Sunday, May 24, 2020

वार्ताको तयारी गर्नुस, नेताको घरघरमा नक्सा पुर्‍याउँदै नहिँड्नुस् : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले सरकारले जारी गरेको नक्सा नेताको घरघर पुर्‍याउने कार्यलाई सस्तो लोकप्रियता भनेका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालको नाम उल्लेख नगरी उनले भनेका छन्, ‘नेताहरूको घरघरमा नक्सा पुर्‍याउँदै हिंड्ने सस्तो लोकप्रियतावादी काम छोड्नुस् ।’
भूमि व्यवस्था मन्त्री अर्यालले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न व्यक्तिको घरघरमा पुगेर नयाँ नक्सा वितरण गरेपछि थापाले यस्तो प्रतिक्रया जनाएका हुन् ।
पूर्व परराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष थापाले सार्थक कुटनीतिक वार्ताको तयारीमा लाग्न ध्यानाकर्षण गराएका छन् । ट्विटरमा उनी लेख्छन्, ‘सार्थक कुटनीतिक का साथै अतिक्रमित भूमि फिर्ता लिनेबारे गम्भीर गृहकार्यमा लाग्न सरकारको ध्यान जाओस् ।’
काम नभएका मन्त्रीहरूलाई कोभिड–१९ महामारी नियन्त्रणको जिल्लागत जिम्मेवारी दिनुपर्ने उनको सुझाव छ ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home