निजी डोमेनमा सरकारको कब्जा !
काठमाडौं । व्यक्तिको नाममा दर्ता भएको डोमेन सरकारले कब्जामा लिएको छ । विगत ६ वर्षदेखि सञ्चालनमा रहेको ई-लर्निङ प्रालिको नाममा रहेको डोमेन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कब्जामा लिएको हो ।
कम्पनीका प्रबन्ध निर्देशक विभोर बरालले आफूहरुको सहमति र जानकारी बिनानै डोमेन ‘हाइज्याक’ गरिएको बताए । ‘हामीले यही डोमेनमा सब डोमेनको रुपमा समेत विभिन्न शैक्षिक संस्थाहरुलाई सेवा उपलब्ध गराउँदै आएका छौं,’ उनले भने, ‘स्ट्रिट चाइल्ड अफ नेपाल संस्थाले मंगलबार सिस्टमले काम नगरेको गुनासो गरेपछि बुझ्दै जाँदा नेम सर्भर नै परिवर्तन गरेको पाइयो । डोमेन दर्ता गर्ने मर्कण्टाइलमा हामीले यस विषयमा बुझ्ने प्रयास गरेका थियौं ।’
बिहीबार बेलुका पाँच बजे मर्कन्टाइलले आफ्नो तर्फबाट डोमेनमा कुनै पनि किसिमको परिवर्तन नगरिएको भन्दै ईमेलमार्फत जवाफ पठाएको बरालले जानकारी दिए ।
तर उक्त डोमेन केही दिनयता राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) काे सर्भरमा हाेस्ट भएको देखिन्छ । बिहीबारदेखि त झन् उक्त डोमेनमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनलाइन शिक्षा सम्बन्धी सामग्री देखिन थालेका छन् ।
केन्द्र शिक्षा, तथा विज्ञान प्रविधि मन्त्रालय अन्तर्गतको निकाय हो । जसले लकडाउनको समयमा कक्षा १० सम्मका विद्यार्थीका लागि अनलाइनमै अध्ययन सामग्री उपलब्ध गराउन थालेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यस अघि यी सामग्री लर्निङ डट सीईएचआरडी डट जीओभी डट एनपी सबडोमेनमा राखेको थियो । यद्यपी उक्त सबडोमेन समेत हाल सञ्चालनमै रहेको छ ।
ईलर्निङ डट ईडीयू डट एनपी डोमेन भने २४ मार्च २०१४ देखि उक्त निजी कम्पनीको नाममा रहेको छ । २० फेब्रुअरी २०१४ मा दर्ता भएको ईलर्निङ प्रालिले सोही डोमेनमार्फत एजुकेसन म्याजेज्मेन्ट सिस्टम तथा अनलाइन शिक्षा सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको थियो ।
उक्त डोमेन मार्फत आफूहरुले विगत ६ वर्षदेखि विभिन्न कलेज तथा गैरनाफामूलक शैक्षिक संस्थाहरुलाई सिकाईका लागि आवश्यक प्राविधिक सेवा उपलब्ध गराउँदै आएको प्रबन्ध निर्देशक बरालले बताए । तर मंगलबारदेखि डोमेनमाथि सरकारी निकायले कब्जा जमाएपछि सेवा नै रोकिएको उनको दुखेसो छ| source :- techpana.com
Labels: techinical
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home