Friday, May 22, 2020

किन रोकिदैन प्रधानमन्त्री ओलीको गृह जिल्लामा सुरक्षाकर्मीमाथि भारतियहरुको आक्रमण ?

काठमाडौं  झापा प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला हो । पछिल्लो समय अझ लकडाउन भएपछि झापाको दक्षिणमा रहेको कचनकवल गाउँपालिकामा रहेको सिमामा भारतिय नागरिकले चौथो पटक नेपाली सुरक्षाकर्मी माथि आ  क्रमण गरेका छन् । पछिल्लो पटक शुक्रवार विहान कचनकवल गाउँपालिका घेराबारी नजिकैको १२२ नम्बर पिल्लर छेउको अस्थायी पोष्टमा बसेका प्रहरी हवल्दारमाथि भारतीयले आ क्रमणको प्रयास गरे । यो लकडाउनयताको चौथो आ  क्रमणको प्रयास हो ।
तर किन यो स्थानमा नेपाली सुरक्षाकर्मी माथि पटक पटक आ  क्रमणको प्रयास भइरहन्छ । यो स्थानमा भारतियहरुले खेती गर्ने गरेका छन् । ती स्थानमा उनीहरुले नेपालीका जमिन भाडामा लिएर खेती गर्ने गरेको भारतियहरुको दाबि छ ।
उनीहरु विगतमा सहज आउने जाने गरेपनि लकडाउनका कारण आउन जान समस्या भएपछि सुरक्षाकर्मीमाथि आ क्रमणमा उत्रने गरेका छन् । नेपाली भूमिमा लगाएको खेती थन्काउने बाहानामा समूहमा आउने गरेका भारतीय नागरिकले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि आ क्रमण गर्दै आएका छन् ।
सीमा क्षेत्रको नेपाली भूमिमा घाँस काट्ने तथा आफ्ना चौपाया चराउन नदिएकाले केही दिन अघि सशस्त्र प्रहरीको पोस्टमा भारतीय नागरिकले आ क्रमण गरेका थिए । करिब तीन साताअघि पनि झापाको कचनकवल गाउँपालिकाको सीमावर्ती क्षेत्रमा नेपालमा खेती गर्न आउन खोज्ने भारतीय नागरिक नेपाल छिर्न नपाएपछि सीमामा विवाद उत्पन्न भएको थियो । केही दिन अघि कचनकवलकै सीमा क्षेत्रमा भारतीय नागरिकलाई नेपाल प्रवेश गर्न रोक्न खोज्दा सशस्त्र प्रहरीको पोस्टमा भारतीय नागरिकले आ क्रमण गरेपछि सशस्त्र प्रहरीले एक राउ ण्ड  फा यर गर्नु परेको थियो ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home