Monday, December 19, 2022

२३ एसपीको काज सरुवा, आठ जिल्लाका प्रहरी प्रमुख फेरिए

 काठमाडौं । प्रहरी प्रधान कार्यालयले २३ प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार उनीहरूको काज सरुवा गरेको हो । यो सरुवासँगै विभिन्न आठ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।


सरुवा सूचीअनुसार दुर्गाराज रेग्मीले झापाको नेतृत्व पाएका छन् । उनी काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा थिए ।


यसैगरी, नेपाल प्रहरी पहरागण सामाखुसीमा रहेका एसपी कोमल शाहलाई पर्सा प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।


त्यस्तै, विश्वराज खड्का धनुषा, नरेशराज सुवेदी सर्लाही र राजकुमार सिलवालले सिन्धुली प्रहरी प्रमुखको जिम्मा पाएका छन् । सन्तोष सिंह राठौरले बाँके, योगेन्द्र सिंह थापाले सुर्खेत र देवेन्द्रबहादुर पालले कैलालीको नेतृत्व पाएका छन् ।


नौ डीएसपीको पनि काज सरुवा

२३ प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेकै दिन प्रहरी प्रधान कार्यालय नक्सालले ९ प्रहरी नायब उपरीक्षक (डीएसपी)को पनि काज सरुवा गरेको छ ।


सोमबार नेपाल प्रहरीका नौ जना डीएसपीको काज सरुवा भएको हो । उनीहरूलाई अर्को निर्णय नभएसम्मका लागि काजमा खटाउने निर्णय भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


सरुवा सूचीअनुसार सीआईबीमा कार्यरत दानबहादुर थापा इलाका प्रहरी कार्यालय बुटवल सरुवा भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत सुन्दर तिवारीलाई सीआईबी सरुवा गरिएको छ ।


त्यस्तै, इलाका प्रहरी कार्यालय बुटवल, रूपन्देहीमा कार्यरत ठगबहादुर केसीको जिल्ला प्रहरी कार्यालय कास्कीमा काज

 सरुवा भएको छ ।



0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home