेन्टाइनमा ८९ जना राखिएको छ 

Labels:

साइबर आक्रमण बढेपछि कानून बनाउँदै सरकार

काठमाडौं । सरकारले साइबर सुरक्षाका लागि आवश्यक निर्देशिका जारी गर्ने भएको छ । पछिल्लो समय नेपालमा बढ्दै गएका साइबर आक्रमणका घटनालाई मध्यनजर गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले  आवश्यक कानून जारी गर्ने भएको हो ।
कोरोनाभाइरसका कारण लकडाउन सुरु भएसँगै नेपालमा दुई वटा ठूला साइबर आक्रमणका घटना भएका छन् । जसमा इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेट प्राली र अनलाइन खाना डेलिभरी गर्ने कम्पनी फूडमाण्डुको डाटा चोरी गरी ह्याकरले सार्वजनिक गर्ने काम गरेका छन् । 
यसरी एकपछि अर्को गर्दै साइबर आक्रमणका घटना बढ्न थालेपछि प्राधिकरणले निर्देशिका जारी गर्न लागेको हो । त्यसका लागि निर्देशक विजयकुमार रोयको संयोजकत्वमा गएको २४ वैशाखमा एउटा छुट्टै कमिटी गठन गरिएको छ ।
उक्त कमिटीमा इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान), टेलिकम सेवा प्रदायकका प्रतिनिधी, प्रहरी प्रधान कार्यालय साइबर ब्युरो र सूचना प्रविधि विभागका प्रतिनिधी रहेका छन् ।
रोयकाअनुसार उक्त कमिटीले साइबर सुरक्षाको विषयमा सेवा प्रदायकले अपानाउनु पर्ने मापदण्ड समेत तयार पार्नेछ ।
‘हालसम्म सेवा प्रदायक आफैले जे गरिरहेका छन्, त्यतिमात्रै छ,’ उनले भने, ‘साइबर सुरक्षा र प्रयोगकर्ताको डेटा सुरक्षाका लागि सेवा प्रदायकले के गर्ने भन्ने खालको कुनै स्पस्ट आधार छैन । त्यसैले पनि मापदण्डको आवश्यकता भएको हो ।’ 
साइबर सुरक्षा मापदण्ड तयार भएपछि यसको पालना गर्न नियामकले सेवा प्रदायकलाई निर्देशन दिन सक्नेछ । निर्देशन दिँदा पालना नगरेको अवस्थामा कारबाही गर्ने आधार समेत निर्देशिकाले तयार पार्नेछ । 
लकडाउनको समयमा सेवा प्रदायक कम्पनी भायनेटको डेटा चोरी भए पछि प्राधिकरणले डेटा सुरक्षित राख्न र चोरी भएको डेटा प्रयोग नगर्न आग्रह गर्नेभन्दा थप कारबाही गर्न सक्ने ठाउ भएन । त्यसैले पनि अबका दिनमा निर्देशिकाको आवश्यकता महसुस गरेर त्यसको प्रक्रिया अघि बढाइएको रोयले बताए ।
उनका अनुसार, कमिटीका लागि आइस्पान, साइबर ब्युरो र सूचना प्रविधि विभागबाट प्रतिनिधीको नाम प्राप्त भइसकेको छ । बाँकी रहेका टेलिकम सेवा प्रदायकबाट प्रतिनिधीको नाम आएसँगै कमिटीले आफ्नो कार्य थाल्नेछ । 
कमिटीले अन्तर्राष्ट्रिय मापदण्ड अध्ययन गरी नेपालमा कसरी त्यसलाई कार्यान्वयनमा ल्याउने, कुन–कुन विषयलाई अपनाउने, साइबर सुरक्षाको वार्षिक अडिट तयार पारेर बुझाउनु पर्ने लगायतका विषयहरु समेट्ने विषयमा प्रतिवेदन तयार पार्नेछ 

Labels: ,

आफ्ना बालबालिकाको फोनमा नियन्त्रण राख्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । विगत करिब दुई महिनादेखि देश लकडाउनमा थुनिएको छ । सबै शैक्षिक संस्थाहरु बन्द छन् । बालबालिकाहरु पनि घरभित्रै थुनिएका छन् । यस्तो बेलामा स्मार्टफोन र ट्याबलेट बालबालिकाको समय बिताउने माध्यम बनेका छन् ।
उनीहरुले स्क्रीनमा बिताउने समय दैनिक रुपमा बढिरहेको छ । बुबाआमाको नियन्त्रणबाहिर गइरहेको बालबालिकाको स्क्रीनमा बिताउने समय उनीहरुको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यका लागि हानिकारक छ । 
तर तपाईंका बालबालिकाले एन्ड्रोइड डिभाइस प्रयोग गर्दैछन् भने अब तपाईं ढुक्क हुनुहोस् । गूगल फ्यामिली लिंकले एन्ड्रोइड डिभाइसमा प्यारेन्टल कन्ट्रोल अर्थात अभिभावकको नियन्त्रण तयार पारेको छ । 
यदि तपाईंको बच्चा १३ वर्षभन्दा कम उमेरको छ भने तपाईंले फ्यामिली लिंकबाट उसको एन्ड्रोइड फोन नियन्त्रण गर्नसक्नुहुन्छ । त्यसो त १३ वर्षभन्दा माथिका बालबालिकाको डिभाइसलाई पनि तपाईंले नियन्त्रण गर्न सक्नुहुन्छ । 
तर उनीहरुले त्यस्तो फिचरलाई डिसेबल गर्न सक्छन् । यदि उनीहरुले यस्ता फिचर डिसेबल गरेनन् भने तपाईंले त्यसको नोटिफिकेसन वा अलर्ट म्यासेज पाउन सक्नुहुन्छ । 
फ्यामिली एप प्रयोग गरेर तपाईंले आफ्ना छोराछोरीहरुका लागि कुन एपमा कति समय तोक्ने वा पुरै डिभाइसमा नै नियन्त्रण गर्ने भन्ने लगायतका यावत् काम गर्न सक्नुहुन्छ । 
फ्यामिली लिंक फ्री एन्ड्रोइड एप हो । एन्ड्रोइड ७.० वा त्यसभन्दा पछिका एन्ड्रोइड भर्सन चल्ने सबै फोन तथा ट्याबलेटहरुमा यो एप सजिलै प्रयोग गर्न सकिन्छ । सबैभन्दा पहिले आफ्नो एन्ड्रोइड भर्सन चेक गर्नुहोस् । सेटिङबाट अबाउट फोनमा गएर त्यसलाई चेक गर्नसक्नुहुन्छ । 
गूगलका अनुसार यो एप एन्ड्रोइड ५.० र ६.० भर्सनमा पनि चल्छ । यदि तपाईंको बच्चाको डिभाइसमा एन्ड्रोइड १० चल्छ भने यो डेडिडेकेटेड एप बिना पनि फ्यामिली लिंक तयार पार्न सकिन्छ । 
तपाईंले एन्ड्रोइड ५.० वा त्यसमाथिको एन्ड्रोइड भर्सन चल्ने डिभाइस वा आईओएस ९ वा त्यसभन्दा नयाँ जुनसुकै डिभाइसबाट पनि फ्यामिली लिंक अकाउन्टलाई व्यवस्थापन गर्न सक्नुहुन्छ । 
तर यो एप सुरु गर्नु अघि तपाईसँग आफ्नो र बच्चाको गूगल अकाउन्टको सबै जानकारी भने हुन जरुरी छ । तर तपाईंको बच्चाको छुट्टै गूगल अकाउन्ट बनेको छैन भने त्यो आवश्यक पर्दैन ।
फ्यामिली लिंक एपमा गएर तपाईंले सेटिङ तथा साइन अप गर्नुपर्ने हुन्छ । सेटिङ गर्दाको बखत दुवै एप एकअर्कासँग नजिक हुनुपर्छ ।
अब सुरुमा फ्यामिली लिंकलाई तपाईंको अकाउन्टमा सेट गर्नुहोस् । एन्ड्रोइड १० रन भएको डिभाइस चलाउँदै हुनुहुन्छ भने सबैभन्दा पहिले सेटिङ खोल्नुहोस् । गूगलमा जानुहोस् र त्यहाँबाट प्यारेन्टल कन्ट्रोल हुँदै गेट स्टार्टमा प्रवेश गर्नुहोस् । त्यहाँबाट प्यारेन्ट छनौट गर्नुहोस् । 
तपाईंको बच्चाको डिभाइसमा एन्ड्रोइड १० छ भने सेटिङ एपबाट फ्यामिली लिंक लञ्च गर्नुहोस् । त्यसको साटो प्ले स्टोरबाट फ्यामिली लिंक डाउनलोड गरेर खोल्न पनि सक्नुहुन्छ ।
त्यहाँ ‘डिभाइस फर अ चाइल्ड’ को अप्सन छान्नुहोस् । त्यसमा बच्चाको गूगल अकाउन्ट सेलेक्ट गर्नुहोस् र बाँकी प्रक्रिया पूरा गर्नुहोस् । त्यसपछि आफ्नो डिभाइसमा पनि आफ्नो गूगल अकाउन्ट ओपन गर्नुहोस् ।
ता कि बच्चाको अकाउन्टसँग त्यसलाई लिंक गराउन सकियोस् । त्यसपछि केही बेसिक अकाउन्ट कन्ट्रोल सेटअप मिलाउनुहोस् ।
प्राथमिक चरणको सेटअपका लागि एकदमै कम समय लाग्छ । तर एकपटक यो सेटअप भइसकेपछि टाढै बसेर पनि तपाईले आफ्नो बच्चाको डिभाइसको सेटिङ परिवर्तन गर्न तथा नियन्त्रण गर्नसक्नुहुन्छ ।
गूगल फ्यामिली लिंकले तपाईंलाई आवश्यक सबै किसिमको जानकारी दिन्छ । तपाईंको बच्चाले फोनमा कति लामो समय बिताइरहेको छ भन्ने लगायतका यावत् कुरा यो एपबाट हेर्न मिल्छ ।
यो एप खोलिसकेपछि तपाईंले आफ्नो बच्चाको एन्ड्रोइड फोनको लोकेसन पनि थाहा पाउन सक्नुहुन्छ । तपाईंले दिनको समय, राती सुत्ने समय, र सबै समयका लागि फोन सेटिङ मिलाउन सक्नुहुन्छ । 
साथै बच्चाको सुत्ने समय भएपछि फोन स्वचालित रुपमा लक हुने र बिहान अनलक हुने सेटिङ पनि यसमा रहेको छ । यो एपमा विभिन्न कार्डहरु हुन्छन्, जसमा विभिन्न किसिमका सेटिङ र क्षमता हुन्छ ।
प्रत्येक कार्डलाई ट्याप गर्दै तपाईंले त्यस अनुसारको सेटिङ मिलाएर बच्चाको डिभाइसलाई नियन्त्रण गर्नसक्नुहुन्छ । यो एपमा अझ धेरै एड्भान्स सेटिङ पनि रहेका छन् ।
एपमा रहेको फीडमा अर्को अप्सन लेबल म्यानेज सेटिङ रहेको छ । जसको माध्यमबाट तपाईंले फोनमा कुन एप इन्स्टल गर्ने वा नगर्ने भन्ने विषयमा समेत नियन्त्रण बनाउन सक्नुहुन्छ । 
तपाईंको एपमा भएको लोकेसन खण्डले तपाईंको बच्चाको फोन कहाँको सेलुलर वा वाईफाई नेटवर्कमा छ भन्ने समेत जानकारी समेत देखाउँछ ।
साथै तपाईंले बच्चाको लोकेसन चेक गरेको बखत बच्चाको फोनमा अलर्ट म्यासेज पनि आउँछ । यो एपले अभिभावक र बच्चाबीच सम्पर्क स्थापित गराएर विश्वासको वातावरण तयार गर्न मद्दत गर्छ ।

Labels:

Thursday, May 14, 2020

‘डिजिटल एडिक्सन’ होला है

काठमाडौँ — कुरो लकडाउन सुरुहुनु एक/दुइ दिन अघिको हो– राजधानीकै एक निजी स्कुलमा ८ कक्षामा पढ्ने छात्र स्कुल जानै नमान्दा रहेछन् । अभिभावकले फकाए, गाली गरे तर केही सीप लागेन । त्यसपछि उनीहरूले चिन्तित हुँदै बालमनोविज्ञ नन्दिता शर्मा फोन गरे । उनी बच्चालाई भेट्न घर गइन् । बच्चाले उनीसँग भनेछन्, ‘सरले स्कुलमा जे पढाउनुहुन्छ, म नेटमा यहीँ पढ्न सक्छु, गेम पनि यहीँ खेल्छु, मन लाग्यो भने साथीहरूसँग च्याट गर्छु अनि किन स्कुल जानुपर्‍यो ?’



शर्माका अनुसार उनको कोठामा मोबाइल, ट्याब, ल्यापटप थियो अनि इन्टरनेट पनि चौबिसै घण्टा । ‘उसै पनि बालबालिका वास्तविकभन्दा डिजिटल दुनियाँमा रमाउन थालेका छन् । अहिले त समय कटाउन पनि हरेक अभिभावकले बच्चालाई मोबाइल थमाइदिन्छन् । अब डिजिटल एडिक्सन अझ बढ्छ,’ शर्माले चिन्तित हुँदै सुनाइन् । बालबालिका क्षणिक खुसी भएजस्तो देखिए पनि अभिभावकको माया/ममताको पूर्ति मोबाइलले गर्दैन, बरु अभिभावकसँग दूरी बढाउँछ ।

फेसबुक चलाउन, गेम खेल्न मोबाइल, फोटो/भिडियो खिच्न, समाचार हेर्न, जे गर्न पनि मोबाइल नै । कति अभिभावक त सानै उमेरका बालबालिकालाई पनि मोबाइल दिएर भुलाउँछन् र आफू पनि मोबाइलमै मस्त हुन्छन् । बच्चाले इन्टरनेटमा कस्ता सामग्री हेर्छन्, साथीहरूसँग के–कस्ता कुरा हुन्छ, अभिभावकले पत्तै पाउँदैनन् ।
वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय प्रत्यक्ष निगरानीबिना मोबाइल वा अन्य विद्युतीय सामग्री बच्चालाई दिनु घातक मान्छन् । ‘सकेसम्म बच्चालाई मोबाइल दिनै हुन्न । दिनै परे अभिभावक साथमा हुनुपर्छ । मोबाइलको लत बस्यो भने पढाइ, व्यवहार र सोचाइमा समेत असर पर्छ,’ उपाध्याय भन्छन्, ‘बालबालिकाले एक्लै बसेर मोबाइल चलाए भने त्यहाँ केही न केही गलत भइरहेकै हुन्छ ।’ स्मार्टफोनले बालबालिकाको मानसिक विकासमा बाधा पुग्ने र रोग प्रतिरक्षा क्षमतामा ह्रास हुने विभिन्न अध्ययनले देखाएका छन् ।


तर, विडम्बना ! सन्तानलाई ‘आधुनिक’ बनाउन होस् वा भुलाउन, अभिभावकहरू मोबाइल, ट्याबजस्ता विद्युतीय सामग्री थमाइदिन्छन् । यसका लागि लकडाउन गतिलो बहाना बनेको छ । एकातिर परिवारबाहेक अरू कोहीसँग प्रत्यक्ष सम्पर्क नहुने, अर्कातिर इन्टरनेटमै हराउने । यसले बच्चामा ‘सामाजिक’ गुणको विकास नहुन सक्छ । ‘तर, लकडाउनले बालबालिकामा कस्तो असर पर्छ भन्नेचाहिँ अध्ययन हुन बाँकी छ,’ बीबीसी अनलाइनमा प्रकाशित एक रिर्पोटमा भनिएको छ ।

‘फलदायी छैन अनलाईन कक्षा’

अझ अनलाइन कक्षाको नाममा बालबालिकाको ‘स्क्रिन टाइम’ बढाइएकाले विज्ञहरू थप चिन्तित बनेका छन् । लकडाउन लम्बिँदै गएपछि सहरी क्षेत्रका विद्यालयले अनलाइन कक्षालाई प्राथमिकता दिइरहेका छन् । सबैको पहुँचमा नहुने भन्दै यसको विरोध त भइरहेकै छ तर मनोवैज्ञानिक रूपमा पनि बालबालिकाका लागि फलदायी नहुने बताइन्छ । ‘अहिले किताबी ज्ञान नै रटाउन, गृहकार्य दिन आवश्यक छैन । घरमै अभिभावकले जीवन उपयोगी सीप सिकाउन सक्छन्,’ बालमनोविज्ञ शर्मा भन्छिन्, ‘बरु यो समयलाई बच्चाभित्रको सिर्जनशीलता पहिचान गरेर त्यसलाई प्रस्फुटित गर्ने माहोल बनाइदिनुपर्छ ।’

बच्चाको उमेर अनुसार खाना पकाउन, कोठा, बगैंचा सफा गर्न सिकाउन उनको सुझाव छ । उनी थप्छिन्, ‘मोबाइलमा गेम खेल्न दिनुभन्दा अभिभावकले आफैंसँग लुडो, चेस, क्यारेमबोर्ड, ब्याडमिन्टन खेलाउनुपर्छ । अभिभावक–सन्तानको सामीप्यता बढाउने अवसर पनि हो यो ।’ सम्भव भएसम्म साथी र शिक्षकसँग सम्पर्क गराइदिनुपर्ने उनले बताइन् ।
समय बिताउनकै खातिर हुनुपर्छ, लकडाउनमा छोराछोरीको टिकटक भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने प्रवृत्ति अकासिएको छ । कतिपयले यसलाई रमाइलोका रूपमा लिएका छन् भने भिडियोमा नक्कल गरेकै कारण आफ्नो सन्तान प्रतिभाशाली छ भनेर देखाउने र गमक्क पर्ने अभिभावक पनि छन् । कोही त भिडियोको भ्युजकै आधारमा छोराछोरी ‘सानैमा सेलिब्रिटी’ भए भनेर दंग पर्छन्, जबकि टिकटक बच्चाका लागि हानिकारक हुन्छ ।
‘टिकटकले बच्चाको गोपनीयता हनन गर्छ, वयस्कझैं हाउभाउ गर्न लगाउँदा भोलि व्यवहारमा परिवर्तन आउँछ,’ अभिभावकसँग मनोविज्ञ शर्माको आग्रह छ, ‘सकेसम्म त्यस्ता भिडियो खिच्दै नखिचौं, खिचे पनि सामाजिक सञ्जालमा पोस्ट नगरौं । अहिले बच्चा खुसी भएजस्तो गरे पनि बुझ्ने भएपछि अभिभावकलाई नै गाली गर्छन् ।’ भिडियो र भ्युजले बच्चा ‘एटेन्सन सिकर’ हुने र अनेक किसिमका दुर्घटना निम्तने डर हुन्छ । शर्मा भन्छिन्, ‘बच्चालाई बच्चा नै रहन दिऔं ।’

अभिभावकसँगको सम्बन्ध

अभिभावकलाई सोध्नुपर्ने प्रश्न हो– ‘तपाईंले बच्चासँग कति समय बिताउनुहुन्छ ?’ लकडाउनअघि हुन्थ्यो भने अभिभावकको जवाफ सारमा एउटै हुन्थ्यो, ‘छोराछोरीलाई हुर्काउन, पढाउनकै लागि दिनरात खट्नुपर्छ । त्यसैले चाहेर पनि भने जति समय दिन पाइन्न । तर, उनीहरूका आवश्यकताचाहिँ पुर्‍याइदिएकै छौं ।’
मनोविज्ञहरू एकै स्वरमा भन्छन्, ‘अभिभावकको साथबिना बच्चाहरू खुसी र आत्मविश्वासी हुन सक्दैनन् । आमाबुबाले समय दिने हो भने अनावश्यक माग गर्दैनन् ।’ अहिले स्वास्थ्य र सुरक्षा सेवामा रहेका बाबुआमाबाहेक अधिकांश लकडाउनका कारण घरमै छन्, बच्चाको पनि स्कुल बन्द छ, उनीहरू पनि घरमै । बाध्यात्मक नै सही, अभिभावक र सन्तानले एकसाथ समय बिताउने मौका मिलेको छ लकडाउन । त्यसैले अहिले ‘सन्तानसँग रमाउन फुर्सद छैन’ भन्ने बहाना तर्कसंगत हुन्न । त्यसो भए अभिभावकले छोराछोरीसँग ‘क्यालिटी टाइम’ बिताइरहेका छन् त ?
‘सुरुमा लकडाउन यति लामो होला भनेर न अभिभावकले सोचेका थिए, न सन्तानले । त्यसैले सबैले रमाइलो नै माने,’ लकडाउनका दौरान पनि अभिभावक र बच्चाका व्यवहारलाई नियालिरहेकी बालमनोविज्ञ शर्मा भन्छिन्, ‘तर लकडाउन लम्बिँदै गएपछि बहुसंख्यक अभिभावकले बच्चासँग झर्को मान्न थालेका छन् । रिसाउने, कराउने गर्दा बच्चामा बेचैनी बढेको हुन सक्छ ।’ कामकाजी अभिभावकले यति लामो समय बच्चासँग कहिल्यै नबिताएकाले झिँझो भाव उत्पन्न भएको उनको ठम्याइ छ ।
आजकल अढाई वर्ष नपुग्दै बच्चालाई मन्टेस्वरी हुँदै स्कुल पठाइन्छ । घरमा बस्ने बानी त बच्चासँग न अभिभावकसँग हुन्छ । त्यसैले लामो समय सँगै बस्दा अभिभावक र सन्तानबीच मात्र होइन, परिवारका अन्य सदस्यहरूबीच पनि मनमुटाव बढ्नु स्वाभाविक हो । फरक कति भने वयस्कले असमझदारी आफैं सम्हाल्न र व्यक्त गर्न सक्छन्, बच्चाले सक्दैनन् । अझ अन्तरमुखी स्वभावका बालबालिकाका लागि यस्तो माहोल झनै कष्टकर हुने विज्ञहरू बताउँछन् । ‘सीमित अभिभावकले सन्तानसँग रचनात्मक समय बिताइरहेका छन् तर धेरैले आफू र सन्तानलाई सम्हाल्न सकेका छैनन् । यसबाट बच्चामा नकारात्मक प्रभाव पर्छ,’ शर्माले आफ्नो बुझाइ सुनाइन् ।

अभिभावकबाटै सशंकित

लकडाउनपूर्व बालबालिका वार्षिक परीक्षा सकिएर बिदा मनाउने मुडमा थिए, तर घरभित्र थुनिनुपर्‍यो । कतिपयले आफन्तकहाँ जाने, घुम्ने योजना बनाएका हुन सक्छन्, त्यो पूरा नहुँदा खल्लो लाग्ने भइहाल्यो । खुसी खोजिरहेको बेला थप त्रासको भुमरीमा फस्नुपर्‍यो । विज्ञहरूका अनुसार चार वर्षमुनिका बालबालिकालाई कोरोनाको डर खासै अनुभूत हुँदैन, त्यसमाथिका बच्चाले अभिभावक, सामाजिक सञ्जाल र टेलिभिजनबाट कोरोनाले संसारभर आतंक फैलाइरहेको थाहा पाउँछन् । बालविकास विज्ञ प्रा.डा. निर्मला उप्रेती भन्छिन्, ‘अभिभावकले नै कोरोनासम्बन्धी अनावश्यक समाचार/जानकारी पछ्याएर आफैं तनाव लिइरहेका हुन्छन्, अभिभावक चिन्तित देखेपछि सन्तानहरू झन् आत्तिन्छन् ।’ कोरोनासम्बन्धी अनावश्यक र अतिरञ्जित सूचना तारन्तर पछ्याउनु जो कोहीका लागि घातक हुने उप्रेतीको भनाइ छ ।
अभिभावकको उचित परामर्श र स्नेहको अभावमा बालबालिका लकडाउनमा मनोवैज्ञानिक रूपमा विचलित हुँदैछन् । प्रा.डा. उप्रेतीका अनुसार टेलिभिजनमा समाचार हेर्दा उनको छिमेकीको आठ वर्षको छोरोले आत्तिँदै मास्क लगाएछन्, घरभित्र बस्दा पनि मास्क खोल्नै नमान्ने । सुरुबाटै बच्चा र ज्येष्ठ नागरिकलाई भाइरसले छिटो समात्छ भनियो, यसले पनि बच्चाहरूमा भय थपेको छ । नेपालमै सात वर्षको बालक संक्रमित भएपछि बच्चाहरू डराउने र आत्तिने क्रम बढेको विज्ञहरू बताउँछन् । शर्मा भन्छिन्, ‘डर पैदा गर्ने समाचार सामग्रीबाट बालबालिकालाई परै राख्नुपर्छ । क–कसलाई संक्रमण भयोभन्दा कसरी बच्न सकिन्छ भन्नेबारे सचेत गराउनु उपयुक्त हुन्छ ।’
बालबालिकाको दैनिकी निश्चित संरचनामा चलिरहेको हुन्छ । स्कुल, पढाइ, साथी, खेल, गृहकार्य आदि–आदि । लकडाउनले सबै ठप्प, उनीहरूले यस्तो परिस्थिति आउला भनेर सोचेका पनि हुँदैनन् । त्यसैले लकडाउन लम्बिँदै जाँदा उनीहरूमा बेचैनी पैदा हुने विज्ञहरूको बुझाइ छ । फेरि कहिल्यै स्कुल जान नपाइएला, साथीहरूसँग भेट नहोला भन्ने त्रास मनमा फैलिएको हुनसक्छ । उप्रेती भन्छिन्, ‘त्यसैले बच्चालाई सन्दर्भ मिलाएर सबै ठीक हुन्छ, पहिलेकै रुटिनमा फर्किन्छौं भनेर बुझाइरहनुपर्छ, ताकि उनीहरूमा आशा जागोस् ।’
बाबुआमा चाहन्छन्, छोराछोरी सधैं खुसी भइदिऊन्, रमाऊन् तर सधैं त्यस्तो नहुन सक्छ । उनीहरू दु:खी पनि हुन सक्छन्, मन खिन्न भएको हुन सक्छ । तर, उनीहरू स्वयंलाई कारण थाहा नहुन सक्छ । यो प्राकृतिक कुरा हो । मनोविज्ञ इलेनिड गिलेनले बीबीसीसँग भनेकी छन्, ‘बच्चाले म खुसी छैन भन्दा अभिभावकले तिमी खुसी हुनैपर्छ वा खुसी हौ भन्ने खालका कुरा गर्नुहुन्न । उनीहरूको भावनाको कदर गर्नुपर्छ ।’ बरु नजानिँदो र झर्कोफर्को नगरी बच्चाको समस्या पहिल्याएर समाधान गरिदिँदा बच्चामा दीर्घकालसम्म सकारात्मक प्रभाव पर्छ, अभिभावकसँग थप सहज महसुस गर्छन् । बच्चालाई हरेक कुराहरू कसरी राम्रो गर्न सकिन्छ भनेर बुझाउन इलेनिडको सुझाव छ | spurce:-kantipur

Labels: