Monday, May 18, 2020

अब ओली र देउवा दुवै बाघको सवारीमा छन्

काठमाडौं। भारतले अतिक्रमित गरेको नेपाली भूमिसमेटेर सरकारले सोमबार नयाँ नक्सा जारी गर्ने निर्णयगरे पछि सवत्र खुशीयाली छाएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारतले अतिक्रमण गरेको लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो।
यसैबीच पूर्वमन्त्री जयप्रकाश गुप्ताले दक्षिण एशियाली मुलुकहरुमा जिन्ना, शेख मुजीब र इन्दिरा गान्धीले मात्रै आफ्नो देशको नक्सा परिवर्तन गरेको, घटाएको वा बढाएको तथा मुलुकका राष्ट्रिय दिवस नेताहरुले परिवर्तन गरेको थुप्रै दृटान्त भएपनि यु द्धको नजिता बाहेकको अवस्थामा नक्सा बदलेको उदाहरण कमै छन् भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रसंसा गरेका छन्।
सरकारले भारतले अतिक्रमित गरेको नेपाली भूमि समेटेर नक्सा जारी गर्ने निर्णय गरेपछि समाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै पूर्वमन्त्री गुप्ताले सरकारको कामको प्रसंशा गरेका हुन्। उनले नेपालको नयाँ नक्सा सार्वजनिक भएको उल्लेख गर्दै करिव ६ दशकदेखि भारतको अधिनमा रहेको लिपुलेक आदि भूखण्ड हाल नक्सामा भएपनि नेपालको अधिनमा भनी देखाइएको उल्लेख गरेका छन्।
‘दिल्ली तिर लक्ष्य गरिएको झैं देखिने (नयाँ नक्साको) हाम्रो पश्चिम–उत्तरी चुच्चोलाई यदि भारतले मान्यता दियो भने स्भावतः भारतले पनि आफ्नो नक्सा परिवर्तन गर्नुपर्ने हुन्छ। भारतीय प्रधानन्त्री मोदी र सबै भारतीयका लागि यो कुरा अयोध्याको रामजन्म भूमिलाई पुनः बाबरी मस्जिदमा परिवर्तन गर्नु सरह नै हुनेछ,’ गुप्ताले लेखेका छन्, ‘यता केपी ओलीजी र सबै नेपालीका लागि पनि यस विषयबाट सहज रुमपा पछि हटने अवस्था रहँदैन। यसमा अब ओली र देउवा दुवै बाघको सवारीमा छन्।’
उनले नेपाल र भारतबीच वर्षौंदेखि समिा समस्या समाधान गर्ने द्विपक्षीय एक प्राविधिक समिति कार्यरत थियो भन्दै नेपालले यसरी नयाँ नक्सा जारी गरेपछि उक्त द्विपक्षीय समितिको औचित्य समाप्त भएको उल्लेख गरेका छन्। ‘सायद ठूलै समझदारी कायम नहुन्जेल यसको बैठक पनि बस्दैन होला,’ उनले लेखेका छन्। उनले नेपालको आपत्ति लिपुलेक क्षेत्रमा मात्र नभई सुस्ता, सप्तरी, पशुपतिनगरलगायतका ठाउँमा आपत्ति रहेको उनले उल्लेख गरेका छन्। तर नयाँ नक्सामा ती क्षेत्र समावेश नभएको भन्दै उनले असन्तुष्टि पनि जनाएका छन्। ‘नेपालको आपत्ति लिपुलेक क्षेत्रमा मात्र नभइ, सुस्ता, सप्तरी, पशुपतिनगरलगाएका ठाउँमा पनि छ। यस अनुसार सायद फेरि फेरि नक्सा परिवर्तन गरिरहनु पर्ला, लिपुलेक–कालापानी बढी महत्वको र अन्यत्रको कुनै महत्व नहुने हुँदैन। सबैमा उही सार्वभौमिकताको चीर जोडिएको छ।
अब भारत(नेपालका बीचको व्यवहार कसरी चल्ने हुन्१ यो सवाललाई थाँति राखेर अब अन्य द्विपक्षीय अर्थ-राजनीतिको कुटनीतिक बिषयहरू अगाडि बढाउनु किमार्थ पनि सहज हुनेछैन। यसको लाभालाभ र लेखाजोखा अवश्य पनि गरिएको होला।’
उनले अगाडि लेखेका छन्, ‘नक्सा परिवर्तनको असहज काम भयो। दक्षिण एशियाली मुलुकहरूमा जिन्ना,शेख मुजीब र इंदिरा गांधीले मात्रै हो आफ्नो देशको नक्सा बदलेको,घटाएको वा बढाएको। मुलुकका राष्ट्रिय दिवसहरू त नेताहरूले बदलेका थुप्रै दृष्तान्तहरू छ। तर, यु द्धको नतिजा बाहेकको अवस्थामा नक्सा बदलेका उदाहरणहरू कमै छ। यस क्रममा अब ओलीको परीक्षा हुन बाँकी छ। अब हेर्नुछ केपी ओलीको जमर्कोको परिणाम।Fa

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home