सम्पन्न भइसक्नुपर्ने देशकै इन्टरनेट मेरुदण्डको प्रगति जम्मा ११ प्रतिशत
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिरकण र नेपाल टेलिकमबीच १२ असोज २०७३ मा पूर्वी नेपालदेखि गोरखासम्म अप्टिकल फाइबर बिछ्याउने गरी सम्झौता भयो । उक्त सम्झौता नै सूचना महामार्ग परियोजनाको सुरुवात थियो ।
दूई वर्षमा सम्पन्न गर्ने उद्देश्यका साथ २०७३ सालमा सुरु भएको उक्त परियोजनाको काम चार वर्ष बितिसक्दा जम्मा ११.५२ प्रतिशतमात्रै पुरा भएको छ । ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनाको प्रगति विवरण बिहीबार सार्वजनिक भएको छ ।
ब्रोडब्याण्ड ब्याक बोन (मेरुदण्ड) को रुपमा रहेको सूचना महामार्ग निर्माण तथा ग्रामीण क्षेत्रमा ब्रोडब्याण्ड नेटवर्क पहुँच विस्तार गर्न प्राधिकरणले छुट्टा छुट्टै परियोजना अगाडि बढाएको छ ।
मध्यपहाडी लोकमार्ग भएर सबै जिल्ला सदरमूकाम उच्च क्षमताको अप्टिकल फाइबर नेटवर्कले जोड्ने गरी सूचना महामार्ग परियोजना सुरु गरिएको थियो । तीनवटा प्याकेजमा सञ्चालित यो परियोजनामा २०७७ वैशाख मसान्तसम्म केवल २४० किलोमिटर फाइबर विछ्याउने काम सकिएको छ ।
सम्झौता अनुसार प्रदेश १, २ र बागमतीमा नेपाल टेलिकमले, गण्डकी प्रदेश र ५ नम्बर प्रदेशमा युनाइटेट टेलिकम लिमिटेड (यूटीएल) ले र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा स्मार्ट टेलिकमले परियोजना अगाडि बढाउने जिम्मा पाएका थिए ।
स्मार्ट टेलिकम परियोजनाको काम गर्न नसकेको भन्दै सम्झौता खारेज गरी सरकारको निर्देशनमा प्राधिकरणले नेपाल टेलिकमलाई जिम्मा लगाइसकेको छ । यो परियोजना अन्तर्गत कुल ६ हजार ३ सय २१ किलोमिटर फाइबर विस्तार गर्नुपर्नेछ ।
हालसम्म प्याकेज एक अन्तर्गत टेलिकमले दुई सय ४० किलोमिटरको काम मात्रै सम्पन्न गरेको छ । यो परियोजना सम्झौता भएका मितिले दुई वर्षमा सक्नु पर्ने हो । गत वर्ष नै सम्पन्न गर्नुपर्ने यो परियोजनामा कम्पनीले २०७६ वैशाख २ गतेदेखि मात्र काम सुरु गरेको थियो ।
विवरण | प्याकेज १ प्रदेश नं. १, २ र ३) | प्याकेज २ (प्रदेश नं. ४ र ५) | प्याकेज ३ (प्रदेश नं. ६ र ७) |
छनौट भएका सेवा प्रदायक | नेपाल टेलिकम | यूटीएल | नेपाल टेलिकम |
अप्टिकल फाइबर विस्तार | |||
निर्माण गर्नुपर्ने दूरी (कि.मि.) | २१७९* | २१६० | १९९२ |
सम्पन्न दूरी (कि.मि.) | २४० | X | X |
प्रगति (प्रतिशतमा) | ११.५२ | X | X |
डिडब्लुडीएम तथा राउटर जडान | |||
जडान गर्नुपर्ने जम्मा डीडब्लुडीएम | २६ | २१ | २८ |
हालसम्मको जडान | २५ | X | X |
जडान गर्नुपर्ने कोर राउटर | ४८ | ७३ | ५६ |
हालसम्मको जडान | १७ | X | X |
माईक्रोवेभ लिंक जडान | |||
जडान गर्नुपर्ने स्थान | X | X | १८ |
हालसम्मको जडान | X | X | X |
प्याकेज २ को परियोजना दुई वर्षभित्र सम्पन्न गर्ने गरी यूटीएलसँग सम्झौता भएकोमा कम्पनीले हालसम्म कुनैपनि काम गरेको छैन । अर्कोतर्फ प्राधिकरणले उक्त परियोजनाको सम्झौता अवधि समेत थप गरेको छैन ।
समयावधि थप नहुँदा स्वतः सम्झौता खारेज भइसकेको छ । तर, कम्पनीले सर्वोच्च अदालतमा दायर गरेको रिट विचाराधीन हुँदा उक्त परियोजना अन्यौतामा फसेको छ ।
त्यस्तै हाल टेलिकमलाई जिम्मा लगाइएको प्याकेज ३ को परियोजनाको बोलपत्र आह्वान भएपनि खरिद प्रक्रिया भने अगाडि बढ्न सकेको छैन । यस परियोजना अन्तर्गत ७५ वटा डीडब्लूडीएम राउटर जडान गर्नुपर्नेमा हालसम्म कुल २५ वटाको जडान सम्पन्न भएको बताइएको छ ।
त्यस्तै १७७ वटा कोर राउटर जडान हुनुपर्नेमा हालसम्म जम्मा १७ वटाको मात्रै जडान सकिएको छ । माइक्रो वेभ लिंक १८ स्थानमा जडान हुनेपर्नेमा उक्त कार्यको सुरुवात नै भएको छैन् ।
प्राधिकरणका अनुसार कोरोना भाइरसको महामारीका कारण २०७७ वैशाखदेखि उल्लेखित परियोजनामा भौतिक प्रगति हुन सकेको छैन |source:-techpana
Labels: techinical
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home