Monday, May 18, 2020

चीनले भारतीय सेनामाथी लगायो यस्तो आरोप

बेइजिङ, जेठ ५/अक्साइ चीनको गलवान उपत्यकामा मे महिनाको सुरुदेखि नै भारतीय सेना आफ्नो भूमिका घुस पैठ गर्न थालेको चीनले आरोप लगाएको छ।
सो क्षेत्रमा भारतीय सेनाले चिनियाँ सेनाको गस्तीमा अवरोध गर्न अवैध संरचना निर्माण गरेको पनि सैन्य स्रोतलाई उल्लेख गर्दै द ग्लोबल टाइम्सले जनाएको छ।

त्यसैले सो क्षेत्रमा चिनियाँ सेनाले आवश्यक निगरानी र गस्ती बढाएको जनाइएको छ।
दुई मुलुकबीच द्व. न्द्व बढाउन भारतीय पक्षले अवैध किल्लाबन्दी गरेको चीनको भनाइ छ।
‘भारतीय पक्षको यस्तो गतिविधिले चीन र भारतबीच सीमाका बारेमा भएका सम्झौताको गम्भीर उल्लंघन गरेको छ। यसले चीनको भौगोलिक सार्वभौकितामा ह स्त क्षेप गरेको छ र दुई देशबीचको सैन्य सम्बन्धलाई क्षति पुर्‍याएको छ,’ चिनियाँ सैन्य स्रोतले भनेको छ।
भारतको त्यस्तो गतिविधिलाई रोक्न आवश्यक कदम चालिएको पनि जनाइएको छ।
१० दिनअघि सिक्किम सेक्टरमा भारतीय र चिनियाँ सेनाबीच मु क्का मु क्की हुँदा दुवै पक्षका केही सैनिक घाइते भएका थिए।
भारत र चीनबीच लामो समयदेखि सीमा समस्या बल्झिँदै आएको छ। एजेन्सी

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home