Monday, April 24, 2023

सन्दीपको मुद्दामा ३ घण्टा बहसपछि न्यायाधीशले के भने ?

 काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज वादीतर्फका वकिलहरुले ३ घण्टा बहस गर्नुभएको छ । तर, न्यायधीस दीपक ढकालले मुद्दालाई हेर्दा हेर्दैमा नराखि अर्को पेशी तोकिदिनुभएको छ ।



मुद्दामा आज सरकारी वकिलहरुले बहस गर्नुभयो । बहस नसकिएपश्चात हेर्दाहेर्दैमा राखेर अर्को दिन यसलाई निरन्तरता दिने प्रचलन थियो । तर, न्यायधीश ढकालले हेर्दाहेर्दैमा राख्न इन्कार गर्दै अर्को पेशी तोकिने घोषणापछि दुवै पक्षका वकिलहरु आश्चर्यमा पर्नुभयो ।


एक वकिलले न्यायाधीश मुद्दाको फैसला गर्न खुट्टा कमाएको टिप्पणी गर्नुभयो । ‘चार जनाको बहस सुनिसेकपछि हेर्दाहेर्दैमा राख्नुपर्ने हो । तर, उहाँले ठाडै इन्कार गर्नुभयो । आफैंले फैसला गर्दा विवादमा पर्ने डरले पन्छाउनुभएको हुन सक्छ,’ ती वकिलले भन्नुभयो ।




स्रोतका अनुसार बहसको सुरुमा नै न्यायधीसले जाहेरीकर्ताको उमेरबारे प्रश्न उठाउनुभयो । ‘उमेरबारे दुईथरि कुरा आइरहेका छन् । वास्तविक उमेरको निक्र्यौल कसरी हुन्छ त ?’ उहाँले सरकारी वकिललाई सोध्नुभयो । सरकारी वकिलले नागरिकतालाई नै आधार बनाउनुपर्ने माग गर्नुभयो ।


जाहेरीकर्ताको नागरिकता र जन्मदर्तामा उमेर फरक देखिएको छ । जन्मदर्ताका आधारमा उहाँ बालिग भइसकेको देखिन्छ । कुनै पनि मुद्दा हेर्दाहेर्दैमा राख्दा अर्को दिन सोही न्यायधीसको इजलासमा बहस गर्नुपर्ने हुन्छ । यो यहाँकै हातमा थियो । तर उहाँले आफू पन्छिनका लागि पेशी तोकिदिनुभयो । नयाँ पेशी तोकिँदा न्यायधीस पनि नयाँ हुन्छन् र बहस फेरि सुरुबाटै थाल्नुपर्ने  हुन्छ ।

Labels: ,

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home