सामाजिक दुरी कायम गराउन पाण्डासँग डिनर
एजेन्सी । कोरोना भाइरस महामारीपछि कतिपय देशमा होटल रेस्टुरेन्ट आंशिक रुपमा खुल्न थालेका छन् ।
त्यस्तै थाइल्याण्डमा खुलेको रेस्टुरेन्टहरूले एउटा टेबुलमा एक पटकमा एकजना मात्रै ग्राहकलाई सर्भ गर्न पाउनेछन् । अर्थातसँगै आउने दम्पत्ति वा परिवारबाहेकका मानिसहरूलाई एउटै टेबलमा बसाल्न पाइँदैन ।
राजधानी बैङ्कमा रहेको एउटा भियतनामी रेस्टुरेन्टले अनौठो उपाय अपनाएको छ । ग्राहकको एक्लोपना भगाउन तथा रमाइलो प्रदान गर्नका लागि उक्त रेस्टुरेन्टले ग्राहकहरूलाई पाण्डासँगै बसेर डिनर गर्न पाउने व्यवस्था गरेको छ ।
Maison Saigon नामक उक्त रेस्टुरेन्टले हरेक टेबुलमा हुने दुईवटा आमनेसामने कुर्सीहरूमध्ये एउटामा ठूलो आकारको पाण्डाको डल राखिदिएको छ ।
त्यसैले रेस्टुरेन्टमा आउने ग्राहकहरूले आफ्नै टेबुलको ठ्याक्कै सामुन्नेको कुर्सीमा साँच्चिकै जस्तो लाग्ने पाण्डालाई हेर्दै भोजन गर्न पाउनेछन् । यसबाट आफ्नो सामुन्नेको कुर्सी खाली भएको नरमाइलो अनुभूति ग्राहकहरूलाई नहुने र पाण्डाको मुखाकृति हेर्दा रमाइलो पनि महसुस हुने दाबी रेस्टुरेन्टका मालिकको छ ।
हुन पनि रेस्टुरेन्टको यो काइदा ग्राहकहरूले निकै रुचाएका छन् । रेस्टुरेन्टमा पाण्डासँग बसेर खानका लागि उल्लेख्य मात्रामा ग्राहकहरू जाने गरेका छन् ।
Labels: international news
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home