Sunday, May 24, 2020

चीनकाे सिआनदेखि काठमाडौँका लागि कार्गो रेल सुरु

काठमाडौँ, ११ जेठ । चीनले पल्लो सान्सी प्रान्तको सिआनदेखि नेपालको राजधानी काठमाडौंका लागि कार्गो रेल सेवा सुरु गरेको छ । कार्गो रेल शुक्रबार बिहान सिआनको सिन्चु स्टेसनबाट प्रस्थान गरेको छ ।

चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार निर्माण सामग्री, लत्ताकपडा लगायतका सामान बोकेको कार्गो रेल तिब्बतको सिगात्सेसम्म पुग्नेछ । त्यहाँबाट ट्रकले केरुङ नाका हुँदै मालसामान काठमाडौं पुर्‍याउनेछ । यसमा ८ दिन लाग्नेछ ।
पल्लो सान्सी प्रान्तले ‘छाङआन’ कार्गो रेलपछि दक्षिण एसिया लक्षित मालवाहक रेल सञ्चालन गरेको यो पहिलोपटक हो । चिनियाँ रेलवे सिआन ब्युरो ग्रुप कर्पोरेसन लिमिटेडको सिआन पश्चिम रेलवे स्टेसनले काठमाडौं पुग्ने नयाँ गन्तव्य स्टेसन सुरु गरेको जनाएको छ । चाइना रेलवे सिआन ब्युरो ग्रुप कर्पोरेसन लिमिटेड र चाइना रेलवे कन्टेनर ट्रान्सपोर्टेसन लिमिटेडले संयुक्त रूपमा कार्गो रेल संयोजन गरिएको हो ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home