Friday, May 22, 2020

चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार आज नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ भने बंगलादेशको आसपासमा अवस्थित अम्पुन कमजोर भई न्यून चापीय प्रणालीको रुपमा रहेको र यसले नेपालको पूर्वी भागमा आंशिक प्रभाव पारिरहेको छ ।

साथै, अहिले देशका पश्चिमी पहाडी भागमा, मध्य र पूर्वी भागमा सामान्य बदली भइरहेको र बाँकी भागमा आंशिक बदली भएको पूर्वानुमानमा उल्लेख छ ।
यसैगरी, शबिार दिउँसो भने देशको मौसम पश्चिमी पहाडी भाग, मध्य र पूर्वाी भागमा सामान्य बदली हुने र बाँकी भागमा आंशिक बदली हुने महाशाखाले पूर्वानुमान गरेको छ ।
त्यस्तै, मध्य तथा पूर्वी भूभागका केहि स्थानहरु र पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, च ट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार शनिवार राति भने देशभरी नै सामान्य बदली हुनेछ । भने, मध्य तथा पूर्वी भूभागका केहि स्थानहरु र पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, च ट्या ङ, हावा हुरी सहित वर्षाको सम्भावना रहेको छ।F

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home