कक्षा १० सम्मका विद्यार्थीका लागि अनलाइनमै अध्ययन सामग्री
काठमाडौं । सरकारले कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि अनलाइनमै अध्ययन तथा सिकाई सामग्री उपलब्ध गराएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले लकडाउनका कारण विद्यार्थीको पढाई प्रभावित भइरहेको बेला अनलाइन अध्ययन सामग्रीको रुपमा सिकाई चौतारी सञ्चालनमा ल्याएको हो ।
सिकाई चौतारीमा विद्यार्थीहरुलाई रमाईलोसँग पढ्नका लागि विभिन्न भिडियो सामग्री, पुस्तक, खेल सामग्री लगायतका विषयवस्तुहरु समावेश गरिएको छ । त्यस अलावा तीन तहका कथासँगै अभ्यास पुस्तिका समेत उक्त अनलाइन लर्निङ प्लेटफर्ममा राखिएको छ ।
कसरी प्रयोग गर्ने ?
अब कक्षा छनौट गरिसकेपछि कक्षा लेखिएको पछाडिको बटनमा जानु भयो भने त्यहाँ तपाईंले उपलब्ध विषय फेला पार्न सक्नुहुन्छ । जसबाट आफूले अध्ययन गर्न चाहेको विषयसँग सम्बन्धित अध्ययन तथा सिकाई सामग्री प्रयोग गर्न सक्नुहुन्छ ।
कक्षा र विषयको मूनि रहेको आकासे रंगको लाइनमा तपाईंले छनौट गरेको विषयका पाठहरु क्रमशः देखिनेछ । त्यसको दायाँ छेउमा हेर्नु भयो भने त्यहाँ सम्बन्धित विषयको पुस्तक समेत फेला पार्न सक्नुहुन्छ ।
नेपाली र अंग्रेजी दुवै भाषामा निर्देशनहरु दिइएको तथा अन्तरक्रियात्मक अनलाइन प्रणाली भएकाले विद्यार्थीहरुले सहजै यसको प्रयोग गर्न सक्छन् ।
Labels: techinical
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home