Wednesday, July 22, 2020

भदौ १ देखि दैनिक १५ वटा अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भदौ १ गते देखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी सुरु गरेको छ। विमानस्थलका प्रमुख देवेन्द्र केसीले कोभिड १९ संक्रमणको जोखिमलाई हेरेर दैनिक १५ वटा सम्म उडान गर्न सक्ने अवस्थामा विमानस्थल रहेको बताए।
उनले विमानस्थलमा डिपार्चर र एराइभलका लागि सामान्य अवस्थामा भन्दा केही बढी समय लाग्ने भएकाले सिमित उडानबाट विमानस्थललाई सूचारु गरिने बताए। सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भदौ १ गते देखि आन्तरिक र बाह्य उडान सुचारु गर्ने निर्णय गरेको छ।
तर विमानस्थलले भदौ १ पछि दैनिक कति उडान गर्ने भन्ने औपचारिक निर्णय भने गरिसकेको छैन। तर पनि संक्रमणको जोखिमलाई ध्यान दिएर दैनिक १५ वटाभन्दा बढी उडान गर्न सम्भव नदेखिएको केसीले बताए। त्यस्तै, आन्तरिक उडानतर्फ दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सम्भव हुने उनले बताए।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home