Sunday, May 31, 2020

भारतमा रहेका नेपाली जमातीमाथि कोरोना फैलाएको भन्दै मुद्दा चलाइयो,

काठमाडौं : नेपालबाट भरत गएका नेपाली जमातीलाई कोरोना फैलाउन आएको आरोप लगाउदैँ भारतले मुद्दा चलाएको छ । भरत गएका नेपाली जमातीहरुले एभिन्युज खबरलाई संम्पर्क गरि आफुहरुको उद्वार गरिदिन समेत आगह गरेका छन् ।


मुस्लिम धार्मिक यात्राका क्रममा भारतको दिल्ली पुगेका बाराका चार र रौतहटका १६ जना जमातीहरु लकडाउनका कारण त्यहीँ रोकिएका थिए । उनीहरुलाई कोरोना फैलाउन आफ्नो देशमा आएको भन्दै त्यहाँको प्रहरीले मुद्दा चलाएको छ । हाल आफूहरु भारतको दिल्ली स्थित नेरैउलाको एक स्थानिय क्वारेन्टिनमा रहेको बारा निजगढबाट गएका जमाती मियाँद आलमले बताए ।
विराटनगरमा भएको धार्मिक कार्यक्रम सकेर फागुन ७ मा भारत पुगेका बारा निजगढका दुई जनासहित २० जना दिल्लीबाट नेपाल फर्किने क्रममा लकडाउनका कारण रोकिएको मियाँद आलमका दाजु लक्की अलिले बताए ।
दिल्लीबाट नेपाल फर्किने क्रममा लकडाउनका कारण रोकिएको र क्वारेन्टिनमा राखेको ६४ दिन बितिसक्दा समेत नेपाली दूतावासले घर फर्काउन पहल नगरेको मियाँद आलमका आमा फरजाना बेगमले बताइन् ।
उनीहरुलाई अपार्टमेन्टमा राखेको बारेमा भारतस्थित नेपाल दूतावास जानकार भए पनि घर फर्काउन पहल नगरेको र घर फर्काउन प्रबन्ध मिलाउँछौं भनी फर्किएका दूतावासका कर्मचारी सम्पर्कविहीन भएको आफन्तको गुनासो छ । रेल सेवा सञ्चालनमा आएसँगै भारतमा रहेका नेपालीहरु घर फर्किने क्रम जारी छ ।
उनीहरु पनि बस रिजर्भ गरेर फर्किने योजनामा थिए तर, अपार्टमेन्टमा खटिएका सुरक्षाकर्मीले भारत प्रवेश गर्दा भारतीय सरकारलाई जानकारी नगराएको भन्दै मुद्दा चलाएको पीडितको गुनासो छ । भारतका सुरक्षाकर्मीले उनीहरुको नागरिकता नेपाली दूतावासले मागेको छ भन्दै परिचयपत्र तथा नागरिकता लिएर मुद्दा दर्ता गरेको पीडितले जानकारी दिएका छन् । घरबाट तीन महिनाअघि त्यहाँ पुगेका उनीहरु दिल्लीको नजामुद्धिन मरकजमा बसेका थिए ।
उनीहरुसहित सोही मरकजमा अध्ययन गर्न बसेका १३ जना बिद्यार्थीहरुलाई समेत क्वारेन्टिनमा राखिएको थियो । जसमा रौतहटका एक, काठमान्डौंका ३, पोखराका ३, गोरखाका २, कटारीका ३ र सिराहका १ बिद्यार्थी रहेका छन् । अहिले सबैविरुद्ध मुद्दा दर्ता गरी कारर्बाही गर्ने तयारी भारतीय प्रहरीले गरेको छ । त्यहाँ बसेकामा कोरोना संक्रमण देखिएपछि त्यहाँका सबैलाई दिल्ली सरकारले अपार्टमेन्टमा राखेको थियो ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home