नेपालको नयाँ नक्सा जारी गर्न भारतसँग सल्लाह गर्नुपर्छ भन्ने कुतर्क नगर्नुस् – सांसद लामा
काठमाडौँ, ५ जेठ
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली नेतृ, पूर्वअनेरास्ववियुको अध्यक्ष तथा प्रतिनिधिसभाको सांसद नविना लामाले भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गर्न भारतसँग सल्लाह गर्नुपर्छ भन्ने कुतर्क नगर्न चेतावनी दिनुभएको छ ।
सरकारले ल्याएको २०७७/०७८ को नीति तथा कार्यक्रमको बारेमा आफ्नो धारणा राख्दै सांसद लामाले नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाभीमान् तथा अखण्डताको पक्षमा निर्णय आम नेपाली जनताले गर्ने भएकाले अतिक्रमित लिपुलेक, लिम्पियाधुरा तथा कालापानी क्षेत्रसहित समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने सरकारको नीति तथा कार्यक्रम माथि कसैले धावा बोल्नु नेपालको राष्ट्रियता र राष्ट्रिय सार्वभौमिकता विपरित भएको बताउनुभयो ।
आइतवार सांसद सरिता गिरीले भारतसँग सल्लाह गरेर मात्र नेपालको नयाँ नक्सा जारी गर्नुपर्ने भनि प्रतिनिधिसभाको बैठकमा बताउनुभएको थियो । उक्त कुरालाई जवाफ दिँदै सांसद लामाले उक्त कुरा बताउनुभएको हो ।
शिक्षा, स्वास्थ्य र कृषी क्षेत्रको नीति तथा कार्यक्रमलाई बजेट मार्फत कार्यान्वयन गरी आर्थिक तथा रोजगारीको बाटोलाई अघि बढाउनुपर्नेमा जोड दिँदै सांसद लामाले नीजि अस्पतालले कोरोना संक्रमणको वहानामा विरामीलाई उपचार नगरी फर्काउने कार्यले जनताले दुःख पाएको बताउनुभयो । उहाँले नीजि अस्पताल तथा नीजि अस्पतालबाट सञ्चालनमा भएका सम्पूर्ण मेडिकल कलेजलाई राष्ट्रियकरण गर्नुपर्ने जनताको माग रहेको बताउँदै नीजि मेडिकल कलेजका सञ्चालकहरुको सम्पत्तीलाई फिर्ता गर्न उच्च स्तरिय समिती गठन गर्नु माग समेत गर्नुभयो ।
डिजिटल सूचना प्रविधिलाई बजेटमा विशेष प्याकेजको घोषणा गरी दुर्गम क्षेत्रका मानिस, गरिव तथा किसान वर्गका मानिसहरु समेत डिजिटल शिक्षालाई सहज हुने प्रकारको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उहाँले कृषीलाई आधुनिकीकरण, यान्त्रीकरण, वैज्ञानिकिकरण गरी आत्मनिर्भरता बढाउने प्रकारको हुनुपर्नेमा जोड दिनुभयो ।
वास्तविक किसानले अनुदान नपाउने तर पहुँचका आधारमा मात्र कृषी अनुदान पाउने गरेका भन्ने गुनासो अन्त्य गर्ने प्रकारले अघि बढ्नुपर्नेमा समेत उहाँको जोड रहेको थियो ।
Labels: national
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home