Sunday, May 17, 2020

कांग्रेस नेता मिनेन्द्र रिजाल लिम्पियाधुरासहितको नेपालको नयाँ नक्साको विरोधी !



काठमाडौँ, ४ जेठ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल भारतले सीमा अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित समेटेर नयाँ नक्सा जारी गर्ने विषयमा समेत विरोध जनाउनुभएको छ ।
प्रतिनिधिसभाको आइतवारको बैठकमा सरकारले प्रस्तुत गरेको २०७७/०७८ को नीति तथा कार्यक्रमको संशोधन प्रस्ताव प्रस्तुत गर्दै कांग्रेस नेता तथा पूर्वमन्त्री समेत रहनुभएका सांसद डा. रिजालले नेपाल सरकारको नीति तथा कार्यक्रमको बुँदा नं. १ देखी २७६ काम नलाग्ने भएको भन्दै संशोधन दर्ता गराउनुभएको छ ।
जसमा नेपाल सरकारले इतिहासमै सवैभन्दा पहिलो पटक आफ्नो नीति तथा कार्यक्रममा नै भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक तथा कालापानीलाई समेटेको तर त्यसमा डा. रिजालले त्यसको समेत विरोध गर्नुभयो ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम ऐतिहासीक उत्कृष्ट भएको जनमानसमा उल्लास छाइरहेको बेलामा डा. रिजालले नेपालको सीमाको विषयमा नेपाल सरकारले लिएको चट्टानी अडान तथा भारतको ठाडै गरेको प्रतिवादलाई समेत आपत्ती जनाउनुभएको छ । जसबाट डा. रिजाल भारतीय अतिक्रमणको पक्षमा रहेको स्पष्ट देखिएको छ ।
फुलको आखाँमा फलै संसार काँडाको आँखामा काँडै संसार भने जस्तै डा. रिजालको आँखामा नेपाली राष्ट्रियतालाई जगेर्ना गर्नेभन्दा पनि राष्ट्रियतालाई भारतलाई सुम्पने गरेजस्तो स्पष्ट देखिएको छ । सरकारको नीति तथा कार्यक्रम विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण तथा नियन्त्रणको लागि विशेष रहेको सरकारले उल्लेख गर्दै आगामी दिनमा त्यसको रोकथाम गर्दै मुलुकको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउने लक्ष्यका साथ अघि बढाइएको छ |source:- pathivara news

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home