Wednesday, May 20, 2020

‘हामी कसैमाथि अपमानजनक व्यवहार गर्दैनौं, कसैले हामीमाथि त्यस्तो गर्न खोजे कदापि सहन्नौं’

काठमाडौँ /उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सिमानाबारे भारत सरकारको अभिव्यक्तिलाई लक्षित गर्दै चेतावनी दिएका छन् ।
भारतीय पक्षबाट नेपालको नक्साबारे टिप्पणी भएकै बेला उनले ट्वीटर मार्फत नेपालीहरु कसैमाथि पनि अपमान भएको र हो,च्याएको सहन नसक्ने अभिव्यक्ति दिएका छन् । उनले ट्वीटरमा लेखेका छन् : ‘हामी कसैमाथि असमानर अ प मान जनक व्यवहार गर्दैनौं, कसैले हामीमाथि त्यस्तो गर्न खोजे कदापि सहन्नौं !

नेपालको स्वतन्त्र, विवेकपूर्ण र स्वाभिमानी व्यवहारलाई कसैले होच्याउनर अ,प मा न गर्न खोजे नेपालीहरूले कदापि सहँदैनन् । नेपालीलाई एकताको सूत्रमा बाँध्ने यही भावनाद्वारा सँधै निर्देशित बनिरहौं !’ अन्नपूर्ण पोस्टमा यो खबर छ ।
मन्त्री पोखरेलले भारतबारे ट्वीटमा केही लेखेका भने छैनन् । तर उनको टिप्पणी भारत सरकारलाई नै लक्षित देखिन्छ । नेपालको पश्चिमी सिमानामा भारतसँग विवाद चलिरहँदा मन्त्री पोखरेल केही महिनाअघि लिपुलेक अवलोकनका लागि त्यहाँ पनि पुगेका थिए ।
लामो विवादपछि नेपाल सरकारले बुधबार नयाँ नक्सा जारी गरेको छ । तर भारत सरकारले लगत्तै उक्त नक्सा अस्वीकार्य भन्दै कडा टिप्पणी गरेको छ । नेपालको भारतसँग जोडिएको पश्चिम सीमामा पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई लिएर पछिल्लो समय नेपाल र भारतीय सरकारबीच नै मतभेद भइरहँदा उपप्रधानमन्त्री पोखरेलबाट यस्तो टिप्पणी आएको हो ।
यसबारेमा भारतीय उच्च अधिकारीहरुले नै नेपाललाई चीनको ईशारामा चलेको आरोप लगाएका छन् । जब कि, चीन सरकारले यस मामिला नेपाल र भारतको दुई पक्षीय सरोकार भएको र दुई देशबीच संवादबाट समाधान गर्न सुझाव पनि दिइसकेको छ ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home