Thursday, May 4, 2023

रोहितको गर्जन, आइसिसीका अनुसार

 काठमाडौँ — विश्वकप क्रिकेट लिग–टुमा स्कटल्यान्डविरुद्ध विजयी रन बटुलेपछि रोहित पौडेलले मैदानबाटै हुँकार भरे । खेलकुदको चल्तीको भाषामा भन्दा रोहितले आफ्नो ‘मसल्स’ देखाए । अर्थात् ‘सो द मसल्स’ । फागुनतिर स्टकल्यान्डमाथि प्राप्त दुई विकेटको उक्त जितमा उनले ९५ रन बनाए । नटआउट पनि रहे । जितका लागि चार रन चाहिएका बेला रोहितले फाइन–लेगमा चौका नै प्रहार गरे । नामिबिया पनि सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले सबै चारै खेल जितेको थियो । 


यसैक्रममा नेपाल घरेलु मैदानमा लिग–टुममा ‘क्लिन स्विप’ गर्ने पहिलो टिम पनि बन्यो । त्यसै पनि रोहित भलाद्मी पाराकै छन् । त्यस दिन किन त्यसरी जितको खुसियाली मनाए होला ? कौतूहलता हुन सक्छ । सायद परिस्थितिले यस्तै मागेको थियो । त्यो यही शृंखला हो, जहाँबाट नेपालले विश्व क्रिकेटमा अविश्वसनीय यात्रा सुरु गरेको थियो । धेरै उतारचढावपछि नेपाली टिमको प्रशिक्षकका रूपमा मोन्टी देसाई नियुक्त भएका थिए र नेपालले प्रतियोगितामा निकै दुर्लभ पुनरागमन रचेको थियो ।

भनिन्छ, विश्व क्रिकेटको पूरा इतिहासमा यस्तो खेलको नमुना विरलै मात्र पाइन्छ । एक समय वान डे मान्यता खोसिने डरबाट गुज्रिरहेको नेपालले त्यसलाई मात्र जोगाएन, उल्टै लगातार खेल जितेर विश्वकपकै ग्लोबल क्वालिफायरका लागि छनोट भएको थियो । यसबारे त धेरै लेखिसकिएको छ । अब त झन् नेपालले एसीसी प्रिमियर लिग पनि जितेको छ । यससँगै नेपाल एसिया कपका लागि पनि छनोट भएको छ । प्रतियोगिता साँच्चै भयो भने त्यसमा नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ ।

Labels:

Wednesday, May 3, 2023

वैशाख २१ गते बिहिबारको राशिफल हेर्नुहोस् : यी राशिको हुँदैछ भाग्योदय !

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ ।



बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइने छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको गाँठो कसिएला । कामबाट पनि फुर्सद पाइने छ । प्रशंसकहरू बढ्नेछन् । आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन् ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । होसियारीसाथ काम लिनुपर्ने समय छ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । सोचेभन्दा राम्रै लाभ हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)कर्मचारी वा शासक वर्गबाट धोका हुनसक्छ, सचेत हुनुपर्छ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइलेखाइमा समय दिन सकिंदैन । आत्मबल र हिम्मतको प्रयोग गरेमा सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)सानो प्रयासले भाग्यनिर्माण गर्न सकिने दिन छ । सँगीसाथी र सहयोगीको मद्दतले बिग्रनै लागेको काम पनि बन्नसक्छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रसिद्धि कमाउने र नाम राख्ने कुनै काममा मन जानेछ । गरेको कामले प्रशंसा पाउने छ । दीर्घकालिक फाइदाका लागि मिहिनेत र परिश्रम गर्ने समय छ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)मिहिनेत र परिश्रम खेर जाँदैन, लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य प्राप्त हुनेछ । अप्रत्याशित उपलब्धी प्राप्त हुँदा मनमा उमङ्ग पलाउने छ । अनुभवी र जान्नेबुझ्नेको रायसल्लाह लिई नयाँ काममा हात हाल्दा राम्रो हुन्छ । गरी आएका व्यापारव्यवसाय र कामधन्दाका क्षेत्रबाट पनि फाइदा नै हुनेछ । नचिताएको मान्छेको सहयोग पाइने छ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कामका लागि अनुकूल समय छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)मुद्दा–मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ । सहयोगीहरू जुट्नाले रोकिएका काम सजिलै सम्पादन हुनेछन् । सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)व्यावसायिक यात्राको सम्भावना छ । मनग्ये आम्दानी हुनेछ । विभिन्न भौतिक साधन जुट्न सक्छन् । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला । प्रेमी÷प्रेमिकाका बीचमा सुमधुरता र सामीप्यता प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउने छ ।

Labels: ,

Tuesday, May 2, 2023

यी ३ राशि माथि हुन्छ सदैव शनि देवको अनन्य कृपा !

 न्यायका देवता शनि कर्मको ग्रह मानिन्छ । यीनको गलत दृष्टिबाट बच्न मानिसले के के गर्दैनन् । शनिले जहिल्यै पनि मेहनती मानिसको साथ दिन्छन् । शनिको कृपा रहेमा रंकलाई राजा र राजालाई रंक बनाउन सक्छन् । गरिबको सेवा गर्नेमा शनिको राम्रो दृष्टि रहन्छ । योसँगै एउटा जानकारी लिनुहोस कि शनिले केहि राशिमा जहिल्यै न्याय गर्दछन् तुला राशिमा शनिको जहिल्यै राम्रो दृष्टि रहन्छ । तुला राशिको विनम्र स्वभाव हुन्छ ।


यीनिहरु विवादबाट सधैँ टाढा रहन्छन् । तुला राशिका व्यक्ति मेहनती र इमान्दारीले जीवन जीउन मनपराउँछन् । यस्तो भनिन्छ कि यो राशिका व्यक्ति मेहनती र गरिबको सहयता गर्ने हुन्छन् । यस्तै अर्को राशि जसमा शनिको कृपा रहन्छ, कुम्भ राशि । शनिदेव कुम्भ राशिको स्वामी हो । यो राशिका व्यक्तिलाई शनिदेव मेहनतको फल दिन्छन् । उनीहरुको थोरै प्रयत्नले पनि शनिदेव प्रशन्न हुन्छन् । यस्तो मानिन्छ कि कुम्भ राशिका जाति शान्त र कसैलाई धोकाखडी नगर्ने हुन्छन् शनिदेवको अर्को प्रिय राशि मकर हो । शनिदेवले यो राशिका व्यक्तिमा जहिल्यै राम्रो कामको लागि फल दिने गर्दछन् । यो राशिका व्यक्तिहरु गम्भीर र सहनशिल हुन्छन् । यी व्यक्तिहरु मनको विपरित केहिपनि गर्दैनन र शनिदेवको साथमा हुन्छन् ।

Labels: ,

आज वैशाख २०: आजको राशिफल , हेरौं आज कुन राशिलाई ठूलो संकट र कुन राशि मालामाल हुनेछ

 मेष–

कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । विशेष योजना गोप्य राख्नुहोला। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला ।


वृष–


रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । कमजोरीले चिन्ता बधाउन सक्छ।


मिथुन–


रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन् । समग्रमा दिन रमाइलो नै छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदै हुनेछ ।


कर्कट–


आजको काममा खर्च लागे पनि दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ । पुरानो गतिले पनि काम बिग्रन सक्छ।


सिंह–


प्रयास गर्दा टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुँदा मन खिन्न हुनेछ । परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन् ।


कन्या–


विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् । साथै अन्नको पनि लाभ होला । विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ ।


तुला–


मान–सम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।


वृश्चिक–


नयां काममा सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । पढाइलेखाइमा पनि समय दिन नसकिएला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । टाढाको यात्राको पनि संम्भावना छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ ।


धनु–


आज मनग्य धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले दुःख पाइनेछ ।



मकर–


पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन् । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ ।


कुम्भ–


प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू पनि सजिलै बन्नेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।


मीन–


नया काम र हातामा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ। व्यवसायमा लाभ लिने समय छ । सामाजिक कामको दायित्व बढ्नेछ । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ।

Labels: ,

शास्त्रले भन्छ – झुक्किएर पनि यी तीन समयमा नसुत्नु

 शास्त्र अनुसार, हामीले सुत्नु भन्दा अगाडी जहिल्यै विचार पु याउनुपर्छ । गलत समयमा सुत्दा हाम्रो स्वास्थ्यलाई बेफाईदा पु¥याउनुको साथै हानिकारक मानिन्छ । 

यी हुन् सुत्नै नहुने तीन समय 

(1):-घाम झुल्किएपछि-शास्त्र अनुसार, घाम झुल्किएपछि पनि सुतिरहनेसँग धनकी देवी लक्ष्मी रिसाउँछिन् । त्यसरी सुत्ने ब्यक्तिहरु जति पैसा भएपनि सन्तुष्ट रहन सक्दैनन् । मानसिक तनाव हुने मात्र होइन, स्वास्थ्य पनि राम्रो हुँदैन ।



(2):-मध्यान्नको समय-मध्यान्नको समयमा पनि कहिल्यै सुत्नु हुँदैन । यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । विशेषगरी दिउँसोको खानापछि सुत्ने मान्छेमा भुँडी बढ्ने समस्या देखिन्छ । शात्र अनुसार मध्यान्नमा सुत्ने मानिस रोगी हुन्छ ।

(3):-घाम अस्ताउने बेला-घाम अस्ताउने बेला पनि कहिल्यै सुत्नु हुँदैन । शास्त्र अनुसार घाम अस्ताउने समय भनेको पुजा अर्चना गर्ने समय हो । विनाकारण यो समयमा सुत्ने व्यक्तिले कहिल्यै सफलता पाउन सक्दैन ।

Labels: ,

Monday, May 1, 2023

यूएईलाई हराउँदै नेपाल एसिया कपको लागि छनौट

 एसीसी प्रिमियर कपको फाईनलमा नेपाल यूएईलाई हराउँदै एसिया कपको लागि छनौट भएको छ । आज नेपाल यूएईलाई ७ विकेटबाट हराउँदै उपाधी जित्दै एसिया कपको लागि छनौट भएको हो ।



हिजो पानी परेकाले पुरा खेल नभएपछि आज दोश्रो दिन खेलको यूएई ११७ रनमा अल आउट भयो । जवाफमा नेपालले ३० ओभरमा ३ बलमा ३ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो । नेपालका गुल्सन झा ६७ तथा भिम साकी ३६ रन बनाए । 

Labels: ,

२०८० वैशाख १९ गते, मंगलवार, २ मे २०२३। वैशाख शुक्लपक्ष द्वादशी तिथि। हेरौँ आजको राशिफल

 २०८० वैशाख १९ गते, मंगलवार, २ मे २०२३। वैशाख शुक्लपक्ष द्वादशी तिथि। उत्तरफाल्गुनी नक्षत्र, १९ः०४ बजेदेखि हस्त



मेष - ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। व्यापार बढ्नुका साथै आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले फाइदा हुने काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने सहयाेगीहरूले राम्राे साथ दिनेछन्।


वृष - TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। समय लागे पनि तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ।


मिथुन - GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। साइनो गाँसेर लाभ उठाउनेहरूले दुःख दिनेछन्। बाहिरी काम छोडेर पनि आफन्त र परिवारजनलाई समय दिनुपर्ला। कृषि, पशुपालन तथा घरेलु कामकाजमै बढी समय बित्नेछ।


कर्कट - CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्।


सिंह - LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सम्पादित कामबाट मनग्गे धन लाभ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्।


कन्या - VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।


तुला - LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आफ्नाे धनमालमा अरूले दाबी गर्न सक्छन्। समयमा काम साँच्नाले व्यवहारमा पछि परिनेछ। लगानीअनुसार फाइदा कम हुनेछ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। सरसापटमा केही रकम बाहिरिन सक्छ।


वृश्चिक - SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

दिन उत्साहवर्द्धक रहला। मेहनतले आम्दानी बढाउनेछ। व्यापार बढ्नुका साथै पेसा–व्यवसायमा लाभ हुनेछ। सानो प्रयत्न गर्दा फाइदा हुन सक्छ। आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा मनग्य धन आर्जन हुनेछ। श्रमको उच्च मूल्यांकन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ।


धनु - SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नयाँ कामले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने माैका पाइनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा पनि राम्रै फाइदा हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ।


मकर - CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विशेष अवसर दिलाउनेछ। पहिलेका समस्या र चुनौती समाप्त हुनेछन्। गरेकाे कामले नाम र दाम दिलाउनेछ। योजना पूर्ण नभए पनि धनलाभ अवश्य हुनेछ।


कुम्भ - AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ। जीवनशैली व्यस्त रहे पनि कम महत्त्वका काममा समय बित्नेछ। कमजोर नतिजा सच्याउन दोहोर्याएर प्रयत्न गर्नुपर्ला। काममा धेरै दौडधुप गर्नुपर्दा स्वास्थ्य कमजोर हुनेछ। अर्थ अभावले पनि मन पिरोलिन सक्छ।


मीन - PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

केही खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। व्यवसायको सन्दर्भमा पनि रमाइलो यात्रा हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। विशेष निम्तो प्राप्त हुनाले आतिथ्य खर्चिलो बन्नेछ। तर, मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न बाधा पर्नेछ।

Labels: ,

नेपाल–यूएईकाे खेल आज हुन नसके भाेलि २७ ओभर ३ बलदेखि नै सुरु हुने

 काठमाण्डाै – एसीसी मेन्स प्रिमियर कपकाे फाइनलमा नेपाल र यूएईबीचकाे खेल अहिले वर्षाका कारण राेकिएकाे छ । 



कीर्तिपुरकाे त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरिरहेकाे यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन बनाएकाे अवस्थामा खेल वर्षाका कारण राेकिएकाे हाे । यसअघि यूएईले १६ ओभरमा ५ विकेट गुमाउँदै ६० रन बनाउँदा पनि खेल वर्षाका कारण राेकिएकाे थियाे । त्यसपछि सुरु भएकाे खेल फेरि वर्षाका कारण राेकिएकाे हाे । 


आज दिउँसाे ३ बजेसम्म नै पानी पर्ने सम्भावना भएकाले आज खेल सुरु हुने सम्भावना कम छ । तर दिउँसाे ३ बजेसम्म पानी राेकिएर २० ओभरसम्मकाे खेल सुरु हुन सक्ने स्थितिमा भने आजै खेल हुनेछ । आज खेल सुरु हुन नसकेमा भाेलि मङ्गलवार 'रिजर्भ डे' मा यूएईले यही अवस्था (२७ ओभर ३ बल– १ सय ६ रन) बाट सुरु हुनेछ । 


भाेलिकाे खेल पनि वर्षाले राेकिएमा ओभर घटाएर खेलाइनेछ । ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर खेलाइनेछ । सुपर ओभर पनि हुन नसक्ने अवस्थामा भने एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताकाे आधारमा विजेताकाे टुङ्गाे लाग्नेछ । एकदिवसीय वरीयतामा नेपाल १४ औँ स्थानमा छ भने यूएई १९ औँ स्थानमा छ । यस्ताे अवस्थामा नेपाल विजेता हुनेछ र आउँदाे सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा छनाेट हुनेछ । एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ ।

Labels: