Saturday, July 11, 2020

यसरी पर्दाफास भयो प्रधानमन्त्री ओलीलाई हटाउने भारतको ग्य्राण्डडिजाइन

काठमाडौं, असार २७ । भारतीय सेनाका पूर्व मेजर जनरल गगनदीप बक्सीले नेपालको बिषयमा आपत्तिजनक अभिब्यक्ति दिएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीको बिषयमा अत्यन्तै भ्रामक सामाग्री दिएपछि सरकारी टेलिभिजन दुरदर्शनबाहेकका सवै भारतीय न्यूज च्यानलको प्रशारण रोकिएपछि बक्सीले नेपालको स्वाभिमानमाथि नै आँच आउने गरी अत्यन्तै आपत्तिजनक ट्वीट गरेका हुन । उनले चिनियाँ राजदुत यान्छीको फोटो राखेर नेपालको नयाँ शासक र महारानी भन्नेसम्मको निकृष्ट हर्कत गरेका छन ।
हेर्नाेस बक्सीको ट्वीट
भारतीय सेनाका पूर्वमेजर जनरल बक्सीको ट्वीटको नेपालीमा रुपान्तरण यस्तो हुन्छ :
‘नेपालकी नयाँ शासकलाई चिन्नुस । चाइनिज राजदुत महारानी यान्छी । उनले भर्खरै नेपालमा सवै भारतीय समाचार च्यानलहरु प्रतिबन्ध गर्ने घोषणा गरेकी छन । नेपाल छिटोछिटो तिब्बतको बाटोमा गइरहेको छ । नेपाली जनता चाँडो भन्दा चाँडो ब्यूँझनुपर्छ र नेपालका चाउसेस्कु श्री ओलीबाट मुक्त हुनुपर्छ ।’
भारतले लामो समयदेखि अति क्रमण गरी हडपेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गरी संबिधानसमेत संशोधन गरेपछि भारत सरकार र भारतीय मिडिया प्रधानमन्त्री ओली र नेपालबिरुद्ध खुलेयाम लागेका छन ।
यही क्रममा मोदी सरकारको बिशेष पात्र मानिएका बक्सीले प्रधानमन्त्री ओलीलाई जतिसक्दो चाँडो फाल्नुपर्नै भन्दै भारत सरकारको चाहनालाई राखेका छन उनले नेपाल तिब्बतको बाटोमा गएको भन्दै अक्षम्य अपराधसमेत गरेका छन ।
नेपालबिरुद्ध खनिएका बक्सीको भनाईबाटै भारत जसरी पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो पदबाट हटाउन चाहिरहेको प्रष्ट भएको छ । जनताटाइम्स डटकमले प्रधानमन्त्री ओलीको बिरुद्धमा भारतले गरिरहेको चलखेल र आपत्तिजनक हर्कतलाई पाठकसामू जस्ताको तस्तै प्रस्तुत गर्दै आएको छ ।
पछिल्लो समय नेपालमै आएर अनेक हर्कत गर्दा पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउने अवस्था नभएको र जनता प्रतिवादमा उत्रिएपछि भारत सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओली र नेपालबिरुद्ध बहुलाह कुकुर जसरी जता पनि टोक्ने काममा लागेको छ ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home