Thursday, May 4, 2023

हिन्दु धर्ममा १०८ अंकको महत्व के छ ? जान्नुहोस् यो अद्भुद रहस्य !

 कहिल्यै रुद्राक्ष मालामा भएका रुद्राक्षदाना गन्नुभएको छ? विवाहमा स्वयंवर गर्दा दुलहादुलहीले लगाउने मालामा भएका फूलका थुङ्गा गन्नुभएको छ? गन्नुभएको छ भने थाहा हुनपर्ने कि त्यहाँ १०८ वटा रुद्राक्षदाना र १०८ वटै फूलका थुङ्गा हुनुपर्छ। अनि मुक्तिनाथ मन्दिरमा पनि १०८ वटा धारा छन् नि, थाहा छ? हिन्दु धर्ममा जसरी ‘ऊँ’ अक्षरलाई पवित्र मानिन्छ, त्यसको प्रतिष्ठा गाइन्छ, त्यसरी नै ‘१०८’ अङ्कको एकदमै ठूलो महत्व रहेको छ। अझै शास्त्रविदहरू त के पनि भन्छन् भन्दा ‘कुनै पनि मन्त्र जप गर्दा होस् या पूजा पाठ गर्दा होस्, फल पाउनको लागि १०८ दाना भएकै रुद्राक्षमालाले जप गर्नुपर्छ। यी सबै तथ्यहरू सुन्दा अब तपाईँको मनमा पनि हलुका खुल्दुली भैसक्यो होला कि ‘हिन्दु धर्ममा १०८ को महत्व के छ त?


यस्ताे छ १०८ को महत्व?सर्वप्रथम त, सूर्यको व्यास (Diameter) पृथ्वीको व्यासभन्दा १०८ गुणा ठूलो छ। अनि सूर्यदेखि पृथ्वीसम्मको औषत दूरी सूर्यको व्यासभन्दा १०८ गुणा बढि छ।पृथ्वी देखि चन्द्रमासम्मको औषत दूरी चन्द्रमाको व्यासभन्दा १०८ गुणा बढि छ। आयुर्वेदका अनुसार, जीवित प्राणीलाई जीवन प्रदान गर्ने १०८ वटा ‘मर्म विन्दु’हरू हुन्छन्। हिन्दु धर्ममा शक्तिशाली ठानिने ‘श्रीयन्त्र’मा भएका रेखाहरू ५४ ठाउँमा प्रतिच्छेदन (Intersect) हुन्छन्, जसको आ-आफ्नै शिव र शक्ति गुण हुन्छ। अनि त्यसको कुल निकाल्दा १०८ हुन जान्छ।


ज्योतिषशास्त्रका अनुसार, १२ नक्षत्र (राशि) र ९ ग्रहहरू हुन्छन्, जसलाई गुणा (Multiply) गर्दा १०८ हुन आउँछ । तान्त्रिकविद्याका अनुसार, एक व्यक्तिले एक दिनमा करीब २१,६०० पटक स्वास फेर्ने अनुमान गरिएको छ, जसमध्ये १०,८०० लाई सौर्य ऊर्जा र १०,८०० लाई चन्द्र ऊर्जा मानिन्छ। १०,८०० लाई १०० ले भाग गर्दा १०८ हुन्छ।हिन्दु धर्मका प्राचीन साधु ‘भरत’ले ‘नाट्य शास्त्र’ रचेका थिए, जसमा १०८ करणहरू छन्।


(करण:- हात र खुट्टाको चाल), संस्कृत भाषामा ५४ वटा अक्षरहरू छन्, जसको आफ्नै शिवपक्ष र शक्तिपक्ष हुन्छन्। जसको कुल निकाल्दा १०८ अक्षरहरू हुन आउँछन्।हिन्दु धर्ममा १०८ पुराणहरू र १०८ उपनिषदहरू छन्। ९ र १२ को गुणा गर्दा १०८ हुन्छ र विश्वका अनेकौँ परम्परामा यी दुवै ९ र १२ अङ्कको विशेष महत्व रहेको पाइएको छ। अङ्गगणितमा १, २ र ३ को पावरलाई जोड्दा १०८ हुन्छ:- १ को पावर १ = १ २ को पावर २ = ४ ३ को पावर ३ = २७ र १, ४ र २७ को गुणा गर्दा १*४*२७ = १०८ हुन्छ।संस्कृत भाषाको गणितमा ‘हर्शद अङ्क’ भन्ने हुन्छ, जसको अर्थ हुन्छ:- यस्तो मूलाङ्क (Integer) जसलाई त्यसैको अङ्कसङ्ख्या (Digit)ले भाग गर्दा मूलाङ्क नै आउँछ।


हर्शद अङ्कको एउटा राम्रो उदाहरण भनेकै १०८ हो।अभिलाषा : हिन्दु शास्त्रका अनुसार, नश्वर प्राणीमा १०८ वटा सांसारिक अभिलाषाहरू हुने ठानिन्छ।

असत्य: शास्त्रका अनुसार, मानवजातीले बोल्ने असत्य कुराहरूको १०८ प्रकार भएको ठानिन्छ।अज्ञानता : मानवजातिका १०८ अज्ञानता हुन्छन् भन्ने हिन्दु धर्ममा विश्वास गरिन्छ।हृदयचक्र : अध्यात्मवादका अनुसार, मानिसको शरीरमा हजारौँ शक्तिरेखाहरू हुन्छन् र त्यसको प्रतिच्छेदन भएको विन्दुलाई नै ‘चक्र’ भनिन्छ। अनि हाम्रो मुटुनेर हुने हृदयचक्र १०८ वटा शक्तिरेखाहरू मिलेर बनेका हुन्छन्, जसमध्ये एक रेखा ‘सुषुम्ना’ शिरचक्रतर्फ फैलिएको हुन्छ।


आत्मज्ञान प्राप्त गर्नको लागि यहि शिरचक्रलाई महसुस गर्नुपर्छ भन्ने अध्यात्मशास्त्रीहरू विश्वास गर्दछन्। यदि कोहि व्यक्ति ध्यानमा तल्लीन भएर दिनमा केवल १०८ पटक मात्रै सास फेर्न सक्षम हुन्छ भने उसले बुद्धत्व प्राप्त गर्नसक्ने अध्यात्मशास्त्रमा उल्लेख गरिएको छ।पञ्चभूत : भनिन्छ, यो ब्रह्माण्ड पञ्चभूतले बनेको छ:- जल, वायु, अग्नी, धर्ती र आकाश। हिन्दु शास्त्रमा यी ५ तत्वलाई ‘पञ्चभूजाकार’ (Pentagon) मा राखिएको छ। अनि पञ्चभूजाकारको प्रत्येक कुनाको कोण १०८ डिग्री हुन्छ।


काल : यो पनि भनिन्छ कि मानवजातिमा १०८ प्रकारका भावनाहरू हुन्छन्:- ३६ प्रकार भूतसँग जोडिएका, ३६ प्रकार वर्तमानसँग जोडिएका र ३६ प्रकार भविष्यसँग जोडिएका।गङ्गा नदी: महाभारत क्षेत्रमा बग्ने पवित्र नदी ‘गंगा’ पृथ्वीको १२ डिग्री देशान्तर (longitude) र ९ डिग्री अक्षांश (latitude) मा फैलिएको छ। अनि १२ र ९ लाई गुणा गर्दा १०८ हुन आउँछ। १, ० र ८ हिन्दु धर्मका पुराणका अनुसार, १ लाई ज्ञान, ० लाई पूर्ण ज्ञान अर्थात सम्पूर्णता र ८ लाई अनन्त ज्ञानको प्रतीक मानिन्छ।



चाँदी र चन्द्रमा : ज्योतिषशास्त्रमा धातु चाँदीलाई चन्द्रमाको प्रतीक मानिन्छ र रसायन शास्त्रका अनुसार चाँदी (Silver – Ag) को परमाणविक तौल (Atomic Weight) १०८ हुन्छ।अङ्कसीमितता : १०८ को १ र ८ लाई जोड्दा ९ हुन्छ र गणितशास्त्रमा प्रमुख अङ्क अर्थात मूलाङ्क केवल ९ सम्म मात्रै सीमित हुन्छ:- ०, १, २, ३, ४, ५, ६, ७, ८, ९ध्यान: अध्यात्मवादका अनुसार, ध्यान गर्ने जम्मा १०८ तरिका हुन्छन्।मेरु वा सुमेरु : रुद्राक्ष मालाको टुप्पामा हुने एउटा दाना, जहाँबाट गन्न सुरु गरिन्छ, जुन १०८ मा पर्दैन, त्यसलाई सुमेरु अथवा मेरु भनिन्छ। यसको मतलब हुन्छ, आदि पनि त्यहि अन्त्य पनि त्यहि।

Labels: ,

‘अमेरिका पठाउने भनेर पैसा लिएकाहरू ठग रहेछन्, लौ अब हाम्रो त जहाजै डुब्ने भयो, पैसा कसरी उठाउने, ऋण कसरी तिर्ने ?’

 काठमाडौँ — नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भन्दै पैसा धुत्ने गिरोह र मिलिभगत गर्ने शक्तिमानहरू एक–एक गरी पक्राउ पर्न थालेपछि उनीहरूको घरमा भन्दा बढी पीडा पीडितकै परिवारमा छ । ‘अमेरिका पठाउने भनेर पैसा लिएकाहरू ठग पो रहेछन्, लौ अब हाम्रो त जहाजै डुब्ने भयो, पैसा कसरी उठाउने, ऋण कसरी तिर्ने ?’ पीडितका घरघरमा यही प्रश्न छ ।


गिरोहका नाइके केशव दुलालको समूह एक महिनाअघि पक्राउ परेपछि नै झापाको केचनाकवल निवासी वासु भट्टराईको भोक, प्यास र निद्रा हराएको छ । सामान्य खेतीकिसानी र मेची वारपार बन्दव्यापार गरेर जीवन गुजारा गरिरहेका वासुले छोरा सन्तोषलाई अमेरिका उडाउने आसमा गिरोहलाई १० लाख बुझाएका थिए, त्यो पनि ४ वर्षअघि । त्यसयता उनले यो विषयमा गतिलो खबर सुनेका छैनन् । अहिले त उनको मनमा पहिरो नै गएको छ ।

‘कास्कीका रामशरण केसीलाई १० लाख बुझाएको ४ वर्ष भयो, उनीहरूले केही महिनापछि, केही सातापछि भन्दै झुलाए । तर, मुख्य नाइके केशव दुलाल र सानु भण्डारी पक्राउ परेपछि रामशरण पनि सम्पर्कमा छैनन्, अब त झन्–झन् ठूला मान्छे पक्राउ पर्न थाले, यो महाभारत कहिले सकिने हो, कहिले पैसा फिर्ता आउने हो ?’ उनी अत्तालिएका छन् ।


झापा, केचनाका श्यान(श्याम) भट्टराई र बादल श्रेष्ठ परिवारको अमेरिका जाने प्रक्रियाको फर्म ।

देशमा न शिक्षा, स्वास्थ्यको व्यवस्था छ न रोजगारीको । बरु छोरा अमेरिका गए भविष्य बन्ने थियो भनेर वासुले ऋण खोजेका थिए । त्यति मात्र होइन, नाम फेर्नुपर्ने सर्त आएपछि उनले छोरा सन्तोषको नाम श्याम बनाउन सहमति पनि दिएका थिए । शरणार्थी समस्या समाधान पहिल्याउन गृह मन्त्रालयबाट गठित कार्यदलको सचिवालयमा पुगेर श्याम (सन्तोष) ले ‘भुटानी शरणार्थीमा नाम दर्ता गरिपाऊँ’ भन्दै निवेदन पनि दर्ता गरेका थिए । निवेदनमा उनको घर भुटानको लामीडाँडा, चिराङ रहेको र हाल बेलडाँगीको शरणार्थी शिविरमा बसोबास रहेको उल्लेख थियो । यी सबै काममा गिरोहका सदस्य नै अग्रसर थिए ।


तत्कालीन सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले तयार पारेको भनिएको प्रतिवेदनको अनुसूची ९(क) को नामावली सूचीमा १९४ नम्बरमा नाम छ– श्याम भट्टराई । यसरी सूचीमै नाम आएपछि अमेरिकी सपना साकार हुनेमा भट्टराई परिवार विश्वस्त थियो । तर, अहिले सबै सपना हुरीले उडाएजस्तै भएको छ ।


यस्तै, ताहाचलका श्यामकुमार श्रेष्ठले पनि गिरोहका सदस्य सानुराम भण्डारीलाई ६ लाख बुझाएका थिए । अझ उनले त श्रीमती विनिता र २ नाबालक छोराछोरी पनि अमेरिका पठाउने प्रलोभन पाएका थिए । कथित प्रतिवेदनमा शरणार्थी छुट दर्ता अनुसूचीको १९० नम्बरमा बादल श्रेष्ठको नाम छ, गिरोहले उनलाई यही नाम दिएको थियो । ‘भुटानी शरणार्थी बनेर अमेरिका जान पाइन्छ भनेपछि बैंकबाट पैसा जम्मा गरिदिएको थिएँ, नाम आएको पनि थियो,’ भन्छन्, ‘धेरै पछिसम्म आशा थियो तर अहिले न त्यो गिरोह सम्पर्कमा छ, न म आफैं केही गर्न सक्ने अवस्थामा छु ।’


अनामनगरका नुपु शेर्पाले पनि अघिल्लो वर्ष भदौ ३० मा गिरोहका सदस्य रामशरणलाई ५ लाख रुपैयाँ हातैमा दिएको बताए । उनलाई विश्वस्त बनाउन गिरोहले पूर्व नै बोलाएको थियो । ‘इटहरीको गोकुलम् रिसोर्टभित्र लगेर मलाई भुटानी शरणार्थीमा नाम दर्ता गरिपाऊँ भन्ने निवेदनमा सहीछाप गराइएको थियो,’ शेर्पा सम्झन्छन् ।


पन्थी कार्यदल प्रतिवेदनको छुट दर्ता नक्कली अनुसुचीमा श्यानको नम्बर १९४ र बादलको १९० ।


गोकुलम् रिसोर्टलाई नै मूल मुकाम बनाएर केशव दुलाल, सानु भण्डारीसहितका स्थानीय एजेन्टहरू अमेरिका जान पाइने आसमा नेपाल मात्र होइन, भारत पश्चिम बंगालको सिलिगुडी आसपासबाट आउनेसँग पैसा उठाउने गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् । ५ वर्षदेखि संगठित यो गिरोहले इटहरीको गोकुलम् रिसोर्ट, कलंकीको क्राउन इम्पेरियल र सानेपाको इन्टरनेसनल क्लबमा बसेर नक्कली कागजात बनाउने तथा पैसा असुलउपर गर्ने गरेको प्रमाण प्रहरीले प्राप्त गरेको छ । गृहले गठन गरेको कार्यदलको प्रतिवेदनमा नक्कली अनुसूची थपेर ८७५ जनाको नाम थपेको गिरोहले उनीहरूबाट रकम असुलेको थियो । पूर्वमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहितबाट सहयोग पाएको यो गिरोहले नक्कली कागजातकै भरमा पैसा उठाइरहेको थियो ।


प्रलोभनमा सर्वसाधारणलाई फसाएर रकम असुल्दै हिँड्ने रामशरण केसी स्वयंले ‘आफू पीडकभन्दा बढी पीडित रहेको’ बताएका छन् । अर्का एजेन्ट प्रेमराज पन्थीसँगै कान्तिपुरको सम्पर्कमा आएका केसीले भने, ‘दुलाल र भण्डारीले भनेअनुसार मैले ३४ जना व्यक्तिबाट जनही १० लाख रुपैयाँका दरमा ३ करोड ४० लाख रुपैयाँ उठाएको हुँ । तर, यो पैसा सानु भण्डारीको खातामा जम्मा गरिसकेको छु, यसका सबै बैंकिङ कागजात र प्रमाण साथैमा छन् । पछि मैले पीडित व्यक्तिहरूको पैसा फर्काउन आफ्नै घर बन्धक राखेर सकेजति ऋण चुक्ता गरेको छु,’ उनले भने ।


गिरोहका नाइकले भागबण्डा लगाएर एजेन्टलाई पैसा उठाउन दिएको नामावली ।


गिरोहको एजेन्टका रूपमा काम गरेका प्रेमराज पन्थी र भेषराज शर्मा लम्सालले पनि दुलाल र भण्डारीकै निर्देशनमा पैसा उठाएको भए पनि तिनको ऋण चुक्ता गर्दा आफूहरू टाट पल्टिएको बताउँछन् । लम्सालले त गिरोहका नाइके दुलाल र भण्डारीले आफूबाट झन्डै ३ करोड ४० लाख रुपैयाँ असुलउपर गरेको भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयमा दुलाल, भण्डारी र अर्का मतियार दिवाकर बुढाथोकीका विरुद्ध उजुरी दिइसकेका छन् । केशवकी श्रीमती दीपा हुमागाईंका नाममा साटिएको चेक रकमको प्रतिलिपि पनि अनुसन्धानमा छ ।


यसरी गिरोहका एजेन्ट केसी, पन्थी र शर्माले नै ‘मर्का’ मा परेका दाबी गर्दा उनीहरूबाट पीडितहरूको अवस्था के होला ? अनुमान गर्न धेरै गाह्रो छैन । गिरोहले थपेको अनुसूचीमा नाम देखाएर पैसा असुल्न एजेन्टहरू जिल्ला–जिल्ला गएका थिए । आफ्नो भागमा परेका ३२ जनाबाट ५ लाखदेखि माथि जति पनि उठाउन सकिने भनेर काठमाडौंमा रामशरण केसी र कास्कीमा प्रेमराज पन्थी, भेषराज लम्सालसहित खटिएका थिए । ‘मेरा नाममा आएको नामावलीको सूची बोकेर पैसा असुल्न उनीहरूले आइडिया दिएका थिए,’ केसीले आफ्नो भागमा परेको नामावली पनि कान्तिपुरलाई देखाए ।


प्रतिवेदन


केसीका अनुसार दुलालहरूको गिरोह कहिले हिमालय होटल, कहिले र्‍याडिसन होटलमा बसेर कम्तीमा सिभास रिगल ह्वीस्की पिउँदै संकलित कागजातमाथि छलफल गर्थे । ‘सुजातालाई भेट्छौ कि टोपबहादुरलाई ?’ दुलालको भनाइ सुनाउँदै म्याग्दीका तुलबहादुर पुन भन्छन्, ‘मैले पनि ५० जति गाउँलेबाट पैसा उठाएँ, एक जनाबाट १० देखि १५ लाख रुपैयाँसम्म उठाएको छु, त्यो पैसा सानु भण्डारीलाई पठाएको छु ।’


कास्कीका प्रेमराज पन्थी पनि यस्तै नामावलीका भरमा आफूले पैसा उठाएर दुलाल र भण्डारीलाई पठाउने गरेको बताउँछन् । कहिले सिंहदरबारभित्र बैठक बसेको र कहिले बालुवाटारकै भेलाको फोटो पठाएपछि यिनीहरूको ‘कनेक्सन’ बलियो रहेछ भन्ने बुझेर पैसा उठाएको उनी बताउँछन् । फागुन २७ सम्म पनि अमेरिका उडाइदिने भन्दै उनीहरूले सर्वसाधारणबाट रकम असुलिरहेका थिए ।


अहिले हिरासतमा भएका गिरोहका नाइकेहरूमा अझै पनि आत्मबल देखिन्छ । मोरङ, पथरीबाट आएका एक पीडित नाइके सानु भण्डारीलाई भेट्न मंगलबार कालीमाटी प्रहरी सेल पुगेका थिए । ‘के चिन्ता गर्नुहुन्छ, हामी २/४ दिनमै छुट्छौं । सब सेटिङ मिलिसक्यो । सबैको हिसाबकिताब मिल्नेछ, चिन्ता नगर,’ उनले यही भनेर फर्काइदिए । एक महिनायता उपत्यका अपराध अनुसन्धान कार्यालयले दुलाल, भण्डारीसहित टंक गुरुङ, सागर थुलुङ राई, सन्देश शर्मा पोखरेल, इन्द्रजित राई, सन्दीप रायमाझीलाई पक्राउ गरिसकेको छ । यस्तै इन्द्रजित राईका छोरा नीरज र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बिहीबारसम्म पीडितका तर्फबाट २० वटा किटानी जाहेरी परेका छन्, यी उजुरीअनुसार मात्र पनि २४ करोड रुपैयाँको ठगी भएको छ । अरू ८७५ जनाको नामै तयार पारिएकाले उजुरी आउने क्रम जारी छ ।

Labels:

बिहे व्रतबन्ध लगायतका कारण माग बढ्दा काठमाण्डौमा गोलभेँडाको भाउ बढ्यो

 काठमाण्डाै - बिहे व्रतबन्धका कारण काठमाण्डौमा गोलभेँडाको भाउ बढेको छ ।



माग अनुसार गोलभेँडाको आयात नहुँदा भाउ बढेको काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । अघिल्लो हप्ता थोक बजार कालीमाटीमा किलोको १५ देखि २० रुपैयाँसम्म कारोबार भएको गोलभेँडा अहिले किलोको ५० देखि ६० रुपैयाँ थोक मूल्य छ ।


समितिका उपनिर्देशक एवं सूचना अधिकारी विनय श्रेष्ठका अनुसार यो हप्ता गोलभेँडाको माग निकै बढेको छ । दैनिक भान्छामा अचार र तरकारीमा समेत प्रयोग हुने भएकाले अन्य तरकारी भन्दा गोलभेँडाको धेरै कारोबार हुने गर्छ । होटल रेष्टुरेन्टमा पनि गोलभेँडाको माग धेरै हुन्छ । यो हप्तादेखि विवाह र व्रतबन्धको लगन समेत सुरु हुन थालेकाले गोलभेँडाको माग बढेको श्रेष्ठले बताउनुभयो ।


स्वदेशी उत्पादनले अहिले माग धानेको छैन । अहिले भारतबाट पनि गोलभेँडाको आयात नबढेकाले भाउ बढेको समितिका उपनिर्देशक एवम् सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक ७० देखि ८० टन गोलभेँडाको कारोबार हुने गरेको छ ।


काठमाण्डौ उपत्यकासँगै, धादिङ, काभ्रे, चितवन, सर्लाहीलगायत ठाउँबाट गोलभेँडा भित्रिने गरेको छ । यस्तै, पहिले पहिले भारतबाट धेरै भित्रिने गरेकोमा अहिले अनुपात घटेको समितिले जनाएको छ । 

:-  उज्यालो अनलाइन बाट साभार।

Labels: ,

गुच्चीच्याउबाट कसरी आम्दानी गर्न सकिन्छ ?

 मुगु । सोरु गाउँपालिका–४ फोतुकी रामदेवी शाहीलाई अहिले गुच्चीच्याउ टिप्न भ्याइनभ्याइ छ। उनी बिहान सबेरै नजिकका सामुदायिक वनमा पुगेर साँझअबेर मात्र घर फर्किन्छिन् ।


हिमपात र वर्षा धेरै भएकाले यसपाली गुच्चीच्याउको उत्पादन राम्रो भएको जनाउँदै उनी दिनभरी गुच्चीच्याउ टिप्न व्यस्त भएकी हुन् । गतवर्ष च्याउ टिपेर रु २५ हजार कमाएकी उनलाई यस वर्ष झन् बढी पैसा कमाउने धोको छ। ताजागाउँकी बेलसरा बुढाले पनि वनजङ्गलमा बाख्रा चराउँदै गुच्चीच्याउ सङ्कलन गर्ने गरेकी छिन् । गतवर्ष च्याउ बेचेर उनले रु ४० हजार कमाएकी थिइन् ।


जिल्लाका ग्रामीण भेगका बासिन्दालाई अहिले गुच्चीच्याउ टिप्ने चटारो छ। जिल्लामा बर्सेनि चैतको पहिलो सातादेखि गुच्चीच्याउ टिप्ने ‘सिजन’ सुरुआत हुन्छ। विपन्नको मुख्य आयस्रोतका रूपमा चिनिने च्याउले बर्सेनि राम्रो मूल्य पाउन थालेको छ।


यस वर्ष भारी हिमपात र अधिक वर्षा भएकाले गुच्चीच्याउको राम्रो उत्पादन भएको स्थानीयवासीको आशा छ। ‘जङ्गलमा च्याउ टिप्दैमा दिन बित्ने गरेको छ,’ उनले भनिन्, ‘च्याउ नटिपे वर्षभरिको खर्च धान्न मुस्किल हुन्छ, त्यसैले वनजङ्गलको च्याउलाई मुख्य आयआर्जनको स्रोत बनाएका छौं।’ च्याउ टिप्न बिहानै वनजङ्गलमा जानुपर्ने र साँझ मात्र घर फर्किने भएकाले पहिले नै खानपिनको व्यवस्था गर्नुपर्ने उनले बताइन् ।


स्थानीय बजारमा गुच्चीच्याउको मूल्य प्रतिकिलो रु १४ हजारदेखि १७ हजारसम्म पर्ने स्थानीयवासीको भनाइ छ। केही व्यापारीले प्रतिगोटा सात रुपैयाँमा च्याउकिन्ने गरेका छन्। जिल्लाको खत्याड, सोरु, मुगुमकार्मारोङ गाउँपालिका र छायानाथ रारा नगरपालिकाका अधिकांश जङ्गलमा गुच्चीच्याउ पाइन्छ छ।



बेँसीतिर उम्रिने गुच्चीच्याउ पहेँलो आकारको हुने र लेकमा उम्रने च्याउ कालो आकारको हुने सोरु गाउँपालिकाकच्चेका कलबहादुर कार्कीले बताए । उनका अनुसार च्याउ टिप्ने समयमा गाउँमा ज्येष्ठ नागरिक र अशक्तमात्र घरमा बस्छन्। बालबालिकासमेत पढाइ छाडेर गुच्चीच्याउ टिप्न जाने गरेका छन् र च्याउको सिजनका बेलागाउँबस्ती सुनसान हुने गरेको छ। निगालो, पीपल, उन्युँ बढी भएको जङ्गलमा गुच्चीच्याउ बढी उम्रिने गरेको छ।


उनका अनुसार उम्रेको दुई सातासम्म टिप्न नसके कुहिने, वन्यजन्तु र चराले खाने समस्या छ। सोरु गाउँपालिकाको रुम, रारा गिलाहा, धैनकोट, कालै, फोतु नेर, नार्थपु, खत्याड गाउँपालिकाको खमाले, गम्था, निगालबोट तथा मुगुमकार्मारोङ गाउँपालिकाको चितै, माग्री, पापु गाउँकाजङ्गलमा च्याउ बढी पाइन्छ।


जिल्लामा उत्पादित गुच्चीच्याउ नेपालगञ्ज, काठमाडौँं र तिब्बत्सम्म जाने गरेको नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष मेलबहादुर शाहीले बताए । उनका अनुसार व्यवसायीले गाउँमै पुगेर च्याउ सङ्कलन गर्छन्। उनले जिल्लामा करिब २० क्विन्टल बढी गुच्चीच्याउ पाइने गरेको बताए।


सोरु गाउँपालिकाको वन क्षेत्रमा सङ्कलन हुने च्याउव्यापारीले हुम्लाको हिल्सा नाका हुँदै तिब्बती बजारमा पुर्‍याउने गरेका छन्। गुच्चीच्याउको तरकारी मासुजस्तै स्वादिलो हुने र औषधि निर्माणमासमेत प्रयोग गरिने भएकाले यसको माग बढेको उनको भनाइ छ।

Labels: ,

Tuesday, May 2, 2023

रविलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव

 काठमाडौं, वैशाख २० । आमनिर्वाचन भएको ६ महिना नबित्दै फेरि सरकार फेरबदलको खेल सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ‘प्रधानमन्त्री’को अफर गरेका छन् ।


एमाले, रास्वपा, जसपा, जनमतसहितका दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत ११ पुसमा प्रधानमन्त्रीको शपथ लिएका थिए । तर, अहिले एमालेसँगको सहकार्य तोडेर प्रचण्ड नेपाली कांग्रेस, नेकपा ९एकीकृत समाजवादी०सहितका दलसँग नयाँ गठबन्धन गरेपछि एमाले संघीय र प्रदेश सरकारबाट बाहिरिएको छ ।


सरकारबाट बाहिरिएपछि एमालेले नयाँ गठबन्धन बनाएर प्रचण्ड नेतृत्वको सरकार जसरी पनि ढाल्ने खेलमा लागेको छ । सोही क्रममा एमाले अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन् ।



राजनीति सम्भावनाको खेल हो जे पनि हुन सक्छ, । तर, एमालेले गरेको प्रस्ताव कतिको विश्वास गर्न सकिन्छ हेरौं न । छलफल भइरहेको छ, अन्तिम निर्णय त पार्टी केन्द्रीय समितिले गरेअनुसार नै हुने हो


एमालेबाट प्रधानमन्त्रीको प्रस्ताव आएपछि रास्वपा अध्यक्ष लामिछाने मंगलबार जनमत पार्टीका अध्यक्ष डा। सिके राउतसँग छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनमत सरकारसँग असन्तुष्ट छ । एमाले, रास्वपा, जनमत, जसपासहितका दलसँग मिलेर नयाँ गठबन्धन बनाउने र सरकारको नेतृत्व गर्ने’दयगत लामिछाने छलफल अगाडि बढाएका हुन् ।


रास्वपा उपाध्यक्ष डोलप्रसाद अर्यालले एमालेबाट आएको प्रस्तावअनुसार अन्य दलसँग छलफल भइरहेको बताए । अहिले नै अन्तिम निष्कर्षमा पुगिनसकेको बताउँदै उनले थप निर्णय पार्टीको बैठकबाट नै हुने बताए ।


‘राजनीति सम्भावनाको खेल हो जे पनि हुन सक्छ । तर, एमालेले गरेको प्रस्ताव कतिको विश्वास गर्न सकिन्छ हेरौं न । छलफल भइरहेको छ, अन्तिम निर्णय त पार्टी केन्द्रीय समितिले गरेअनुसार नै हुने हो,’ अर्यालले भने ।


रास्वपा सभापति लामिछानेले जनमत पार्टीका अध्यक्ष डा राउतसँग भेटिसकेपछि अब जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटने प्रयासमा छन् । तर, उनीहरूबीच भेटघाटको समयतालिका मिलिसकेको छैन । राजधानी दैनिकबाट

Labels: ,

रवि लामिछानेका ड्राइभर शम्भुको उपचारको क्रममा निधन

 काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका गाडी चालक दिलबहादुर थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पताल स्रोतका अनुसार उनको मंगलबार दिउँसो साढे एक बजेको करिब निधन भएको हो ।


नेपाल मेडिसिटी अस्पतालकी सूचना अधिकारी मनिता पोखरेलका अनुसार ड्राइभर थापालाई चिकित्सकहरूले १ बजेर ३५ मिनेट जाँदा मृत घोषित गरेका हुन् ।

वैशाख ४ गते बिहान ४ बजे घरको छतबाट लडेर सख्त घाइते भएका शम्भु भनिने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचार गरिएको थियो । टाउकोमा गहिरो चोट लागेका थापाको भरतपुरमा नै शल्यक्रियासमेत गरिएको थियो । उनलाई वैशाख ५ गते मंगलबार सेनाको हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा थप उपचारका लागि ल्याइएको थियो ।

सभापति लामिछानेले थापाको उपचारमा संलग्न चिकित्सक तथा उनका परिवारका सदस्यसमेतको सहमतिमा थप उपचारका लागि मेडिसिटी अस्पताल ल्याइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए ।

Labels: ,

Tuesday, April 25, 2023

फ्लाई दुबईका प्रमुख र स्टेसन म्यानेजरको पास रोक्का

 काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार राति उडानका क्रममा समस्या देखिएको फ्लाइ दुबईको जहाजमा चरा ठोकिएको सूचना सम्प्रेषण गर्ने दुई कर्मचारीको पास रोक्का गरेको छ । प्राधिकरणले नेपालस्थित फ्लाइ दुबईका प्रमुख र स्टेसन म्यानेजरको पास रोक्का गरेको हो । 



कुनै प्रमाण र अध्ययन विना फ्लाइटमा चरा ठोकिएको र समस्या आएको गलत सूचना सम्प्रेषण गरी भ्रम छरेको प्राधिकरणको भनाइ छ । यस्तो गलत सूचना सम्प्रेषण गर्ने फ्लाइ दुबईका कर्मचारीलाई तत्कालका लागि विमानस्थल छिर्न नदिनेगरी पास रोक्का गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । यद्यपि, उनीहरूको पास कति समयसम्म रोक्का रहन्छ, सो भने प्राधिकरणले बताएको छैन । 

सोमबार राति ९ः २० बजेट १६९ यात्रु बोकेर दुबई उड्दै गरेको फ्लाइ दुबईको कलसाइन एफजेड–५७६ विमानमा उडान लगत्तै आगोको मुस्लोसहित अस्वाभाविक आवाज निस्किएको थियो । यसलगत्तै केहीबेर नेपाली आकाशमा नै जहाज होल्ड गरेर स्थिति सामान्य भएपछि विमान दुबई नै प्रस्थान गरेको थियो । फ्लाइ दुबईले जहाज उडानका क्रममा चरा ठोकिएर समस्या आएको बताए पनि यता नेपाल नागरिक उड्डयन प्राधिकरणले भने सो पुष्टि हुने कुनै आधार नभेटिएको जनाएको छ ।

Labels:

रविलाई बधाई दिँदै जीतनारायण श्रेष्ठले भने, 'अब ठुला दल कि सच्चिनुपर्छ कि सक्किनुपर्छ'

 चितवन–२ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ पराजय स्वीकारेका छन्। चुनावको आधिकारिक मतपरिणाम नआउँदै श्रेष्ठले हार स्वीकार गर्दै स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बधाई दिएका हुन्।  



गणना गर्नुपर्ने मतभन्दा रास्वपाका उम्मेदवार रवि लामिछानेले धेरै मतान्तर बनाइपछि सबैले उनलाई बधाई दिनेक्रम जारी छ ।  


श्रेष्ठले रविलाई बधाई दिएर संचारकर्मीहरुसँग कुरा गर्दै अब ठुला दलहरुले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने बताए। उनले ठुला दलहरुले अब कि त सच्चिनुपर्छ कि सक्किनुपर्छ भन्दै कांग्रेस सक्किने भन्दा पनि सच्चिने तर्फ जाने विश्वास व्यक्त गरे।  


'ठुला दलहरु यात सच्चिए या त सक्किनु पर्छ भन्ने सन्देश परिणामले दियाे कांग्रेसमात्र होइन एमालेको पनि त्यस्तै छ। हामीलाई सक्किनु छैन। त्यसैले अब सच्चिनुपर्छ।' उनले भने। 


जीतनारायणले पत्रकारहरूसँग भने, ‘मैले परिणामलाई स्वीकार गरेको छु। हार स्वीकार गरेको छु। अझै म जनताका काम गर्दै अघि बढ्छु। रविजीलाई बधाई छ। म उहाँलाई बधाई दिन आएको हुँ।’ 

Labels: ,

Monday, April 24, 2023

सन्दीपको मुद्दामा ३ घण्टा बहसपछि न्यायाधीशले के भने ?

 काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज वादीतर्फका वकिलहरुले ३ घण्टा बहस गर्नुभएको छ । तर, न्यायधीस दीपक ढकालले मुद्दालाई हेर्दा हेर्दैमा नराखि अर्को पेशी तोकिदिनुभएको छ ।



मुद्दामा आज सरकारी वकिलहरुले बहस गर्नुभयो । बहस नसकिएपश्चात हेर्दाहेर्दैमा राखेर अर्को दिन यसलाई निरन्तरता दिने प्रचलन थियो । तर, न्यायधीश ढकालले हेर्दाहेर्दैमा राख्न इन्कार गर्दै अर्को पेशी तोकिने घोषणापछि दुवै पक्षका वकिलहरु आश्चर्यमा पर्नुभयो ।


एक वकिलले न्यायाधीश मुद्दाको फैसला गर्न खुट्टा कमाएको टिप्पणी गर्नुभयो । ‘चार जनाको बहस सुनिसेकपछि हेर्दाहेर्दैमा राख्नुपर्ने हो । तर, उहाँले ठाडै इन्कार गर्नुभयो । आफैंले फैसला गर्दा विवादमा पर्ने डरले पन्छाउनुभएको हुन सक्छ,’ ती वकिलले भन्नुभयो ।




स्रोतका अनुसार बहसको सुरुमा नै न्यायधीसले जाहेरीकर्ताको उमेरबारे प्रश्न उठाउनुभयो । ‘उमेरबारे दुईथरि कुरा आइरहेका छन् । वास्तविक उमेरको निक्र्यौल कसरी हुन्छ त ?’ उहाँले सरकारी वकिललाई सोध्नुभयो । सरकारी वकिलले नागरिकतालाई नै आधार बनाउनुपर्ने माग गर्नुभयो ।


जाहेरीकर्ताको नागरिकता र जन्मदर्तामा उमेर फरक देखिएको छ । जन्मदर्ताका आधारमा उहाँ बालिग भइसकेको देखिन्छ । कुनै पनि मुद्दा हेर्दाहेर्दैमा राख्दा अर्को दिन सोही न्यायधीसको इजलासमा बहस गर्नुपर्ने हुन्छ । यो यहाँकै हातमा थियो । तर उहाँले आफू पन्छिनका लागि पेशी तोकिदिनुभयो । नयाँ पेशी तोकिँदा न्यायधीस पनि नयाँ हुन्छन् र बहस फेरि सुरुबाटै थाल्नुपर्ने  हुन्छ ।

Labels: ,

Monday, December 19, 2022

कांग्रेस संसदीय दलको नेतामा गगन उम्मेदवार बन्ने, शेखर प्रस्तावक

 नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा नै उम्मेदवार बन्ने भएका छन् । मंगलबार बिहान बसेको बैठकले कोइराला समूहबाट संसदीय दलको नेतामा महामन्त्री थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेता कोइराला थापाको प्रस्तावक बस्ने भएका छन् । शीर्ष नेताहरू बसेर गरेको सो निर्णय अहिले केहीबेरमा अनामनगरस्थित एक होटेलमा आफ्नो समूहका नेता र सांसदहरुलाई सुनाउने तयारी छ ।



Labels: ,

Sunday, December 18, 2022

७ दिने म्याद- देउवा, प्रचण्ड र ओलीमध्ये को प्रधानमन्त्री ?

 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा धेरै दलको समर्थन लिएर प्रधानमन्त्री दाबी गर्न आह्वान गरेसँगै सरकार गठनको बाटो खुलेको छ ।


दलहरूबीच सहमति जुटेको खण्डमा अबको सात दिनमा देशले नयाँ प्रधानमन्त्री पाउने छ । संसद्को सबैभन्दा ठूलो दलको नेता भएकाले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने पहिलो सम्भावना रहेको छ ।


त्यसैगरी, सत्तारुढ गठबन्धनका नेता मात्र नभएर निर्णायक शक्ति भएकाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने दोस्रो सम्भावना रहेको छ ।


तर, सत्तारुढ गठबन्धनबीच सहमति जुट्न नसकेको खण्डमा कांग्रेस–एमाले वा एमाले–माओवादी सहकार्यमा सकार बन्ने अर्को सम्भावना पनि रहेको छ । त्यस्तो अवस्थामा केपी ओली वा प्रचण्ड मध्ये एक प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ ।


वर्तमान सत्तारुढ गठबन्धनबीच भएको पछिल्लो सहमतिलाई आधार मान्दा गठबन्धनकै सरकार बन्ने सम्भावना धेरै देखिन्छ । तर, ‘पावर शेयरिङ’को सन्दर्भमा मतभेद बढेको खण्डमा साता दिनमा वर्तमान सत्ता गठबन्धन नै नरहने खतरा पनि रहन्छ ।


कांग्रेस र माओवादीबीच प्रधानमन्त्री र राष्ट्रपति लिनेदिने विषयमा सघन छलफल चलिरहेको छ । त्यसैगरी, पहिलो कार्यकालको प्रधानमन्त्री को बन्ने ? भन्ने सन्दर्भमा पनि छलफल जारी छ ।


अहिलेसम्म कसले पहिलो कार्यकालको प्रधानमन्त्री पाउने र कसले राष्ट्रपति पाउने भन्ने सन्दर्भमा निचोडमा पुग्न सकेका छैनन् । तर, राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरिसकेकाले अबको केही दिनमै कांग्रेस–माओवादीबीच सहमति जुट्नुपर्ने हुन्छ ।


सरकार गठन माओवादीमा निर्भर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको पूर्वसन्ध्यामा गोरखाबाट भनेका थिए– ‘हामी तेस्रो तर निर्णायक शक्ति बन्छौँ ।’


मंसिर ४ मा सम्पन्न आमनिर्वाचनको मतपरिणामले माओवादीलाई साँच्चिकै निर्णायक र शक्तिशाली शक्तिको रूपमा उभ्याएको छ । जता गए पनि माओवादीको चाहनामा सरकार बन्ने भएको छ ।


माओवादी जुन गठबन्धनमा गए पनि सरकार गठनका लागि दुई मतको मात्र अभाव हुने भएको छ । माओवादीले जुन गठबन्धनलाई समर्थन गर्यो सोही गठबन्धनको सरकार बन्ने देखिन्छ ।


सत्ता गठबन्धनको गणित

सत्ता गठबन्धको सबैभन्दा ठूलो दल कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिट पाएको छ । त्यसैगरी, माओवादीले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ पाएको छ भने गठबन्धनमा आवद्ध एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादीले ४ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेको छ ।


यस आधारमा वर्तमान गत्ता गठबन्धनको कुल मत १३६ हुन्छ । बहुमतको सरकार गठनका लागि १३८ मत आवश्यक हुन्छ । यस्तो अवस्थामा गठबन्धनलाई सरकार गठनका लागि २ मत कम हुन्छ । केही स्वतन्त्र वा साना दललाई साथ लिए गठबन्धनको सरकार गठन हुन्छ ।


एमाले गठबन्धनको गणित

एमाले नेतृत्वको गठबन्धनमा जसपा र राप्रपा छन् । एमालेले प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सिट पाएको छ । जसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा ५ सिट पाएको छ । त्यसैगरी राप्रपाले प्रत्यक्ष र समानुपातिकमा ७–७ सिट पाएको छ ।


यस आधारमा कुल १०४ सिट होल्ड गर्ने एमाले गठबन्धलाई सरकार गठन गर्न ३४ सिट आवश्यक हुन्छ । यस्तो अवस्थामा एमालेलाई आफ्नो नेतृत्वमा सरकार गठन गर्न सहज छैन । तर, एमाले गठबन्धनमा माओवादी आए कांग्रेसलाई जस्तै एमालेलाई पनि सहज हुने छ ।


एमाले गठबन्धनको कुल मत १०४ हो । यसमा माओवादीको ३२ मत जोड्दा १३६ हुन्छ । यस्तो अवस्थामा भने एमाले नेतृत्वमा सरकार गठनका लागि कांग्रेस नेतृत्वकै जस्तो २ मत अपुग हुन्छ । तर, एमाले गठबन्धनमा जसपा पनि रहन आवश्यक छ ।


यहाँ पनि केही स्वतन्त्र वा साना दलको समर्थन लिएर एमाले–माओवादी सहकार्यमा सरकार गठन गर्न हुन्छ । तर, त्यसका लागि एमालेसँग सहकार्य गर्न माओवादी तयार हुनुपर्ने हुन्छ ।




Labels:

Thursday, December 15, 2022

प्रधानमन्त्री नभए राष्ट्रपति लिने माओवादीको योजना

 माओवादीले सुरुमै प्रधानमन्त्री बन्नुपर्ने दाबी गरेको छ । सुरुको कार्यकालमा प्रधानमन्त्री नभए राष्ट्रपति लिने माओवादीको योजना छ । एकीकृत समाजवादीले राष्ट्रपति वा सभामुख दाबी गरेको छ । राष्ट्रपति, प्रधानमन्त्री र सभामुख गठबन्धनका प्रमुख तीन दलले लिनुपर्ने मत समाजवादीको छ ।

समीक्षा, कार्यविभाजन र साझा नीति तथा कार्यक्रम टुंग्याउने तयारी गठबन्धनको छ । स्रोतका अनुसार सत्तागठबन्धनका प्रमुख दलहरूबीच प्रधानमन्त्री आलोपालो गर्ने सहमति निर्वाचनअघि नै भइसकेको छ ।

माओवादीबाट अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीका एक्ला दाबेदार छन् । राष्ट्रपतिमा भने वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान सभामुख अग्नि सापकोटा र उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा दाबेदार छन् । उपमहासचिव शक्ति बस्नेतले शक्ति बाँडफाँडको विषय टुंगिन बाँकी रहेको बताए । ‘गठबन्धनबाट सरकार बनाउँदा ठूलो–सानो भन्ने कुरा हुँदैन । कर्णाली प्रदेशमा कांग्रेस तेस्रो पार्टी थियो, तर कर्णालीमा गठबन्धनका कारण कर्णालीको मुख्यमन्त्री बन्न सम्भव भयो । गठबन्धनबाट बन्ने हो,’ उनले भने ।

माओवादी महासचिव देव गुरुङले शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दुईमध्ये एक प्रचण्ड रहेकाले देशको नेतृत्वमा दाबी रहनु स्वाभाविक रहेको बताए । ‘शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला अहिले हुनुहुन्न । अर्का एक हस्ताक्षरकर्ताको नाताले हाम्रो पार्टीको अध्यक्षको दाबी स्वाभाविक हो । त्रिशंकु संसद् भएकाले गठबन्धनमा छलफलको आधारमा टुंगो लाग्छ,’ उनले भने ।


सरकार बनाउने तयारीस्वरूप दलहरूबीच भेटघाट र छलफल भइराखेका छन् । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग निरन्तर छलफल गरिरहेका छन् । माओवादी महासचिव गुरुङले एमाले अध्यक्ष ओलीसँग मंगलबार बेलुका छलफल गरेका छन् । उनले सामान्य छलफल भएको र सत्ता समीकरणबारे कुराकानी नभएको दाबी गरे ।

एकीकृत समाजवादीबाट राष्ट्रपतिमा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल दाबेदार छन् । अध्यक्ष नेपालको नामसमेत राष्ट्रपतिका लागि चर्चामा छ । तर, नेपाल स्वयंले राष्ट्रपतिमा आफ्नो दाबी प्रस्तुत गरेका छैनन् । सभामुखमा उपाध्यक्ष एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे मुख्य दाबेदार छन् । स्थायी कमिटी सदस्य भानुभक्त जोशी पनि दाबेदार छन् । ‘दलहरूबीचको छलफलबाट सबै विषय टुंगो लाग्छ । गठबन्धनका मुख्य तीन दलले राष्ट्रपति, प्रधानमन्त्री र सभामुख लिँदा स्वाभाविक हुन्छ भन्ने हाम्रो धारणा छ,’ एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले भने ।








Labels:

वाम एकता र कम्युनिस्ट नेतृत्वमा सरकार गठनका लागि शीर्षनेता छलफलमा

 काठमाडौं । आगामी सरकार गठन’bout नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बीच छलफल सुरु भएको छ । वाम एकता र कम्युनिस्ट नेतृत्वको सरकार गठन’bout दुवै दलका शीर्षनेता आन्तरिक छलफलमा जुटेका छन्् ।



प्रतिनिधिसभामा एमालेको ७८ र माओवादी केन्द्रको ३२ सिट छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को १०, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को एक÷एक सिट छ । सबै कम्युनिस्ट पार्टीको कुल १ सय २२ सिट हुन्छ । सरकार गठनका लागि १ सय ३८ सिट आवश्यक पर्छ । कम्युनिस्ट पार्टी नेतृत्वमा सरकार गठनका लागि २६ सिट अपुग छ ।

एमाले नेतृत्वको गठनमार्फत निर्वाचनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग १४ र जनता समाजवादी पार्टी नेपाल (जसपा)सँग १२ सिट छ । राप्रपा र जसपाले मात्रै सहयोग गरेर कम्युनिस्ट पार्टी नेतृत्वको सरकार बन्न सहज छ । ६ सिटको जनमत पार्टी र ६ स्वतन्त्र सांसदसहित अन्य साना दललाई समेत ‘कम्युनिस्ट’ गठबन्धनमा ल्याउन सकिन्छ ।



Labels: ,

Monday, May 18, 2020

प्रम ओलीले भोलि संसदमा जवाफ दिने

काठमाडौँ/ प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७/७८ को नीति कार्यक्रममाथिको छलफल सकिएको छ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा छलफलका क्रममा उठेको प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओली दिने भएका हुन्।

आइतबार र सोमबार भएको छलफलमा प्रतिनिधिसभाका एक सय १० जना सांसदले भाग लिएका छन्।
आइतबार ३९ जना र सोमबार ७१ जनाले नीति कार्यक्रममाथि आफ्नो धारणा राखेका थिए। सत्ता पक्षका सांसदहरुले नीति कार्यक्रमका सक्त बचाउ गरेका छन्, भने विपक्षी दलका सांसदहरुले देशको वास्तविक समस्या समाधान गर्ने गरी नीति कार्यक्रम नआएको भन्दै आलोचना गरेका छन्। यस्तै राष्ट्रियसभामा पनि नीति कार्यक्रमकाथिको छलफल सकिएको छ।

Labels:

भोलिदेखि पूर्वी क्षेत्रमा लगातार वर्षा हुने, बङ्गालको चक्रवातका कारण बाढी र पहिरोको जोखिम

काठमाण्डौ – देशकाे पहाडी क्षेत्रको मौसममा अहिले आंशिक बदली भएको छ । स्थानीय वायुको प्रभावका कारण आज देशकाे धेरै ठाउँको मौसम आंशिक बदली भएको मौसमविद्ले बताएका छन् । तर मङ्गलबारदेखि भने नेपालमा बङ्गालमा बनेको चक्रवातको असर पर्ने भएको छ ।

मौसमद् समिर श्रेष्ठका अनुसार बङ्गालको खाडीमा बनेको अम्पोन नामक चक्रवातको प्रभावका कारण भोलिदेखि नेपालको पूर्वी क्षेत्र र मध्यपूर्वी क्षेत्रमा लगातार वर्षाको सम्भावना छ । प्रि–मनसुनको समयमा बङ्गालमा यस्ता खालका चक्रवात बन्नु कुनै नौलो भने नभएको अर्का मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
मङ्गलबार बेलुकादेखि नेपालको पूर्वी क्षेत्रमा यो चक्रावतको असर पर्ने र लगातार ठूलो वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । तर यो चक्रवातको असर नेपालको पश्चिम क्षेत्रमा भने नपर्ने उहाँको भनाइ छ ।
‘भोलि बेलुकादेखि पूर्वका र मध्यपूर्वका पहाडी क्षेत्रमा लगातारको वर्षाको सम्भावना छ, यसले गर्दा बाढी र पहिरोको जोखिम पनि देखिन्छ’, मौसमविद् मानन्धरले भन्नुभयो । यो चक्रवातको प्रभाव दुई दिन दिनसम्म नै रहने छ । अहिले अम्पोन नाम चक्रवातको दिशा नेपालतर्फ सरिरहेको पनि मौसमविद्ले बताएका छन् ।
यस्ता खालका चक्रवात प्रि–मनसुन र पोस्ट–मनसुनमा देखिने गरेको उनीहरुको भनाइ छ ।

Labels:

नातिनीलाई दुध लिन गएका हजुरबामाथि प्रहरीको लाठी, खुट्टा भाँच्चियो

वीरगन्ज — नेपाल दुरसञ्चार कम्पनीका सेवानिवृत्त कर्मचारी ६७ वर्षीय नागेन्द्र पटेलका २ जना नातिनी छन् । वीरगन्ज महानगरपालिका– १६ निवासी पटेल सधैँझैं आइतबार बिहान पनि नजिकैको दुध पसलमा दुध लिन जाँदै थिए, नातिनीहरुका लािग । 
source:-kantipur
नयाँ बसपार्कबाट नेसनल मेडिकल कलेज जाने मोडमा पुगेपछि त्यहाँ रहेका प्रहरीले उनलाई कहाँबाट आएको ? कहाँ जान लागेको ? भन्दै केरकार गरे । र, जहाँबाट आएको उतै फर्किन आदेश दिए । चोकमा अरु मानिस पनि उभिरहेका थिए । प्रहरीले यति भनेपछि पटेल फर्किए । पछाडि फर्किने बित्तिकै प्रहरीले उनको दाहिने खुट्टामा लठ्ठी हान्यो ।

उनी त्यहीं ढले । पहिलेदेखि चिनजानका व्यक्तिले उनलाई बोकेर घर पुर्‍याए ।
हिँडडुल गर्न नसकेपछि छोरा गुन्जनले बिहान करिब ८ बजे उपचारका लागि उनलाई नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल लगे । एक्स–रे मा खुट्टाको हड्डी भाँचिएको पाइयो । चिकित्सकले उनको खुट्टामा प्लास्टर गरिदिएका छन् ।

‘३ महिनासम्म प्लास्टर राख्न चिकित्सकले भनेका छन्,’ नागेन्द्र भन्छन्, ‘घुँडाभन्दा मुनि हड्डी क्र्याक भएको छ ।’ बच्चाका लागि दुध लिन गएका वृद्ध बुबालाई किन हिर्काएको भनेर छोरा गुन्जन पटेलले अस्थाई प्रहरी चौकी बसपार्कका प्रहरीलाई साधेका थिए । ‘हामीले हैन, प्रहरीको टाइगर टोलीले हिर्काएको जवाफ दिए,’ गुन्जनले भने, ‘साह थर एक असईले पिटेको स्थानीयले देखेको बताएका छन् ।’

८ वर्ष अगाडि नेपाल दुरसञ्चार कम्पनीबाट सेवानिवृत्त भएका नगेन्द्रले प्रहरीको आदेश मानेर फर्किदा पनि पछाडिबाट लठ्ठी हानिएको भनेर चित्त दुखाएका छन् । ‘न कुनै वादविवाद भयो, न कुनै कुरा,’ कान्तिपुरलाई फोनमा पटेलले भने, ‘आदेश मानेर दुध नलिई फर्किरहेकै थिएँ, तैपनि पछाडिबाट हिर्काए । हामी त आफैं लकडाउनमा निस्किनौं । बच्चालाई दुध लिन गएको खुट्टै भाँचिदिए ।’


अस्थाई प्रहरी चौकी बसपार्कका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) विजय शाहीले हालसम्म पीडित आफूकहाँ नआएको बताए । ‘हाम्रो टोलीले कुटेको छैन, बसपार्कमा इलाका प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरीको टोली पनि आउँछन्,’ उनले भने, ‘घटनाको यर्थाथ बुझ्दै छु, प्रहरीलाई बदनाम गर्न अनर्गल प्रचार गरेको पनि हुनसक्छन् 

Labels:

बाँकेमा ४७ सहित थप ५३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको छ । सोमबार थप ५३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३५७ पुगेको हो ।

सोमबार बाँकेमा थप ४७ सहित थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए । भेरी अस्पतालमा गरिएको परीक्षणमा ४६ पुरुष एक महिलामा कोरोना पोजिटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए । योसँगै बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या ८१ पुगेको छ ।
त्यसैगरी विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका एक जना, धुलिखेलमा गरिएको परीक्षणमा रौतहट, धनुषा, दाङ र धादिङका एक–एक जना तथा भैरहवामा गरिएको परीक्षणमा गुल्मीका एक जना युवामा कोरोना पोजिटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
यसअघि सोमबार बिहान रौतहटका ८ र बाराका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
हालसम्म पर्सामा ९१, बाँकेमा ८१, कपिलवस्तुमा ४२, उदयपुरमा ३३, रुपन्देहीमा २८, रौतहटमा २२, काठमाडौंमा ९, धनुषामा ६, कैलाली, बारा र दाङमा ४/४, चितवन, महोत्तरी, सर्लाही र मोरङमा ३/३ तथा बागलुङ, झापा, भक्तपुर,बर्दिया र धादिङमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, कञ्चनपुर र नवलपरासी पश्‍चिम, नवलपरासी पूर्व, मकवानपुर र सप्तरी, सिरहा, काभ्रेपलाञ्‍चोक, सिन्धुपाल्चोक, धनकुटा र गुल्मीमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ 

Labels:

वीरगन्जका पत्रकारलाई न्याय दिन माग गर्दै ह्याकरद्धारा ‘सरकारी डेटा’ लिक

काठमाडौं । ट्वीटरमा लानपान ख्याह नामक ह्याकरले वीरगन्जमा पत्रकारहरुमाथि दुर्व्यवहार भएको भन्दै सरकारको डेटा लिक गरिरहेको छ । पछिल्लो केही दिनदेखी सक्रिय उक्त ट्वीटर ह्याडलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय सरुवारोग केन्द्रको सिस्टममा भएको तथ्याङ्क लिक गरेको हुनसक्ने देखिएको छ ।
ह्याकरले राष्ट्रिय सरुवा रोग केन्द्रको साइटको स्क्रीन सट सहित जानकारी सार्वजनिक गरिरहेको छ । तर, उक्त डेटामा भने स्मार्ट टेलिकमका ग्राहकको मोबाइल नम्बर र नाम रहेका छन् ।
यस विषयमा स्मार्ट टेलिकमका प्रमुख प्रशासन अधिकृत सजिन राजभण्डारीले भने कम्पनीको सर्भरमा ह्याकरको कुनै किसिमको पहुँच नरहेको बताए ।
‘ह्याकरले हाम्रा ग्राहकको डेटा सार्वजनिक गरेपछि हामी निरन्तर रुपमा हाम्रो सिस्टम परीक्षणमा जुटेका छौं,’ उनले भने, ‘सिस्टममा अहिलेसम्म कसैले आक्रमण गरेको छैन । ग्राहकको नाम र नम्बर भएकाले यी डाटा ह्याकरले बजारमा रहेका विभिन्न सेवा केन्द्रबाट लिएको हुन सक्ने देखिन्छ । यदि हाम्राे सर्भरबाट डाटा लिक भएको भए ग्राहककाे थप जानकारी पनि सँगै सार्वजनिक हुन्थ्याे होला ।’
तर, ह्याकरले एकपछि अर्को गर्दै १० हजार पाँच सय प्रयोगकर्ताको जानकारी सार्वजनिक गरिसकेको छ । पहिलो पटक ह्याकरले शनिबार बिहान मिडियम मार्फत पाँच सय जनाको नाम र नम्बर सार्वजनिक गरेको थियो ।
सोही दिन राती थप पाँच हजारको डेटा सार्वजनिक भएपछि मिडियममा रहेको ह्याकरको अकाउण्ट सरकारले ब्लक गरिदिएको ह्याकरको दाबी छ । मिडियममा रहेको अकाउण्ट ब्लक भएसँगै उसले ‘टोर’ मार्फत आइतबार राती पुनः पाँच हजार जनाको जानकारी सार्वजनिक गरेको छ ।
टोरमा ह्याकरले सरकारलाई पत्र लेख्दै भनेको छ, ‘यो कथा करिब एक हप्ता अगाडि शुरु भएको हो । मिडिया पास हुँदाहुँदै पुलिसले पत्रकारलाई नराम्रोसँग कुटपिट गरी पक्राउ गर्‍यो । पत्रकार पक्राउ भएसँगै अरु साथीहरु एसपीलाई भेट्न प्रहरी कार्यालय गए । तर एसपीले पत्रकारको कुरा सुन्न चाहेनन् । किनभने एसपीले प्रहरीबाट गल्ती भएको भन्ने राम्रोसँग बुझेका थिए ।’
यसरी पत्रकारलाई बेवास्ता गर्दा प्रहरीको अवस्था झनै नराम्रो भएको र वीरगन्जका दुई जना पत्रकारले जे भए पनि त्यसको विरोध गर्ने निर्णय गरेको पत्रमा उल्लेख छ ।
जसमा दाबी गर्दै अगाडि भनिएको छ, ‘बिरोध सुरुभएसँगै सत्तामा रहेका भ्रष्ट व्यक्तिहरु यो घटना प्रती क्रोधित भएर यसलाई रोक्न लागेका छन् । यसलाई रोक्ने उपाय आन्दोलनकारी दुई पत्रकारलाई अलग गर्नु थियो । त्यसैले उनीहरूले रिपोर्टमा हेरफेर गरेर दुवै पत्रकारमा कुनै लक्षण नहुँदानहुँनै रिपोर्टमा कोरोनाभाइरस पोजेटिभ रहेको भनी रिपोर्ट सार्वजनकि गरियो ।’
ह्याकरले प्रमाणको लागि भन्दै बिरोध गरेको भिडियो क्लिप समेत सार्वजनिक गरेको छ । ‘अर्को दिन पत्रकारका परिवारको पनि जाँच भयो । तर, शनिबार आएका रिपोर्ट अनुसार सम्पूर्ण परिवारमा कोरोना नेगेटिभ देखियो,’
उसले पत्रमा लेखेको छ, ‘यतिमात्र होइन ती पत्रकारसँग नियमित सम्पर्कमा रहेका अन्य पत्रकारहरूको रिपोर्ट पनि नेगेटिभ आएको छ । यसले ती दुई पत्रकारको रिपोर्टमा हेरफेर भएको प्रमाणीत हुन्छ । त्यसको मसँग सबै प्रमाण छ ।’
ह्याकरले उक्त नेगेटिभ रिपोर्टको प्रमाण समेत पेश गरेको छ । यसरी सरकारको विरोध गर्दै डेटा सार्वजनिक गरिरहेकाले यो डेटा सरकारको सर्भरबाटै लिक भएका हुने सक्ने आँकलन गर्न सकिन्छ ।
यसअघि सरकारले कोरोनाको ट्रयाकिङका लागि भन्दै नेपाल दूरसञ्चार प्राधिकरणमार्फत सेवाप्रदायकबाट ग्राहकको तथ्याङ्क संकलन गरेको थियो । सोही संकलित डेटा मध्यबाट यो जानकारी लिक भएको हुनसक्ने देखिन्छ । उता ह्याकरले आफ्नो माग सम्बोधन नभए अझै थप डेटाहरु लिक गरिदिने चेतावनी दिँदै आएको छ 

Labels:

Saturday, May 16, 2020

कोरोना भाइरसबाट पहिलो पटक नेपालमा एक जनाको मृत्यु, स्वास्थ्य मन्त्रालयद्वारा औपचारिक पुष्टि


काठमाडौँ — स्वास्थ्य मन्त्रालयले पहिलो पटक नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको औपचारिक पुष्टि गरेको छ । सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट गत बिहीबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी ती महिलामा श्वास्प्रश्वासमा समस्या भएपछि धुलिखेलमा थप उपचारका लागि आउँदै गर्दा बाटोमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस सम्बन्धमा थप विवरण लिइएको र परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ । कोरोना भाइरसबाट नेपालमा पहिलो पटक मृत्यु भएको हो 

Labels:

सुत्केरी महिलाको कोभिड-१९ का कारण मृत्युपछि स्थानीयमा त्रास

सिन्धुपाल्चोक — कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण जिल्लाकी एक महिलाको बिहीबार राति उपचारको क्रममा मृत्यु भएपछि ती महिलाको प्रारम्भिक उपचार गरिएको अस्पताल तथा गाउँक्षेत्रमा उच्च सर्तकता अपनाइएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुरुप संक्रमण फैलिने त्रासमा बलेफी गाउँपालिका वडा ७, ८ देखि बाह्रबिसे नगरपालिका, बाह्रबिसे प्राथामिक स्वाथ्य केन्द्रलाई सिल गरिएको छ ।

बाह्रबिसे नगरक्षेत्रकी सुत्केरी महिला कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको खबरले सबैजना त्रसित बनेका छन् ।

‘स्थानीय एकदमै आतंकित बनेका छन् । सचेतना अपनाउनको लागि सल्लाह दिइरहेका छौं । गाउँदेखि बजारसम्मै डरले बाहिर निक्लिएका छैनन्,’ बाह्रबिसे नगरपालिका वडा ९ का अध्यक्ष सानु लामाले भने । स्थानीयको सुरक्षाको लागि सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई गुर्हार्दै यसबारे नगरभरका जनप्रतिनिधि छलफलमा जुटिरहेको उनले जनाए ।

२९ वर्षकी महिलाले बैशाख २३ गते काठमाडौंको महराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन् । शिक्षण अस्पतालबाट २४ गते डिस्चार्ज भएलगत्तै एम्बुलेन्सबाट बाह्रबिसे फिरेकी उनी बिहीबार बिहानदेखि बिरामी परेकी थिइन् ।

निजी बोलेरोबाट उपचारर्थ बाह्रबिसे बजार आइपुगेकी उनलाई ज्वरो, रुघाखोकी र स्वासप्रस्वासमा समस्या भएर अवस्था जटिल बनेपछि तत्कालै काभ्रेको धुलिखेल अस्पताल रिफर गरिएको बाह्रबिसे नगरस्थित बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रकी डा. सिर्जना मर्हजनले बताइन् ।

‘उनमा छात्ती दुख्ने र स्वासप्रस्वासमा समस्या, ज्वरोको देखिएको थियो, अवस्था एकदमै गम्भिर देखिएपछि काभ्रेको धुलिखेल अस्पताल रिफर गरेका थियौं,’ मर्हजनले भनिन् ।

बिहीबार साँझ नै बाह्रबिसे नगरस्थित स्वास्थ्य केन्द्रबाट स्वाप्रश्वासमा समस्या भएपछि उपचारको लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो । स्वाब लिएर परीक्षण गर्दा शनिबार रिपोर्ट पोजिटिभ आएपछि थप यकिन गर्न नमुना राष्ट्रिय जनस्वाथ्य प्रयोगशाला पठाइएको थियो ।

आफन्तकाअनुसार सुत्केरी महिलाले बुधबार मासुभात खाएपछि अचानक स्वासप्रस्वासमा समस्या सुरु भएको थियो । रातमा एक्कासी स्वासप्रस्वासको समस्याले च्यापेपछि बिहीबार बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्र अस्पताल लगिएको थियो ।

यो घटनापछि स्वास्थ्य परीक्षणको लागि स्थानीयले जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई गुहार मागेका छन् । ‘हामी यो घटनाले सबै त्रसित बनेका छौं । तत्कालै त्यस वरपरका सम्भावित क्षेत्रमा सबैको संक्रमण परीक्षण गरियोस्, जनप्रतिनिधि र स्वास्थ्यकर्मी यस्तो बेला कहाँ हुनुहुन्छ ?’ स्थानीय सुमन तिमल्सिनाले दुखेसो गरे ।

मृतकको गाउँ पुगेर स्थगलत रुपमा कोरोना भाइरस संक्रमित हुनसक्ने आशंकामा छुट्टै टिम बनाएर अगाडी बढ्ने वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले बताए । ‘शंकास्पद सबै स्थान सिल गरेर उच्च सर्तकता अपनाइएको छ, आइतबार टिमसहित पुगेर स्वास्थ्य परीक्षणको अभियानलाई अगाडी बढाउनेछौं । सुरक्षा सर्तकता अपनाउँदै छौं,’ उनले भने ।

जिल्ला र स्थानीय तहको स्वास्थ्यकर्मीको समुहले कोरोना भाइरस संक्रमण फैलिन नदिन रोकथाम गर्न स्वास्थ्य, स्वाब परीक्षणको लागि पूर्वयोजना बनाइरहेको उनले जानकारी दिए ।

कोरोना भाइरस रहेको पुष्टि भएपछि जिल्लाभर त्रास छाएलगत्तै बाह्रबिसे स्वास्थ्य केनद्र, चालिसे गाउँदेखि बजारक्षेत्रमा आउजाउ पूर्ण रुपमा ठप्प पारिएको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानले जानकारी दिए ।

‘संक्रमितले काठमाडौंदेखि बाह्रबिसेसम्म आउन एम्बुलेन्स प्रयोग गरेको देखिन्छ । त्यसपछि निजी बोलेरोबाट गाउँ पुगेको देखिन्छ । अस्पताल झर्न निजी बोलेरो प्रयोग गरेको पाइएको छ । सबैको सुक्ष्म रुपमा अनुसन्धान गरिरहेका छौं,’ उनले भने । संक्रमित बसोबास गर्ने गाउँमा हालै केही समस्या देखिएको छैन ।

Labels: