Wednesday, July 22, 2020

वामदेवले भने: हल्लाको पछाडी नलागौं, हामी एक छौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफूहरुको समुह यथावत रहेको स्पष्ट पारेका छन् । उनले पार्टी हितका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल र आफूसमेतको समुह मजबुत अवस्थामा रहेको बताएका हुन् ।

ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनमा कुरा गर्दै गौतमले समुह छाडेर अर्का अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिन थालेकोबारे सोधिएको प्रश्नमा त्यस्तो हल्लाको पछाडि नलाग्न आग्रह गरे ।
उनले भने, ‘म सहित कमरेडहरु जसरी एक भएर बढेका छौं, हामी अझै एकतावद्ध भएर लागेका छों ।’ गौतमले पार्टीको हितका लागि आफूहरुले पछिल्लो कदम चालिरहेको बताए । उनले सहमति बनाएर अगाडि बढ्ने पनि बताए ।
उनले विगतमा ओलीलाई अध्यक्ष बनाउन आफूले सहयोग गरेको र ओलीकै समुहबाट उपाध्यक्ष जितेको भएपनि अहिले अनगिन्ती विषयमा मतभेद रहेको बताए ।


नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आएको प्रचण्डसहितको समुहमा गौतम पनि छन् । तर, पछिल्लो समय गौतम ओलीप्रति नरम भइरहेको चर्चा चल्दै आएको छ ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home